२०८२ मंसिर १६ सोमबार
२०८२ मंसिर १६ सोमबार

स्थानीय तहमा लकडाउन वा प्रतिबन्ध लाग्न सक्ने संकेत

समिम मियाँ

१६ अक्टोबर २०२० /लिमासोल

तिव्र गतिमा फैलिरहेको कोरोनाको आंकडाले चिन्तित स्वास्थ्य मन्त्रालयलाई बिहिबार १०४ मा कोरोना देखेर त्यति झट्का लागेन जति कन्ट्याक ट्रेसिंग गर्न विवरण संकलन गर्दा लाग्यो। कारण थियो १०४ को सम्पर्क मा आएका २५०० जनाको नामावली। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मंत्री कोस्तातिनोस आयानु भने, ” छोटो समयावधिमा पोजेटिभ व्याक्तिका सम्पर्कमा आएका सबैलाई ‘ट्रेस’ गर्न असम्भव छ त्यसैले हामिले सबैलाई एक आपसमा भेटघाट नगर्न भनेका छौ। ” नाटकीय रुपमा बढेको कोरोना संक्रमणले कन्ट्याक्ट ट्रेसिंग गर्ने साइप्रसको “ट्रयाक एण्ड ट्रेस युनिट ” लाई हम्मे हम्मे पारेको छ।

बढ्दो संक्रमणको अवस्थामा फेरी लकडाउन हुने सम्भावनाको प्रश्नमा जवाफ दिदै मंत्री आयानुले भोलि रास्ट्रपति संग हुने बैठक मा अहिलेको परिस्थितिको समिक्षा गर्दै उमेर समुह र स्थान अनुसारको डाटाको विश्लेषण गरि सहि निर्णय लिने विश्वास व्यक्त गर्नु भयो। डाटा देखेर डराउनु पर्ने अवस्था नभएको बताउदै जनस्वास्थ्यमा असर नपुगोस् भन्ने हिसाबले निकोसिया र लिमासोलमा केहि नियम लगाइसकेको स्मरण गराउनु भयो। हाल लागु रहेको नियमको नतिजा हेरेर आवश्यकता परेमा थप नियम वा प्रतिबन्ध बारे भोलिको बैठक पछि निर्णय हुने बताउनु भयो।

सामान्य जनजीवन चलिरहने वा पूर्ण लकडाउन हुने हो भनि जोड दिदै सोधिएको प्रश्नमा सरकार अहिले संबेदनशील अवस्थामा रहेको बताउदै मंत्री आयानुले भन्नुभयो, ” हामी पूर्ण लकडाउन बाट बच्न चाहान्छौं किनकि यो अर्थतन्त्रको लागि विनाशकारी हुनेछ। तर पूर्ण लकडाउन बाहेक यदि स्थानीय प्रतिबन्ध वा अन्य उपायहरू आवश्यक परे हामी यो गर्ने छौं, “उनले भने।

स्वास्थ्य मन्त्रीले कोस्तातिनोस आयानुले आज विधार्थी संगठन,ट्रेड युनियन र रोजगारदातासंग भेट गरी स्वास्थ्य प्रोटोकोलको पालना गर्न जोड दिनुभयो।

यो पनि पढ्नुहोस् : सालनाल सहित १ महिने मृत शिशु पोका पारेर फालेको अवस्थामा फेला

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट