काठमाडौं- पाटन अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही केही समयअघि द म्याक्स फाउन्डेसनको निमन्त्रणमा अमेरिका पुगे। त्यहाँस्थित विभिन्न कार्यक्रममा सहभागी भए। विश्वका ८३ देशमा नि:शुल्क औषधी उपलब्ध गराइरहेको फाउन्डेसनले आफूसँग सहकार्य गरिरहेका अस्पतालहरुका चिकित्सकमध्येबाट यसपल्ट वार्षिक कार्यक्रममा उनलाई बोलाएको थियो। केही समयअघि द म्याक्स फाउन्डेसनकी को-फाउन्डर तथा सीईओ प्याट गर्सिया-गोन्जालेज नेपाल आइपुगेकी थिइन्। आफूले उपलब्ध गराएको औषधिको मेडिकल मात्र नभइ सामाजिक प्रभाव समेत उनले महशुस गरिन्। फाउन्डेसन स्थापनाको २२ वर्षपछि दिवंगत छोरा (सौतेनी)को जन्मदिनको अवसर पारेर उनी नेपाल आइपुगेकी हुन्। तिनै दिवंगत छोराको नाममा उनले फाउन्डेसन स्थापना गरेर निशुल्क औषधि उपलब्ध गराउने अभियान चलाइरहेकी हुन्। फाउन्डेसनले पाटन, बिपी क्यान्सर अस्पताल चितवन र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगञ्जबाट क्यान्सरका १३ प्रकारका औषधि फाउन्डसेनले नि:शुल्क प्रदान गरिरहेको छ। नेपालमा उनले आफ्नो अभियान सही मार्गमा अघि बढिरहेको महशुस गरिन्। नेपाल आएको समयमा स्वास्थ्य खबरसँग गरेको कुराकानीमा समेत उनले उक्त कुरा उल्लेख गरेकी छिन्। नेपालमा चिकित्सकप्रति बिरामीले दर्शाएको भरोसा, बिरामीको चापमा पनि गरिएको व्यवस्थापन र फाउन्डेसनको अभियानलाई गरेको सहयोगबाट उनी र उनको टिम खुशी भएको थियो। त्यसकारण यसपल्ट पाटन अस्पतालका क्यान्सररोग विशेषज्ञ डा शाहीलाई महत्व दिएर बोलाइएको थियो। उनीहरुले गाला डिनरमा ‘गेस्ट अफ अनर’ थिए उनी।’थिंक ट्यांक’ भनेर क्यान्सरमा प्रयोग हुने उपकरण र औषधि उत्पादकहरु त्यहाँ सहभागी थिए। डा शाहीका अनुसार थर्मो फिसर, नोभार्टिज, फाउन्डेसन, फाइजर, एस्ट्राजेनेकालगायत प्रतिष्ठित कम्पनीका उच्च तहका व्यक्तिहरु त्यहाँ उपस्थित थिए। जहाँ डा शाहीले झन्डै एक घन्टाको प्रस्तुति राख्ने मौका पाएका थिए। उनले अनुभव सुनाउँदै भने, ‘नेपालमा हामीले गरिरहेका कामहरु, भोग्ने गरेका समस्या, औषधिको उपलब्धता र औषधिको मूल्यका विषयमा प्रस्तुति राखेको थिएँ। जहाँ मैले प्रतिव्यक्ति आयकै तुलना गरेर क्यान्सरका महंगा औषधीको क्रयक्षमताबारे समेत बताएँ।’नेपालजस्ता मुलुकका क्यान्सरका बिरामीका लागि सकेसम्म द म्याक्स फाउन्डेसन जस्ता संस्थाले नि:शुल्क उपलब्ध गराउनुपर्नेमा जोड दिए। त्यसरी उपलब्ध हुन नसक्ने औषधिको मूल्य नेपाल जस्ता देशका लागि कम गर्नुपर्ने कुरामा आफूले जोड दिएको उनी बताउँछन्। उनल त्यहाँ उल्लेख गरे, ‘भुगोल र आर्थिक अवस्थाका आधारमा आयु निर्धारण हुने वर्तमान परिस्थितिको अन्त्य गर्नु लाग्नुपर्छ।’त्यसका लागि नेपालमा भारतमा रहेको टाटा क्यान्सर अस्पतालकै मोडेलमा क्यान्स सेन्टर विकासका लागि समेत सघाउन आग्रह गरिएको बताउँछन्। आफू पाटन अस्पतालमा रहेकाले पाटनमै स्कुल अफ अन्कोलोजी सुरु गर्न सकिने विकल्प समेत अघि सारिएको उल्लेख गरे। त्यसअघि उनलाई ४ दिन विश्वकै प्रसिद्ध क्यान्सर उपचार तथा अनुसन्धान केन्द्र मानिएको फ्रेड हच क्यान्सर सेन्टर अवलोकन गराइएको थियो। जहाँ आफूले क्यान्सरको परीक्षण, निदान र उपचारका पछिल्लो समय विकास भएका पद्धति र प्रविधिबारे ज्ञान प्राप्त गरेको बताउँछन्। उनले भने, ‘अहिले भइरहेको मात्रै होइन, भविष्यमा कसरी उपचार गर्न सकिन्छ भन्ने कुरामा भइरहेका अध्ययनबारे समेत बुझ्ने मौका पाएँ। आफूले चार दिनमा पहिलो दिन फोक्सोको क्यान्सर र त्यसको नयाँ उपचार पद्धतिबारे बुझेको बताए। दोस्रो दिन इम्युनोथेरापी क्लिनिकमा अवलोकन गरे। माइक्रोसफ्टको मालिक बेजोस परिवार बनाइदिएको बताए। तेस्रो दिन ब्रेस्ट क्यान्सर विभागमा गरेर त्यहाँ उपचाररत बिरामीसँग समेत अन्तरक्रिया गराइएकव हो। चौथो दिन जीआई क्यान्सर उपचार हुने ठाउँमा पुगेर त्यसबारे जानकारी हासिल गर्न पाएको उल्लेख गरे। आफूले प्राप्त गरेको यो अवसकार लागि उनले मार्क जिम्मरम्यान, डा ज्ञान कायस्थ, डा मिसाङ लामा, डा सुचारिता र बीपी कोइराला क्यान्सर अस्पतालको टिमप्रति आभार प्रकट गरे। ‘यस्ता अवसरले नेपाली बिरामीको उपचारका लागि नयाँ प्रविधि र पद्धतिबारे हामीले जानकारी पाउँछौं । साथै नेपालको अवस्था र विकसित देशले गर्नुपर्ने सहयोगका विषयमा समेत आफ्नो कुरा राख्ने फोरम प्राप्त भएको छ,’ उनले भने।
सामाग्री श्रोत :
swasthyakhabar

