
निकोसिया ,साईप्रस
युरोपियन देश साईप्रसमा एक नेपाली महिलाको असमायिक निधन भएको छ । सोमवार विहान आकस्मीक निधन भएकी लगभग ४० बर्षिय संगिता पाण्डेको नेपालको पहिचान खुलेको छ । गैरआवासीय नेपाली सघं साईप्रसले दिएको जानकारी अनुसार मृतक पाण्डेको नेपाल घर नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा न. १ पाण्डेगाऊ रहेको जनाएको छ ।
सघंका सचिव पुरन मगरका अनुसार नेपाली राजदुतावास ईजरायल , नेपाली होनरी कन्सुलेट अफ साईप्रस र गैरआवासीय नेपाली सघं साईप्रसले विहिवार पहिचान खुलेपछि मृतक पाण्डेको परिवारलाई जानकारी गराईएको बताउनु भयो । सचिव मगरले मृतक पाण्डेको शव साईप्रसको कानुनी प्रक्रिया पुरा गरेपछि नेपाल पठाउने बताउदै नेपाली समुदायहरुलाई सुरक्षा प्रदान गर्ने साईप्रस प्रसासनलाई विशेष धन्यबाद दिदै अगामी दिनमा सारा नेपालीहरु आ आफनो परिवारहरुसगं नियमित सम्पर्कमा रहन आग्रह गर्नु भएको छ ।
मृतक पाण्डे अवतार ह्युमान रिर्सोस प्रा.ली. काठमाडौबाट २०१५ साल नोमेम्बर २९ तारिखका दिन घरेलु कामदारको रुपमा ३०९ युरो मासिक तलबमा आएको सचिव मगरले जानकारी दिनुभयो । कोरोनाले गर्दा धेरै नेपाली समुदाय लगाएत साईप्रसकै नागरिकहरुको जागिर गुमेकोले केही समय धैर्यधारण गरि आ आफनो जिविकोपार्जन गर्नका लागि मगरले अनुरोध गरेका छन ।
आफुहरु विदेशमा कहा कुन ठाउमा बसोबास गरिरहेका छौ सबै ठेगानाहरु आ आफनो परिवार , नेपाली सघंसस्थाहरु , नेपाली कन्सुलेटमा जानकारी दिनका समेत एनआरएनए महासचिव कृपा थापाले आग्रह गर्नुभएको छ । जसले गर्दा केही अपरझट घटना भएको खण्डमा पुर्ण जानकारी लिन सहज हुने आपेक्षा लिएको महासचिव थापाको भनाई रहेको छ ।
महासचिव थापाले आ आफनो स्वाथ्यका बारेमा पनि ख्याल गर्नका लागि सबैलाई अनुरोध गर्नु भएको छ । साईप्रसमा कुनै पनि कहि कतै पनि जुनसुकै समास्या परिआएमा नअत्तिकन गैरआवासीय नेपाली सघं साईप्रस , नेपाली कन्सुलेट मा सम्पर्क गर्नहुन सबैमा अनुरोध गरिएको एनआरएनए साईप्रसका प्रमुख संरक्षक सुबास मल्लले अनुरोध गर्नुभएको छ ।
साईप्रसमा दिनहु भैरहेको विभिन्न किसिमका घटनाहरुलाई न्यनिकरण गर्नका लागि यहा रहेका सारा समाजिक ,जातिय , राजनितिक सघंसस्थाहरु एकआपसमा हातेमालो गर्दै अगाडी बढनुपर्ने एनआरएनए साईप्रसकी अध्यक्ष दिलकुमारी तिलिजापुनले बताउनु भएको छ । अध्यक्ष पुनले आफुहरु सारा नेपाली समुदायहरुको अवाज बुलन्द गर्नका लागि यहाका समाजिक सघंसस्थाहरुको सहयोग , सहकार्य अत्ति आवश्यक रहेको बताउदै बर्षेनी नेपाली समुदायहरुको यहा मृत्युदर बढदै जानु दुख ब्यक्त समेत गरेकी छिन ।
निकोसिया ,साईप्रस
गुल्मेलीहरु अन्तरराष्टिय स्तरमा एकिकृत गर्न सक्षम भएको एक कार्यक्रमका वक्ताहरु बताएका छन । गुल्मी सेवा समाज साईप्रसले आयोजना गरेको पहिलो भर्चुवल टिकटोक प्रतियोगिता कार्यक्रममा सारा गुल्मी जिल्लाबासीहरु एकिकृत हुनुपर्ने बताएका हुन ।
गुल्मेलीपन , संस्कृति को जर्गेना र भाईचाराको सु सम्बन्ध बृद्धि गर्ने हेतुले स्थापना भएको गुल्मी सेवा समाजले साईप्रसमा रहेका विभिन्न समाजिक सघंसस्थाहरुसगं सहकार्य गरेर आफनो कार्यक्रम, सहयोग लगाएतका कार्यहरु गर्दै आएको समाजका अध्यक्ष श्यामलाल नेपालीले जानकारी दिनुभयो ।
समाजकी नुनु परियारको संचालन तथा गुल्मी जिल्ला समाज बेलायतका अध्यक्ष टोप बहादुर पल्लीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा समाजका प्रमुख सल्लाहकार एवमं संरक्षक धतानन्द पाण्डे , गुल्मी जिल्ला समाज बेलायतका महासचिव विर बराल , गुल्मी जिल्ला समाज बेलायतका रुद्र थापा ,पत्रकार महासघं युरोप शाखाका सदस्य दिनेश गौतम , गुल्मी सेवा समाजका मनोज पन्त, सन्दीप गौतम, सरीता शेन ठकुरी, रितु मगर, सीता गाहा मगर, प्रकाश बिक ,पारु थापा मगर, राज शर्मा , मोहन महत लगाएतहरु सहभागिता रहेको थियो ।
आन्तरिक टिकटक प्रतियोगितामा प्रथम मोहन महत ,द्धितियमा राज शर्मा ,तृतीयमा थापा मगर ,र चौथोमा प्रकास विक हुनु भएको थियो । गुल्मी सेवा समाजका अध्यक्ष श्यामलाल नेपालीले आगामी दिनहरुमा विभिन्न देशमा छरिएर रहनु भएका गुल्मेली ब्याक्तित्व र त्यहाँ खोलिएका सँगठनसङ्ग सहकार्य गरि एकमुस्ट रुपमा दिन दुखी,असाय तथा पिडित पक्षहरुलाई मलम पट्टी लगाउने र अन्तराष्ट्रिय रुपमै सवै गुल्मेली संस्था एकिकृत भइ अगाडि बड्नुपर्ने जोड दिनुभएको थियो ।
०४ मार्च २०२१/ लिमासोल
साइप्रसमा चोरीको घटना दिनदिनै बढ्दै गरिरहेको छ। लकडाउन सुरु भए यता भने चोरी र लुटपाट को घटना बढ्दो छ। खासगरी लिमासोल र पापोसमा चोरीको घटना भै रहेका छन्। पापोस प्रहरीले मंगलबार एक चोरीको घटनाबारे छानबिन गरेको छ। ७४ वर्षीय ब्रिटिस नागरिकको घरमा चोरी भएको सूचना पाए लगतै प्रहरीले घटनास्थल सुरक्षित गरि अनुसन्धान सुरु गरेको हो।
सोमबार राति चोरहरुले घर फुटाएर नगद र गरगहना लुटेका हुन्। प्रहरीका अनुसार “सेफ” तोडेर तिन हजार युरो, एक हजार ब्रिटिस पाउण्ड नगद र केहि गरगहना पनि चोरी भएको हो। प्रहरीले अपराधी को खोजि गरि रहेको बताएको छ।
त्यस्तै, लिमासोलामा पनि एक लाख बिस हजार युरो मूल्य पर्ने घडि र १६५० युरो नगद जिमहलको लकर वाट चोरी भएको छ। ३५ वर्षीय बिजनेशम्यान लिमासोल टाउन होटेल को जिम सेन्टरमा रहेको लकरमा आफ्नो सामान राखेर व्यायाम गर्न गएका थिए। व्यायाम सकेर फर्किदा लकरबाट सामान हराएपछि प्रहरीलाई खबर गरिएको थियो।
सिसिटिभी फुटेज को आधारमा प्रहरीले २३ वर्षीय व्याक्तिलाई चोरी को आशंकामा पक्राउ गरि अनुसन्धान थालेको छ। सो व्याक्ति होटेलकै पाहुना भएको बताइएको छ। प्रहरीले एक लाख बिस हजार युरो मूल्यको घडि बरामद गरेको छ भने नगद अझै फेला परेको छैन यधपी अनुसन्धान जारि रहेको लिमासोल प्रहरीले जानकारी दिएको छ।