२०८२ श्रावण २४ शुक्रबार
LATEST NEWS
२०८२ श्रावण २४ शुक्रबार

काठमाडौँ । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्ना प्रयोगकर्ताका लागि दुई ओटा नयाँ एआई फिचर सार्वजनिक गरेको छ । बिहीबार एक ब्लग मार्फत कम्पनीले भिडिओ सजिलै फेला पार्न र भिडिओको सामग्रीबारे सिधै प्रश्न सोध्न मद्दत गर्ने दुई फिचर सार्वजनिक गरेको हो । 

यी मध्ये अधिकांश फिचरहरू हालका लागि प्रिमियम (पैसा तिर्ने) प्रयोगकर्तालाई लक्षित गरी परीक्षणका रूपमा उपलब्ध गराइएको कम्पनीले जनाइएको छ । पहिलो फिचरले प्रयोगकर्ताले खोजेको विषयसँग सम्बन्धित भिडिओलाई अझ व्यवस्थित र उपयोगी तरिकाले सर्च रिजल्टमा देखाउँछ । जब प्रयोगकर्ताले कुनै ठाउँ, किनमेल वा कुनै स्थानमा गर्न सकिने गतिविधिका बारेमा सर्च गर्छन् त्यतिबेला युट्युबले सान्दर्भिक भिडिओ क्लिप र जानकारी सहितको क्यारोसेल देखाउनेछ । उदाहरणका लागि यदि कुनै प्रयोगकर्ताले ‘ह्वाईका उत्कृष्ट समुद्री तट’ भनेर खोज्यो भने एआईले विभिन्न भिडिओबाट प्रयोगकर्ताले खोजे अनुसारका क्लिप हाइलाइट्सका रूपमा देखाउँछ । प्रत्येक क्लिपमा एआईले नै तयार पारेको शीर्षक र विवरण पनि हुन्छ । यसले गर्दा भिडिओ प्रयोगकर्ताको सर्चसँग किन सान्दर्भिक छ भनेर देखाउँछ । यो फिचर हाल अमेरिकाका प्रिमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ ।

त्यस्तै युट्युबले ‘आस्क’ नामक अर्को कन्भरसेन्सल एआई फिचर पनि परीक्षण गरिरहेको छ । भिडिओको तल रहेको ‘शेयर’ बटनको छेउमा उपलब्ध हुने यो फिचरमा ट्याप गरेपछि एउटा च्याटबक्स खुल्छ । उक्त च्याटबक्समा प्रयोगकर्ताले चलिरहेको भिडिओको विषयवस्तुबारे आफ्ना जिज्ञासा राख्न सक्छन् । 

एआईले सोही भिडिओको सामग्रीको आधारमा प्रयोगकर्ताका प्रश्नको जवाफ दिने प्रयास गर्नेछ । यसले ज्ञानवर्द्धक भिडिओबाट जानकारी लिन वा कुनै विषयलाई अझ गहिरोसँग बुझ्न मद्दत पुग्ने विश्वास गरिएको छ । कम्पनीका अनुसार यो फिचर प्रिमियम प्रयोगकर्ताका साथै अमेरिकाका केही साधारण प्रयोगकर्ताका लागि पनि परीक्षणका रूपमा विस्तार गरिँदैछ ।

यी दुवै फिचर अहिले परीक्षणको चरणमा रहेकाले भविष्यमा थप प्रयोगकर्तामाझ विस्तार गरिने युट्युबले बताएको छ ।

पछिल्लो अध्यावधिक: असार १६, २०८२ १९:२९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– शिक्षामन्त्री रघुजी पन्तको आग्रह स्वीकार गर्दै प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ । अर्को बैठक कहिले बस्छ भन्ने टुंगो नभएकाले बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

समितिको आजको बैठकबाटै विद्यालय शिक्षा विधेयक टुंग्याउने तयारी भए पनि शिक्षामन्त्रीले बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

शिक्षामन्त्रीको आग्रहपछि अहिलेसम्मको सहमतिबाट ब्याक नहुने गरेर बैठक स्थगित गरिएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

‘अहिलेसम्मका सहमतिबाट ब्याक नहुने गरेर अर्को सूचना नआएसम्म बैठक स्थगित गरेका छौं,’ सभापति थापाले भने ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले परिस्थिति जटिल बनेको भन्दै केही दिन विद्यालय शिक्षा विधेयक पारित नगरी छलफलका लागि समय माग्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

समितिसमक्ष त्यस्तो माग गर्नुअघि उनले प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । त्यसपछि सत्तागठबन्धनमा थप छलफल आवश्यक परेको भन्दै उनले बैठक स्थगितको माग गरेका थिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा विद्युतीय (साइबर) अपराधसम्बन्धी मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले पाठकले आफ्नो युट्युब च्यानलमार्फत एक व्यक्तिको चरित्रहत्या गरेको र घृणा फैलाएको आरोप लगाउँदै विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत सजायको माग दाबीसहित अभियोग पत्र दर्ता गरेको हो ।

पाठकले सञ्चालन गरेको ‘टफ टक विथ दिलभूषण पाठक’ (TOUGH talk With Dil Bhusan Pathak) नामक युट्युब च्यानलमा ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा एक भिडियो प्रकाशन गरेका थिए । उक्त भिडियोमा पाठकले पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाका छोरा जयवीर सिंह देउवाको फोटो राखेका थिए । 

पीडित परिवर्तित नाम ‘साइबर ब्युरो ५९ (२०८१/०८२) ले आफ्नो चरित्रहत्या भएको, घृणा र द्वेष फैलाइएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए । प्रहरी अनुसन्धानले उक्त युट्युब च्यानलका सञ्चालक/प्रस्तोता दिलभूषण पाठक नै भएको र उनले भिडियोमार्फत पीडितको सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पारेको निष्कर्ष निकालेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले पाठकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिमको कसुरमा सजायको माग गरेको छ । उक्त दफामा कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । साथै, पीडितलाई उचित क्षतिपूर्ति भराउन र कसुरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन पनि माग गरिएको छ ।

अभियोग पत्रमा प्रेस काउन्सिल नेपालले पाठकको उक्त युट्युब च्यानललाई आधिकारिक सञ्चारमाध्यमका रूपमा सूचीकृत नगरेको जानकारी दिएको पनि जनाइएको छ ।

मुद्दामा प्रमाणका रूपमा भिडिओसहितको डीभीडी, स्क्रिनसट र साक्षीको बयानलाई आधार मानिएको छ । अभियोग पत्रमा पाठकलाई ‘फरार’ देखाई अदालतबाट पक्राउ पुर्जी जारी गर्न पनि माग गरिएको छ । यो मुद्दा सहायक जिल्ला न्यायाधिवक्ता पूर्णेन्द्र पाण्डेयले १६ असारमा अदालतमा दर्ता गराएका हुन् ।

सम्बन्धित समाचारः

सञ्चारकर्मी दिलभूषण पाठकलाई साइबर ब्युरोले भन्यो- अनुसन्धानका लागि यथाशीघ्र उपस्थित हुनुहोस्

दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

साइबर अपराधको आरोपमा पक्राउ पुर्जी जारी भएपछि सञ्चारकर्मी पाठक उच्च अदालत पुगे

युट्युब भिडिओलाई लिएर पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पछिल्लो अध्यावधिक: असार १६, २०८२ १८:५५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– निजी जीवनका कुरालाई लिएर सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्नेहरूविरूद्ध गायिका एलिना चौहान नेपाल प्रहरीको साइबर ब्युरो पुगेकी छन्। 

उनले सोमबार साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी छन्। 

अमर्यादित कमेन्ट गर्नेलाई कानुनी कारबाहीको माग गर्दै निवेदन दिएको ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए। निवेदन आएसँगै ब्युरोले त्यसमाथि अनुसन्धान सुरू गरेको छ।

गायिका एलिनाले लगातार अमर्यादित कमेन्ट गर्नेविरूद्ध साइबर ब्युरो पुगेको बताइन्। ‘अति नै भएपछि आज चार जनाविरूद्ध उजुरी दिएकी छु,’ उनले भनिन्।  अभद्र कमेन्ट गर्ने बाँकी प्रयोगकर्तालाई पनि क्रमशः जाहेरी दिँदै जाने उनले बताइन्। 

एलिना र अर्की गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने प्रयोगकर्ताहरूको ‘फेसबुक प्रोफाइल’ सामाजिक सञ्जालबाटै सार्वजनिक गरिरहेका छन्। यो अभियानसँगै अहिले अमर्यादित कमेन्ट आउने क्रम कम भएको एलिनाले बताइन्। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- काठमाडौंमा मुख तथा घाँटीको क्यान्सर उपचार सम्बन्धी सम्मेलन सम्पन्न भएको छ। भक्तपुर ताथलीमा रहेको काठमाडौं क्यान्सर सेन्टरले गत शुक्रबार सम्मेलन आयोजना गरेको हो।

सम्मेलनमा देशभरका १५० जना भन्दा बढि चिकित्सकहरू सहभागी थिए।सम्मेलनमा क्यान्सर रोग विशेषज्ञहरू, रेडियोलोजिस्टहरू, नाक-कान-घाँटी शल्यचिकित्सक र विद्यार्थीहरूले पनि सहभागिता जनाएका थिए। सहभागीहरूले यस कार्यक्रमबाट धेरै कुरा सिक्न पाएको र यस्ता कार्यक्रमहरू नियमित रुपमा आयोजना गर्नुपर्ने बताएका छन् ।

सम्मेलनमा मुख्य वक्ताका रूपमा अमेरिकाका प्रसिद्ध न्युरोरेडियोलोजिस्ट डा लरेन्स गिन्सबर्गले सहभागिता जनाएका थिए।उनी टेक्सस विश्वविद्यालयका प्रध्यापक र एमडी एन्डरसन क्यान्सर सेन्टरमा कार्यरत छन्।

उनले घाँटीको क्यान्सरमा पेरिन्युरल स्प्रेडका बारे विस्तृत प्रस्तुती दिएका थिए।

यसका साथै टिचिंङ अस्पतालमा कार्यरत रेडियोलोजिस्ट डा शर्मा पौडेलले स्कल बेसको रेडियोलोजिकल एनाटोमीबारे प्रस्तुति दिएका थिए।

सोही कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टरमा कार्यरत डा सुवाष पण्डितले बिना ठूलो अपरेसन ब्राकिथेरापी प्रयोग गरेर मुख तथा घाँटीका क्यान्सरको उपचार कसरी गर्न सकिन्छ बारे प्रस्तुति दिएका थिए।उनले नेपालमा यो विधिको प्रयोग गर्ने अग्रणी अस्पतालको रुपमा काठमाडौं क्यान्सर सेन्टरले भुमिका खेलेको बताए।

सम्मेलनमा मुख तथा घाँटीको क्यान्सरमा बहुविषयक प्यानल छलफल पनि भएको थियो जसमा ३ वटा बिरामीहरूको रोगबारे छलफल भएको थियो।

सम्मेलनकै दौरान अस्पतालले सफलतापूर्वक १०० वटा फ्रि फ्लाप शल्यक्रिया सम्पन्न गरेको उपलक्ष्यमा शल्यचिकित्सकहरूलाई सम्मान गरिएको थियो। फ्रि फ्लाप शल्यक्रियामा शरिरको अन्य भागबाट छाला र मासु निकालेर प्लास्टिक सर्जरीको मद्दतबाट क्यान्सरका ठूला शल्यक्रिया गरिन्छ। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा भइरहेको चरित्रहत्या र नकारात्मक टिप्पणीबाट आजित भएकी गायिका एलिना चौहानले कानुनी उपचार खोजेकी छन् । उनले आफ्नो चरित्रहत्या गर्ने चार जना व्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा सोमबार औपचारिक उजुरी दर्ता गराएकी हुन् ।

ब्युरोमा उजुरी दिएपछि टेकपानासँग कुरा गर्दै गायिका चौहानले आफूले यसअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकै व्यक्तिमध्येबाट चार जनाविरुद्ध निवेदन दिएको जानकारी दिइन् । “यस विषयमा प्रधानमन्त्रीको समेत साथ रहेको र ब्युरोले पनि सहयोग गर्ने आश्वासन दिएको छ,” उनले भनिन् ।

आफ्नो चरित्रहत्या गर्नेहरूलाई कानुनी कठघरामा ल्याउन आफू सक्रिय रूपमा लाग्ने बताउँदै उनले दोषीलाई खोज्ने र पहिचान गर्ने काममा समेत सघाउने प्रतिबद्धता व्यक्त गरिन् । “दोषीहरूलाई खोज्ने काम मेरो, कारबाही गर्ने काम ब्युरोको हो । म सहयोग गर्छु,” चौहानले थपिन्, “उनीहरू पक्राउ परेपछि पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरिनेछ ।”

गायिका चौहानले दोषीलाई सामान्य धरौटीमा वा पैसा तिरेर छुट्ने अवस्था आउन नदिन र कानुन बमोजिम पूर्ण सजाय दिलाउन आफू लागिपर्ने दृढता व्यक्त गरिन् । 

कानुनी प्रक्रिया अगाडि बढाए पनि सामाजिक सञ्जालमा हुने नकारात्मक टिप्पणी र चरित्रहत्याविरुद्ध आफ्नो अभियानलाई निरन्तरता दिने उनले स्पष्ट पारिन् ।

पछिल्लो अध्यावधिक: असार १६, २०८२ १७:३९





सामाग्री श्रोत :
टेक पाना

भक्तपुर –  भक्तपुरको इँटाभट्टामा अभिभावकसँगै बसेर सामुदायिक विद्यालयबाट परीक्षा दिई एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई भक्तपुर क्षेत्र नं २ का सांसद दुर्लभ थापाले पूर्ण छात्रवृत्तिमा कक्षा ११ र १२ पढाउने घोषणा गरेका छन्। 

 गङ्गाको बारेमा समाचार प्रकाशित भएपछि सांसद थापाले चासो व्यक्त गर्दै उनलाई छात्रवृत्ति दिने घोषणा गरेका हुन्। सांसद थापाले भने, “गोमाले चाहेको अवस्थामा उनलाई कक्षा ११ र १२ मा विद्यालयको शुल्क मात्र होइन पोसाक र किताबसमेत निःशुल्क दिने घोषणा गर्दछु।” सांसद थापाले गोमालाई भेटेर यसबारेमा कुराकानी गर्ने बताए। 

रामेछापको खनियापानी स्थायी घरभएकी गोमा चार वर्षको उमेरदेखि भक्तपुरको इँटाभट्टामा अभिभावकसँग बसेर चाँगुनारायण नगरपालिका–८ सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएकी थिइन्। उनी एसइई परीक्षा २०८१ मा ४ जिपिएसहित उत्तीर्ण भएकी हुन्। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थालेको तयारीअनुसार अब भारतसँग सम्झौता हुने भएको छ। स्वास्थ्य क्षेत्र सहकार्यको फ्रेमवर्क तथा आयुर्वेद तथा परम्परागत चिकित्सा विज्ञानको विकास र विस्तारका लागि भारतसँग नेपालले गर्न लागेको सम्झौता तथा समझदारीसम्बन्धी स्वास्थ्य मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद बैठकले पारित गरेको छ।

यसअनुसार अब दुई देशबीच फ्रेमवर्कमा सम्झौता हुनेछ। गत अक्टोबर ७ मा भारत भ्रमणका क्रममा त्यहाँका स्वास्थ्य मन्त्री जेपी नड्डासँग भएको भेटवार्तामा दुई देशबीच द्विपक्षीय स्वास्थ्य सहकार्य फ्रेमवर्कमा हस्ताक्षर गर्ने सहमति भएको थियो। तनहुँको दुलेगौंडामा रहेको नेपालकै एक मात्र स्वास्थ्य उपचार केन्द्र जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रमा तीन सय शैय्याको संरचनाका लागि समेत त्यसबेला स्वास्थ्य मन्त्री पौडेलले प्रस्ताव गरेकामा दुवैमा भारतीय स्वास्थ्य मन्त्री जेपी नड्डाले सहमति जनाएका थिए।

स्वास्थ्य मन्त्री पौडेलले नेपाल भ्रमणको निम्ता स्वीकारेका भारतीय स्वास्थ्य मन्त्रीको नेपाल भ्रमणका क्रममा फ्रेमवर्कमा हस्ताक्षर गर्ने गरी मन्त्रालयले तयारी थालेको छ।

फ्रेमवर्क मस्यौदामा स्वास्थ्य तथा औषधी क्षेत्रमा सहकार्य गर्ने विषय उल्लेख छ।

यसैगरी भारतले नेपालका स्वास्थ्यकर्मीलाई भारतमा अध्ययन तालिम र क्षमता विकासको अवसरका लागि सघाउने छ।

भारतमा उत्पादित औषधी नागरिकलाई सुपथ मूल्यमा दिलाउन जिटुजीमार्फत खरिद गर्न सकिने गरी मस्यौदामा प्रस्ताव छ।

यसैगरी, नेपालमा उपचार सम्भव नभएका बिरामीको भारतमा उपचारमा सहुलियत प्रदान गर्ने गरी सम्झौता गर्ने नेपालको तयारी छ।

आयुर्वेद चिकित्साकर्मीलाई सीप क्षमता विकासको अवसर
भारतसँग नेपालले आयुर्वेद तथा परम्परागत चिकित्सा विज्ञानको विकास र विस्तारका लागि दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषदले स्वीकृती प्रद्यान गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले भारतसँगका विभिन्न वार्ताहरुमा यो विषय उठाएका थिए। भारतको समेत प्राथमिकता रहेको आयुर्वेदमा अब स्वास्थ्यकर्मीले भारतमा सीप विकासको अवसर पाउने बाटो खुल्नेछ। भारतले नेपालमा आयुर्वेद र वैकल्पिक जनशक्ति विकास, प्रविधि र सीप हस्तान्तरणमा सघाउने गरी समझदारी गर्ने तयारी अघि बढेको छ।

यस्तो  सम्झौता २०१९ मा सकिए पछि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता विकासमा सघाउने गरी नयाँ मस्यौदा तयारी गरिएको थियो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रिपरिषदको निर्णय पछि अब सम्झौता तथा समझदारीको प्रक्रिया अघि बढ्ने बताए।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । एसईईको नतिजा चित्त नबुझेको विद्यार्थीलाई पुनर्योग (रिटोटलिङ) का लागि आवेदन खुलेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय कक्षा १० ले आइतबार सूचना जारी गर्दै पुनर्योगका लागि आवेदन खुलाएको हो । सूचना अनुसार विद्यार्थीले पुनर्योगका लागि २३ असार बेलुका ५:०० बजेसम्ममा आवेदन दिन सक्ने छन् ।

 

यसरी दिनुहोस् आवेदन:

१.  exam.neb.gov.np/see मा गएर student payment मा जानुहोस् वा यहाँ क्लिक गर्नुहोस् ।

२. पोर्टलमा गएपछि सिम्बोल नम्बर र जन्म मिति राख्ने अप्सन देखिन्छ । तर सिम्बोल नम्बर राख्दा अल्फाबेट नराखी नम्बर मात्र राख्नु होस् । 

३. त्यसपछि जुन विषयको रिटोटलिङ गर्नुपर्ने हो, त्यसलाई रोज्नुहोस् । 

४. एउटा विषयको रिटोटलिङको लागि ५०० रुपैयाँ शुल्क तोकिएको छ । विषय रोजेपछि इसेवा वा खल्ती मोबाइल वालेटबाट भुक्तानी गर्नुहोस् । 

५. भुक्तानी भएपछि रिटोटलिङका लागि आवेदन प्रक्रिया पूरा भएको जनाउने कन्फर्मेसन म्यासेज आउँछ । 

६. त्यसपछि बोर्डले रिटोटलिङको नतिजा सार्वजनिक गरेपछि वेबसाइटमा गएर रिजल्ट हेर्न सकिन्छ । 

आइतबारदेखि नै  रिटोटलिङका लागि परीक्षा नियन्त्रण कार्यालयले आवेदन खुलाएको थियो । तर, सिम्बोल नम्बर र जन्म मिति राखेपछि सर्च गरेर विषय रोज्ने विकल्प नै नहुँदा रिटोटलिङको आवेदन दिन नमिलेको भनेर विद्यार्थीहरूले गुनासो गरेका थिए । अहिले भने उक्त समस्या समाधान भएको पाइएको हो । 

पछिल्लो अध्यावधिक: असार १६, २०८२ १७:३





सामाग्री श्रोत :
टेक पाना

जनकपुरधाम– मधेस प्रदेश सरकारले चुरेक्षेत्रको विनास रोक्न तथा पर्यावरणको सुरक्षाका लागि वृक्षरोपण अभियान सुरु गर्ने भएको छ। 

अभियानअन्तर्गत मधेस प्रदेश सरकारले ८६ लाख बिरुवा रोपिनेछ।प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले उक्त अभियानअन्तर्गत प्रदेशका सडकपेटीमा मात्र चार लाख बिरुवा रोप्ने लक्ष्य रहेको जानकारी दिएका हुन्।

“चालु आर्थिक वर्षमा ५० किमी सडकपेटी तथा २७८ हेक्टर क्षेत्रफलमा वृक्षरोपण हुनेछ,”  घिमिरे भने।

मन्त्रालयबाट प्राप्त जानकारीअनुसार ८६ लाख बिरुवामध्ये ६२ लाख बिरुवा प्रदेश सरकारको बजेटबाट तथा बाँकी सङ्घीय सरकारको ससर्त अनुदानमार्फत उत्पादन गरिने बताइएको छ। ती बिरुवाहरू सर्वसाधारणलाई निःशुल्क रुपमा वितरण गरिने उनको भनाइ छ। 

उत्पादन भएका बिरुवामध्ये करिब आठ प्रतिशत बिरुवा सरकारी वनक्षेत्र तथा डिभिजन वन कार्यालयको मातहत रहने क्षेत्रमा रोपिने छ भने बाँकी ८० प्रतिशत बिरुवा निजी जग्गामा रोपिने छ। यसमार्फत हरियाली विस्तारसँगै वातावरणीय सन्तुलन कायम गर्ने सरकारको दिगो लक्ष्य छ।

यस अभियानले वनजङ्गलको संरक्षण, चुरेक्षेत्रको संरक्षण हुने, नदी तथा भूमि कटान रोकथाम हुने र पर्यावरण सुरक्षा तथा सुधारमा सकारात्मक योगदान पुग्ने प्रदेश सरकारको  विश्वास छ। 

डिभिजन वन कार्यालय धनुषा जनकपुरधामका वन अधिकृत अनिल साहका अनुसार धनुषा जिल्लाअन्तर्गत जनकपुर–ढल्केवर सडक खण्डको दुवै क्षेत्रको पेटीमा चार हजार ४०० बिरुवा रोप्न सुरु भइसकेको छ। 

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट