२०८२ माघ १६ बिहीबार
२०८२ माघ १६ बिहीबार

साइप्रसका नेपाली श्रमिक र विधार्थीका समस्या: कन्सुलेटमा ज्ञापनपत्र बुझाइयो

साइप्रसको निकोसियास्थित नेपाली कन्सुलेट कार्यालयमा नेपाली श्रमिकका समस्या सम्बन्धी ज्ञापनपत्र बुझाउँदै एनआरएनए साइप्रसका प्रतिनिधि

निकोसिया, साइप्रस ।

साइप्रसमा श्रम गर्दै आएका नेपाली श्रमिक तथा अध्ययनरत विद्यार्थीहरूले भोग्दै आएका समस्या, पीडा र अप्ठ्यारालाई बुलन्द  आवाज  दिन आइतबार नेपाली कन्सुलेट कार्यालय, निकोसियामा ध्यानाकर्षण कार्यक्रम गरि ज्ञापनपत्र बुझाइएको छ। 

गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसको संयोजनमा विभिन्न नेपाली संघ–संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा तयार पारिएको ध्यानाकर्षण पत्र दूतावासमार्फत नेपाल सरकारसमक्ष पेश गरिएको हो।

कार्यक्रममा सहभागी संघसंस्थाले साइप्रसका नेपालीले  भोगेका सामाजिक सुरक्षा, श्रम अधिकार, तलब सुविधा, विद्यार्थी समस्या तथा म्यानपावर कम्पनीको लापरबाहीसम्बन्धी अनुभवहरू साझा गर्दै राज्यको गम्भीर ध्यान आवश्यक रहेको बताएका छन्।

ध्यानाकर्षण पत्रमा धेरै श्रमिकहरूले वर्षौंसम्म तिरेको सामाजिक सुरक्षा (सोसल इन्स्योरेन्स) रकम करार अवधि पूरा गरेपछि पनि फिर्ता नपाएको गुनासो गरिएको छ। यसले उनीहरूको भविष्य थप अनिश्चित बनेको उल्लेख गरिएको छ।

यस्तै गरि अलपत्र परेका श्रमिकलाई समेत वेवास्ता गर्ने म्यानपावर कम्पनीप्रति कार्यक्रमका सहभागीहरूले असन्तुष्टि व्यक्त गरे। उनीहरूले यस्ता कम्पनीमाथि कडा कारबाही नभएसम्म श्रमिकको पीडा नरोकिने बताएका छन्।साथै, हुन्डी कारोबार र मिटरब्याजी गतिविधिले श्रमिकको मेहनतको कमाइ जोखिममा पारेको भन्दै त्यसलाई नियन्त्रण गर्न दूतावासले सक्रिय भूमिका खेल्नुपर्ने माग गरिएको छ।

Cyprus Nepali Workers Problem

कार्यक्रममा अवैतानिक वाणिज्य दूत डा. राम जीवन पन्जियारले साइप्रसमा रहेका नेपालीहरूको समस्या दिनानुदिन बढ्दै गएको बताउँदै समाधानका लागि सबै संघ–संस्थाबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

उनले भने, “समुदाय एक भएर अघि बढे मात्र श्रमिक र विद्यार्थीको अधिकार सुरक्षित गर्न सकिन्छ।”

घरेलु कामदारहरूले समयमा तलब नपाउने, उचित खाने–बस्ने सुविधा नहुने र मेडिकल इन्स्योरेन्सबाट समेत वञ्चित हुनुपर्ने बाध्यता भोग्दै आएको पीडा पनि कार्यक्रममा उठाइएको छ।त्यस्तै विगतमा देखिएका समस्याका कारण बन्द गरिएको अध्ययन को लागि आवश्यक एनओसी पत्र हाल कसरी पुनः खुला गरियो भन्ने विषयमा पारदर्शिता नहुँदा धेरै विद्यार्थी अन्योलमा परेको सहभागीहरूको भनाइ छ।

यो पनि पढ्नुहोस :सामाजिक सञ्जालको भ्रम चिर्न नेपाली कन्सुलेट निकोसियाद्वारा सेवा शुल्क सूची सार्वजनिक

ध्यानाकर्षण पत्रमा साइप्रसस्थित विभिन्न संघ–संस्थाले हस्ताक्षर गर्दै संस्थागत एक्यवद्धता जनाएका छन्।

यसमा गैरआवासीय नेपाली संघ, नेपाल मगर संघ, नेपाल तामाङ घेदुङ, किरात राई यायोक्खा, तमु समाज, सुदूरपश्चिम नेपाली समाज र गड ग्रेस सी.एफ. सहभागी छन्।

साइप्रसमा बढ्दो नेपाली समुदायलाई मध्यनजर गर्दै स्थायी दूतावास स्थापना गर्न सरकारको पहल आवश्यक रहेको सहभागीहरूको माग छ।

उनीहरूका अनुसार, श्रमिक र विद्यार्थीको सुरक्षा, सम्मान र भविष्य सुरक्षित गर्न राज्य, दूतावास र समुदायबीच अझ नजिक सहकार्य हुन जरुरी छ। साइप्रसमा देखा परिरहेका श्रमिक, विद्यार्थी तथा समुदायसम्बन्धी समस्या समयमै पहिचान र समाधान गर्न, त्रैमासिक रूपमा साइप्रसमा स्थापित संघ–संस्था, अवैतानिक वाणिज्य दूत तथा दूतावासबीच भर्चुअल तथा प्रत्यक्ष छलफलको नियमित व्यवस्था गरियोस् माग राखिएको छ।  

ज्ञापनपत्रका मुख्य बुँदाहरू

• साइप्रसमा रहेका श्रमिकको सोसल इन्स्योरेन्समा काटिएको रकम करार अवधि पूरा गरिसकेपछि फिर्ता पाउने व्यवस्था मिलाउन सरकारलाई ध्यानाकर्षण गरिएको।

• घरेलु कामदारको तलब सुविधा, खाने–बस्ने सुविधा तथा समयमै सोसल र मेडिकल इन्स्योरेन्सको व्यवस्था मिलाउन ध्यानाकर्षण।

• साइप्रसमा विगतमा आउने विद्यार्थीहरूमा समस्या देखिएको कारण NOC बन्द भएको अवस्थामा अहिले कसरी खोलियो भन्ने विषयमा अनुगमन तथा निरीक्षक हुनुपर्ने।

• साइप्रसमा कामदार पठाउने म्यानपावरहरू, जो कामदार अलपत्र हुँदा समेत बेवास्ता गर्ने, त्यस्ता म्यानपावरलाई कडाइ गरिनुपर्ने।

• हुन्डी कारोबार र मिटरब्याजीहरूलाई निरुत्साहित गर्न दूतावासबाट सूचना प्रवाह गरिनुपर्ने।

• साइप्रसका समस्या र समाधान विषयमा त्रैमासिक रूपमा साइप्रसमा स्थापित संघ–संस्था, अवैतानिक वाणिज्य दूत र दूतावासबीच भर्चुअल तथा प्रत्यक्ष छलफल गरिनुपर्ने।

• साइप्रसमा नेपाली समुदायको बढ्दो चापलाई मध्यनजर गर्दै दूतावासका लागि पहल गरिदिन दूतावासमार्फत नेपाल सरकारको ध्यानाकर्षण गरिएको।

यो पनि पढ्नुहोस : छोरीको मुस्कान जोगाउन आफ्नै जीवनसँग लडिरहेकी अनिता 

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट