प्रथम चरणको राहत ३८७ जनालाई बितरण , एकता नै बलियो आधार भएको सस्थाका पदाधिकारीको भनाई

Facebook
Twitter
LinkedIn

दिनेश गौतम
साईप्रस निकोसिया
१८ अप्रिल २०२०

विश्वब्यापी महामारी कोरोना भाईरसको प्रत्यक्ष असरमा परेका साईप्रसका नेपाली विद्यार्थीहरुलाई यहा रहेका सघंसस्थाहरु आज शनिवार पनि जारी राखेका छन ।

साईप्रसमा रहेका विभिन्न १२ भन्दा बढि समाजिक सघंसस्थाहरुको सहयकार्य अबैतानिक नेपाली बाणिज्य दुतावास साईप्रसको प्रत्यक्ष निगरानी र गैरअवसिया नेपाली सघं साईप्रसको नेतृत्व तथा साईप्रसमा रहेका विभिन्न १२ ओटा समाजिक सघंसथहरुको सहकार्यमा अप्रिल ७ तारिख देखि लगातार राहत वितरण गरिदै आईरहेका छन ।

साईप्रसमा अहिलेको अवस्थामा सबै भन्दा बढि पिडित नेपाली विद्यार्थी लगाएत केही कामदारहरु समेत प्रभावित भएका छन । यस्तो संकटको बेलामा समास्यासगं थोरै भएपनि राहतको कार्यक्रममा सहकार्य गरि अगाडी बढेको शेर्पा केदुक साईप्रसकी महासचिव निमदीकी शेर्पाले जानकारी दिईन । उहाका अनुसार साईप्रसमा रहेका जोसगं खानाको लागि पैसा छैन सच्चिकै समास्यामा परेका छन उहाहरुलाई आफुहरुले आफुले कमाएको केही रकमबाट कट्टा गरि सहयोग गरेको शेर्पाको भनाई छ ।

उहाका अनुसार आफुहरुले यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुसगं मिलेर पनि राहत कार्यक्रममा सहभागि भएको र उता सेफनो टिभी मार्फत पनि केही आर्थिक सहयोग गरको बताईन । आफुहरु एक्लेले साईप्रसमा रहेका ४ हजार भन्दा बढि रहेका विद्यार्थीहरुमा राहत वितरण गर्न नसक्दा यहा सबै नेपालीहरुको अभिभावकको रुपमा रहेका एन.आर.एन.ए मार्फत सहयोग गर्न पाउदा खुसि भएको शेर्पाले भनिन् ।

एक्ला एक्लै रुपमा धेरै जनालाई राहत वितरण गर्न गाह्रो भएकोले आफुहरु सामुहिक रुपमा यहा रहेका समाजिक सघंसस्थाहरुसगं मिलेर राहत वितरणमाा सहभागि भएको ह्याल्मो एकता समाज साईप्रसकी अध्यक्ष दिकी ह्याल्मोले जानकारी दिईन ।

प्रवासमा रहेका आफु सबै नेपाली हौ भन्ने भावनाका साथ आफुहरु कम तलबमा काम गरेपनि आफनो छोराछोरीलाई दिईने एक हिस्सा अहिले दुखमा परेका नेपालीहरुलाई दिन पाउदा गौरवावीत भएको ह्याल्मोको भनाई थियो । ह्याल्मोले आफुहरु गरिरहेका सानो सहयोगलाई पनि राहत लिई रहनुभएका सबै दाजुभाई तथा दिदी बहिनीहरुले आफनो दिदी बहिनी सम्झेर भए पनि राहत स्वीकार्य गर्न सबैमा आग्रह गरिन ।

आफुहरु ह्याल्मो जातिको भएपनि सबै भन्दा पहिला आफुहरु प्रवासमा नेपाली भएकोले दुखका बेलामा सबै नेपाली एक हुनुपर्ने ह्याल्मोको भनाई थियो ।

उता प्रवासी नेपाली एकता मचं साईप्रसका सचिव केशव ठकुरी भन्छन कि विपतका बेला गरिएको एकताले विश्वमा नै यहा रहेका सबै समाजिक सघंसस्थाहरुको उच्च सम्मान राखेको बताए । ठकुरीका अनुसार अहिले वितरण भैरहेका राहतमा पहिचानका आधारमा राहत वितरण गरिरहेको बताउदै अगामी दिनमा लकडाउन लम्बीने हो भने थप कार्यक्रमहरु ल्यानुपर्ने बताए ।

अहिलेको समय आफुहरु समाजिक संजालमा भाईरल हुनु भन्दा एक सच्चा नेपालीहरु एक भएर कुनै पनि नेपालीहरुलाई भोकै सुत्न नदिनु नै ठुलो धर्म रहेको बताउदै आफनो ज्यानको जोखिमलाई मोल्दै राहत वितरण गर्ने सबै महान ब्यक्ति भएको ठकुरीको भनाई थियो । ठकुरीका अनुसार साईप्रसमा आफनो सस्थाले यहा रहेका सबै समाजिक सस्थाहरुसगं सहकार्य गरि अगाडी बढन जहिले तयार रहेको बताएका छन ।

यसै विच विभिन्न १२ ओटा समाजिक सघंसस्थाहरुको नेतृत्व गरिरहेको गैरअवासिया नेपाली सघंले पहिलो चरणको राहत वितरण अन्र्तगत आज पनि २० जनालाई राहत दिईएको जनाएको छ । यसका साथै आज शनिवार बेलुका सम्म पहिलो चरणको राहत अन्र्तगत साईप्रसमा रहेका ३८७ जनालाई विद्यार्थी एवम् केही कामदारहरु राहत वितरण गरिएको आफनो समाजिक संजाल फेसबुक पेज मार्फ विवरण सार्बजनिक गरेको छ ।

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.