
साइप्रस नेपाल / लिमासोल
हरेक वर्षजस्तै यस वर्ष पनि तपाईंहरु हिउँ खेल्न जान उत्साहित हुनु हुन्छ होला कति त् गएर पनि आइसक्नु भयो होला । साईप्रसमा जनवरी र फेब्रुअरीमा हिउँ खेल्न जान उपयुक्त मानिन्छ। आज हामी तपाईहरुलाई हिउँ खेल्न जाँदा ध्यान दिनुपर्ने केही कुराहरू बारे बताउन गैरहेका छौँ जसले हिउँको मजा सँगै स्वास्थ्यको पनि ख्याल गर्न मद्दत गर्नेछ।
१. four wheel drive वा snow chain जडान भएको सवारीमा जानू पर्छ । जसले गाडी चिप्लिने खतरा कम हुन्छ ।
२. बाक्लो पन्जा /मोजा र चिसो नपस्ने ज्याकेट र कपडा लगाउनुहोस् ।
३. सके सम्म रंगिन किसिमको लुगा हरु प्रयोग गर्नुहोस् टाढा बाटै देख्न सकियोस् ।
४. सके सम्म ग्रुपमै हिड्नु होस् ताकी हिउँ मा चिप्लिने भासिने वा खुट्टा गाडिएको अवस्थामा एक आपस मा मद्दत गर्न सकियोस् न ।
यो पनि हेर्ने कि ? : सोनाम ल्होछार मा साइप्रस आउदै राजु लामा
५. एकान्त र कोहि नगएको स्थानमा हिउँमा नखेल्नुहोस् , फुसफुसे हिउँ हुन सक्छ जसबाट निस्कन गार्हो हुन सक्छ । सहयोग माग्न ,चोटपटक लागे मद्धत गर्न अफ्ट्यारो हुन सक्छ ।
६. हिउँमा धेरै बेर रमाइलो गर्दा तिर्खा लाग्छ । 30-40 मिनेट को फरक मा थोरै पानी पिउनुस् ताकी शरीरमा पानीको कमि नहोस् ।
७. hand plast tape, panadol, टिस्यु पेपर र पानी साथमा राख्नुहोस् ।
८. मौसम विवरणमा लगातार नजर राख्नुहोस् । प्रायः मोबाइल मा मौसम सम्बन्धी जानकारी आइ राखेको हुन्छ ।
९.हिउँ खेल्दा कपडा भिजेका छन् भने तुरुन्त कपडा फेरि हाल्नुस् । त्यसैले साथमा एक जोर कपडा extra लैजानुहोस् ।
१०. आफ्नो र साथीहरूको स्वास्थमा परिवर्तन आएको छ /छैन हेर्दै गर्नुहोस् । चिसो सबैलाई सहन हुँदैन ।
अनुहार खरानी रंग हुन लागे हाइपोथर्मिया हुन सक्छ । साथै हात खुट्टा कक्रिन थालेमा मन तातो पानी पिलाउनुका साथै न्यानो मा बस्नु पर्छ ।
११.गारो हुन लागे प्रहरी वा एम्बुलेन्स बोलाउन सकिन्छ । इमर्जेन्सी हेल्पलाइन नम्बर 199 वा 112 निशुल्क कल गर्न सकिन्छ।
काम लाग्ने जानकारी : Cyprus Police Contact
१२. चिसोमा क्यामेरा मोबाइल लगायतका ब्याट्री चाडै सकिन्छ । सहजताको लागि powerbank साथमा राख्नु होस् ।
१३. हिउँमा रमाउदै selfie खिच्दै जादा टाढा पुगेको थाहा हुदैन । आफू कहाँ छु भनेर थाहा पाउन 2gis वा गूगल म्याप हेर्नुस् ।
१४. खुल्लामा दिशा पिसाब गर्न पर्ने हुन सक्छ । toilet paper साथ मा राख्नुहोस् ।
१५. मोबाइल, चावी, पर्स लगायतका सामान हराउन सक्छ सुरक्षित राख्नुहोला ।
तपाइँ लाई यी सुझाव कस्तो लाग्यो ? अझै केहि छुटेको भए तल कमेन्ट मा लेख्नुहोस्। हिउँ खेल्न जाने साथीहरु लाई सेयर गर्नुहोस्।
काम खोज्दै हुनु हुन्छ ? अनलाइन बाट आफैले अप्लाई गर्नुस् : Vacancy डिमाण्ड हेर्न यहाँ क्लिक गर्नु होस्
ल्होछार का लागि प्रचार प्रसार तीब्र
साइप्रस नेपाल / लिमासोल
नेपाल तामाङ घेदुङ साइप्रस ले सोनाम ल्होछार मनाउने भएको छ । आगामी फेब्रुअरी 2 तारिखमा लिमासोल स्थित ट्रीकिस प्यालेसमा बृहत सांस्कृतिक कार्यक्रम गर्दै ल्होसार मनाउने भएको हो।
शिक्षा नै ज्ञानको पहिलो ज्योति हो भन्ने मूल नाराका साथ गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले ‘घेदुङ शैक्षिक कोष’ स्थापनार्थ कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
कार्यक्रमका लागि चर्चित राष्ट्रिय गायक राजु लामा र सेलो गायक खेम मोक्तान साइप्रस आउँदै हुनुहुन्छ। कार्यक्रममा तामाङ संस्कृति र भेषभुषा झल्किने विभिन्न झाँकीहरु प्रस्तुत हुने महासचिव लक्ष्मी ब्लोन तामाङले बताउनुभयो।
राष्ट्रिय कलाकार सँगै स्थानीय कलाकारहरूको पनि दमदार सांगीतिक प्रस्तुति हुने उहाँले बताउनु भयो ।
गुर्खाज किचम ले प्रायोजन गरेको कार्यक्रममा मिडिया पार्ट्नर साइप्रस नेपाल डट कम, सैलुङ अनलाइन, सेफ्नो टिभी, पिके अनलाइन ,मुग्लानी खबर र तामाङ अनलाइन लगााात मिडिया रहेका छन् ।
तामाङ समुदायको राष्ट्रिय महान चाड सोनाम ल्होछार भब्य बनाउन साइप्रस भरिका विभिन्न शहरबाट यातायातको व्यवस्था गरिएको छ भने तामाङ मौलिक खानाको व्यवस्था समेत गरिएको छ।
तामाङ संस्कार संस्कृती बारे बुझ्दै ख्याती प्राप्त कलाकारहरुको साङितिक प्रस्तुतीको आनन्द लिदै कार्यक्रम सफल बनाउन सम्पुर्ण नेपालीलाई उपस्थितिको लागि संस्थाकि अध्यक्ष साङमो थोकर तामाङ ले आग्रह गर्नु भएको छ ।
तामाङ जातिको उत्थान, भाषा ,धर्म र संस्कृतिको सम्वर्धन भन्ने मूल नाराका साथ सन् २०१६ मा स्थापित घेदुङले हरेक वर्ष ल्होसार मनाउँदै आएको छ ।
कार्यक्रममा प्रवेश शुल्क 20 युरो तोकिएको छ।
बस तथा टिकटका लागि सम्पर्क
लिमासोल एरिया सम्पर्क नम्बर
1) रेनु तामाङ =97694287
2) कल्पना दोङ = 95754324
3)छिमी शेर्प =96013121
थप जानकारीको लागि सम्पर्क नम्बर
1) सुनिला दोङ तामाङ = 96202908
2) देबिश्वरी दोङ तामाङ = 96192999
3) बिश्वरी दोङ तामाङ = 96039203
4) साहारा लोप्चन तामाङ = 96584502
5) बिना मोक्तान = 96561881
6) सरिना घ्लान तामाङ = 95179055
निकोसिया एरिया सम्पर्क नम्बर
1) राजेन्द्र कुमार मोक्तान = 96602211
2)रोमन लामा = 95753898
थप जानकारीको लागि सम्पर्क नम्बर
1) लक्ष्मी ब्लोन तामाङ = 99186102
2) मिना लामा = 96524528
3) सुनी तामाङ = 99125532
4) हिरा तामाङ = 99753701
5) माया लोप्चन तामाङ = 96922061
लार्नका एरियाको
1) काजी बोम्जन तामाङ = 96002152
2)नानु गोले तामाङ =95711339
पारालिम्नि सम्पर्क नम्बर
1) रुबि थापा = 96859767
2) नानू गोम्जा तामाङ = 96739953
थप जानकारीको लागि सम्पर्क नम्बर
2)राजु वाईबा तामाङ = 96520540
3) सविता घिसिङ तामाङ = 96941286
4) कविता तामाङ = 95763912
5) रञ्जना तामाङ =96937942
यो पनि : हिउँ खेल्न जाँदा अपनाउनुपर्ने सावधानीहरु
पापोस एरिया सम्पर्क नम्बर
1)किया लोप्चन तामाङ = 96349770
2) सिमा तामाङ = 96811779
थप जानकारीको लागि सम्पर्क नम्बर
1) साङमो थोकर तामाङ = 96114059
2) धावा छोमो तामाङ = 97659655
3) संगिता घले तामाङ = 96458951
4) निर्मला थिङ तामाङ = 96010644
5) सोनाम घले तामाङ = 96811776
काम खोज्दै हुनु हुन्छ ? अनलाइन बाट आफैले अप्लाई गर्नुस् : Vacancy डिमाण्ड हेर्न यहाँ क्लिक गर्नु होस्
