

इलाम– नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुगेका छन् ।
परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उनीहरु आज अपराह्न कन्याम आइपुगेका हुन् ।
परराष्ट्रमन्त्री डा. देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी, १५ देशका राजदूतलागयत ४५ जना उच्च अधिकारीले आज कन्याम भ्रमण गरेका हुन् । टोलीलाई नगरपालिकाले कन्यामम स्वागत गरेर वडा नं ४ स्थित श्रीअन्तु पुर्याएको छ । अतिथिलाई कन्याममा पञ्चैबाजाले स्वागत गरिएको थियो ।
परराष्ट्र मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत राजदूतलाई मुलुकका पर्यटकीय गन्तव्यको भ्रमण गराएको हो । प्रतिनिधिमण्डलमा इजिप्ट, दक्षिण कोरिया, युके, स्वीट्जल्याण्ड, थाइल्याण्ड, अष्टे«लिया, फ्रान्स, इजरायल, जापानका राजदूत छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
नेपाली वजारमा उपलब्ध औषधिलाई हेर्दा भिन्न भिन्न उत्पादक कम्पनिहरुवाट उत्पादित एकै प्रकारको औषधिहरुको मूल्य विच एकरुपता भने पाईदैन। साथै फरक फरक मूल्य कायम भएको सन्दर्भमा पर्याप्त, स्पष्ट आधार एबम कारणहरु समेत देखिदैन ।यस्तो अवस्थाको अन्त्य गर्दै मूल्य निर्धारणलाई व्यवस्थित,वैज्ञानिक एबम समय सापेक्षित बनाउंदै लैजानुपर्ने अहिलेको आवश्यकता हो। प्रचलित कानुन अनुसार औषधि व्यवस्था विभागले औषधिको मूल्य निर्धारण गर्न आवश्यक देखेमा औषधि परामर्श परिषदको बैठकमा पेश गरि मूल्य निर्धारण गर्ने प्रक्रिया अघि बढाउन सक्ने प्रावधान रहेको छ।यसरि निर्धारण गरिएको मूल्य नेपाल सरकारको राजपत्रमा प्रकाशित भए पश्चात लागु हुनेछ। मूल्य समायोजनको प्रक्रियाले उत्पादक र उपभोक्ता विचको दुरी कम गराई उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध हुने अवस्था बनाउन मद्दत पुर्याउछ।मूल्य समायोजन बैज्ञानिक, व्यवस्थित र स्वचालित हुनुपर्दछ।जसका लागी औषधिको मूल्य निर्धारण सम्बन्धि व्यवस्थाको दीर्घकालीन रुपमा समाधान खोज्न आवश्यक छ ।अन्तराष्ट्रिय अभ्यासलाई समेत हेरी प्रचलित कानुन औषधि ऐन २०३५ ले दिएको व्यवस्थामा सशोधन गरी National Pharmaceutical Pricing Authority को स्थापना मार्फत दिगो रुपमा औषधिको मूल्य निर्धारणको प्रक्रियालाई नियमित,स्वचालित बनाउन आवश्यक छ। अन्य नयाँ व्यवस्था लागु नहुँदा सम्म प्रचलित कानुनको अधिनमा रही मूल्य निर्धारण सम्बन्धि कार्यलाई अघि बढाउनुपर्ने वाध्यात्मक अवस्था हो।औषधि उद्योगले तयारी औषधि बनाउनका लागि आवश्यक कच्चापदार्थ एबम प्याकेजिंग सामाग्री, दक्ष जनशक्ति, भौतिक संरचना,औजार-उपकरण, गुणस्तर नियन्त्रण, भण्डारण, ढुवानी,वजार व्यवस्थापन, औषधि उत्पादनमा अवलंबन गरिएको विधि प्रक्रिया, प्रविधि, राष्ट्रिय-अन्तराष्ट्रिय मान्यता, अनुसन्धानात्मक औषधि, निर्धारित राजश्व, अन्तराष्ट्रिय सन्दर्भ मूल्य, उचित मुनाफा लगायतका विषयहरु मूल्य तय गर्नका लागि ध्यान दिनुपर्ने विषयहरु हुन्। सबै औषधिको मूल्य निर्धारण नहुनु र भएकामा समेत समायोजन नहुँदा उपभोक्ता मारमा छन्। तसर्थ निम्न विषयहरुलाई अध्ययन गरि तथ्यमा आधारित भई मूल्य समायोजनको प्रक्रिया अघि बढाउदा यसरि कायम गरिने मूल्य वैज्ञानिक,व्यवाहारिक एवं पारदर्शी देखिनुका साथै कार्यान्वयनमा सहजता हुनेछ। • दिर्घ रोगीहरुले प्रयोग गर्ने ,लामो समय देखि मूल्य हेरफेर नभएका औषधिहरुलाई ध्यान दिई मूल्य समायोजन गर्न आवश्यक छ। • अघिल्लो मितिमा मूल्य निर्धारण भएका औषधिहरु समेतलाई पुनरावलोकन गरि उचित मूल्य कायम गर्नुपर्ने छ। • नेपालमा उत्पादन नहुने परनिर्भर रहनुपर्ने Biological Product लगायतका औषधिहरुको मूल्य समायोजन गर्दा अटुट रुपमा उपलब्ध हुन सक्ने गरि मूल्य निर्धारण गर्नुपर्नेछ। • Cancer/Renal transplant मा प्रयोग हुने औषधिहरुको हकमा अटुट रुपमा उपलब्ध हुन सक्ने गरि उचित मूल्य कायम गर्नुपर्ने छ। • Large Volume Parenteral/Life savings औषधिहरुको मूल्य समायोजन गर्दा अटुट रुपमा उपलब्ध हुन सक्ने गरि उचित मूल्य निर्धारण गर्नुपर्नेछ। • मूल्यको विषय लिई वेलावेलामा बजार अभाव हुन् सक्ने देखिएका औषधिलाई ध्यान दिई मूल्य समायोजन गर्नुपर्नेछ।नेपाल सरकारले हालसम्म आइपुग्दा सबै औषधिको मूल्य निर्धारण नहुनु र भएकामा समेत समायोजन नहुँदा उपभोक्ता मारमा परेको विषयलाई लिई मूल्य समायोजनको प्रक्रिया अघि बढाउनु स्वागतयोग्य छ।समायोजन वैज्ञानिक,व्यवाहारिक एबम पारदर्शी बनाउन उत्पादक देखि उपभोक्ता सम्म सबैको जिम्मेवारी रहन्छ।समायोजनले टेन्डर प्रकृयावाट औषधि खरिद गरिने संस्थामा उपभोक्ताले तिर्नुपर्ने औषधिको मूल्य र प्राइभेट संस्था एबम फार्मेसीहरुमा अधिकतम खुद्रा मुल्यमा आधारित भई औषधि खरिद गर्दा तिर्नुपर्ने रकम विचको खाडलमा पनि कमि गर्न मद्दत पुग्नेछ। Paracetamol 500 mg ट्याब्लेटको अधिकतम खुद्रा मूल्य रु.१ रुपैयाँ निर्धारण गरिएको छ।वेलाबखतमा वजारमा Paracetamol 500 mg ट्याब्लेटको मूल्य कमि भयो भनेर औषधि अभाव हुने अवस्था देखापर्दछ र वैज्ञानिक रुपमा अध्ययन गरि हेर्दा केहि मुल्य बढाउनुपर्ने अवस्था यथार्थपरक हुन आउछ।वर्षौदेखि समस्याको रुपमा रहेको विषयलाई अध्ययन गरि मूल्य समायोजनको प्रक्रिया मार्फत कायम रहेको मुल्यमा बढाउनुपर्ने भए बढाउने घटाउनुपर्ने भए घटाउने सरकारको जिम्मेवारी,सम्बन्धित निकायको हो। उक्त विषयलाई ज्यादा राजनीतिकरण गरि सरकारले मूल्य बृद्दी गर्यो भन्ने भाष्य बनाउन तिर लागियो भने त्यो अनुत्पादक बन्दछ।मूल्य सधै एकै रहन सक्दैन। त्यससँग धेरै विषयहरु अन्तर्निहित रहन्छन। तसर्थ विज्ञानमा आधारित रही स्वचालित प्रणाली बनाई समय समयमा मूल्य समायोजनको प्रक्रिया अघि बढाउनुमा सबैको हित हुन्छ। उपभोक्ताले वैज्ञानिकतामा आधारित रही कायम भएको मूल्यलाई मान्दछ।उत्पादकले मान्नुपर्दछ ।अध्ययन गरि तथ्यमा आधारित भई मूल्य बढाउने घटाउने अवस्थालाई एकिन गर्ने कार्यलाई यथासिघ्र सम्पन्न गर्न सबैको वल मिलोस्। उदाहरणका लागि हेरौं : विभिन्न निकायहरुले खरिद गरेका औषधिको खरिद मूल्य र अधिकतम खुद्रा मूल्य विचको अन्तर जसले गर्दा उत्पादक,विक्रेता देखि उपभोक्ता विच उचित मूल्य कायम भई अटुट रुपमा औषधि उपलब्ध हुने अवस्था सिर्जना हुन्छ।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । हुण्डीको रकमसिहत प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ।
प्रहरीले आइतबार दिउँसो गोरखा पालुङटार नगरपालिका–१० बागडाँडाकी १९ वर्षीया करिना देवकोटालाई पक्राउ गरेको हो।
उनको साथबाट ९ लाख नगद र ६ लाखको चेक बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले बताए।
न्यूरोडमा हुन्डी कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाको टोलीद्ये उनलाई पक्राउ गरेको हो।
सामाग्री श्रोत :
काठमाडौँ । हुकुट स्टोरले नयाँ वर्षलाई थप नयाँ र उत्साहजनक बनाउन वर्षकै सबैभन्दा ठुलो योजना ‘गेम अफ लक’ सुरु गरेको छ । आफ्नो भाग्य परीक्षण गरी विभिन्न उपहारका साथै रमाइलो अनुभव गर्दै ग्राहकले सामान खरिद गर्न सकुन भन्ने उद्देश्यका साथ स्टोरले यो योजना ल्याएको हो ।
शुक्रबारदेखि सुरु भएको यो योजना ९ वैशाखसम्म सञ्चालनमा आउनेछ । जसमा ग्राहकहरूले २०० रुपैयाँदेखि आईफोन १६ सम्म जित्न सक्ने बताइएको छ । यसको अर्थ भाग्यशाली विजेताले मात्रै उपहार प्राप्त गर्ने भन्ने नभई सहभागी हुने कोही पनि ग्राहकको हात खाली नहुने कम्पनीले जनाएको छ ।
स्टोरले अल्टिमा, एङ्कर, अकि, नथिङ, साउण्डकोर, युग्रिन, किक, हाइफ्यूचर, जिब्लेज लगायतका कम्पनीसँगको सहकार्यमा विभिन्न प्रोडक्ट ग्राहकलाई उपहार स्वरूप प्रदान गर्नेछ । जसमा एयरबड, स्मार्टवाच, स्पिकर र फास्ट चार्जर रहेका छन् । ग्राहकले इन्ट्यान्ट क्याश ब्याकका साथै बिग बम्पर उपहारको रूपमा साउन्डबार, प्लेस्टेसन ५ सम्म जित्न सक्नेछन् ।
यतिमात्रै नभएर नयाँ वर्षको अवसरका हुकुटले विभिन्न ब्रान्डका ल्यापटप, स्मार्टफोन, कम्प्युटर लगायतका प्रोडक्टमा छुट सहितको योजना पनि सार्वजनिक गरेको छ । यस्ता हरेक सामानको खरिदमा एयरबड, स्मार्टवाच, टेम्पर्ड ग्लास जस्ता ग्याजेट उपहारको रूपमा उपलब्ध गराउने छ । यो विशेष अफर र ‘गेम अफ लक’ स्टोरमा उपलब्ध हरेक सामानको खरिदमा पाउन सकिनेछ ।
हुकुट स्टोरमा हाम्रो छनोट
स्टोरले नयाँ वर्षलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको यस योजना अन्तर्गत रहेर हामीले मोबाइल, ल्यापटप, स्मार्टवाच, स्पिकर र एयरबडहरूको एउटा सूची तयार पारेका छौँ । यो सूची तयार पार्दा स्टोरले प्रोडक्टमा दिएको छुट प्रतिशतलाई आधार बनाइएको छ । साथै, स्टोरमा स्टक उपलब्ध भएका प्रोडक्टहरूमात्र यसमा समावेश छन् । यसको अर्थ स्टोरले क्याटेगोरी अनुसार जुन प्रोडक्टमा सबैभन्दा बढी छुट दिएको छ, ती प्रोडक्टहरू मध्ये स्टोरमा बाँकी रहेका तीन–तीन ओटाको सूची यहाँ राखिएको छ ।
१. वनप्लस नोर्ड ३० एसई फाइभजी : यो फोन खरिद गर्दा हुकुट स्टोरमा नयाँ वर्षको योजना अन्तर्गत सबैभन्दा बढी छुट प्राप्त गर्न सकिन्छ । यो फोनमा २९ प्रतिशतसम्मको रहेको छ ।
२. वनप्लस नोर्ड सीई ४ लाइट फाइभजी : वनप्लस ब्राण्डको वनप्लस नोर्ड सीई ४ को लाइट भर्सनका रूपमा उपलब्ध यो फोन खरिदमा हुकुट स्टोरले २८ प्रतिशतसम्म छुट दिनेछ ।
३. अनर म्याजिक ६ प्रो : अनर ब्राण्डको यो फोन खरिदमा हुकुट स्टोरले २२ प्रतिशत छुट प्रदान गरेको छ । १ लाख ५९ हजार ९९९ रुपैयाँ रहेको यो फोन हुकुटमा एक लाख २४ हजार ९९९ रुपैयाँमै पाउन सकिन्छ ।
१. डेल भेस्ट्रो ३५३० : इन्टेल कोर आई ७–१३५५ यू प्रोसेसर भएको डेल ब्रान्डको यो ल्यापटपमा हुकुटले सबैभन्दा बढी छुट प्रदान गरेको छ । १५.६ इन्च डिस्प्ले रहेको ल्यापटपमा ८ जीबी र्याम र ५१२ जीबी एसएसडी रहने छ । यो ल्यापटपमा ३२ प्रतिशत छुट उपलब्ध छ ।
२. एचपी पेभिलियन प्लस १४ : इन्टेल कोर आई ५–१३५५ यू प्रोसेसर युक्त एचपी ब्रान्डको यो ल्यापटपमा हुकुटले ३१ प्रतिशत छुट प्रदान गरेको छ । १४ इन्च डिस्प्ले रहेको ल्यापटमा १६ जीबी र्याम र ५१२ जीबी एसएसडी रहेको छ ।
३. डेल इन्पिरन १४ ७४४० : डेल ब्रान्डको यो ल्यापटप खरिदमा हुकुटले २८ प्रतिशत छुट प्रदान गरेको छ । १ लाख ५९ हजार ९९९ रुपैयाँको यो ल्यापटप हुकुटमा १ लाख १५ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । १४ इन्चको फुलएचडी प्लस टच स्क्रिन भएको यो ल्यापटपमा इन्टेल कोर सेभेन १५० यू प्रोसेसर, १६ जीबी र्याम र १ टीबी एसएसडी रहेको छ ।
१. अल्टिमा वाच फ्लेक्स : स्मार्टवाच लगाउने चाहान छ र छुट खोज्दै हुनुहुन्छ भने अल्टिमाको वाच फ्लेक्स एउटा विकल्प बन्न सक्छ । अफर अन्तर्गत हुकुटले यो वाच खरिदमा ३६ प्रतिशत छुट प्रदान गरिरहेको छ । यसमा सय भन्दा बढी स्पोर्टस मोडहरू उपलब्ध छन् ।
२. किक एरोवाच सिग्मा : हुकुटले धेरै छुट दिएको मध्ये स्मार्टवाचतर्फ किक एरोवाच दोस्रो नम्बरमा छ । ब्लुटुथ कलिङ फिचर युक्त यो स्मार्टवाचमा स्टोरले २९ प्रतिशत छुट प्रदान गरेको छ ।
३. अमेजफिट जीटीआर २ न्यु भर्सन : स्मार्टवाच ब्राण्ड अमेजफिट जीटीआर २ को नयाँ भर्सनको रूपमा आएको यो स्मार्टवाच पनि तपाईँहरूका लागि राम्रो विकल्प हुनसक्छ । हुकुटले यो प्रोडक्टमा २३ प्रतिशत छुट दिएको छ । २१ हजार ९९९ मूल्यको यो स्मार्टवाच १७ हजारमै किन्न सकिन्छ ।
१. अल्टिमा साउन्डबक्स एस २० २० डब्लू स्पिकर : कतै घुम्न जाँदै हुनुहुन्छ अथवा घरभित्र फिल्म हलमा जस्तो साउन्ड बजाएर गीत सुन्नका लागि स्पिकर खोजी रहनु भएको छ भने तपाईँको लागि यो उपयुक्त विकल्प हुनसक्छ । हुकुट स्टोरले यो स्पिकर खरिदमा ५३ प्रतिशत छुट प्रदान गरिरहेको छ ।
२. बोस साउन्डलिंक फ्लेक्स : यो सूचीको दोस्रो नम्बरमा बोस साउन्डलिंक फ्लेक्स रहेको छ । सस्तो र हातमा बोकेर हिँड्ने मिल्ने यो स्पिकरमा हुकुटले ४६ प्रतिशत छुट प्रदान गरेको छ ।
३. मिभी रोम २ : मिभी ब्रान्डको यो स्पिकरमा स्टोरले ४१ प्रतिशत छुट प्रदान गरेको छ । तीन हजार रुपैयाँको यो स्पिकर १७ सय ९९ रुपैयाँमै पाउन सकिने व्यवस्था हुकुटले मिलाएको छ ।
१. जोस स्पेसबर्ड म्याक्स : एयरबड खरिद गर्ने योजनामा हुनुहुन्छ भने जोस स्पेसबड्स म्याक्स एउटा उपयुक्त विकल्प हुनसक्छ । किनभने यसको खरिदमा हुकुट स्टोरले ४९ प्रतिशत छुट प्रदान गरिरहेको छ ।
२. किक एरोपड १४१ : हुकुटले आफ्नो स्टोरमार्फत किक एरोपड १४१ एयरबड किन्ने ग्राहकलाई ४८ प्रतिशत छुट प्रदान गरिरहेको छ ।
३. अल्टिमा बुम २११ : अल्टिमा ब्रान्डको यो एयरबडमा स्टोरले ४५ प्रतिशत छुट प्रदान गरेको छ । तीन हजार पाँच सय ९९ रुपैयाँको यो एयरबड हुकुट स्टोरमा १९९९ रुपैयाँमै खरिद गर्न सकिने छ ।
पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ १९:२१
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– वीरगञ्जमा दुई समुदायबीच भएको झडपको घटनाबारे पाँच बुँदे सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति भएको हो ।
सहमति अनुसार पहिलो बुँदामा उक्त घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन/अनुसन्धान गरी कानुनी कारबाही गरिने उल्लेख छ ।
यस्तै दोस्रो बुँदा अन्तरधार्मिक/साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिबद्ध हरी कानुनी कारबाहीको प्रक्रियामा सहयोग पुर्याउने बताइएको छ ।
सहमतिको तेस्रो बुँदामा उक्त घटनामा घाइते भएका व्यक्तिहरूको नि:शुल्क उपचारको व्यवस्था गर्ने र घटनाबाट भएको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने निर्णय गरिएको छ ।
यसैगरी ४ नम्बर बुँदामा धार्मिक, सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने, सो गरेमा कारबाहीको दायरामा ल्याउने निर्णय गरेको प्रशासनले जनाएको छ ।
५ नम्बर बुँदामा पर्सा जिल्लामा सञ्चालित सबै धार्मिक संघ/संस्था तत् तत् संस्थाबाट सञ्चालित विद्यालय/मदरसा इत्यादीको सुक्ष्म अनुगमन गरी अन्यथा देखिएमा कारबाहीको दायरामा ल्याउने निर्णय भएको छ ।
विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा शनिबार अपराह्न करिब ४:५० बजे वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडप भएको थियो ।
अवस्था तनावग्रस्त बनेपछि प्रहरीले ५:४० बजे पाँच सेल अश्रुग्यास फायर गरेको थियो । झडपका क्रममा एक थान मोटरसाइकलमा आगजनी समेत भएको थियो । सोही ठाउँमा एउटा फ्रिज पनि पसलबाट बाहिर निकालेर आगजनी भएको थियो । घटनास्थलमा खटिएका ८ जना प्रहरी घाइते भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
नेपाल सरकार र विभिन्न साझेदार संस्थाहरूले लामो समयदेखि ‘टि.बी., एचआईभी र मलेरियामुक्त नेपाल’ को सपना बोकेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यस्ता रोगहरूमाथि नियन्त्रण र उन्मूलनका लागि करोडौं रकम खर्च भइरहेको छ। तर पछिल्ला तीन महिनाको अवस्था हेर्दा जब यी रोगहरूसँग सम्बन्धित योजनामा राजनीति, भागबण्डा र नेतृत्व संघर्ष हावी हुन थाल्यो- उपलब्धि लगभग शून्यजस्तै देखिन्छ। जब क्षयरोग नियन्त्रण कार्यक्रमका शिर्ष नेतृत्वहरू राजनीतिक नियुक्तिका भरमा चयन हुन्छन्, अनि कार्यक्रमहरू नीति भन्दा ‘नाता’ अनुसार सञ्चालित हुन्छन्, तब रोगको नियन्त्रण होइन, बजेटको उपभोग प्राथमिकता बन्छ।एचआईभी रोकथामका नाममा हुने गोष्ठी, सेमिनार र तालिमहरू ‘पपुलर अनुहारहरू’कै बीच घुमिरहँदा, संक्रमित व्यक्ति अझै लाज, भेदभाव र औषधिको अभावमा परिरहेका छन्।मलेरिया नियन्त्रणका योजना अझै ‘गाउँ पुग्नु अघिको गफ’मै सीमित छन्। खास प्रभावित क्षेत्रका आवाजहरू भने केन्द्रसम्म आइपुग्दैनन्। टि.बी., एचआईभीर मलेरियामुक्त नेपाल’ केवल नारा होइन, यो स्वस्थ र समान समाजको सपना हो। तर यदि यसलाई राजनीतिक हतियार बनाइन्छ भने यो सपना कहिल्यै पूरा हुँदैन।अब प्रश्न के हो भने हामीले राजनीति हटाएर जनस्वास्थ्यलाई केन्द्रमा राख्न सक्छौं कि सक्दैनौं?नेपाल सरकार र विभिन्न साझेदार संस्थाहरू, विशेषगरी क्षयरोग, एचआईभी र मलेरियाको क्षेत्रमा काम गरिरहेका ग्लोबल फण्ड, युएनडीपी (पीआर पाएको निकाय) लगायतका निकायहरूले लामो समयदेखि ‘टीबीमुक्त नेपाल’ नारा बोकेका छन्। तर, पछिल्लो समय यस्ता योजनाहरूमा राजनीति, ढिलासुस्ती र समयमै काम नगर्ने प्रवृत्ति हाबी हुँदै गएको छ। यसको प्रत्यक्ष परिणामस्वरूप यी रोगहरू कोरोना महामारीभन्दा पनि भयावह संकटको रूपमा फर्किन सक्ने सम्भावना बढेको छ। ग्लोबल फन्डबाट प्राप्त स्रोतको व्यवस्थापन गर्ने युएनडीपीले समयमै काम नगर्दा, प्रभावित समुदायहरूमा प्रत्यक्ष सेवा पुगोस् भन्ने लक्ष्य अलपत्र परेको छ।औषधि ढुवानीमा ढिलाइ, स्वीकृत कार्यक्रम कार्यान्वयनमा सुस्तता, अनि स्थानीय सरकार र संघसंस्थासँग समन्वयको अभावले गर्दा टि.बी., एचआईभी र मलेरियाको जोखिम बढिरहेको छ।हामीले कोरोना महामारीका बेलामा देखेका थियौं, जब समयमै निर्णय नहुँदा जनताको ज्यान गएको थियो। आज त्यही गल्ती क्षयरोग, एचआईभी र मलेरियामा दोहोरिन थालेको छ।यी रोगहरू मौन रुपमा फैलिन्छन्। तर नियन्त्रण नगरे समयमै उनीहरूले स्वास्थ्य प्रणालीलाई पुनः थला पार्न सक्छन्।स्वास्थ्य क्षेत्रमा अनावश्यक राजनीति बढ्दै गएको गुनासो स्थानीय तथा क्षेत्रीय संघसंस्थाहरूबाट खुलेर आउन थालेको छ।कार्यक्रमको नेतृत्व पेशागत क्षमता होइन, पहुँच र सम्बन्धका आधारमा हुने, बजेट विनियोजनमा कागजी काममा ध्यान दिने, तर भुइँस्तरमा प्रभावशाली सेवा नपुग्ने अवस्था देखिएको छ।के हामी यति चाँडै कोरोनाबाट सिकेका पाठहरू बिर्सन थालिसकेका हौ?भविष्यको संकेत: अझ भयावह संकट?• क्षयरोग, जुन एक व्यक्ति बाट अर्कोमा सर्छ, अझै नेपालमा दैनिक १५ जनाको मृत्युको कारण बनिरहेको छ।• एचआईभीको नयाँ संक्रमण रोक्न अझै चुनौती छ, लाज र भेदभावका कारण सेवा लिन समेत समस्या हुन्छ।• मलेरिया, विशेष गरी तराईका केही जिल्लामा पुनः देखा पर्दैछ, तर नियन्त्रणको नाममा केवल रिपोर्ट लेखिन्छ।नेपाल सरकारले ‘टि.बी., एचआईभीर मलेरियामुक्त नेपाल’ को घोषणा गरेको वर्षौं भयो। अन्तर्राष्ट्रिय साझेदारहरूबाट करोडौंको बजेट प्रवाह भइरहे पनि अभियान भन्दा राजनीति, र नतिजा भन्दा कागजी प्रगति बढ्दै गएको संकेत तथ्याङ्कले देखाउन थालेको छ।२०८० मा साझेदार संस्थाहरू सक्रिय रहँदा देखिएको टि.बी. केसको संख्या र २०८१ मा उनीहरूको सक्रियता कम हुँदा देखिएको गिरावटले नेपालको क्षयरोग नियन्त्रण प्रणाली गम्भीर संकटमा परेको स्पष्ट देखिएको कोशी प्रदेशको क्षयरोग फोकल फर्सन तुलसी प्रसाद गुरागाईले बताउनु भयो।• २०८० माघमा टि.बी. का ३५१ केस रिपोर्ट भए।• फागुनमा यो संख्या बढेर ३९५ पुग्यो, जो सक्रिय केस पहिचानको सफलता मानिन्थ्यो।• तर २०८१ माघमा केस संख्या घटेर ३१५ मा झर्योक,• र फागुनमा झन घटेर २७३ मात्रै भयो। अर्थात्, १ वर्षमा केस संख्या करिब ३० प्रतिशतले घटेको छ।यो नियन्त्रणको उपलब्धि होइन, साझेदार संस्था एसआरको काम रोकिनु र पी.आर. (युएनडीपी)बाट समयमै योजना कार्यान्वयन नहुनु मुख्य कारण भएको स्वास्थ्यकर्मीहरू बताउँछन्।(कालाखेती स्वास्थ्य कार्यालय इलाममा बागमती सेवा समाजद्वारा सञ्चालित राष्ट्रिय क्षयरोग कार्यक्रमको जिल्ला कार्यक्रम संयोजक हुन् ।)
सामाग्री श्रोत :
swasthyakhabar

धनगढी । दार्चुलामा ट्यांकरको ठक्करबाट एक जनानको मृत्यु भएको छ।
नौगाड गाउँपालिका–५ सैकेबगरस्थित कुलेश्वर नौगाड सडकखण्डमा बा३क ३०९९ नम्बरको चालक संखुवासभा बस्ने सुरत तामाङले चलाएको ट्यांकरको ठक्म्करबाट दार्चुलाको नौगाड गाउँपालिका–५ बस्ने५५ वर्षीय हरीसिह एरको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
ट्यांकरको ठक्करबाट एरको घटनास्थलमै मृत्यु भएको हो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । भारतीय ब्रान्ड रिभोल्टले नेपाली बजारमा पाँच मोडेलका बिजुली बाइक सार्वजनिक गरेको छ । एमभी दुगर ग्रुपले रिभोल्ट मोटर्ससँगको सहकार्यमा आइतबार काठमाडौंमा एक कार्यक्रमबीच यी बाइकहरू सार्वजनिक गरेको हो ।
आरभी वन, आरभी वन प्लस, आरभी ब्लेज एक्स, आरभी ४०० बीआरजेड र आरभी ४०० गरी पाँच मोडेलका बाइक नेपाली बजारमा उपलब्ध हुनेछन् । यी बाइकहरू मोबाइल एपमार्फत स्टार्ट, स्टप, लोकेसन ट्र्याकिङ, भ्वाइस कमान्डजस्ता सुविधासहित प्रयोग गर्न सकिनेछन् ।
कम्पनीका अनुसार यी बाइकहरू एक पटकको फुल चार्जमा १५० किलोमिटर रेन्ज दिनेछन् भने ८० मिनेटमा ८० प्रतिशत चार्ज हुनेछन् । बाइकमा इको, स्पोर्ट र नर्मल गरी तीनवटा ड्राइभिङ मोडहरू उपलब्ध छन्।
आरभी वनको मूल्य २ लाख ९९ हजार, आरभी वन प्लसको ३ लाख ४९ हजार, आरभी ब्लेज एक्सको ३ लाख ९९ हजार, आरभी ४०० बीआरजेडको ४ लाख १९ हजार र आरभी ४०० को ४ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।
ग्राहकहरूले नक्सालको शोरुम र बालाजुको सर्भिस सेन्टरबाट यी बाइकहरू खरिद गर्न सक्नेछन्। कम्पनीले ५.९९ प्रतिशत ब्याजदरमा २४ महिनाको किस्ता सुविधा पनि उपलब्ध गराएको छ ।
रिभोल्टले सन् २०१७ देखि भारतीय बजारमा बिजुली बाइक बिक्री गर्दै आएको छ। हालसम्म भारतमा ५० हजार थान बाइक बिक्री भइसकेको छ ।
पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ १९:२
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं –आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा खराब प्रकाशको कारण नेपालले युएईलाई डकवर्थ-लुइसको आधारमा ५ रनले हराउँदै विजयी सुरुवात गरेको छ।
नेपालले प्रस्तुत गरेको २०१ रनको लक्ष्य पछ्याइरहेको युएईले ३६ ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको थियो। तर, वर्षा र खराब प्रकाशका कारण खेल रोकिएको थियो। युएईलाई डिएलएसबाट जित्न १७६ रनको खाँचो थियो। तर, चार ओभरअघि नै समाप्त गर्दा युएईको स्कोर बोर्डमा १७१ रन मात्रै भएपछि नेपाल पाँच रनले विजयी हुन पुगेको हो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २ सय रन बनायो । नेपालका कप्तान नरेन भट्टले अर्धशतक प्रहार गरे।
मुलपानी क्रिकेट रंगशालाकि पहिलो अन्तर्राष्ट्रिय खेलको सुरुवात नेपाली युवा टोलीले ब्याटिङबाट गर्यो। नेपालले ४ विकेट गुमाउँदा १ सय रन बनाएको थियो। निरज कुमार यादवले १८ रन, साहिल पटेलले ३२ रन, सन्तोष यादवले ११ रन र रोशन विश्वकर्माले ४ रन बनाए।
त्यसपछि कप्तान नरेन भट्ट र दिलशाद अलिले पाँचौं विकेटको लागि ७६ रनको साझेदारी गरे। यो क्रममा नरेनले अर्धशतक बनाए। ७५ बल खेल्दै ७ चौका सहित ६७ रनको पारी खेले। दिलशादले ४० बलमा १ छक्का सहित ३४ रन जोडे। अशोक धामी अविजित १० रनमा रहे।
बलिङमा युएईका उदिश सुरीले ८ ओभरमा १ मेडन सहित ३ विकेट लिए। सालोम डिसुजा र युग शर्माले समान २ विकेट लिए।
भोलि नेपालले ओमानसँग र अफगानिस्तानले हङकङसँग खेल्नेछ।
पहिलो जितसँगै नेपालले २ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
हेटौंडा- हेटौंडा अस्पताल परिसरको बोर्ड तोडफोड भएको छ। आइतबार बिहान अस्पतालको साइनबोर्डमा तोडफोड तथा केरमेट गर्दै अर्को बोर्ड टाँस्ने काम भएको हो।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले तोडफोडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता अवाञ्छित र आपत्तिजनक गतिविधिको घोर भर्त्सना गरेको छ।प्रतिष्ठानका निमित्त उपकुलपति डा दिनेश कुमार लम्साल र रजिष्ट्रार भीमसागर गुरागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा अस्पतालको साइनबोर्डमा गरिएको तोडफोड, केरमेट तथा अनधिकृत रूपमा अर्को बोर्ड टाँस्ने कार्य कानुनविपरीत भएको उल्लेख गरिएको छ।२०७६ साल आश्विन २ गते बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पताल सञ्चालनमा छ। प्रतिष्ठानले स्वास्थ्य विज्ञानको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्ने तथा सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्य लिएको छ।प्रतिष्ठानका अनुसार हाल १०० भन्दा बढी विशेषज्ञ चिकित्सकहरूबाट दैनिक १५०० भन्दा बढी बिरामीलाई सेवा दिइँदै आएको अवस्थामा भएको यस प्रकारको गतिविधिले अस्पताललाई पुनः रेफर सेन्टरको रुपमा फर्काउने उद्देश्य राख्ने स्वार्थ समूहलाई मात्र लाभ पुग्ने देखिन्छ।स्वास्थ्य सेवा एक अत्यावश्यक सेवा हो, विज्ञप्तिमा भनिएको छ, र यस्ता गैरकानुनी कार्यले उपचाररत बिरामीहरू, स्वास्थ्यकर्मी तथा सेवाग्राहीहरूमा त्रास, अन्योल र असुरक्षा उत्पन्न भएको छ।प्रतिष्ठानले घटनाका दोषीहरूलाई तुरुन्त छानबिन गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, अस्पतालको सेवा प्रवाहमा अवरोध नआओस् भनेर सबै राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज, बिरामी, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको संयमता र सहयोगको अपेक्षा गरिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar









