माधव नेपाल पक्षका अधिकांश सांसदले गरे ओलीतिरै फर्किने संकेत

Facebook
Twitter
LinkedIn

काठमाडौं। सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विद्रोह गरेर छुट्टै समूह बनाएका नेता माधव नेपाल आफ्नै समूहमा अल्पमतमा पर्ने देखिएको छ। हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर फर्किएका नेपालले आज एक कार्यक्रममा आफ्नो समूहका नेताहरुलाई हिजोको भेटबारे ब्रिफिङ गरेका थिए।

आज नेकपाको स्थापना दिवसका अवसरमा साहाना स्मृति प्रतिष्ठान ललितपुरमा माधव नेपालको समूहले छुट्टै कार्यक्रम गरेको थियो। अध्यक्ष ओलीले बल्खुमा कार्यक्रम गरेका थिए भने नेपाल पक्षले ललितपुरमा कार्यक्रम गरेको थियो।

सोही कार्यक्रममा नेपालले आफ्नो पक्षका सांसदहरुसँग हिजोको भेटबारे ब्रिफिङ गरेका थिए। आजको कार्यक्रममा नेपालको समूहका केवल ६ जना मात्रै पार्टी एकता जोगाउने नाममा ओली समक्ष आत्मसमपर्ण गर्न नहुने पक्षमा देखिएका थिए।

२ दिनअघि प्रधानमन्त्री केपी ओलीले पार्टीका २७ सांसदलाई ‘तपाईँलाई सांसद पदबाट किन नहटाउने?’ भनेर स्पष्टीकरण सोधेका थिए। आज स्पष्टीकरण बुझाउने अन्तिम दिन हो । योगेश भट्टराई, गोकर्ण बिष्ट, बिरोध खतियडा, गणेश पहाडी लगायतका १६ जना प्रभावशाली र युवा नेताहरु भने पार्टी एकतालाई जोगाउँदै अगाडि बढ्नु पर्ने पक्षमा देखिएका छन्।

माधव नेपालका आफ्नै सम्धी सोमप्रसाद पाण्डेले पनि पार्टी विभाजन गर्न नहुने तर्क गरेका छन्। नेपाल स्वयंले भने यस विषयमा आफ्नो धारणा राखेका थिएनन् । नेपालबाहेक अन्य केही नेताले पनि यस विषयमा स्पष्ट धारणा राखेनन्। आफ्नो पक्षका सांसदहरुको पार्टी विभाजन गर्न नहुने धारणा माधव नेपालका लागि ठूलो धक्का हुन सक्छ।

यसअघि प्रचण्डसँग मिल्नका लागि पार्टीबाट अलग्गिने सहज बाटो खोजिरहेका नेपाललाई आफ्नै पक्षका सांसदले पार्टी विभाजन गर्न नहुने भनेपछि पार्टीबाट अलग्गिन सहज हुने छैन। आफ्नो पक्षमा पर्याप्त सांसद र केन्द्रीय सदस्य भएको अवस्थामा मात्र कानुनअनुसार पार्टी विभाजन गर्न सकिन्छ। अन्यथा पार्टी परित्याग गर्नुपर्ने हुन्छ।

पार्टी परित्याग गर्नु भनेको सांसद पद पनि त्याग्नु हो जुन नेपालको लागि सहज हुने छैन। कानुनअनुसार कम्तीमा ४० प्रतिशत सांसद र केन्द्रीय सदस्यले साथ नदिएमा सांसद कायमै रहेर पार्टी विभाजन गर्न मिल्दैन।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/244656/

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.