२०८२ जेष्ठ १२ आईतवार
२०८२ जेष्ठ १२ आईतवार

हिउँ खेल्न जाँदा अपनाउनुपर्ने सावधानीहरु

साइप्रस नेपाल / लिमासोल

हरेक वर्षजस्तै यस वर्ष पनि तपाईंहरु हिउँ खेल्न जान उत्साहित हुनु हुन्छ होला कति त् गएर पनि आइसक्नु भयो होला । साईप्रसमा जनवरी र फेब्रुअरीमा हिउँ खेल्न जान उपयुक्त मानिन्छ। आज हामी तपाईहरुलाई हिउँ खेल्न जाँदा ध्यान दिनुपर्ने केही कुराहरू बारे बताउन गैरहेका छौँ जसले हिउँको मजा सँगै स्वास्थ्यको पनि ख्याल गर्न मद्दत गर्नेछ।

१. four wheel drive वा snow chain जडान भएको सवारीमा जानू पर्छ । जसले गाडी चिप्लिने खतरा कम हुन्छ ।

२. बाक्लो पन्जा /मोजा र चिसो नपस्ने ज्याकेट र कपडा लगाउनुहोस् ।

३. सके सम्म रंगिन किसिमको लुगा हरु प्रयोग गर्नुहोस् टाढा बाटै देख्न सकियोस् ।

४. सके सम्म ग्रुपमै हिड्नु होस् ताकी हिउँ मा चिप्लिने भासिने वा खुट्टा गाडिएको अवस्थामा एक आपस मा मद्दत गर्न सकियोस् न ।

यो पनि हेर्ने कि ? : सोनाम ल्होछार मा साइप्रस आउदै राजु लामा

५. एकान्त र कोहि नगएको स्थानमा हिउँमा नखेल्नुहोस् , फुसफुसे हिउँ हुन सक्छ जसबाट निस्कन गार्हो हुन सक्छ । सहयोग माग्न ,चोटपटक लागे मद्धत गर्न अफ्ट्यारो हुन सक्छ ।

६. हिउँमा धेरै बेर रमाइलो गर्दा तिर्खा लाग्छ । 30-40 मिनेट को फरक मा थोरै पानी पिउनुस् ताकी शरीरमा पानीको कमि नहोस् ।

७. hand plast tape, panadol, टिस्यु पेपर र पानी साथमा राख्नुहोस् ।

८. मौसम विवरणमा लगातार नजर राख्नुहोस् । प्रायः मोबाइल मा मौसम सम्बन्धी जानकारी आइ राखेको हुन्छ ।

९.हिउँ खेल्दा कपडा भिजेका छन् भने तुरुन्त कपडा फेरि हाल्नुस् । त्यसैले साथमा एक जोर कपडा extra लैजानुहोस् ।

१०. आफ्नो र साथीहरूको स्वास्थमा परिवर्तन आएको छ /छैन हेर्दै गर्नुहोस् । चिसो सबैलाई सहन हुँदैन ।

अनुहार खरानी रंग हुन लागे हाइपोथर्मिया हुन सक्छ । साथै हात खुट्टा कक्रिन थालेमा मन तातो पानी पिलाउनुका साथै न्यानो मा बस्नु पर्छ ।

११.गारो हुन लागे प्रहरी वा एम्बुलेन्स बोलाउन सकिन्छ । इमर्जेन्सी हेल्पलाइन नम्बर 199 वा 112 निशुल्क कल गर्न सकिन्छ।

काम लाग्ने जानकारी : Cyprus Police Contact

१२. चिसोमा क्यामेरा मोबाइल लगायतका ब्याट्री चाडै सकिन्छ । सहजताको लागि powerbank साथमा राख्नु होस् ।

१३. हिउँमा रमाउदै selfie खिच्दै जादा टाढा पुगेको थाहा हुदैन । आफू कहाँ छु भनेर थाहा पाउन 2gis वा गूगल म्याप हेर्नुस् ।

१४. खुल्लामा दिशा पिसाब गर्न पर्ने हुन सक्छ । toilet paper साथ मा राख्नुहोस् ।

१५. मोबाइल, चावी, पर्स लगायतका सामान हराउन सक्छ सुरक्षित राख्नुहोला ।

तपाइँ लाई यी सुझाव कस्तो लाग्यो ? अझै केहि छुटेको भए तल कमेन्ट मा लेख्नुहोस्। हिउँ खेल्न जाने साथीहरु लाई सेयर गर्नुहोस्।

काम खोज्दै हुनु हुन्छ ? अनलाइन बाट आफैले अप्लाई गर्नुस् : Vacancy डिमाण्ड हेर्न यहाँ क्लिक गर्नु होस्

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट