२०८२ जेष्ठ १२ आईतवार
२०८२ जेष्ठ १२ आईतवार

श्रम गर्दा अब ‘इ-स्टिकर’

२५ कात्तिक, काठमाडौं । अब वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिँदा पासपोर्टमा भौतिक ‘स्टिकर’ नटाँसिने भएको छ । वैदेशिक रोजगार विभागले मंगलबारदेखि नै पासपोर्टमा टाँस्ने स्टिकरको सट्टा ई-स्टिकर दिन सुरुआत गर्दैछ ।

यसबाट दलालहरुले नक्कली स्टिकर बनाएर भारतको बाटो सोझासाझा व्यक्तिलाई विदेश पुर्‍याउने क्रम निरुत्साहित हुने विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए ।

अब श्रम स्वीकृतिका लागि आवेदन गर्नेहरुले आफ्नो मोबाइल नम्बर सही भर्नुपर्ने र इमेल ठेगाना तथा पासवर्ड याद गर्नुपर्ने उनको भनाइ छ ।

ई-स्टिकरबाट पासपोर्ट फोहोर पनि नहुने भएको छ । अहिले श्रम इजाजतका स्टिकरले कामदरको पासपोर्ट फोहोर हुने गरेको छ ।

‘वषौर्ंअघि जनरल साधारण श्रमिकमा विदेश गएर अहिले म्यानेजर भएकाहरुले पनि जमानाको स्टिकर देखाएर हिड्नुपर्ने बाध्यता हट्नेछ,’ उनले भने,’स्टिकर छपाइमा सरकारको लाखौं रुपैयाँ खर्च हुने अवस्था पनि अन्य हुनेछ ।’

अब कामदारले जतिबेला चाह्यो, उतिबेला नै आफ्नो इमेलबाट स्टिकरको पि्रन्ट निकाल्न सक्ने विभागले जनाएको छ ।

श्रम स्वीकृतिका लागि एकपटक पासपोर्ट देखाएपछि आफ्नै मोबाइलमा श्रम स्वीकृतिको जानकारी र इमेलमा श्रम स्वीकृतिको स्टिकर आउनेछ । पछिल्लो समयमा विभागले मानव तस्करी रोक्न र वैदेशिक रोजगारीमा हुने ठगीलाई निरुत्साहित गर्न प्रविधिको ब्यापक प्रयोग गरिरहेको जनाएको छ ।

श्रोत : अनलाइन खबर

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट