
काठमाडौं। ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने बाटोमा केबलकार निर्माणको माग गर्दै जिल्ला सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ। आफूहरु केबुलकार निर्माणको पक्षमा रहेको सन्देश दिने उद्देश्यले स्थानीयहरुले केबुलकार निर्माण गर्न पाथीभरा देवी केबुलकार कम्पनीलाई आग्रह गरेका छन्।
स्थानीयले लगानीमैत्री वातावरण सृजना गर्न सरकारलाई आग्रह गर्दै विभिन्न प्लेकार्ड र ब्यानरसहित प्रदर्शनमा सहभागी भएका हुन्। ताप्लेजुङको विकास र सम्मृद्धि रोक्न गरी कार्य नगर्न समेत उनीहरुले आग्रह गरेका छन्।
ताप्लेजुङ विकास प्रेमी युवा समाजको आयोजनामा गरिएको प्रदर्शनमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघसंस्थाको उपस्थिति थियो। पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिक महत्व र पहिचान गुम्ने दाबी गर्दै केही व्यक्तिहरुले विरोध गरिरहेका छन्।
पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ सालमा मात्रै पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको हो। यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमति लिएको थियो।
करिब दुईवर्ष अघि पाथीभरा केबलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयाजना निर्माणले गति लिएको हो। आइएमई समूहले मुलुकका सातवटै प्रदेशमा केबलकारसहितका पर्यटकीय गन्तब्यहरु बनाउने उद्देश्यसहित २०७९ सालमा काम अघि बढाएको हो।
केबलकारको अलाइनमेन्ट क्षेत्रमा पर्ने रुख कटान गर्ने र विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृत गर्ने काम समेत सम्पन्न भइसकेको छ। केबलकार निर्माणको औपचारिक शिलान्यास गरी यही महिनादेखि भौतिक निर्माण सुरु भएको थियो।
श्रोत : www.dcnepal.com

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा बलुनमा हाइड्राजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बलुन बिस्फोट भएको थियो। सोही दिन कमलेसलाई पक्राउ गरेको प्रहरीले बताएको छ।
हाइड्रोजन भरिएको बलुन बिस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए। कीर्तिपुर अस्पतालमा उपचार गरेर अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका छन् भने पोखराका मेयर आचार्य अझै केही दिन अस्पतालमै बसेर उपचार गर्नुपर्ने चिकित्सकहरूले बताएका छन्।
हाइड्रोजन बलुनमा भरेर भ्रमण वर्षको उद्घाटन गर्न मञ्चमा पुर्याएको विषयमा अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी वसन्त शर्माले जानकारी दिए। उनका अनुसार उक्त घटनामा संलग्न ठानिएका केही व्यक्तिसँग प्रहरीले बयान लिइसकेको छ। पक्राउ परेका कमलेससँग हाइड्रोजन उत्पादनदेखि बलुनमा भर्ने लगायतका प्रक्रिया र यस विषयमा कानुनी व्यवस्था हेरेर कारबाही सिफारिस गर्ने प्रहरीको तयारी छ।
उक्त घटनाका विषयमा गृहमन्त्री रमेश लेखकले कास्कीका सिडिओ भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति बनाएको छन् । छानबिन समितिलाई उक्त घटनाको विस्तृत अनुसन्धान गर्न र आगामी दिनमा हाइड्रोजन ग्यास नियमनका उपायसमेत पेस गर्न निर्देशन दिइएको छ। छानबिन समितिले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्नेछ।
प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
श्रोत : www.janaboli.com
रियाद। युक्रेन युद्धको समाधानका लागि साउदी अरबमा रुस र अमेरिकाबीच भएको उच्चस्तरीय बैठक सकिएको छ।
उक्त बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ सहभागी रहेका थिए। उनीहरु दुवै सोमबार राजधानी रियाद पुगेका थिए।
लाभरोभका साथै रुसको तर्फबाट पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ पनि उपस्थित थिए भने उता अमेरिकी विदेश मन्त्री रुबियोका साथै राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज र मध्यपूर्वका लागि वाशिङटनका विशेष दूत स्टिभ विटकफ पनि अमेरिकी प्रतिनिधिमण्डलमा सामेल रहेको जनाइएको छ।
यसैबीच क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘आवश्यक परेमा राष्ट्रपति पुटिन युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको बताएका छन्। यद्यपि, प्रश्न यो छ कि जेलेन्स्की साँच्चै युक्रेनको राष्ट्रपति हुन् ?’ उनले जेलेन्स्कीलाइ मान्यता नदिने संकेत गरेका छन्।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुसँग कुरा गर्दै रुस युक्रेनलाई युरोपेली संघमा सामेल गर्ने पक्षमा नभएको बताए। रुसले यस संगठनलाई आफ्नो सुरक्षाको लागि खतरा मानेको पनि छैन्। पेस्कोभले भने, ‘यो युक्रेनले युरोपेली युनियनमा सामेल हुने वा नपर्ने निर्णय गर्ने हो, यस संस्थाको हिस्सा बन्न पाउनु कुनै पनि देशको ‘सार्वभौम’ अधिकार हो।’ तर नाटोजस्ता रक्षा संगठनहरूप्रति रुसको फरक धारणा रहेको उनले जनाए।
उता, युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई युक्रेन युद्धमा शान्ति वार्तामा निमन्त्रणा भने गरिएको छैन। युक्रेनी सरकारका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बीबीसी न्यूजले यो कुरा पुष्टि गरेको छ। यसअघि अमेरिकी विशेष दूत किथ केलोगले युक्रेनको संलग्नताबारे कुरा गरेका थिए।
यो बैठकमा युरोपेली देशका नेताहरुलाई समेत निमन्त्रणा गरिएको थिएन। युरोपलाई वार्ताबाट बाहिर राख्ने डरले फ्रान्सेली राष्ट्रपतिले एक दिनअघि नै शिखर सम्मेलन स्थगित गरेका थिए, जहाँ युरोपेली देशका नेताहरुको सहभागिता रहेको थियो।
साउदीमा रूस र अमेरिकाकाबीचमा उच्चस्तरीय वार्ता हुने अघिल्लो दिन युक्रेनी राष्ट्रपति जेलेन्स्की भने मध्यपुर्वको अर्को देश संयुक्त अरब इमिरेटस पुगेका थिए। तर, उनको भेटवार्ता र छलफलका बारेमा भने कुनै जानकारी दिइएको छैन्।
श्रोत : www.dcnepal.com
काठमाडौं। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक (सिनेट) ले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा बसेको बैठकले रजिष्ट्रार प्रा श्याम लम्सालद्वारा प्रस्तुत नीति, योजना, कार्यक्रम र बजेटसम्बन्धी प्रस्तावहरू छलफलसहित स्वीकृत गरिएका हुन्। प्रतिष्ठानले हाल तीन सय ३० बेडको व्यवस्थाअन्तर्गत विभिन्न विषयमा विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्दै आएकामा आगामी दिनमा चार सय बेडको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरूयोजना पारित गरेको छ। सोका लागि अर्थ मन्त्रालयमा स्रोत सुनिश्चितताको प्रक्रिया अघि बढेको छ।
बैठकले प्रतिष्ठानको सभा सदस्यमा पदेन पदाधिकारीका अतिरिक्त दलित, आदिवासीरजनजाति तथा पिछडिएका वर्गबाट प्रतिनिधित्व हुनेगरी कार्यकारी परिषद्को सिफारिसमा बलीभद्र राना, श्रीप्रकाश श्रेष्ठ, यमुना थापा मगर, सुशीला चौधरी, चन्दादातामध्येबाट सुदीप गौतम र कर्मचारीमध्येबाट विनोद दाहाललाई मनोनयनको निर्णय गरेको छ।
यस्तै बैठकले प्रतिष्ठानको स्वामित्वको अतिक्रमित जग्गा खाली गराई उपयोग ल्याउन, कार्यकारी परिषद् सदस्यमा मनोनयन र कर्मचारी सेवा, शर्त नियमावलीलाई विस्तृत गृहकार्य गरी आगामी बैठकमा पेस गर्न निर्देशन दिएको छ।
प्रतिष्ठानको आर्थिक वर्ष २०७९/०८० र २०८०/८१ को बजेट तथा कार्यक्रम तततत समयमा सिनेट बैठक बस्न नसकी पछि अनुमोदन गर्नुपर्ने अवस्था आउने खालका कमजोरी आगामी दिनमा नगर्न प्रधानमन्त्री ओलीले निर्देश गरे। उनले नियम, विधि र प्रक्रिया पूरा गरी समयभित्रै कार्य सम्पन्न गर्ने अभ्यासमा जान आग्रह गर्दै नेपाली जनताको खुसी र मुलुकको समृद्धिमा ध्यान दिएर सबै क्षेत्रबाट अवस्थामा थप परिवर्तन ल्याउन पनि जोड दिए।
बैठकले आगामी बजेट निर्माणका लागि रजिष्ट्रार लम्सालको संयोजकत्वमा समिति गठन गरेको छ। बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं सहकुलपति प्रदीप पौडेल र प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने, राष्ट्रिय योजना आयोगका सदस्य, स्वास्थ्य र अर्थ मन्त्रालयका सचिवलगायत सहभागी थिए।
श्रोत : www.dcnepal.com
काठमाडौँ – त्रिपुरेश्वरमा शंकास्पद वस्तु फेला परेको छ।

त्रिपुरेश्वरस्थित बस बिसौनीको सडकपेटीमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको छ।
श्रोत : deshsanchar.com

नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का परियोजनाहरू ९० दिनका लागि स्थगित भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार, एमसिसीबाट भुक्तानी हुने सबै क्रियाकलाप रोकिएको अर्थ मन्त्रालयले जनाएको छ। यो निर्णय २ फागुन २०८१ को इ-मेलमार्फत् सूचित गरिएको हो।
प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
श्रोत : www.janaboli.com
काठमाडौं। अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने कृयाकलापहरु रोकिएको छ। अर्थमन्त्रालयले विज्ञप्ति मार्फत नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने कृयाकलापहरु रोकिएको जानकारी गराएको हो। मेरिकी राष्ट्रपतिको जनवरी २० मा जारी गरेको […]
श्रोत : www.dcnepal.com
काठमाडौं। नेपालको प्रमुख शहर काठमाडौ अनलाईन जुवाको हब हुन थालेको छ। केही समयअघिदेखि काठमाडौं र ललितपुरलाई आधार मानेर अनलाइन जुवा खेलाउन गिरोह नै सक्रिय रहेका छन्।
एक महिनाको अवधिमा ६ अर्ब रुपैयाँ भन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा २८ नागरिक पक्राउ परिसकेका छन्। त्यसमा अधिकांश भारतीय पक्राउ परेका हुन्।
मंगलबार मात्रै चार जना पक्राउ परेका छन्। उनीहरुले २ अर्बमाथिको अनलाइन जुवा खेलाएको आरोप छ। काठमाडौ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार मंगलबार पक्राउ पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश गोरखपुरका २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेश फत्तेपुरका ४२ वर्षीय अब्दुल कलाम, गोरखपुरकै २५ वर्षीय अभिशेष मदेसिया र फत्तेपुरका ४० वर्षीय इरफान पठान छन्।
उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बुढानिलकण्ठको टोलीले पक्राउ गरेको हो। बुढानीलकण्ठको तौलुङमा घर भाडामा लिएर उनीहरुले अनलाइन जुवा तथा सट्टेबाजी खेलाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता बोहोराले जानकारी दिए। ‘उनीहरुले एउटा ठूलो घर नै भाडामा लिएर अनलाईन जुवाको कारोवार गरेको देखियो’, एसपी बोहोराले भने।
प्रहरीका अनुसार यसअघि अनलाइन जुवा खेलाउने गिरोहका २४ सदस्यलाई प्रहरीले पक्राउ गरेको थियो। माघ २० मा पक्राउ परेको सो गिरोहले ३ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको पाइएको छ।
त्यतिबेला काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र जिल्ला प्रहरी परिसर ललितपुरले संयुक्त रूपमा २४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। पक्राउ पर्नेहरूमा १० भारतीय र १४ नेपाली नागरिक थिए।
बेटिङ एप्लिकेशनमार्फत यो समूहले अनलाइन गेम भन्दै अनलाइन जुवा खेलाएको आरोप छ। भारतीय र नेपाली एजेन्ट भएर विभिन्न व्यक्तिहरूलाई ह्वाट्स एपमा सम्पर्क गरी खाता खोल्न लगाई अनलाइन जुवा खेलाएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार जानकारी दिएका छन्।
यो समूहले अनलाइन-अफलाइन गेम खेलाई बेटिङ रकम भारतको विभिन्न बैंक खाताबाट नै डिपोजिट गर्ने र निकाल्ने गरेको पाइएको छ। ललितपुरको सानेपास्थित दुईवटा घर भाडामा लिएर उनीहरूले अनलाइन जुवा खेलाउँदै आएका थिए।
प्रहरीले उनीहरूविरुद्ध प्रहरीले मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १२५ अनुसार जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन अनुसार कारबाही अघि बढाएको जनाएको छ।
त्यतिबेला पक्राउ पर्नेहरुमा भारतीय नागरिकहरू २२ वर्षीय अजित कुमार, २४ वर्षीय मुकेश मण्डल, ४४ वर्षीय मनोजकुमार बजाज, २८ वर्षीय सुिमत खत्री, ३४ वर्षीय प्रबातकुमार साह, ३२ वर्षीय ओमप्रकाश खत्री, २८ वर्षीय रविप्रकाश विश्वकर्मा, २३ वर्षीय रवि अभिषेक ओझा र २२ वर्षीय शिवम् पाण्डे थिए।
त्यसैगरी, नेपाली नागरिकहरूमा ३६ वर्षीय टंकबहादुर पछाईं, २५ वर्षीय तेज बोगटी, २३ वर्षीय लक्ष्मण बिष्ट, २५ वर्षीय अविला जिसी, ३४ वर्षीय हरिबहादुर जिसी, २२ वर्षीय समीर खड्का, २४ वर्षीय विक्रम पछाईं, २८ वर्षीय अशोक जिसी, ३४ वर्षीय गोपाल बिष्ट, १९ वर्षीय रवि बिष्ट र २० वर्षीय सुजन जिसी छन्।
उनीहरू सबै प्युठान जिल्लाका हुन्। त्यस्तै, सुर्खेतका २४ वर्षीय भीष्म वली, सुर्खेतकै ३२ वर्षीय हेमन्त लोहनी गौतम र दार्चुलाका २० वर्षीय हेमन्त धामीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
यसैगरी यसअघि मंसिर ४ गते रुपन्देही प्रहरीले अनलाइन सट्टेबाजी जुवामा संलग्न रहेको आरोपमा १४ जना भारतीय नागरिकलाई भैरहवाबाट पक्राउ गरेको थियो।
वाट्सएप समेतको माध्यमबाट टाइगर ग्रुप, शिव ग्रुप, विनायक ग्रुप बनाई क्रिकेट, फुटबल, हक्की, हर्स रेस लगायतका गेमहरु लर्डस् एक्सचेन्ज, अल प्यानल, स्याफरोन, ताज, क्लासिक एक्ससीएच, गो एक्ससीएच लगायतका वेबसाइटहरुबाट अवैध रुपमा अनलाईन बेटिङ जुवा सट्टावाजी सञ्चालन गरिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरिएको थियो।
उनीहरुको साथबाट विभिन्न कम्पनीको मोबाइल सेटहरु ४० थान, विभिन्न कम्पनीको ल्यापटप ३ थान र राउटर २ थान समेत बरामद गरेको थियो। रुपन्देही प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको हरियाणा प्रदेश पासकुल्ला जिल्ला पिन्जोर पोष्ट अफिस इन्दोर थानाका ३३ वर्षीय साहिल सोडा, उत्तराखण्ड रानिडिया जिल्ला ज्वालापुरका १८ वर्षीय श्याम गुप्ता, उत्तर प्रदेश देवरीया जिल्ला गौरीबजार पोष्टका २० वर्षीय रवि जैसवाल, हरियाणा प्रदेश फरिदावाद जिल्ला खडकेला थाना खिडी पोष्ट अफिसका २४ वर्षीय अनुराग सिंह, सोही स्थानका १९ वर्षीय नितेश वर्मा, गोरखपुर जिल्ला मोतिताम पोष्ट अफिस बिष्णुपुरा थानाका २१ वर्षीय दिपक जैसवाल र गोरखपुर जिल्ला गाईन्ड पोष्ट अफिसका २२ वर्षीय रजत कुमार रहेका थिए।
त्यसै गरी उत्तर प्रदेश गोरखपुर जिल्ला एम्स पोष्ट अफिस कुडाघाट पोष्टका १८ वर्षीय लक्की जैसवाल, जिल्ला संतकविर पोष्ट अफिस खलिलवा थानाका २१ वर्षीय सतेन्द्र कुमार, सोही स्थानका २५ वर्षीय अवधेश कुमार, १८ वर्षिय मोहित कुमार, गोरखपुर जिल्ला क्यान्ट थाना मोहदिपर पोष्टका २० वर्षीय प्रियान्सु जैसवाल, सोही स्थानका १९ वर्षीय मनिष पासवान र उत्तर प्रदेश आजमगढ जिल्ला सदर थाना पोष्टका २५ वर्षीय शिवम सिंहलाई प्रहरीले पक्राउ गरेको थियो।
श्रोत : www.dcnepal.com

काठमाडौं । नेपाली विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको घटनामा भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) ले माफी मागेको छ। किटका उपकुलपति शरणजित सिंहले मंगलबार एक विज्ञप्ति जारी गर्दै कलिंग इन्स्टिच्युटमा भएको घटनाबाट स्तब्ध भएको उल्लेख गरेका छन्। किटमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको गत आइतबार मृत्यु भएको थियो।
साथै उनले नेपाली विद्यार्थीहरूमाथि गरिएको व्यवहारप्रति खेद पनि व्यक्त गरेका छन्। ‘हाम्रा दुई कर्मचारीहरूले गरेका टिप्पणी अत्यन्त गैरजिम्मेवारपूर्ण छन्, हामी उनीहरूको कार्यलाई समर्थन गर्दैनौं, त्यसैले हामीले उनीहरूलाई सेवाबाट हटाएका छौं, उनीहरूले आफ्नो टिप्पणीप्रति माफी पनि मागेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली विद्यार्थी र जनताप्रति हाम्रो स्नेह छ। हामी उनीहरूलाई त्यति नै माया गर्छौं जति हामी भारतका मानिस र विश्वका मानिसहरूलाई माया गर्छौं।’
साथै उपकुलपति सिंहले नेपाली विद्यार्थीहरूलाई तत्काल नियमित शिक्षामा सामेल हुन पनि आग्रह गरेका छन्। यस्तै नेपाली विद्यार्थीहरूलाई दुर्व्यवहार गरेकी प्राध्यापक मन्जुशा पाण्डेले पनि माफी मागेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा छोटो भिडिओ पोस्ट गर्दै नेपाली विद्यार्थीप्रति लक्षित गर्दै दिएका अभिव्यक्तिप्रति माफी मागेकी हुन्।
यस्तो छ विज्ञप्ति;
प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
श्रोत : www.janaboli.com
काठमाडौं । प्रहरीले काठमाडौंबाट गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा थप चार जना भारतीयलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर घर भई काठमाडौं बूढानीलकण्ठ-२ बस्ने २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुर जिल्ला घर भएका ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय अभिषेक मदेसिया र ४० वर्षीय इरफान पठान रहेका छन्।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार बुढानिलकण्ठ नगरपालिका-२ तौलुङबाट पक्राउ गरेको हो।
परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार उनीहरूलाई घर भाडामा लिएर गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा सोमबार बेलुका पक्राउ गरिएको हो।
उनीहरूले दुई अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाएको प्रारम्भिक अनुसन्धनले देखाएको एसएसपी अधिकारीले बताए।
पक्राउ परेका भारतीयबाट १२ थान ल्यापटप, १२ थान मोबाइल, क्यालकुलेटर ७ थान र हिसाब-किताबको अभिलेख राखिएको १३३ पाना र डायरी तीन थान बरामद भएको अधिकारीले बताए।
पक्राउ परेकालाई मंगलबार अनलाइन जुवा खेल्न/खेलाउन नपाइने कसुरमा जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको अधिकारीले बताए।
सोमबारै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानिलकण्ठबाटै डेढ अर्बबढीको अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीयलाई पक्राउ गरेको थियो।
यसअघि तीन अर्बबढीको अनलाइन जुवा खेलाएको आरोपमा परिसरले बुढानिलकण्ठको घरमा छापा मारेर भारतीय र नेपाली पक्राउ गरेको थियो।
श्रोत : www.dcnepal.com