जातीय विभेद विरुद्ध सचेतना जगाउने गीत ‘समान सबै जात हजुर’ सार्वजनिक

Facebook
Twitter
LinkedIn

जातीय विभेद विरुद्ध सचेतना जगाउने गीत ‘समान सबै जात हजुर’ सार्वजनिक भएको छ । रुकुम पश्चिममा नवराज विक सहित ६ जना युवाहरुको जातकै कारण हत्या भएको अवस्थामा आन्दोलन र धर्ना जारी रहँदा काठमाडौँको नयाँ वानेश्वरमा आयोजित धर्ना कार्यक्रममा गीत सार्वजनिक गरिएको हो ।

रुकुममा नवराज विक सहित टिकाराम सुनुवार, गणेश बुढामगर, लोकेन्द्र सुनार, सन्जु बिक र गोविन्द शाहीको हत्या भएको थियो । सोही हत्याको विरोधमा काठमाडौँ लगायत मुलुकका विभिन्न स्थानमा विरोध जारी रहँदा सर्मथनमा गीत सार्वजनिक भएको हो ।

दीपेन्द्र रसाइलीको शब्द र संगित रहेको गीतमा स्वयं रसाइली र उर्मिला लाम्गादेको स्वर रहेको छ । रुकुमको चौरजहारीमा भएको घटना विरुद्ध सचेतना जगाउने उद्देश्यले गीत तयार पारिएको गायिका लाम्गादेले बताइन् ।

गीतमा दलित समुदायले लामो समय देखि भोग्दै आएको विभेद विरुद्ध लड्न आव्हान गरिएको छ । दलित आन्दोलनका नेता एवं साहित्यकार आहुति को लेखन, जागरण मिडीया सेण्टर द्वारा निर्माण गरिएको चर्चित टेलिसिरियल दलनमा समेत अभिनय गरेकी गायिका लाम्गादेले समान सबै जात हजुर बोलको गीतले समाजको वास्तविक चरित्र बोलेको बताइन् ।

रुकुम पश्चिममा नवराज विक सहित ६ जना युवाहरुको जातकै कारण हत्या भएको अवस्थामा सर्वजनिक भएको गीतले जातीय विभेद विरुद्ध गतिलो सन्देश दिएको छ ।

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.