२०८२ असार १३ शुक्रबार
२०८२ असार १३ शुक्रबार

एसईई नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो नतिजा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गरेको छ । यो पटक एसइईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए । कुल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत ग्रेडेड भएका छन्

यसरी हेर्न सकिन्छ एसईईको नतिजा 

एसएमएस र आईभीआर

एसईई २०८१ को नतिजा एसएमएस र आईभीआर सेवा प्रयोग गरी थाहा पाउन सकिन्छ । यूएसएसडी सेवा अन्तर्गत *1600# डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ ।​एसएमएसबाट थाहा पाउन: 

  • नेपाल टेलिकम: १६०० मा एसएमएस पठाउने वा डायल गरी आईभीआर​ सेवामार्फत सुन्ने ।

  • जानकी टेक्नोलोजी: ३५००१ मा एसएमएस पठाउने ।

  • आकाश टेक: ३१००३ मा एसएमएस पठाउने ।

  • स्विफ्ट टेक्नोलोजी: ३४४५५ मा एसएमएस पठाउने ।

  • अल स्टार आईटी सोलुसन्स: ३४९४९ मा एसएमएस पठाउने ।

तरिका

-सबैभन्दा पहिले मोबाइलको मेसेज बक्समा जानुहोस् । 

-त्यसपछि पठाउनुपर्ने नम्बरमा 1600 वा 35001 वा 31003 वा 34455 वा 34949 राख्नुहोस् ।

-त्यसपछि एमएमएस बक्समा NEB टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बाेल नम्बर टाइप गरेर सेन्ड गर्नुहोस् । 

-त्यस लगत्तै तपाईंले कुन विषयमा कुन ग्रेड ल्याउनुभयो भन्ने नतिजा देख्न सक्नुहुनेछ ।

वेबसाइट/एपबाट नतिजा हेर्ने विकल्प

वेबसाइटमार्फत नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड लगायत विभिन्न साझेदार संस्थाहरूको वेबसाइट प्रयोग गर्न सकिन्छ । नतिजा हेर्न सकिने वेबसाइटहरू यसप्रकार छन् :

  • see.gov.np

  • neb.gov.np

  • see.ntc.net.np

  • ekantipur.com

  • see.esewa.com.np

  • खल्ती एप

  • collegeinfonepal.com

  • theconnectplus.com

  • 12khari.com

  • collegesnepal.com/see_result

  • एनसेल एप

  • swiftttech.com.np/see-result

  • result.neemaacademy.com

  • see.mypay.com.np

पछिल्लो अध्यावधिक: असार १३, २०८२ १९:५०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट