लोमस फार्मास्युटिकल बजारमा चार दशकदेखि रहेको छ। सन् १९८५ मा एक सानो स्तरको औषधि उत्पादन एकाइका रूपमा सुरु भएको कम्पनीले सन् १९९० को दशकमा आफ्नो उत्पादन दायराको फराकिलो बनाउँदै ससन् २००२ देखि नेपाली औषधि बजारमा महत्वपूर्ण स्थान ओगटेको छ। लोमसले दै विभिन्न प्रकारका औषधिजन्य उत्पादनहरू, ट्याब्लेट, क्याप्सुल, मल्हम, क्रिम, जेल, सोलुसन, सिरप, सस्पेन्सन, पाउडर र प्यारेन्टेरल उत्पादनहरू समेत निर्माण गरिरहेको छ। प्रदीप जंग पाण्डे अध्यक्ष निर्देशक रहेको उक्त कम्पनीको निर्देशकका रुपमा तेस्रो पुस्ता अर्थात् प्रणवजङ्ग पाण्डेले काम गरिरहेका छन्। सानो उमेरमै हजुरबुवा प्रदीप जङ्ग पाण्डे, बुवा प्रबल जङ्ग पाण्डे र काका प्रज्वल जङ्ग पाण्डेसँगै सहकार्य गर्न औषधि कम्पनीमा आइपुगेका छन्। एक साथ तीन पुस्ताले लोमसमा काम गरिरहेको छ। उनीसँग स्वास्थ्यखबरको ‘पदचाप’ शृंखलाका लागि गरिएको संवाद :
सामान्य दृष्टिले हेर्दा तपाईंको यो उमेर कलेज जाने र रमाउने हो। त्यसरी जीवन सजिलो बनाए हुन्थ्यो। किन चाँडै व्यवसायको जिम्मेवारी लिएर आफ्नो जीवन असजिलो बनाएको ?
असजिलो होइन, मैले सजिलो बनाएको हो। म कोभिडकालदेखि व्यवसायमा संलग्न भएँ । त्योबेला कक्षा १२ पढ्दै थिएँ। परीक्षा सरेको सर्यैज गर्यो। त्यही बेला हाम्रो कम्पनीले उपभोग्य उत्पादन (कन्जुमर प्रडक्ट) बजारमा ल्याउने निर्णय गर्योक। म घरमै बसिरहेको थिएँ, दिनभरी यत्तिकै बस्दा बोर हुन्थ्यो। म बुवा र हजुबुवासँग अफिस आएँ। त्योबेला मैले डिजिटल मार्केटिङ थालें, फरक तरिकाको विज्ञापन गर्न थालें। औषधि उत्पादकका रुपमा आफ्नो उत्पादनबारे यथार्थ विवरण प्रस्तुत गर्नु सामाजिक दायित्व हो । त्यसैले हाम्रो उत्पादनका विशेषताहरु बताएँ । त्योबेला गुणस्तरहीन स्यानिटाइजर बजारमा थिए। त्यो भन्दा हाम्रो कसरी फरक छ भन्ने चिनाएर मैले काम थालें।
तपाईंले भनेजस्तै म अहिले २३/२४ वर्षको उमेरमा छु । रमाउन सक्थें । तर बच्चादेखि नै मेरो रुचि काम गर्नुमा थियो। मैले लेख्ने कतिपय कपीको अन्तिम पानमा मेरो नेतृत्वमा व्यवसायलाई यसरी अगाडि बढाउँछु भन्ने डायग्राम कोरिएको हुन्थ्यो ।
घरमा बुवा (प्रबलजंग पाण्डे) र हजुरबुवा (प्रदीप जंग पाण्डे)ले फोनमा कुरा गरिरहेको सुन्थें । उहाँहरुले समस्यासँग ट्याकल गरिरहेको सुन्थें। त्यो रमाइलो लाग्थ्यो । उहाँहरुको कुरा मनमा लिइरहन्थें। त्यसले मनमा कहिले ठूलो भएर काम गर्ने होला? भन्ने लागिरहन्थ्यो।
हजुरबुवा र बुवा सँगसँगै काम गरिरहँदा के कुराले चाँडै यतातिर आएर ठीक गरें भन्ने लागिरहन्छ ?
म आफूलाई भाग्यमानी ठान्छु । किनभने मैले दुई पुस्ताबाट ज्ञान पाइरहेको छु । अभिभावकत्व ठूलो कुरा रहेछ । उहाँहरुबाट व्यवसायिक ‘डिप्लोमेसी’ सिकिरहेको छु। नयाँमा आउँदा एउटा घमन्ड हुन सक्थ्यो । कतिपयमा नयाँ देख्छु पनि तर मैले त्यो अभिभावकबाट त्यसलाई दबाउन सिकें।
तपाईंका परिवारका अन्य धेरै क्षेत्रमा व्यवसाय छन् । अरु पनि रोज्न सक्नुहुन्थ्यो। औषधिमै किन आउनुभयो ?
हाम्रो बैकिङ छ । इन्स्योरेन्स छ। हाइड्रो छ । हेलिकोप्टर र सिमेन्ट व्यवसाय छन्। रमाइलोका हिसाबले यो भन्दा त्यता बढी हुन सक्थ्यो। तर, म औषधि क्षेत्रमा आएँ । यो क्षेत्र मलाई मन पर्छ । मेरो उमेरका अरु साथीहरु अरु चक्लेट खाएर हुर्के होलान्, म औषधिको गन्ध खाएर हुर्केको हुँ। त्यो गन्ध मलाई मन पर्न थाल्यो। हाम्रो औषधि कम्पनीको हुर्काइ पनि मसँग सँगै भयो । गोंगोबुमा १९८० ताकाको उद्योग थियो। सन् २००१ तिर पेप्सिकोलामा बनाइयो । नयाँ प्लान्ट र उपकरण भित्रिए । मैले त्यहाँ बिल्डिङ कन्ट्रक्सनबाटै हेर्न पाएँ । त्यसले एक प्रकारको अट्याचमेन्ट भयो । एउटा ट्याबलेटले बिराम निको हुने कुरा रोचक लाग्थ्यो । त्यसले कौतुहलता जगायो । औषधि निर्माण प्रक्रिया रमाइलो लाग्न थाल्यो र यतातिर लागें। कम्पनीले राम्रो गर्दै गयो। विभिन्न अवार्ड प्राप्त भए। त्यसले पनि मलाई तान्दै लग्यो।
तपाईंले चाँडै व्यवसायिका जिम्मेवारी निर्वाह गर्ने रुचि देखाइरहँदा परिवारका सदस्यहरुको धारणा के थियो?
मेरो मामु र पापाले अध्ययनमै जोड दिनुभएको थियो। कम्तिमा स्नातकोत्तर गरेपछि मात्रै व्यवसायतिर लागोस् भन्ने चाहाना थियो। पापालेचाहिँ आफ्नोमा भन्दा पहिले अन्य ठाउँमा काम गरेर आउँदा राम्रो हुन्छ भन्नुहुन्थ्यो। आफ्नैमा सुरु गर्दा एक प्रकारको घमन्ड रहला भन्ने डर थियो। त्यसैले इन्टर्नसीप डाबर नेपालमा मिलाउनुभयो तर मैले आफ्नैमा गर्छु भनें र गरें।
मामुको चाहना बी फार्मा र एम फर्मा गरोस् भन्न थियो। पढाइमा केन्द्रीत होस् भन्ने चाहना थियो। तर काममा ध्यान भएकाले म पढाइमा राम्रोबाट औसतमा पुगिसकेको थिएँ। औपचारिक अध्ययन ठिकठाकै भएपनि अनौपचारिक अध्ययन, क्षमता विकास र सोचले अघि बढ्न सकिन्छ भन्ने कुरा मैले भारतीय औषधि कम्पनी सन फर्माका दिलिप सान्ग्वीबाट सिकें। उनको भोगाइ, भनाइ र दृष्टिकोणलाई पछ्याउन थालें।
उहाँलाई किन आइडलका रुपमा लिएँ भने औपचारिक अध्ययन ठिकै भएपनि उहाँको सोचबाट कम्पनीको उत्पादन उत्कृष्ट छन्। मैले पढाइलाई ठिकै ध्यान दिएँ । अरु गरें । त्यसले मलाई विद्यार्थीका रुपमा औसत भएँ तर काम भने राम्रो गर्न थालें । सँगसँगै अघि बढाइरहेको छु।
लोमस फर्मास्युटिकल्ससँग जोडिएका तपाईंका के-सपना छन् ?
मेरो मुख्य लक्ष्य जेनेरिक औषधि भित्र्याउनु हो। कम मूल्यमा गुणस्तरीय औषधि दिन सकिन्छ भन्ने कुरा प्रमाणित गर्नु हो । जस्तो भारतमा सन फर्माले जेनेरिक औषधि भित्र्यायो । एक्टिभ फर्मा इन्ग्रिडिएन्ट (एपीआई) राम्रो ल्याउने तर त्यसलाई महंगो बनाउने कलर र एडिबेल टेस्ट राख्दिनँ। जसले औषधि हेर्दा राम्रो देखिन्छ, स्वाद दिन्छ। अझै राम्रो गुणस्तरको एपीआई ल्याएर असरदार बनाउने तर सस्तोमा बजारमा पठाउने योजना छ । । मेरो कम्पनीको एपीआज्ञ राम्रो हुन्छ । तर ब्रान्डिङ भएन भने । यसले औषधि उद्योगमा एक प्रकारको उथपलपुथल ल्याउन सक्छ भन्ने लाग्छ। जेनेरिक भएपछि अहिले औषधिको मार्केटिङमा हुन अन्य खर्च पनि घट्छ । जसले गुणस्तरीय औषधि निर्माणका लागि नै मद्दत पुग्छ।
औषधिको परम्परागत मार्केटिङको तरिका तपाईंलाई कत्तिको चित्त बुझिरहेको छ ?
समग्रमा चित्त त बुझेकै छ। तर, मैले यहीँबाट सुरु गरें । अहिलेलाई पहिले यही अवस्था र तरिकाबाट अझ राम्रो गर्ने हो।
परम्परागत मार्गेटिङ कुरा गरिरहँदा आमजनमा एउटा गलत धारणा रहेको पाएँ, त्यो हो, कम गुणस्तरका औषधि उत्पादन गर्ने कम्पनीले चिकित्सकलाई प्रभावमा पारेर औषधि लेखाउँछ । वास्तविकता त्यो होइन रहेछ । औषधि सिफारिस गर्ने कुरा त चिकित्सकको आफ्नो ब्रान्डसँग पनि जोडिएको कुरा हो। औषधिले असर गरेन भने प्रश्न कम्पनीतिर होइन, पहिले सिफारिसकर्ता चिकित्सकतर्फ सोझिने रहेछ । कमसल औषधि लेख्यो भने चिकित्सकप्रतिको विश्वसनियता घट्ने रहेछ। त्यसैले जस्तोसुकै प्रलोभन दिएपनि कमसल खालका औषधि लेख्न उनीहरु तयार हुँदैनन्। जसको गुणस्तरीय हुन्छ, उसैको लेख्ने रहेछन्।
अब औषधिमै केन्द्रीत हुने कि यसको अनुभव लिएर अन्ततिर पनि लाग्ने?
औषधि अनन्त (नेभरइन्डिङ) व्यवसाय हो । यहाँ धेरै नयाँ-नयाँ अनुसन्धान र अविष्कार भइरहन्छन्। त्यसअनुसार नयाँ-नयाँ उत्पादन ल्याइरहनुपर्छ। त्यसैगरी औषधिकै अन्य क्षेत्रमा पनि लगानी गर्नुपर्छ।
नयाँ प्लान्ट लिने र फरक खालका उत्पादन गर्ने कार्य जारी रहन्छ । मेरो आफ्नो लक्ष्य विदेशमा पनि फ्याक्ट्री खोल्ने छ र विदेशमा नेपाली औषधि पुर्यालउने योजना छ । लोमस फर्मास्युटिकल्स पहिलो अन्तर्राष्ट्रिय औषधि निर्यात कम्पनी हो । नाभी मल्हम विश्वका १५ वटा देशमा निर्यात हुन्थ्यो। युएसएड प्रोजेक्टमा पनि प्रयोग हुन्थ्यो। हाम्रो कम्पनीलाई पहिलो अन्तर्राष्ट्रिय मल्टिनेशनल कम्पनी बनाउनु छ।
हजुरबा पुस्ताबाट कस्तो अनुभव लिन पाइरहनुभएको छ ?
तीन पुस्ता एकैसाथ काम गरिरहेको कम्पनी हाम्रो मात्रै होला। हजुरबुवा नै हाम्रो म्यानेजिङ डाइरेक्टर हो। जनकपुरबाट काठमाडौं आउँदा हामी थाक्छौं, उहाँ सिधै हेड अफिस आउनुहुन्छ । टिम लिएर अहिले पनि धनगढी-नेपालगञ्ज जानुहुन्छ। हामीले एरिया छुट्याएका छौं, उहाँको एरियामा आफैं जानुहुन्छ। बुवाको फेसमा रिंकल आइसक्यो। म २३/२४ वर्षको केटाको अनुहार ३० वर्षको जस्तो देखिन्छ भन्छन् तर हजुरबुवाको कपाल झरेको छैन। जोश अहिले पनि हाम्रो भन्दा बढी छ। मैले त्यस्तो अभिभावकत्व पाएँ । उहाँले गर्ने काम पनि सँगसँगै सिकें । मैले यस्तो गर्थ्यौं होइन, यस्तो गरौं भन्ने सुन्न पाइरहेको छु।
तपाईंको कामप्रति हजुरबुवाको प्रतिक्रिया कस्तो हुन्छ?
म हजुरबुवाको पीए जस्तो भएर सिकिरहेको छु। त्यो म विश्वका कुनैपनि युनिभर्सिटीमा पाउन्न। जुन अमूल्य हो। त्यो ज्ञान लिइरहेको छु ।
कमजोरीमा गाली खाइन्छ। म मार्केटिङ हो भनेर बढी बोल्छु। खाशगरी ‘कम बोल’ भन्नुहुन्छ। युवा जोश आउँदा जोश कम प्रयोग गर, होश धेरै पुर्यालउ भन्नुहुन्छ । कतिपय कुरामा मैले राम्रो गरिरहेको हुन्छ। मेरो लिंक राम्रो भइरहेको छ। पीआर राम्रो भइरहेको छ। ठूलो नाम चलेका चिकित्सक भेट्न आउनुहुन्छ । यो कुरामा गर्व गर्नुहुन्छ।
म काठमाडौंका हरेक औषधि पसलमा पुगेको छु । गल्ली-गल्ली पुगिरहेको छु । हजुरबुवालाई केमिस्टहरुले एमआर हैन, तपाईंको नाति आएको थियो भनेर सुनाउँदा उहाँले जुँगामा ताउ देख्छु । अनुहारमा अर्कै आभा देख्छु। कतिपय ठाउँमा २० वर्षअघि हजुरबुवा आउनुभएको थियो, खशी दिएर जानुभएको थियो । त्यसपछि एमआर आउँथ्यो, कुनै म्यानेजर आएको थिएन, अहिले तिमी आयौ भन्नुहुन्छ।
म व्यवसायमा आएको ६ वर्ष भयो। हजुरबुवासँगै बसिरहेको छु । न क्याबिन लिएँ, न गाडी लिएँ। म एमआरसँग बाइकमा हिड्थें । पानीमा भिजिन्थ्यो। त्यसले मलाई ‘बोइलर’बाट ‘लोकल’ बनाउन सहयोग गर्योँ । त्यसले सोचाइको तरिका र काम गर्ने स्टाइलमा परिवर्तन ल्याय । बच्चामा फ्यासिलिटी पाएको थिएँ बिग्रिन सक्थें, यसले मलाई सिकायो ।
लोमस स्थापित कम्पनी छ। औषधि कम्पनीका आफ्नै प्रकारका समस्या छन्। समग्र औषधि कम्पनीका समस्या के छन् ?
औषधि निर्माणका लागि चाहिने एपीआईको मूल्य डलरले निर्धारण गर्छ । डलरको भाउ तलमाथि हुन्छ। मगाउँदा मगाउँदै पनि बढ्छ। डलरको भाउ ६२ हुँदा जति मूल्य थियो, अहिले १३२ पुगिसक्यो। तर, मूल्य समायोजन भइएको देख्दिनँ । स्वास्थ्यका लागि हानिकारक रक्सी प्रिमियममा खान्छन्, औषधिमा किन मूल्य बढ्दैन? औषधिमा सरकारको प्रोत्साहन छैन, गुणस्तर बढाउनतिर ध्यान दिइएको छैन ।
औषधिमा हामी ८० प्रतिशत आत्मनिर्भर भइसकेका छौं । तर त्यसमा पनि भारतीय कम्पनीको भ्याट कम लिएर प्रोत्साहन गरिन्छ । हाम्रो प्राइस सिलिङ छ । यसले गुणस्तरमा ध्यान दिनेलाई हानी छ तर गुणस्तरमा कम्प्रमाइज गर्ने फाइदामा छन्।
नेपालका १० वटा कम्पनीकै १०० करोड भन्दा बढीको ट्रान्जेक्सन छ । ह्वात्तै मूल्य बढाउनु पर्दैन। समयअनुसार केही समायोजना जरुरी छ नयाँ पुस्ताको स्वास्थ्य तथा जनसंख्या मन्त्री (प्रदिप पौडेल) हुनुहुन्छ, उहाँको ध्यानाकर्षण होस् भन्ने चाहन्छु ।
सामाग्री श्रोत :
swasthyakhabar

