
१६ अक्टोबर २०२०
साइप्रसको स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ दिएको जानकारी मा ९४ मा कोरोना संक्रमण पुस्टि भएको बताएको छ। पछिल्लो २४ घन्टामा गरिएको ३०८४ परिक्षणमा ९४ केस मा कोभिड १९ पाइएको हो। ताजा आंकडा अनुसार आज सम्म को कोरोना संक्रमित को संख्या २३७९ पुगेको छ।
साइप्रस नेपाल डट कम लाइ प्राप्त जानकारी अनुसार ३ जना नेपाली मा कोरोना संक्रमण देखिएको छ। १ जना लार्नाका सिटि र अन्य २ जना निकोसियामा बस्ने नेपाली मा कोरोना पुस्टि भएको हो। ३ जना अहिले आइसोलेसनमा स्थिर अवस्थामा रहेका छन्। कोरोनाको दोस्रो लहरमा संक्रमण तिव्र रुपमा फैलिरहेको छ। आफ्नो सुरक्षा गर्नु तपाइको जिम्मेवारी हो त्यसैले बन्द स्थानमा मास्क प्रयोग निरन्तर गरौ। हात धोई राखौ, सेनेटाइजर प्रयोग गरि सुरक्षित रहनुस्।
यो पनि पढ्नुहोस् : स्थानीय तहमा लकडाउन वा प्रतिबन्ध लाग्न सक्ने संकेत
समिम मियाँ
१६ अक्टोबर २०२० /लिमासोल
तिव्र गतिमा फैलिरहेको कोरोनाको आंकडाले चिन्तित स्वास्थ्य मन्त्रालयलाई बिहिबार १०४ मा कोरोना देखेर त्यति झट्का लागेन जति कन्ट्याक ट्रेसिंग गर्न विवरण संकलन गर्दा लाग्यो। कारण थियो १०४ को सम्पर्क मा आएका २५०० जनाको नामावली। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मंत्री कोस्तातिनोस आयानु भने, ” छोटो समयावधिमा पोजेटिभ व्याक्तिका सम्पर्कमा आएका सबैलाई ‘ट्रेस’ गर्न असम्भव छ त्यसैले हामिले सबैलाई एक आपसमा भेटघाट नगर्न भनेका छौ। ” नाटकीय रुपमा बढेको कोरोना संक्रमणले कन्ट्याक्ट ट्रेसिंग गर्ने साइप्रसको “ट्रयाक एण्ड ट्रेस युनिट ” लाई हम्मे हम्मे पारेको छ।
बढ्दो संक्रमणको अवस्थामा फेरी लकडाउन हुने सम्भावनाको प्रश्नमा जवाफ दिदै मंत्री आयानुले भोलि रास्ट्रपति संग हुने बैठक मा अहिलेको परिस्थितिको समिक्षा गर्दै उमेर समुह र स्थान अनुसारको डाटाको विश्लेषण गरि सहि निर्णय लिने विश्वास व्यक्त गर्नु भयो। डाटा देखेर डराउनु पर्ने अवस्था नभएको बताउदै जनस्वास्थ्यमा असर नपुगोस् भन्ने हिसाबले निकोसिया र लिमासोलमा केहि नियम लगाइसकेको स्मरण गराउनु भयो। हाल लागु रहेको नियमको नतिजा हेरेर आवश्यकता परेमा थप नियम वा प्रतिबन्ध बारे भोलिको बैठक पछि निर्णय हुने बताउनु भयो।
सामान्य जनजीवन चलिरहने वा पूर्ण लकडाउन हुने हो भनि जोड दिदै सोधिएको प्रश्नमा सरकार अहिले संबेदनशील अवस्थामा रहेको बताउदै मंत्री आयानुले भन्नुभयो, ” हामी पूर्ण लकडाउन बाट बच्न चाहान्छौं किनकि यो अर्थतन्त्रको लागि विनाशकारी हुनेछ। तर पूर्ण लकडाउन बाहेक यदि स्थानीय प्रतिबन्ध वा अन्य उपायहरू आवश्यक परे हामी यो गर्ने छौं, “उनले भने।
स्वास्थ्य मन्त्रीले कोस्तातिनोस आयानुले आज विधार्थी संगठन,ट्रेड युनियन र रोजगारदातासंग भेट गरी स्वास्थ्य प्रोटोकोलको पालना गर्न जोड दिनुभयो।
यो पनि पढ्नुहोस् : सालनाल सहित १ महिने मृत शिशु पोका पारेर फालेको अवस्थामा फेला
१६ अक्टोबर २०२० / लिमासोल
झोलामा पोको पारी फालिएको अवस्थामा शिशु को लास फेला परेको छ। प्राप्त जानकारी अनुसार एक महिनाको शिशु सालनाल सहित भेटिएको हो।
प्रारम्भिक जानकारी अनुसार शुक्रबार दिउसो लिमासोलको फोहोर प्रशोधन गर्ने पेन्टाकोमो डम्पिङ्ग साइटमा सो पोका भेटिएको हो। लिमासोल सिटि बाट उठाइने फोहोरहरु उक्त प्रशोधन केन्द्रमा लागि अलग अलग गरि छटाइ गरिन्छ। कामदारले छटाइ गर्ने क्रममा प्लास्टिक को झोलामा सो लास भेटे पछि प्रहरीलाइ खबर गरेका थिए। लिमासोल प्रहरी र फोरेन्सिक बिज्ञको टोलि उक्त स्थानमा पुगि अनुसन्धान सुरु गरेको स्थानीय मिडियाले जनाएका छन्।
फोटो :साइप्रस टाइम्स >फोहोर प्रसोधन गर्ने कारखाना
(थप जानकारी अपडेट हुदै छ )
१६ अक्टोबर २०२०/लिमासोल
लिमासोल सहर एक पटक फेरी कोरोना भाइरस संक्रमणको केन्द्रबिन्दु बनेको छ। हालैका केहि दिनको कोरोना परिक्षण नतिजाका को आंकडा हेर्ने हो भने ८० प्रतिशत कोभीड़ १९ का बिरामी लिमासोल बाट रहेको देखिएको छ। बितेको तिन दिन मा मात्रै २३८ जनामा संक्रमण भेटिसकेको छ। केहि महिना अघि पनि लिमासोल कोरोना केन्द्रबिन्दु बनेको थियो।
“दैनिक आधा भन्दा बढी केसहरु लिमासोलामा भेटिएका छन् , पछिल्लो दस दिनको अवस्था हेर्ने हो भने करिब ७०-८०% बिरामी लिमासोलबाट छन् ” स्वास्थ्य मन्त्रालयका प्रवक्ता मार्गारीटा किरियाकोउ ले भन्नु भयो।
अहिले देखिएका पचास प्रतिशत कोरोनाका बिरामीको औसत उमेर चालिस वर्ष मुनिका रहेको प्रवक्ता किरियाकोउ ले बताउनु भयो। साइप्रस र युरोपका स्वास्थ्य विशेषज्ञले कोरोन नियन्त्रणका लागि पर्याप्त कदम नचालिएकाले कोरोना संक्रमणमा वृद्धि भएको बताइरहेका छन्। तर प्रवक्ता मार्गारीटा किरियाकोउ यस भनाइमा असहमत छिन्। उनले भनिन्, ” हामि संग दैनिक उपलब्ध भएका आँकडा र विवरण ले स्पस्ट देखिन्छ कि काम गर्ने स्थान होस् या बार त्यहाँ स्वास्थ्य प्रोटोकोल पुर्ण रुपमा पालना गरिएका छैनन् जुन गरिनु पर्दथ्यो। ” सरकारले कोरोना फैलावाटमा नियन्त्रणमा सहयोग गर्न सर्वसाधारणमा व्याक्तिगत सुरक्षा सतर्कता अपनाउन र लागु गरिका नियम कडाईका साथ अवलम्बन गर्न अपिल गरेको छ।
इसीडिसीका अनुसार साइप्रसमा कोभिड १९ बाट मृत्यु हुनेको दर प्रति एक लाख जनसंख्या को ०.३ % मात्र रहेको छ। स्पेनको मृत्यु दर ३.५ , फ्रान्सको १.६, बेलायतको १.५ छ भने नर्वे र फिनल्याण्डको ०.१ र स्विडेन को ०.२ छ।
बिहिबार १०४ कोभिडका बिरामी भेटिए पछि रास्ट्रपति निकोस अनास्टसियादेश र माहामारी विज्ञहरुको टोलि संग शनिवार आकस्मिक बैठक बस्दै छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार एक सूचना निकाल्दै कोरोना पोजेटिभ भएका र पोजेटिभ बिरामीको सम्पर्कमा आएका साथै स्वास्थ्य तथा सुरक्षा अधिकारीका लागि विभिन्न निर्देशन जारी गरेको छ।
श्रोत : साइप्रस मेल