२०८२ बैशाख १७ बुधबार
२०८२ बैशाख १७ बुधबार

भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा वीरगन्जको नारायणी अस्पतालमा किमोथेरापी सेवा सुरु

काठमाडौं – वीरगन्जको नारायणाी अस्पतालमा क्यान्सरको किमोथेरापी सेवा सुरु भएको छ। भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा मधेश प्रदेशको वीरगन्जस्थित नारायणी अस्पतालमा क्यान्सर बिरामीका लागि किमोथेरापी सेवा सुरु भएको हो। 

सातै प्रदेशमा क्यान्सर उपचार सेवालाई विस्तार गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको योजना अनुरुप गत भदौ २५ गतेदेखि नारायणी अस्पतालमा क्यान्सर ओपिडी सेवा सञ्चालन भइरहेको छ। 

सात प्रदेशमध्ये मधेश र कोशी प्रदेशमा क्यान्सर उपचार सेवा प्रदान गर्नका लागि प्राविधिक सहयोग गर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई दिएको थियो। यसअघि नारायणी अस्पतालले क्यान्सर स्क्रिनिंग तथा ओपिडी सेवा मात्रै प्रदान गर्दै आएको भक्तपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक डा उज्वल चालिसे बताए। 

‘मधेश प्रदेशमा ओपिडी परीक्षण भएपनि किमोथेरापी सहितको सेवा यसअघि सञ्चालन गरिएको थिएन’, आजदेखी सुरु भएको छ’ डा चालिसेले भने ‘अब क्यान्सर उपचारका लागि काठमाडौं लगायत अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ।’ यो सँगै दुवै भक्तपुर क्यान्सरले जिम्मेवारी पाएको दुवै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार भएको डा चालिसेले बताए। 

स्तन क्यान्सरको उपचार गराइरहेकी एक महिलालाई किमोथेरापी दिएर उक्त सेवाको सुरुवात गरिएको डा चालिसेले बताए। आगामी दिनमा प्यालिएटिभ केयर पनि सुरुवात गरिने उनले जानकारी दिए। 

भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अंकोलोजिष्ट डा प्रभु शाहको नेतृत्वमा किमोथेरापी सेवा सुरुवात गरिएको थियो। निर्देशक डा चालिसेले सेवामा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

नारायणाी अस्पतालमा क्यान्सर ओपिडी सञ्चालनका लागि भक्तपुर अस्पतालले चिकित्सक पठाउँदै आइरहेको छ। एक पटकको परीक्षणमाा २०,२५ जना बिरामीले उपचार सेवा लिने गरेका छन् ।अस्पतालमा उपचारका लागि आउने बिरामीहरुमा नाक, कान घाँटीको क्यान्सर बढी देखिएको डा चालिसेले बताए । तुलनात्मक रुपमा सूर्तीजन्य पदार्थको बढी सेवन हुने कारण नाक तथा घाँटीको क्यान्सर मधेस प्रदेशमा बढी देखिएको डा चालिसे बताउँछन्। 

कोशीमा किमोथेरापी सहितको सेवा यसअघि नै प्रदान भइरहेको छ। आवश्यक परेमा भक्तपुर क्यान्सर अस्पतालले प्राविधिक सहयोग गर्दै आइरहेको छ। कोशीमा क्यान्सर उपचारका लागि विशेषज्ञ चिकित्सकको अभाव नभएका कारण यसअघि नै सञ्चालनमा किमोथेरापी सेवा सञ्चालनमा थियो।  शल्यक्रियाको समयमा भने अस्पतालले चिकित्सक भने पठाउने गरेको छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट