२०८२ जेष्ठ १९ आईतवार
२०८२ जेष्ठ १९ आईतवार

२५ कात्तिक, काठमाडौं । अब वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिँदा पासपोर्टमा भौतिक ‘स्टिकर’ नटाँसिने भएको छ । वैदेशिक रोजगार विभागले मंगलबारदेखि नै पासपोर्टमा टाँस्ने स्टिकरको सट्टा ई-स्टिकर दिन सुरुआत गर्दैछ ।

यसबाट दलालहरुले नक्कली स्टिकर बनाएर भारतको बाटो सोझासाझा व्यक्तिलाई विदेश पुर्‍याउने क्रम निरुत्साहित हुने विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए ।

अब श्रम स्वीकृतिका लागि आवेदन गर्नेहरुले आफ्नो मोबाइल नम्बर सही भर्नुपर्ने र इमेल ठेगाना तथा पासवर्ड याद गर्नुपर्ने उनको भनाइ छ ।

ई-स्टिकरबाट पासपोर्ट फोहोर पनि नहुने भएको छ । अहिले श्रम इजाजतका स्टिकरले कामदरको पासपोर्ट फोहोर हुने गरेको छ ।

‘वषौर्ंअघि जनरल साधारण श्रमिकमा विदेश गएर अहिले म्यानेजर भएकाहरुले पनि जमानाको स्टिकर देखाएर हिड्नुपर्ने बाध्यता हट्नेछ,’ उनले भने,’स्टिकर छपाइमा सरकारको लाखौं रुपैयाँ खर्च हुने अवस्था पनि अन्य हुनेछ ।’

अब कामदारले जतिबेला चाह्यो, उतिबेला नै आफ्नो इमेलबाट स्टिकरको पि्रन्ट निकाल्न सक्ने विभागले जनाएको छ ।

श्रम स्वीकृतिका लागि एकपटक पासपोर्ट देखाएपछि आफ्नै मोबाइलमा श्रम स्वीकृतिको जानकारी र इमेलमा श्रम स्वीकृतिको स्टिकर आउनेछ । पछिल्लो समयमा विभागले मानव तस्करी रोक्न र वैदेशिक रोजगारीमा हुने ठगीलाई निरुत्साहित गर्न प्रविधिको ब्यापक प्रयोग गरिरहेको जनाएको छ ।

श्रोत : अनलाइन खबर

साइप्रस-नेपाल

१२ नोभेम्बर / लिमासोल

राष्ट्रिय जनमुक्ति पार्टीको प्रवास समिति साइप्रसको पहिलो अधिवेशन सम्पन्न भएको छ । पार्टीको प्रवास समिति राष्ट्रिय जनमुक्ति मंच साइप्रसले गत आइतबार लिमासोल स्थित नेपाली भेटघाट रेस्टुरेन्टमा पहिलो अधिवेशन गरेको हो ।

अधिवेशनबाट अध्यक्षमा तारा राइ, वरिस्ट उपाध्यक्षमा गुडिया गुरुङ र उपाध्यक्षमा नविन राई निर्वाचित हुनु भएको हो । त्यसै गरि महासचिवमा खम माया पुन, सचिवमा अम्बिका राई र सह सचिवमा मनिला राई निर्वाचित हुनु भएको छ भने कोषाध्यक्षमा सविता राई र सह कोषाध्यक्षमा खुसि राई निर्वाचित हुनु भएको छ । साथै सक्रिय सदस्य विमला राई र सदस्यहरुमा सवि श्रेष्ठ, अचिता तामांग, तारा देवी राई र रमेश गुरुङ चयन हुनु भएको छ । संस्थाको सल्लाहकारमा सन्तोष मगर चयन हुनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एनआएनए साइप्रस कि महिला प्रतिनिधि सरिता चौधरीले विधार्थी र हाउसमेडको समस्या बारे आफ्नो सस्थाले नेपाल सरकारको सम्बन्धित निकायमा जनाकारी गराई समस्या प्रति गम्भीर हुन आग्रह गरेको बताउदै हाउसमेडको लागि सेल्टरको रुपमा ‘सेफ हाउस’ संचालनमा आइसकेकोले समस्यामा हुनु भएका हाउसमेडले सम्पर्क गर्न सक्ने जानकारी दिनु भयो। प्रवाशी नेपाली एकता मंच साइप्रसका नवराज अविजितले विधार्थीका आम समस्या प्रति स्थानीय नेपाली संघसंस्थाले ध्यान दिनु पर्ने बताउदै सहकार्य गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा जनसम्पर्क समिति साइप्रसका प्रतिनिधि कुसुम गुरुङ , संघीय लिम्बुवान सामाजिक मंच साइप्रस का प्रतिनिधि बाल कुमार लिम्बु , नेपाली संघीय समाज साइप्रसका प्रतिनिधि विष्णु लिम्बु , चितवन सेवा समाज साइप्रसका प्रतिनिधि नैना गुरुङ, नेपाल मगर संघ का प्रतिनिधि अमृता मगर, किरात याक्थुङ्ग चुम्लुङ्ग साइप्रसका अध्यक्ष सबिन सिगु, तमु समाज साइप्रसका प्रतिनिधि अंशु गुरुङ लगायतका संघसस्थाको उपस्थिथि थियो । कार्यक्रमलाई खम माया पुनले संचालन गर्नु भएको थियो भने गुडिया गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट