काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरेको छ।

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्दै उक्त कुरा बताएका हुन्।
प्रदेशगत रुपमा मधेश प्रदेश, कोसी र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर औसत ४.६१ प्रतिशत भन्दा माथि रहने सरकारको प्रक्षेपण छ।
यसका साथै सरकारले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आधार ६१ खर्ब ७ अर्ब पुग्ने अनु्मान गरेको छ।

‘यस अवधिमा कुल ग्राह्रस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ’, मन्त्री पौडेलले भने।
चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आए बढेर १ हजार ५१७ अमेरिकी डलर पुगेको उनको भनाइ छ।
सामाग्री श्रोत :