२०८२ असार १३ शुक्रबार
२०८२ असार १३ शुक्रबार

गुगल अर्थ २१ औँ वर्षमा, कुनै स्थान विगतमा कस्तो थियो भनेर भर्चुअल टाइम ट्राभल गर्न पनि मिल्ने

काठमाडौँ । विश्वलाई अन्वेषण गर्न र बुझ्न मद्दत गर्दै आएको गुगल अर्थले आफ्नो २०औँ वार्षिकोत्सव मनाएको छ । सन् २००५ मा सुरु भएको यो प्लेटफर्मले अहिले अर्बौँ हवाई तस्बिर, स्याटलाइट इमेजरी, सडक दृश्य (स्ट्रिट भ्यु) र थ्रीडी भिजुअलहरू समावेश गरेको छ, जसले पृथ्वीको एक मनमोहक दृश्य प्रदान गर्दछ ।

यसै अवसरमा गुगल अर्थमा ऐतिहासिक सडक दृश्य (हिस्टोरिकल स्ट्रिट भ्यु) को सुविधा पनि आएको छ । यसले प्रयोगकर्ताहरूलाई कुनै पनि स्थान विगतमा कस्तो थियो भनेर भर्चुअल रूपमा टाइम ट्राभल (समयको यात्रा) गर्न र हेर्न सजिलो बनाएको छ ।

गत वर्ष “#somewhereonGoogleMaps” सामाजिक सञ्जालको ट्रेन्डिङमा आएको थियो, जहाँ मानिसहरूले ऐतिहासिक सडक दृश्य प्रयोग गरी टाइम ट्राभल गरिरहेका थिए । अब यो सुविधा सिधै गुगल अर्थमा उपलब्ध भएको छ ।

गुगल अर्थले विगत २० वर्षमा विश्वलाई बुझ्न र समुदायहरूलाई बलियो बनाउन ठुलो मद्दत गरेको छ । हालैका वर्षहरूमा जेमिनाई जस्ता गुगल एआई टुलहरूलाई गुगल अर्थमा एकीकृत गरिएको छ । यसले सहरी योजनाकारहरूलाई गहिरो, सहर-स्तरको जानकारी (जस्तै; विद्युतीय सवारी (ईभी) चार्जरहरूको स्थान) पहुँच गर्न मद्दत गर्छ ।

पेसाकर्मीहरूका लागि पनि गुगल अर्थमा महत्त्वपूर्ण सुधारहरू गरिएका छन् । सन् २०२३ मा गरिएको एक अपडेटले व्यावसायिक प्रयोगकर्ताहरूलाई भवन र सौर्य ऊर्जा डिजाइन विकल्पहरू मिनेटभरमै मूल्याङ्कन गर्ने क्षमता प्रदान गरेको थियो । यसले भौतिक भ्रमणको आवश्यकता कम गर्दै साइटको सम्भाव्यता मूल्याङ्कन गर्न मद्दत गर्दछ । सन् २०२५ सम्म आइपुग्दा सहरहरूका रूखले ओगटेको क्षेत्र, जमिनको तापक्रम जस्ता नयाँ डेटा सेटहरू पनि सजिलै पहुँच गर्न सकिने भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असार १३, २०८२ १४:४९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट