२०८२ बैशाख ७ आईतवार
LATEST NEWS
२०८२ बैशाख ७ आईतवार

दिनेश गौतम
साईप्रस निकोसिया
१८ अप्रिल २०२०

विश्वब्यापी महामारी कोरोना भाईरसको प्रत्यक्ष असरमा परेका साईप्रसका नेपाली विद्यार्थीहरुलाई यहा रहेका सघंसस्थाहरु आज शनिवार पनि जारी राखेका छन ।

साईप्रसमा रहेका विभिन्न १२ भन्दा बढि समाजिक सघंसस्थाहरुको सहयकार्य अबैतानिक नेपाली बाणिज्य दुतावास साईप्रसको प्रत्यक्ष निगरानी र गैरअवसिया नेपाली सघं साईप्रसको नेतृत्व तथा साईप्रसमा रहेका विभिन्न १२ ओटा समाजिक सघंसथहरुको सहकार्यमा अप्रिल ७ तारिख देखि लगातार राहत वितरण गरिदै आईरहेका छन ।

साईप्रसमा अहिलेको अवस्थामा सबै भन्दा बढि पिडित नेपाली विद्यार्थी लगाएत केही कामदारहरु समेत प्रभावित भएका छन । यस्तो संकटको बेलामा समास्यासगं थोरै भएपनि राहतको कार्यक्रममा सहकार्य गरि अगाडी बढेको शेर्पा केदुक साईप्रसकी महासचिव निमदीकी शेर्पाले जानकारी दिईन । उहाका अनुसार साईप्रसमा रहेका जोसगं खानाको लागि पैसा छैन सच्चिकै समास्यामा परेका छन उहाहरुलाई आफुहरुले आफुले कमाएको केही रकमबाट कट्टा गरि सहयोग गरेको शेर्पाको भनाई छ ।

उहाका अनुसार आफुहरुले यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुसगं मिलेर पनि राहत कार्यक्रममा सहभागि भएको र उता सेफनो टिभी मार्फत पनि केही आर्थिक सहयोग गरको बताईन । आफुहरु एक्लेले साईप्रसमा रहेका ४ हजार भन्दा बढि रहेका विद्यार्थीहरुमा राहत वितरण गर्न नसक्दा यहा सबै नेपालीहरुको अभिभावकको रुपमा रहेका एन.आर.एन.ए मार्फत सहयोग गर्न पाउदा खुसि भएको शेर्पाले भनिन् ।

एक्ला एक्लै रुपमा धेरै जनालाई राहत वितरण गर्न गाह्रो भएकोले आफुहरु सामुहिक रुपमा यहा रहेका समाजिक सघंसस्थाहरुसगं मिलेर राहत वितरणमाा सहभागि भएको ह्याल्मो एकता समाज साईप्रसकी अध्यक्ष दिकी ह्याल्मोले जानकारी दिईन ।

प्रवासमा रहेका आफु सबै नेपाली हौ भन्ने भावनाका साथ आफुहरु कम तलबमा काम गरेपनि आफनो छोराछोरीलाई दिईने एक हिस्सा अहिले दुखमा परेका नेपालीहरुलाई दिन पाउदा गौरवावीत भएको ह्याल्मोको भनाई थियो । ह्याल्मोले आफुहरु गरिरहेका सानो सहयोगलाई पनि राहत लिई रहनुभएका सबै दाजुभाई तथा दिदी बहिनीहरुले आफनो दिदी बहिनी सम्झेर भए पनि राहत स्वीकार्य गर्न सबैमा आग्रह गरिन ।

आफुहरु ह्याल्मो जातिको भएपनि सबै भन्दा पहिला आफुहरु प्रवासमा नेपाली भएकोले दुखका बेलामा सबै नेपाली एक हुनुपर्ने ह्याल्मोको भनाई थियो ।

उता प्रवासी नेपाली एकता मचं साईप्रसका सचिव केशव ठकुरी भन्छन कि विपतका बेला गरिएको एकताले विश्वमा नै यहा रहेका सबै समाजिक सघंसस्थाहरुको उच्च सम्मान राखेको बताए । ठकुरीका अनुसार अहिले वितरण भैरहेका राहतमा पहिचानका आधारमा राहत वितरण गरिरहेको बताउदै अगामी दिनमा लकडाउन लम्बीने हो भने थप कार्यक्रमहरु ल्यानुपर्ने बताए ।

अहिलेको समय आफुहरु समाजिक संजालमा भाईरल हुनु भन्दा एक सच्चा नेपालीहरु एक भएर कुनै पनि नेपालीहरुलाई भोकै सुत्न नदिनु नै ठुलो धर्म रहेको बताउदै आफनो ज्यानको जोखिमलाई मोल्दै राहत वितरण गर्ने सबै महान ब्यक्ति भएको ठकुरीको भनाई थियो । ठकुरीका अनुसार साईप्रसमा आफनो सस्थाले यहा रहेका सबै समाजिक सस्थाहरुसगं सहकार्य गरि अगाडी बढन जहिले तयार रहेको बताएका छन ।

यसै विच विभिन्न १२ ओटा समाजिक सघंसस्थाहरुको नेतृत्व गरिरहेको गैरअवासिया नेपाली सघंले पहिलो चरणको राहत वितरण अन्र्तगत आज पनि २० जनालाई राहत दिईएको जनाएको छ । यसका साथै आज शनिवार बेलुका सम्म पहिलो चरणको राहत अन्र्तगत साईप्रसमा रहेका ३८७ जनालाई विद्यार्थी एवम् केही कामदारहरु राहत वितरण गरिएको आफनो समाजिक संजाल फेसबुक पेज मार्फ विवरण सार्बजनिक गरेको छ ।

शिव दयाल यादव विराटनगर

एकै ठाउँमा धेरै मानिसमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ का करिब ३ सय घर परिवारका सबै मानिसको परीक्षण गर्ने तयारी भएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताएका छन्।

त्यहाँस्थित एक मस्जिदमा बस्दै आएका ११ भारतीयसहित १२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि उक्त वडाका सबै मानिसहरूको परीक्षण गर्न लागिएको सुवेदीले बताए।

मस्जिद र आसपास परीक्षण गरिने

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीका अनुसार कोरोनाभाइरस सङ्क्रमित बसेको उक्त मस्जिदमा बसेका अन्य र उनीहरूको सम्पर्कमा रहेका आसपासका बस्तीका करिब १५ सय मानिसको परीक्षण गर्नुपर्ने अवस्था रहेको छ। उनका अनुसार त्रियुगा नगरपालिकाको वडा नं १, २, ३, ६ र १२ मा कोरोना सङ्क्रमितहरूको आवतजावत भएको देखिएको छ।

प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय विराटनगरले आवश्यकता अनुसार द्रुत तथा पीसीआर परीक्षणका लागि चिकित्सकसहितको टोली खटाइसकिएको जनाएको छ।

“सबै तयारी भइसकेको छ, आजै (शनिवार)देखि परीक्षणको काम शुरू हुन्छ,” जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुवेदीले भने।

आवतजावतमा प्रतिबन्ध

स्थानीय प्रशासनले कोरोनाभाइरस सङ्क्रमित भेटिएको मस्जिदको आसपासका क्षेत्रमा मानिसको आवतजावतमा पूर्णरूपमा प्रतिबन्ध लगाएको जनाएको छ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले मस्जिदमा भेटिएका सङ्क्रमितहरूको अन्य मानिससँगको सम्पर्क र उनीहरूको आउजाउको विवरण सङ्कलन गर्न थालिएको बताएका छन्।

मस्जिदमा बसेका उनीहरूको द्रुत विधि वा आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो। तर उनीहरूको स्वाब सङ्कलन गरी कोशी अस्पतालमा पीसीआर परीक्षण गर्दा भने सङ्क्रमण रहेको पोजिटिभ परिणाम आएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। त्यहाँ भएको परीक्षणमा १२ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

प्रारम्भिक विवरण अनुसार गत फागुनमै उनीहरू भारतको दिल्लीबाट जोगवनी नाका हुँदै नेपाल प्रवेश गरेका थिए।

त्यसपछि मोरङ्ग, सुनसरी, सप्तरी हुँदै उनीहरू उदयपुर पुगेको बताइएको छ।

विराटनगरमा उपचार शुरू

उदयपुरको मस्जिदमा भेटिएका १२ जना सङ्क्रमितको विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचार शुरू गरिएको छ।

शुक्रवार राति उदयपुरबाट एम्बुलेन्समा हालेर उनीहरूलाई विराटनगर ल्याइएको थियो।

उनीहरूसँगै रहेका अन्य चार जनामा सङ्क्रमण नभेटिएकाले मोरङ्गको टाँडीस्थित क्वारन्टीनमा पठाइएको छ।

कोशी अस्पतालकी मेडिकल सुपरिन्टेण्डेन्ट डा संगिता मिश्रका अनुसार सङ्क्रमित सबै १२ जनालाई दूरी कायम गरि एउटै कोठामा राखिएको छ।

उनीहरूलाई खाना र पानी पनि त्यहीँ दिने गरिएको छ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार सङ्क्रमितहरूमा कोरोनाभाइरसको लक्षण देखिएको छैन। तर पनि चिकित्सकको निगरानीमा उनीहरूको उपचार थालिएको बताइएको छ।

उनीहरूको उपचारका लागि दुईजना चिकित्सकसहित आठजनाको टोली खटाइएको छ।

सामाजिक विकास मन्त्रालयले तयार पारेका क्लिनिकल प्रोटोकलअनुसार कोरोनाभाइरस सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले एकसातापछि दुई सातासम्म क्वारन्टीनमा बस्नुपर्नेछ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट