२०८२ जेष्ठ ३ शुक्रबार
LATEST NEWS
२०८२ जेष्ठ ३ शुक्रबार

पापोस र लिमासोलमा चोरी, एक पक्राउ

०४ मार्च २०२१/ लिमासोल

साइप्रसमा चोरीको घटना दिनदिनै बढ्दै गरिरहेको छ।  लकडाउन सुरु भए यता भने चोरी र लुटपाट को घटना बढ्दो छ।  खासगरी लिमासोल र पापोसमा  चोरीको घटना भै रहेका छन्।   पापोस प्रहरीले मंगलबार एक चोरीको घटनाबारे छानबिन गरेको छ। ७४ वर्षीय ब्रिटिस नागरिकको घरमा चोरी भएको सूचना पाए लगतै प्रहरीले घटनास्थल सुरक्षित गरि अनुसन्धान सुरु गरेको हो।

सोमबार राति चोरहरुले घर फुटाएर नगद र गरगहना लुटेका हुन्।  प्रहरीका अनुसार “सेफ” तोडेर  तिन  हजार युरो, एक हजार ब्रिटिस पाउण्ड नगद र केहि गरगहना पनि चोरी भएको हो।  प्रहरीले अपराधी को खोजि गरि रहेको बताएको छ।

त्यस्तै, लिमासोलामा पनि एक लाख बिस हजार युरो मूल्य पर्ने घडि र १६५० युरो नगद  जिमहलको लकर वाट चोरी भएको छ। ३५ वर्षीय बिजनेशम्यान लिमासोल टाउन होटेल को जिम सेन्टरमा रहेको लकरमा आफ्नो सामान राखेर व्यायाम गर्न गएका थिए।  व्यायाम सकेर फर्किदा लकरबाट सामान हराएपछि प्रहरीलाई खबर गरिएको थियो।

सिसिटिभी फुटेज को आधारमा प्रहरीले  २३ वर्षीय व्याक्तिलाई चोरी को आशंकामा पक्राउ गरि अनुसन्धान थालेको छ।  सो व्याक्ति होटेलकै पाहुना भएको बताइएको छ।  प्रहरीले एक लाख बिस हजार युरो मूल्यको घडि बरामद गरेको छ भने नगद अझै फेला परेको छैन यधपी अनुसन्धान जारि रहेको लिमासोल प्रहरीले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस : वैदेशिक रोजगार विभागद्वारा नेपाल म्यानपावरमा छापा, पैसा फिर्ता पाइने आशामा युवा

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट