२०८२ जेष्ठ १३ सोमबार
२०८२ जेष्ठ १३ सोमबार

आगामी नीति तथा कार्यक्रमका लागि अनलाइन सुझाव स‌ंकलन गर्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ मा ल्याउने कार्यक्रमका लागि सर्वसाधारणसँग सुझाव मागेको छ । यसका लागि छुट्टै अनलाइन पोर्टल सार्वजनिक गर्दै महानगरले अनलाइन सुझाव सङ्कलन गर्न लागेको हो । 

काठमाडौँमा आगामी आर्थिक वर्षका लागि कस्ता कस्ता आयोजना ल्याउन चाहेको हो प्रतिक्रिया दिन सर्वसाधारणलाई महानगरले अनुरोध गरेको छ । यहाँ क्लिक गरेर महानगरको नीति तथा कार्यक्रम र बजेटमा आफ्ना सुझाव दिन सकिन्छ । यस पोर्टलमार्फत महानगरका विभिन्न विभाग तथा कार्यक्रमका लागि सुझाव दिन सकिने बताइएको छ। 

सुझाव जुनसुकै व्यक्तिले पनि दिन सक्ने विकल्प दिइएको छ । सुझाव दिँदा आफ्नो विवरण गोप्य राख्न वा सम्पर्क नम्बर र ठेगानाहरू उपलब्ध गराउन पनि सकिन्छ । सुझावसँगै सम्बन्धित कागजातहरू छन् भने त्यो पनि अपलोड गर्न सकिने व्यवस्था उक्त पोर्टलमा छ । 

पोर्टलबाट नागरिकले १५ जेठसम्म आफ्ना सुझाव तथा प्रतिक्रिया पठाउन सक्नेछन् । त्यहाँ आएका सुझावलाई समेटेर महानगरपालिकाको आगामी बजेटका साथै नीति तथा कार्यक्रम बन्नेछ । 

नागरिकका चाहना, साझेदार, सरोकारवालाका अपेक्षालाई नीति, बजेट तथा कार्यक्रममा समेट्ने उद्देश्यले अनलाइनबाट सुझाव तथा प्रतिक्रिया सङ्कलन गर्न लागिएको महानगरले जनाएको हो । महानगरका पूर्वाधार, आर्थिक, सामाजिक, कार्यालय सञ्चालन, प्रशासन, सुशासन लगायतका विषयमा सुझाव दिन सकिन्छ । 

पछिल्लो अध्यावधिक: जेठ ११, २०८२ १६:२७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट