२०८२ जेष्ठ ६ सोमबार
२०८२ जेष्ठ ६ सोमबार

साइप्रसमा उभौली पर्व मनाइने

साइप्रसमा रहेका किराती समुदायले उभौली पर्व मनाउने भएका छन्। आगामी मे ११ तारिखमा लिमासोल-निकोसिया हाइवेमा अवस्थित ट्रिकिस प्यालेस हलमा एक सांस्कृतिक कार्यक्रम गरि मनाइने बताइएको छ। 

किराँती समुदायको  राष्ट्रिय पर्व उभौलीको अवसरमा आयोजना हुन लागेको “साकेला बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रम” को तयारी भै रहेको संस्थाका अध्यक्ष नविन राईले जानकारी दिए।  किरात राई यायोक्खा साइप्रसले आयोजना गर्न लागेको कार्यक्रममा  मौलिक र सांस्कृतिक झाँकी प्रस्तुत गरिने बताइएको छ। 

किराँती संस्कार, संस्कृति र मौलिक  खानाका परिकार समेत को अनुभव लिन सकिने गरि व्यवस्था गरिएको आयोजकले जनाएको छ।  किराँती  संस्कृति अनुसार ढोल झ्याम्टा बजाउदै साकेला शिली नाँच प्रस्तुत गरिने बताइएको छ। साथै, स्थापित  विभिन्न संघसंस्थाका कलाकारले पनि आफ्नो सांगीतिक प्रस्तुति दिने तयारी रहेको आयोजकले जनाएका छन्। 

कार्यक्रममा सहभागी हुन साइप्रसका सबै मुख्य सहरबाट बसको व्यवस्था गरिएको छ। 

सन् २०१७ मा स्थापित यस संस्थाले हरेक वर्ष कार्यक्रम गर्दै उभौली पर्व मनाउदै आएका छन्। 

 

छुटाउनुभयो कि ?