२०८२ बैशाख १८ बिहीबार
२०८२ बैशाख १८ बिहीबार

प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको मागपत्र

काठमाडौं–  प्रतिपक्षी एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न विषयमा मागपत्र बुझाएको छ । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा पार्टीका नेताहरूले प्रधानमन्त्री ओलीलाई मुलुकको आर्थिक, सामाजिकलगायतका क्षेत्रमा सुधारका लागि गर्नुपर्ने कामबारे मागपत्र बुझाएका हुन् । 


प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार ओलीलाई एकीकृत समाजवादीले बुझाएको मागपत्रमा मुलुक बेरोजगारी र कुशासनबाट मुक्त हुन नसकेको उल्लेख गर्दै व्यवस्थामा सुधार गर्नुपर्ने माग गरिएको छ । ‘हाम्रो अपमानपूर्ण इतिहासलाई बदल्न, हाम्रो राजनीतिका नालायकीबाट शिक्षा लिन, बरालिएको राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा सार्थक राजनीतिका लागि ढिलो भैसकेको छ,’ मागपत्रमा उल्लेख छ, ‘त्यसबाट आजको राजनीतिक अस्थिरता, अन्योल, निराशा, उकुसमुकुस र आक्रोश उत्पन्न भैरहेको छ । समयको यही मागलाई दृष्टिगत गरेर हाम्रो पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नाराका साथ मुलुकका सामु प्रस्तावका अगाडि सारेको छ ।’

एकीकृत समावादीले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति लगायतका विषयमा आफ्ना धारणा राखेको छ । त्यस्तै, संविधान कार्यान्वयनको विषयमा पुनरावलोकन गर्नुपर्ने प्रस्ताव पनि एकीकृत समाजवादीको छ ।

राजावादीहरूले गत चैत १५ मा तीनकुनेमा गरेको प्रदर्शन, आगजनी, लुटपाट, तोडफोडका क्रममा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएकाले त्यसको उचित क्षतिपूर्तिका लागि पनि अध्यक्ष नेपालले सरकारसँग माग गरेका थिए ।

मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा सुझाव दिएकोमा धन्यवाद दिँदै नीति तथा कार्यक्रमको अन्तिम तयारी भइसकेकाले बजेट निर्माणका क्रममा यी सुझावलाई समेट्ने कोसिस गर्ने बताएका थिए ।

Ncell 2
Ncell 2

प्रधानमन्त्री ओलीले प्रतिगामी र अतिवादी तत्वहरूका अवाञ्छित क्रियाकलाप भइरहेको सन्दर्भमा त्यस्ता क्रियाकलापको विरोध हुनुपर्नेमा जोड दिएका थिए ।

एकीकृत समाजवादीको प्रतिनिधिमण्डलमा अध्यक्ष नेपालका साथै वरिष्ठ नेता प्रवेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू प्रकाश ज्वाला, गंगालाल तुलाधर, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, सचिव सावित्राकुमारी भुसाललगायत सहभागी थिए ।

प्रधानमन्त्रीसँग एकीकृत समाजवादीको प्रतिनिधिमण्डलले करिब एक घन्टा भेटघाट गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यस क्रममा प्रधानमन्त्री र एकीकृत समाजवादीका नेताहरूबीच समसामयिक राजनीतिक विषयमा अनौपचारिक कुराकानी र विगतका कतिपय घटनाहरूको स्मरण गरिएको बताइएको छ ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट