२०८२ आश्विन २५ शनिबार
२०८२ आश्विन २५ शनिबार

बडादशैंको अवसरमा साइप्रसमा विशेष कार्यक्रम ‘भान्से धमाका २’ आयोजना हुँदै

लिमासोल /०१ अक्टोबर 

हिन्दू नेपालीहरूको महान चाड बडादशैंको अवसरमा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी, साइप्रसले विशेष सांस्कृतिक कार्यक्रम ‘भान्से धमाका २’ आयोजना गर्ने भएको छ। आउँदो अक्टोबर ५ तारिख, आइतबारका दिन  लिमासोल निकोसिया हाइवे मा पर्ने  Trikis Palace Hall मा  भव्य कार्यक्रम हुन लागेको हो। 

स्थापना कालदेखि नै साइप्रसमा विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले गत वर्षको ‘भान्से धमाका’ को उल्लेखनीय सफलतापछि यस वर्ष पनि निरन्तरताका साथ कार्यक्रम आयोजना गर्न लागेको हो।

गरिब, दीर्घ रोगी तथा क्यान्सर पीडितलाई सहयोग साथै अन्तराष्ट्रिय बजारमा नेपाली खानााको प्रवर्धन गर्ने हेतुले  सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

 ‘भान्से धमाका २’ को मुख्य आकर्षणका रूपमा चर्चित लोक तथा आधुनिक गायक तुलसी शिवाकोटी रहनेछन्। सन् २०१३ मा स्पेनबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका शिवाकोटीले हालसम्म ४० भन्दा बढी गीत रेकर्ड गराइसकेका छन्। गायक सिवाकोटी धेरै पटक साइप्रसमा सांगीतिक प्रस्तुतिका लागि आइसकेका लोक प्रिय गायक हुन्। 

गायक शिवाकोटीको प्रस्तुतिसँगै साइप्रसमा रहेका स्थानीय कलाकारहरूले पनि आकर्षक नृत्य तथा गायन प्रस्तुत गर्नेछन्। साथै ,स्थानिय कलाकारहरूको भरपूर सांगीतिक प्रस्तुती रहने आयोजकले जानकारी दिएका छन्

आयोजकका अनुसार, कार्यक्रम केवल गीत–संगीतमा सीमित नहुने, बरु दशैंको पूर्ण अनुभव दिने खालको हुनेछ। कार्यक्रममा सहभागीहरूले टीका–जमरा ग्रहण गर्ने र स्वादिस्ट नेपाली खानाको व्यवस्था मिलाइएको आयोजकले  जानकारी दिएका छन्।  

साइप्रसमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई दशैंको उल्लास साट्न र यसलाई भव्य सफल बनाउन आयोजकले निमन्त्रणा गरेको छ। यस कार्यक्रमले प्रवासमा रहेर पनि आफ्नो संस्कृति र चाडपर्वप्रतिको माया र प्रतिबद्धतालाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ। प्रवेश शुल्क प्रति व्यक्ति २० युरो तोकिएको उक्त कार्यक्रम को लागि साइप्रस का विभिन्न सहर बाट बस को व्यवस्था गरिएको छ।  टिकट र अन्य जानकारी को लागि निम्न व्यक्ति लाई सम्पर्क गर्न सकिनेछ। 

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट