
लिमासोल /०१ अक्टोबर
हिन्दू नेपालीहरूको महान चाड बडादशैंको अवसरमा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी, साइप्रसले विशेष सांस्कृतिक कार्यक्रम ‘भान्से धमाका २’ आयोजना गर्ने भएको छ। आउँदो अक्टोबर ५ तारिख, आइतबारका दिन लिमासोल निकोसिया हाइवे मा पर्ने Trikis Palace Hall मा भव्य कार्यक्रम हुन लागेको हो।
स्थापना कालदेखि नै साइप्रसमा विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले गत वर्षको ‘भान्से धमाका’ को उल्लेखनीय सफलतापछि यस वर्ष पनि निरन्तरताका साथ कार्यक्रम आयोजना गर्न लागेको हो।
गरिब, दीर्घ रोगी तथा क्यान्सर पीडितलाई सहयोग साथै अन्तराष्ट्रिय बजारमा नेपाली खानााको प्रवर्धन गर्ने हेतुले सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
‘भान्से धमाका २’ को मुख्य आकर्षणका रूपमा चर्चित लोक तथा आधुनिक गायक तुलसी शिवाकोटी रहनेछन्। सन् २०१३ मा स्पेनबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका शिवाकोटीले हालसम्म ४० भन्दा बढी गीत रेकर्ड गराइसकेका छन्। गायक सिवाकोटी धेरै पटक साइप्रसमा सांगीतिक प्रस्तुतिका लागि आइसकेका लोक प्रिय गायक हुन्।
गायक शिवाकोटीको प्रस्तुतिसँगै साइप्रसमा रहेका स्थानीय कलाकारहरूले पनि आकर्षक नृत्य तथा गायन प्रस्तुत गर्नेछन्। साथै ,स्थानिय कलाकारहरूको भरपूर सांगीतिक प्रस्तुती रहने आयोजकले जानकारी दिएका छन्।
आयोजकका अनुसार, कार्यक्रम केवल गीत–संगीतमा सीमित नहुने, बरु दशैंको पूर्ण अनुभव दिने खालको हुनेछ। कार्यक्रममा सहभागीहरूले टीका–जमरा ग्रहण गर्ने र स्वादिस्ट नेपाली खानाको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएका छन्।
साइप्रसमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई दशैंको उल्लास साट्न र यसलाई भव्य सफल बनाउन आयोजकले निमन्त्रणा गरेको छ। यस कार्यक्रमले प्रवासमा रहेर पनि आफ्नो संस्कृति र चाडपर्वप्रतिको माया र प्रतिबद्धतालाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ। प्रवेश शुल्क प्रति व्यक्ति २० युरो तोकिएको उक्त कार्यक्रम को लागि साइप्रस का विभिन्न सहर बाट बस को व्यवस्था गरिएको छ। टिकट र अन्य जानकारी को लागि निम्न व्यक्ति लाई सम्पर्क गर्न सकिनेछ।
गत सेप्टेम्बर २२ मा साइप्रसको लिमासोलमा घटेको एक घटनाले नेपाली समुदायलाई गहिरो प्रभाव पारेको छ। समाचार अनुसार
रिएको थियो। घटना आमाले छोरीको मोबाइल फोन जाँच्दा आपत्तिजनक फोटो र भिडियो फेला पारेपछि बाहिर आएको हो।
अस्पष्ट समाचार र समुदायमा प्रतिक्रिया
साइप्रसमा करिब १४ हजार नेपाली बस्छन्, जसमध्ये झण्डै १० हजार जना हाउस्मेड वा नानीको रूपमा काममा संलग्न छन्। यस्तो पृष्ठभूमिमा आएको समाचारले समुदायमा ठूलो हलचल ल्यायो।
मिडियाले आरोपितको लिङ्ग, कार्य भूमिका (नानी कि सामान्य घरेलु कामदार) स्पष्ट नगरेको कारण समुदायमा अन्यौल र शंका बढ्यो। धेरैले समाचारलाई अधुरो ठाने, कतिले झुठा आरोप हुन सक्ने अनुमान गरे। लामो अनुभव भएका कामदारले यस्तो अवस्थामा कामबाट निकाल्ने प्रपञ्च हुन सक्ने भनी सचेत गराए।
घटना विवरण
समाचार अनुसार, २१ तारिख आइतवार बालिकाको मालिक्नी विश्राम लिन गएको समयमा नेपाली मेडले बालिकाको हेरचाह सम्हालेको बेला दुर्व्यवहार भएको आरोप लाग्यो।
सोमबार बिहान, २२ तारिख, मेड पक्राउ परेकी थिइन् र लिमासोल जिल्ला अदालतले बन्द कोठामा सुनुवाइ गरी ८ दिनको हिरासत आदेश दिएको थियो। प्रारम्भिक बयानमा मेडले आफू “बच्चासँग खेलिरहेको मात्र” बताएकी थिइन्।
साइप्रस नेपाल डट कमका विश्वसनीय स्रोतअनुसार, अदालतले दिएको ८ दिनको छानबिन अवधिभित्र ठोस प्रमाण नपुग्दा रिहा गर्ने तयारी भइरहेको थियो। तर रिहाइ को पुष्टी हुन सकेको छैन। विवादित भिडियोमा मेडले बालिकालाई क्रिम लगाउने क्रममा संवेदनशील अङ्ग छोएको देखिन्छ भन्ने विवरण आएका छन्। नाबालक संलग्न भएकाले आधिकारिक विवरण गोप्य राखिएको छ।
कानुनी पृष्ठभूमि
साइप्रस र युरोपियन युनियन (EU) मा बालबालिकाको यौन दुर्व्यवहार गम्भीर अपराध मानिन्छ।
-
बालबालिकाको परिभाषा: १८ वर्ष मुनिका सबै।
-
अवैध क्रियाकलाप:
-
बालबालिकासँग यौन सम्पर्क वा गतिविधिमा संलग्न गराउनु।
-
अश्लील फोटो वा भिडियो खिच्नु, हेर्नु वा वितरण गर्नु।
-
पैसा वा सुविधा दिएर यौन सम्पर्क गर्न लगाउनु।
-
-
सजाय: १० वर्षदेखि आजीवन जेल ।
-
Sex Offender Register: अभियुक्तको नाम राखिने प्रावधान छ।
साइप्रसमा बालबालिकासँग सम्बन्धित अपराधलाई शून्य सहनशीलताका साथ कारबाही गरिन्छ।
सामाजिक सन्दर्भ र चेतावनी
नेपाली हाउस्मेड र नानीहरूले बच्चालाई आफ्नै परिवारका सदस्यझैं हेरचाह गर्छन्। उनीहरूले खाना खुवाउने, नुहाउने, खेलाउने, सुताउने, रमाइलो गर्ने जिम्मेवारी सम्हाल्छन्।
नेपालीले बच्चा वा वृद्ध जहाँ काम गर्न सुरु गर्छन् उनीहरु संग भावनात्मक रुपमा जोडिने गर्छन्। बच्चालाई आफ्नै सन्तान जस्तै गरि स्याहार सुसार गर्ने, उनीहरु संगै बच्चा भै खेल्ने, बिहान उठे देखि नुहाई धुवाई, खाना देखि सुत्ने संगै गराएर हेरचाह गर्ने नेपाली maid र ‘Nanny’ को दैनिकी हो। आफ्नो सन्तान छोडेर साइप्रस आएका आमा हुन् या सानै देखि भाइ बहिनिको जिम्मेवारी सम्हालेर आएका भर्खरैका युवती हुन् उनले विदेशीका बच्चा मा आफ्नो सन्तान, भाइ बहिनि देख्नु आफ्नो काम, भावना र रोजगारदाता प्रति को वफादारिता हो।
यति कै पनि कलिला बिदेशी बच्चा हेरी रहु लाग्ने र आफु संगै रमाउदा को स-साना खुसिका पल फोटो र भिडियो उतार्नु, सामाजिक संजालमा हाल्नु हामी नेपालीलाई सामान्य लाग्न सक्छ। पार्क जाँदा होस् या प्ले ग्राउण्ड, समुन्द्र किनारमा नुहाउन जाँदा होस् या सपिङ्ग गर्न जाँदा होस् , हरेक Nanny /housemaid ले फोटो निकाल्नु सामान्य हुन सक्छ तर त्यस्ता साना कुरा नै रोजगारदातालाई मन नपरेको हुन सक्छ त्यसैले बच्चासँग फोटो वा भिडियो खिच्दा पनि अभिभावकको अनिवार्य अनुमति लिनुहोस्।
रमाइलो को लागि टिकटक भिडियो र रिल्स बनाउदा अत्यन्तै ध्यान दिनु होस्। बच्चा संग वा याया पापु संग भिडियो बनाउदा अनिवार्य अनुमति लिएर मात्र गर्ने गर्नुहोस्। रोजगारदाता को घर भित्र बसेर भिडियो/फोटो बनाउन तपाइलाई अनुमति चाहिन्छ, १५ – ३० सेकेण्ड को भिडियो ले के हुन्छ भन्ने सोच्दै हुनु हुन्छ भने सचेत हुनु होस्।
यस क्रममा सामान्य लाग्ने फोटो वा भिडियो खिच्ने क्रियाकलाप पनि संवेदनशील समाजमा गलत बुझिन सक्छ। त्यसैले:
-
अभिभावक वा रोजगारदाताको अनुमति बिना फोटो वा भिडियो खिच्नु हुँदैन।
-
टिकटक वा सामाजिक सञ्जालमा सामग्री पोस्ट गर्दा सतर्क रहनुहोस्।
-
घरभित्र खिचिएको छोटो भिडियो वा फोटोले पनि कानुनी समस्या निम्त्याउन सक्छ।
इतिहास र पूर्व अनुभव
साइप्रसमा यस्ता घटना पहिले पनि भएका छन्। कोरोना महामारीअघि निकोसियामा एक नेपाली कामदारलाई यस्तै आरोपमा पक्राउ गरिएको थियो, तर प्रमाण नपुग्दा सात दिनमै रिहा गरिएको थियो। फिलिपिनो र भारतीय कामदारहरूमाथि पनि यस्ता घटना भइसकेका छन्।
यस्ता घटनाहरू कतिपय अवस्थामा कामदार र रोजगारदाताबीचको असन्तुष्टि, अधिकार माग वा स-साना विवादका कारण झुठा आरोप लगाइने प्रकरण हुन्। सामाजिक सञ्जालमा भिडियो तथा टिप्पणीहरूले कामदारको पीडा बारम्बार देखाउँछन्।
नेपाली समुदायको दृष्टिकोण
समुदायमा बहस चलेको छ। केहीले आरोप असत्य भने, केहीले समाचार अपूरो र पूर्वाग्रही भएको ठाने। लामो अनुभव भएका कामदारले भने, कहिलेकाहीँ स–सानो विवाद वा असन्तुष्टिले झुठा आरोप उत्पन्न हुन सक्ने बताउँछन्।
निष्कर्ष र सुझाव
लिमासोलको घटना नेपाली समुदायका लागि चेतावनी हो।
-
कामदारले आफ्नो पेशागत र व्यक्तिगत व्यवहारमा सतर्कता अपनाउनु आवश्यक छ।
-
बच्चा वा वृद्धसँग सम्बन्धित कार्य गर्दा गोपनीयता, अनुमति र कानुनी मर्यादा कायम राख्नुपर्छ।
-
घटना सत्य भए पनि, झुठा आरोपले समुदायको छवि र विश्वासमा असर पुर्याउँछ।
साइप्रसमा बस्ने नेपालीहरूले यस्ता घटनाबाट शिक्षा लिएर आफ्नो जिम्मेवारी बुझ्नु अनिवार्य छ। कानुन, सामाजिक मर्यादा र व्यक्तिगत सतर्कतामा ध्यान दिएर मात्र सुरक्षित र सम्मानजनक पेशागत जीवन बिताउन सकिन्छ।