२०८२ जेष्ठ ३ शुक्रबार
२०८२ जेष्ठ ३ शुक्रबार

मलेसियामा हुने ‘सुनौं सिकौं’ कार्यक्रममा यसपल्ट क्यान्सर सचेतना, डा अरुण शाही सहभागी हुने

मलेसिया – मलेसियामा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गर्दै नेपाली राजदूतावास, मलेसिया र स्वस्तिक हिमालयन ग्रुपको व्यवस्थापन सहयोगमा संचालन हुँदै आएको ‘सुनौं सिकौं’ कार्यक्रमको यसपल्ट क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम राखिएको छ। नेपाली राजदूत मलेसियाका अनुसार यो साताको विशेष संस्करणमा पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही अलाइन सहभागी हुँदैछन्।

सुक्रबार साँझ मलेसियाली समय अनुसार ५:१५ बजे सुरु हुने कार्यक्रमको मुख्य उद्देश्य श्रमिक समुदायमा क्यान्सरप्रति सचेतना जगाउने रहेको दूताबासले जनाएको छ । डा. शाहीले कार्यक्रममा ‘क्यान्सर हुन नदिन श्रमिकहरूले कस्ता सुरक्षा उपायहरू अपनाउने?’ भन्ने विषयमा जानकारी दिनेछन्।

क्यान्सरजस्ता घातक रोगहरूबाट जोगिनका लागि रोजगारीको स्थानमा अपनाउनु पर्ने सुरक्षाका उपायहरू, खानपान, जीवनशैली र प्रारम्भिक लक्षणहरूको पहिचानबारे विस्तृत छलफल हुने बताइएको छ।

कार्यक्रमले शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेतना जगाउने उद्देश्य राखेको छ। डाक्टर, मनोचिकित्सक, परामर्शदाता, कलाकार, उत्प्रेरक वक्ता लगायतको सहभागिता रहने कार्यक्रममा सहभागीहरूले स्वस्थ जीवनशैली, मानसिक स्वास्थ्य सन्तुलन, पोषण, रोगहरूको प्राकृतिक तथा एलोपेथिक उपचारका उपाय र गोप्य रूपमा स्वास्थ्यसम्बन्धी जिज्ञासाको उत्तर पाउनेछन्।

कार्यक्रम नेपाली राजदूतावास, मलेसियाको आधिकारिक फेसबुक पेज ‘Embassy of Nepal, Malaysia’ मा प्रत्यक्ष प्रसारण गरिने बताइएको छ। सहभागी हुन चाहनेले कार्यक्रम लाइभ हेरेर प्रतिक्रिया, जिज्ञासा, कमेन्ट र शेयर गर्न सक्नेछन्।

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट