क्यानडाको टोरन्टोको पियर्सन विमानस्थलमा अवतरण गर्ने क्रममा डेल्टा एयर लाइन्सको जेट विमान छतमा पल्टिएको छ।


सोमबार अवतरणका क्रममा विमान हिउँमा चिप्लिएर पल्टिएको हो। विमानमा ८० जना सवार थिए। विमान चिप्लिएर पल्टिएर उत्तानो परेको हो। जहाँ बाक्लो हिउँले भरिएको छ।
विमानस्थलका प्रमुख कार्यकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्ययममा उल्लेख भएअनुसार विमानमा सबार सबै बाँचेका छन् र घाइतेहरूलाई तुलनात्मक रूपमा सामान्य चोटपटक लागेको छ।
७६ यात्रु र चार चालक दलका सदस्य बोकेको मिनियापोलिसबाट दिउँसो २:१५ बजेतिर सुक्खा धावनमार्गमा अवतरण गर्ने प्रयास गर्दा ४० माइल प्रतिघण्टा (६५ किलोमिटर प्रतिघण्टा) को गतिमा आएको हावाले हिउँ उडाएको थियो।

‘हामी धेरै आभारी छौं कि कुनै पनि जीवनको क्षति भएन र तुलनात्मक रूपमा सामान्य चोटपटक लागेन,’ ग्रेटर टोरन्टो विमानस्थल प्राधिकरणका सीईओ डेबोरा फ्लिन्टले पत्रकारहरूलाई बताइन्।
टोरन्टो पियर्सनका अग्नि नियन्त्रक प्रमुख टोड एटकेनले १८ जना यात्रुलाई अस्पताल लगिएको बताए। अघिल्लो दिन ओरन्ज एयर एम्बुलेन्सले एक बाल रोगीलाई टोरन्टोको सिककिड्स अस्पताल र दुई घाइते वयस्कलाई शहरका अन्य अस्पतालहरूमा पुर्याएको बताएको थियो।
अधिकारीहरूले दुर्घटनाको कारण अनुसन्धान भइरहेको बताएका छन्।
श्रोत : deshsanchar.com