२०८२ असार ९ सोमबार
LATEST NEWS
२०८२ असार ९ सोमबार

चासोक तङ्नाम २०७६ मनाउने तयारी अन्तिम चरणमा

समिम मियाँ

डिसेम्बर १ / लिमासोल

किरात याक्थुङ चुम्लुङ साइप्रसले याक्थुङ लिम्बुहरुको मौलिक पर्व चासोक तङ्नाम(उधौली)को अवसरमा आयोजना हुने साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। डिसेम्बर ८ तारीख लिमासोल स्थित नियो फिस्टा हलमा ‘ चासोक तङ्नाम साँस्कृतिक कार्यक्रम २०७६ ‘ आयोजना हुदै छ।

स्वदेशमै भएको अनुभुती गराउन नेपाल बाट कलाकार बोलाएर कार्यक्रम गर्न लागेको सम्योजक सरिता लिङ्ग्देनले बताउनु भयो । याक्थुङ लिम्बुहरुको मौलिक संस्कार,भेषभुषा, संस्कार र संस्कृती बारे हेर्न,बुझ्न र परम्परा जान्ने अवसरको रुपमा कार्यक्रममा उपस्थित भएर चासोक तङ्नामको भब्य मनोरन्जन लिन अध्यक्ष तेजबहादुर सिगुले अनुरोध गर्नुभयो।

कार्यक्रममा केलाङ र यालाङ लगायतका विभिन्न मौलिक सस्कृती झल्काउने नृत्यहरु पनि देख्न पाइने आयोजकले जानकारी दिएको छ। केलाङ र यालाङ भनेको लिम्बूहरुको मौलिक नाच हो जसको अर्थ भनेको के (च्याब्रुङ) लाङ (नाच) र या(धान) लाङ (नाच) हुन्छ । केलाङ  विशेषगरी चाडपर्व , सभा तथा विवाह  इत्यादि अवसरमा सुरु र अन्त गर्दा या मनोरञ्जनको लागि पनि नाच्ने गरिन्छ । केलाङ र यालाङ नृत्य नेतृत्वका लागि युके बाट सुरेन ताम्लिङलाई विशेष निमन्त्रणा गरिएको छ।

कार्यक्रमका मुख्य आकर्षण प्रथम नेपाली तारा तथा लोकप्रिय गायक दिपक लिम्बुको जोडदार साङ्गितिक प्रस्तुतीहरु हुने छन् । गायक लिम्बुका गितहरु दर्शकश्रोता माझ लोकप्रिय छन् । उनले थुप्रै चर्चित गितमा आवाज दिएका छन् भने विभिन्न चलचित्रमा समेत गित गाइसकेका छन् । ‘मैले माया गर्न जानिन होला’, ‘मुटु माग्यौ तिमिले’, ‘नाइ न भन्नू ल’, ‘म बाच्नु को के अर्थ’ लगायत बोलका गित श्रोताको मुखमा ‘झुन्डिएका’ गित हुन् ।

बस छुट्ने समय,स्थान टिकट र सम्पर्क नम्बर

लुकेको प्रतिभा प्रस्फुटन गर्दै थप हौसला प्रदान गर्न संस्थाले स्थानीय कलाकारलाई प्राथमिकता दिएको छ । सुरज रानाभाट, सुस्मा राई, पुष्पा पुन मगर र खगेन राना मगरले विभिन्न नृत्य र अमिसा लिम्बुले गायन कलाले मन्त्रमुक्त पार्ने तयारी गर्दैछन् । नेपाल मगर संघ साइप्रस र तमु समाज साइप्रसले प्रायोजन गरेको कार्यक्रमलाई स्थानीय कलाकारले पनि भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । रेश्मा लिम्बुको सह-सम्योजनमा कार्यक्रमलाई गोर्खाज किचन लिमासोल र नेपाली भेटघाट रेस्टुरेन्ट लिमासोलले सहयोग गर्दैछन् भने मिडिया पार्टनर साइप्रस-नेपाल डट कम रहेको छ। साइप्रसका विभिन्न विषयको जानकारी दिने उदेश्यले पहिलो पटक नेपाली भाषामा संचालनमा ल्याइएको अनलाइन म्यागजिन साइप्रस नेपाल डट कमले स्थानीय नेपाली समुदायको गतिविधि बारे खबर प्रकाशन गर्दै आएको छ।

छुटाउनुभयो कि ?