२०८२ बैशाख १८ बिहीबार
२०८२ बैशाख १८ बिहीबार

नेपाल र अजरबैजानबीच राजनीतिक परामर्श बैठक सम्पन्न

काठमाडौं। नेपाल र अजरबैजानका परराष्ट्र मन्त्रालयबीच पहिलो पटक राजनीतिक परामर्श बैठक आज काठमाडौंमा सम्पन्न भएको छ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले तथा अजरबैजान गणराज्यका उपविदेशमन्त्री एलनुर मम्मादोभले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।

बैठकमा दुवै पक्षले नेपाल–अजरबैजान सम्बन्धका समग्र पक्षहरूको समीक्षा गर्दै आगामी दिनहरूमा यी सम्बन्धहरूलाई थप सुदृढ पार्ने प्रतिबद्धता पुनःपुष्टि गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा द्विपक्षीय सहयोग तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यलगायत पारस्परिक हितका विषयहरूमा पनि छलफल भएको थियो। दुबै पक्षले व्यापार तथा लगानी, पर्यटन तथा संस्कृति, शिक्षा, जलवायु परिवर्तन तथा स्वच्छ ऊर्जालगायत क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई थप अभिवृद्धि गर्ने उपायहरूबारे छलफल गरेका मन्त्रालयले जनाएको छ। दुई देशका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन नियमित संवादका लागि द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने विषयमा पनि छलफल भएको थियो।

बैठकपश्चात्, परराष्ट्र सचिव राईले उपविदेशमन्त्री मम्मादोभ तथा उनको प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए। आफ्नो नेपाल भ्रमणका क्रममा उपविदेशमन्त्री मम्मादोभले उच्चस्तरीय व्यक्तित्वहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनी लगानी बोर्ड नेपालद्वारा आयोजना गरिने एक गोलमेच छलफलमा सहभागी हुने तथा एक छुट्टै कार्यक्रममा अजरबैजानको परराष्ट्र नीतिबारे प्रवचन दिने कार्यक्रम पनि रहेको छ।

उप विदेशमन्त्री मम्मादोभ र उनको प्रतिनिधिमण्डल यही वैशाख २० गते काठमाडौंबाट प्रस्थान गर्नेछन्।


सामाग्री श्रोत :

नेपाल र अजरबैजानबीच राजनीतिक परामर्श बैठक सम्पन्न

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट