
काठमाडौं । विश्वका धनी टेस्ला, एक्स र स्पेस एक्सका सीईओ एलन मस्कसँग जोडिएको एक सनसनीपूर्ण दाबी सार्वजनिक भएको छ । जसले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। इन्फ्लुएन्सर तथा लेखिका एशली सेण्ट क्लेयरले सामाजिक सञ्जालमा हंगामा मच्चाएकी छिन् । उनले दाबी गरेकी छिन् कि उनले मस्कको १३औँ बच्चालाई जन्म दिएकी छिन्। हालै उनले न्यूयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा यस बारे विस्तृत रूपमा कुरा गरेकी छिन्।

उनले भनेकी छिन्, म कहिल्यै यस्तो सम्बन्धमा फस्न चाहन्नथेँ, तर पहिलो कदम मस्कले नै चाले। शायद मेरो सोझोपनका कारण म मस्कको प्रेममा फसेँ। सेण्ट क्लेयरका अनुसार उनीहरूबीचको पहिलो भेट अनलाइनमार्फत भएको थियो। मस्क निकै रमाइलो स्वभावका, स्मार्ट र डाउन टू अर्थ व्यक्ति थिए। उनीहरूको कुराकानी (पहिले ट्विटर) मा शुरू भएको थियो। मस्कले उनलाई डायरेक्ट म्यासेज गरेका थिए । सायद मस्कले पोष्ट गरेको कुनै मिममा प्रतिक्रिया जनाएपछि कुराकानीको सिलसिला अघि बढेको थियो।
सुरुमा उनलाई मस्कमा कुनै विशेष चासो थिएन । तर ट्विटर खरिदको मामिलामा जिज्ञासा थियो। मस्कले उनको निलम्बित ट्विटर अकाउन्ट पुनर्स्थापना गरिदिएका थिए । जुन ८ महिनासम्म सस्पेन्ड गरिएको थियो। केही समयपछि मस्कले उनलाई सोधे, तिमी कहिल्यै सान फ्रान्सिस्को वा अस्टिन आउँछौ ? त्यसपछि मस्कले उनलाई सान फ्रान्सिस्को बोलाएर अन्तर्वार्ता लिने प्रस्ताव राखे।
अन्तर्वार्तापछि मस्कले उनलाई टेक्स्ट गरेर प्रोविडेन्स (रोड आइल्यान्ड) जाउँ भन्ने प्रस्ताव गरे । यहीँबाट उनीहरूको प्रेम कहानी सुरू भयो। यही भयो शारीरिक सम्बन्ध । जसबाट उनले मस्कको गर्भ बोकिन् । मस्कले उनलाई एक विलासी अपार्टमेन्ट प्रदान गरे । त्यहाँ सुरक्षाको व्यवस्था गरे । तर कुनै रोमान्स थिएन। उनी आफूलाई एक्लो महसुस गरिरहेकी थिइन्, तर आफ्ना बच्चाको सुरक्षाका लागि मौन बस्न बाध्य भइन्।

सेण्ट क्लेयरका अनुसार, जब ट्याब्लोइड मिडियाले उनको गर्भावस्थाबारे थाहा पाए र सार्वजनिक गर्न लागेका थिए । तब उनले नै सामाजिक सञ्जालमार्फत सत्य बाहिर ल्याउने निर्णय गरिन्। एलन मस्कले भने अहिलेसम्म यी दाबीहरूलाई न त पुष्टि गरेका छन् न खण्डन। अहिले सामाजिक सञ्जालमा यो विषयले व्यापक चर्चा पाइरहेको छ। के साँच्चै सेण्ट क्लेयर मस्कको १३औँ बच्चाको आमा हुन् ? यो अझै रहस्यकै विषय छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
श्रोत : www.janaboli.com