२०८२ जेष्ठ ३ शुक्रबार
२०८२ जेष्ठ ३ शुक्रबार

भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार र प्रसारको नेपाल लगाएत युरोप पत्रकार महासघंद्धारा भर्त्सना

दिनेश गौतम
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी चिनियाँ राजदुत होउ यान्छी विरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार महासघंका महासचिव रमेश विष्टले आज एक प्रेस विज्ञाप्ती जारी गर्दै भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ , भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमुना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर रहेको उल्लेख गर्नु भएको छ ।

विष्टले पत्रकार महासंघले भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार÷प्रसारको कडा शब्दमा भर्त्सना गर्दै महासंघ प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

यता नेपाल पत्रकार महासघं युरोप शाखाका अध्यक्ष केजिन राईले आज साईप्रस नेपाल डटकमसगं टेलिफोनमा कुराकानी गर्दै भारतीय मिडियाहरु एक स्वतन्त्र देशको प्रधानमन्त्रिलाई यसरी भ्रमपुर्ण रिर्पोट बनाउनु अत्यन्त खेद जनक भएको भन्दै यस्तो गलत प्रचार प्रसान नगर्न गराउन भारतीय संचार मध्यमहरुलाई अनुरोध गर्नुभएको भएको छ ।

अध्यक्ष राईले भारतीय मिडिया जि टेलिभिजनले कुटनितिक मर्यादा भन्दा बाहिर गएर पत्रकारिता गरेको भन्दै नेपाल सरकारले त्यस्ता मिडियाको विरुद्धमा भारतीय सरकारलाई कुटनितिक माध्यम मार्फत कारवाही गर्नुपर्ने माग गर्नु भएको छ ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट