
काठमाडौँ । नेपाल भाषाको लवजमा गीत गाएर गायक कुमा सागरलाई गिज्याएको आरोपमा ३ जना कमेडियन विरुद्ध प्रहरीमा निवेदन दर्ता गरिएको छ । नेवार समुदायका व्यक्तिहरूले कमेडियन सजन श्रेष्ठ, सुशान्त प्रधान र उत्सव सापकोटा विरुद्ध निवेदन दिएका हुन् ।

कुमा सागरलाई गिज्याएर सम्पूर्ण नेवार समुदायको आत्मसम्मानमा चोट पुगेको निवेदनमा दाबी गरिएको छ । विवादबारे दुवै पक्षलाई राखेर छलफल गराइने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।
प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार

श्रोत : www.janaboli.com