२०८२ जेष्ठ १३ सोमबार
२०८२ जेष्ठ १३ सोमबार

जन्डिस भनेको के हो ? जन्डिस हुँदा के खाने, के नखाने?

शरीरमा बिलिरुबिनको मात्रा बढ्नुलाई सामान्यत कमलपित्त वा जन्डिस (पँहेलो रोग) भनेर चिनिन्छ। जन्डिस तब हुन्छ जब रगतमा बिलिरुबिनको मात्रा अत्यधिक बढ्छ, जुन रातो रक्त कोशिकाको विघटनबाट उत्पन्न हुन्छ। सामान्य अवस्थामा, कलेजोले बिलिरुबिनलाई शरीरबाट बाहिर निकाल्छ, तर कलेजोमा कुनै समस्या भएमा, यो प्रक्रिया प्रभावित हुन्छ र रगतमा बिलिरुबिनको मात्रा बढ्न थाल्छ।

गतमा बिलिरुबिनको मात्रा तीन मिलिग्रामभन्दा बढी भएपछि, यसले गर्दा आँखा, छाला र पिसाब पहेँलो देखिन्छ। यो कलेजो, पित्त नली, वा रगतसँग सम्बन्धित समस्याको संकेत हुन सक्छ। समयमै उपचार नगरेमा गम्भीर समस्या निम्त्याउन सक्छ। यो लक्षण कलेजोको रोग वा अन्य स्वास्थ्य समस्याहरूको संकेत हुन सक्छ। जन्डिस आफैंमा कुनै रोग होइन, यसकारण, जन्डिस देखिएमा चिकित्सकसँग परामर्श गरी यसका कारण पत्ता लगाउन र आवश्यक उपचार गर्नुपर्ने हुन्छ। जन्डिसको लक्षण देखिएमा स्वास्थ्यको स्थिति गम्भीर हुन सक्ने भएकाले समयमै उपचार आवश्यक हुन्छ।

जण्डिस एक गम्भीर स्वास्थ्य समस्या हो जसले कलेजो र पित्त प्रणालीमा असर पु¥याउँछ। यस रोगका लक्षणहरु निम्न प्रकारका छन्ः

 लक्षणहरुः 
–    पिसाब गाढा पहेँलोे देखिनु
–    आँखाको सेतो भाग,नङ र शरीरको छाला पहेँलो देखिनु
–    भोक नलाग्नु, बान्ता आउनु
–    शरीरमा कमजोरी महसुस हुनु, ज्वरो आउनु
–    पेट दुख्नु (खासगरी पेटको दायाँ भाग)
–    दिसा सेतो वा फिक्का रंगको हुनु
–    शारीरिक कमजोरी हुनु जिउ गल्दै जानु।
–    वाकवाक लाग्ने र बान्ता हुने।
–    भोक नलाग्नु खाना नरुच्नु।
–    थकान र अल्छी अनुभव गर्नु।
–    ज्वरो आउने।

जण्डिसको उपचारमा ढिला गर्नाले गम्भीर परिणाम हुन सक्छ, त्यसैले तुरुन्तै चिकित्सकको परामर्श लिनु अत्यन्तै आवश्यक छ।
जन्डिसबाट बच्ने उपायहरुः
–    आफ्नो आहारमा दूध समावेश गर्नुहोस् र नियमित रूपमा दूध पिउनुहोस्।
–    पर्याप्त पानी पिउनुहोस्।
–    आफ्नो आहारमा उच्च फाइबरयुक्त खानाहरू समावेश गर्नुहोस्।
–    सुरक्षित र स्वस्थ खाना र सफा पानी उपभोग गर्नुहोस्।
–   संक्रमण हुँदा चिल्लो र चिल्लो खानेकुराको सेवन नगर्नुहोस्।
–    राम्रोसँग हाइड्रेटेड रहनको लागि तरल पदार्थ पिउनुहोस्।
–    आफ्नो आहारमा कार्बोहाइड्रेट युक्त खानेकुराहरूसँगै पाचन सुधार गर्ने फलफूलहरू समावेश     गर्नुहोस्।
–    रक्सी नपिउनुहोस्।
–    हेपाटाइटिस विरुद्ध खोप लिनुहोस्।
–    औषधि प्रयोग नगर्नुहोस्।
–    असुरक्षित यौन सम्पर्कबाट बच्नुहोस्।
–    जण्डिस  हुँदा खानपानमा विशेष ध्यान दिन आवश्यक हुन्छ। 

 खाने योग्य चीजहरूः
१। फलफूल र तरकारीहरूः मेवा, स्याउ, खरबुजा, गाजर, चुकन्दर, र हरियो पात भएको तरकारीहरू।
२। दाल र अन्नहरूः मुंगको दाल र भात।
३। दही र मोहीः पाचन सुधार्नको लागि।
४। नरिवलको पानी शरीरलाई हाइड्रेटेड राख्न।
५। कागती पानी कलेजोलाई डिटक्स गर्न।
६। हल्का खाना खिचडी, तरकारी, र सूप।
७। पर्याप्त पानी पिउनु हाइड्रेटेड रहनको लागि।

नखाने चीजहरूः
१। बासी, बोसा र तारेको खाना जस्तै फ्रेन्च फ्राइज, बर्गर, र पिज्जा।
२। प्रसंस्कृत खाद्य पदार्थ जस्तै प्याकेटमा भएका स्न्याक्स, जंक फूड।
३। मसालेदार र पिरो खाना जस्तै खुर्सानी, अचार।
४। मासु र माछा विशेष गरी रातो मासु।
५। कफी र मदिरा जस्तै कफी, चिया, र रक्सी।
६। अधिक तेल र घ्यू तारिएको र अत्यधिक तेलयुक्त खाना।
७। बेकरी प्रोडक्ट्स केक, पेस्ट्री, र ब्रेड।

जन्डिस हुने प्रमुख कारणहरू
१.    हेपाटाइटिस (लिवर इन्फेक्सन)
हेपाटाइटिस ए, बि, सि, डि, इ भाइरसहरूले कलेजोलाई असर गर्दा जन्डिस हुन्छ।
२.    अत्यधिक अल्कोहल सेवन
यसले कलेजोमा सिरोसिस (स्थायी क्षति) निम्त्याउँछ, जसले जन्डिस गराउँछ।
३.    पित्त नलीमा अवरोध (ग्याल्स्टोन)
ग्यालब्लाडरमा ढुंगा वा ट्युमरका कारण पित्त नली अवरुद्ध हुँदा जन्डिस देखिन्छ।
४.    हेमोलाइटिक एनिमिया
जब शरीरमा रातो रक्तकोशिका छिटो टुट्न थाल्छन्, तब बिलिरुबिन अत्यधिक बन्न थाल्छ।
५.    कुनै औषधिको दुष्प्रभाव
पेनकिलर (जस्तै पेरासिटामोल), केही एन्टिबायोटिकले कलेजोमा असर गर्न सक्छन्।
६.    नवजात शिशुमा कलेजो पूर्ण विकसित नहुनु
नवजात शिशुहरूको कलेजो अपरिपक्व हुँदा अस्थायी जन्डिस देखिन सक्छ।यसका अतिरिक्त, नियमित रूपमा डाक्टरको परामर्श लिनु र निर्देशनहरू पालना गर्नु महत्वपूर्ण छ। उचित खानपानसँगै आराम र पर्याप्त निद्रा पनि आवश्यक छ ताकि शरीर छिट्टै ठीक होस्।

जण्डिसको उपचार निम्नानुसार छः

१. आरामः– शरीरलाई पर्याप्त आराम दिनु महत्त्वपूर्ण छ। 
२. हाइड्रेशनः– प्रशस्त मात्रामा पानी पिउनु पर्दछ। यो शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न मद्दत गर्छ।
३. उचित आहारः– स्वस्थ र सन्तुलित आहार खानु महत्त्वपूर्ण छ। ताजा फलफूल, सागसब्जी, सूप, र अन्य हल्का खाना खानु राम्रो हुन्छ। बोसो, तारेको खाना, र मसालेदार खाना कम गर्नुहोस्।
४. औषधिः– जण्डिसको कारण स्वास्थ्यकर्मी वा चिकित्सकले दिनुभयको  उपयुक्त औषधि सेवान गर्ने चेक जाच नगरि औषधि सेवन नगर्ने।
५. घरेलु उपचारः– मेथीको पातको रस, एलोवेरा जूस, चुकन्दर र गाजरको रस, निबुवा पानी आदि घरेलु उपचार पनि उपयोगी हुन सक्छ।
६. चिकित्सकीय परामर्शः– जण्डिसको कुनै पनि लक्षण देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह लिनु पर्दछ।
७. अन्य उपायहरूः– अल्कोहल सेवन नगर्नुहोस्।

जण्डिसको उपचार आत्म–उपचार मात्र नभई चिकित्सकीय सल्लाह अनुसार गर्नु पर्छ।

जन्डिसलाई सामान्य नठानौं। यो कलेजो, पित्त नली, वा रगतको समस्याको संकेत हुन सक्छ। प्रारम्भिक लक्षण देखिनासाथ डाक्टरको सल्लाह लिनु आवश्यक छ। स्वस्थ जीवनशैली, स्वच्छ खाना–पानी, नियमित स्वास्थ्य परीक्षण र सावधानीपूर्वक औषधि सेवन गरेर जन्डिसबाट बच्न सकिन्छ।

(लेखक जोशी, हेल्थ असिस्टेन्ट हुन्)


 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट