

वीरगञ्ज (पर्सा)। हनुमान जयन्तीका अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न विषम परिस्थिति नयाँ वर्ष वीरगञ्जमा प्रभावित भएको छ । गत चैत ३० गते हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा दुई समूहबीचको झडपपछि नियन्त्रणका लागि लगाइएको निषेधआज्ञा (कफ्र्यू)आदेशको कारणले वीरगञ्जवासीको नयाँवर्ष अन्य वर्षको जस्तै मनाउन पाएनन् ।
नयाँ वर्ष लक्षित गरेर वीरगञ्ज महानगरले आयोजना गरेको रात्रि बजार पनि निषेधआज्ञाको कारणले शनिबार र आइतबार दुई दिन सञ्चालन नपाएपछि स्थगित गरिएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साकाका अध्यक्ष हरि पन्तले वीरगञ्जमा उत्पन्न भएको विषम परिस्थितिको कारणले ‘बुकिङ’ भएका होटल पनि धमाधम खाली भएको जानकारी दिए ।
‘‘नयाँवर्ष मनाउन आएका भारतीय पाहुना पनि निषेधआज्ञाको कारणले होटल छाडेर फर्किनुभएको छ,’’ उनले भने,‘‘ नयाँ वर्ष मनाउन आएका पाहुनापछि एकाएक छाडेर जाँदा यहाँको पर्यटन व्यवसायी झनै धरासायी हुने अवस्थामा पुगेको छ ।’’ अध्यक्ष पन्तले नेपाली नयाँ वर्षको ‘इभ’ तथा नयाँवर्षको दिन वीरगञ्जका होटल भारतीय पाहुना तथा स्वदेशी पर्यटकले भरिभराउ हुने गर्दथ्यो । तर,अहिले भने निषेधआज्ञा आदेशको कारणले कोही पनि व्यक्ति घरबाट निस्किन पाइरहेका छैनन् । नयाँ वर्षको पूर्वसन्ध्यामा निषेधआज्ञा० चैत ३० गते बेलुका ६.३० बजेदेखि चैत ३१ गते रातको १२ बजेसम्म निरन्तर रुपमा निषेधआज्ञा जारी भएको थियो ।
उनले नयाँ वर्षको पूर्वसन्ध्यामा वीरगञ्जका होटल ५५ प्रतिशत ‘अंकुपेन्सी’ भएको भए पनि अहिले पहुना होटल खाली गरेर छाडेर गएको दाबी गरे । वीरगञ्जमा भारतीय तथा अन्य मुलुकका पर्यटकलाई लक्षित गरेर क्यासिनोसहितका सुविधासम्पन्न तारे होटल पनि सञ्चालनमा रहेका छन् । वीरगञ्जका तारे होटलमा दियालो लडर्स प्लाजा, भिष्वा, क्लार्क रिसोर्ट, सुरज होटल लगायतका रहेका छन् ।
वीरगञ्ज बजार क्षेत्रमा मात्रै साना ठूला गरेर ८५ भन्दा धेरै होटल तथा लज रहेका छन् ।‘‘बन्द हड्तालको कारणले होटलमात्रै नभएर सबै खालका व्यापार व्यवसायमा प्रत्यक्ष असर पार्दै आइरहेका छन्,’’ उनले भने,‘‘बन्द ,हड्ताल , निषेधाज्ञा लगायतका गतिविधि सधैँका लागि बन्द गर्नुपर्नेमा यस्तो गतिविधि हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित हुने गरेको छ ।’’
एकातर्फ व्यापारिक तथा औद्योगिक सहरको छायाँ र अर्कोतर्फ पर्यटकीय गन्तव्यको प्रचारप्रसारको कमीको कारणले पनि वीरगञ्जमा अपेक्षाकृत पर्यटक भित्रिन सकिरहेका छैनन् । सीमावर्ती रक्सौल नाका हुँदै मासिक हजारौँको सङ्ख्यामा भारतीय पर्यटक नेपाल आइरहेका हुन्छन् ।
आकर्षक गन्तव्यको अभावमा भारतीय पर्यटकलाई वीरगञ्ज आसपासको क्षेत्रमा रोक्न सकिएको छैन । जसले गर्दा यहाँको पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्दै आइरहेको छ । भारतको रक्सौल नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकले वीरगञ्जलाई केबल बाटोका रुपमा मात्रै प्रयोग गर्दै आइरहेका छन् । जसका कारणले वीरगञ्जको पर्यटन क्षेत्रले त्यसको लाभ उठाउन सकिरहेका छैनन् । त्यही समस्यालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज नाका हँुदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकलाई कम्तीमा पनि दुई रात पर्सा आसपासकै क्षेत्रमा बसोबास गर्ने वातावरण सिर्जना गर्नेतर्फ ध्यान दिइरहेको जनाएको छ ।
वीरगञ्जमा करिब १० अर्ब भन्दा धेरै लागतमा तारे तथा अन्य होटल सञ्चालनमा रहेका छन् ।
––
सामाग्री श्रोत :

काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । जस अन्तर्गत काठमाडौं रेजर्स एफसी र एफसी चितवन तथा धनगढी एफसी र झापा एफसी खेल्ने छन् ।
काठमाडौं र चितवनको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा दिउँसो साढे २ बजे सुरु हुनेछ । भने दोसो खेल साँझ ६ बजे सुरु हुनेछ । लिग अन्तर्गत काठमाडौंले आज छैटौँ र चितवनले पाँचौ खेल खेल्न लागेका हुन् ।
अहिलेसम्मका खेलमा काठमाडौंले एकमा जित दुईमा बराबरी र दुईमा हारसहित ५ अङ्क जोडेको छ । चितवनले दुईमा जित एकमा बराबरी र एकमा हारका साथ ७ अङ्क बनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
ग्याष्ट्रिक भनेर आम नागरिकले चिन्ने ग्याष्ट्राइटिसको समस्या अहिले घर–घरमा छ। एक हिसाबले भन्ने हो भने यो हाम्रो राष्ट्रिय रोग नै हुन लागि सक्यो। ग्याष्ट्रिकलाई चिकित्सकीय भाषामा ग्याष्ट्राइटिस भनिन्छ। पेटको भित्तामा रहेको म्युकोजा एसिडबाट रक्षा गर्ने एक झिल्ली हुन्छ। जुन झिल्लीमा क्षति भएर अनेकौ लक्षणहरु उत्पन्न गराउने रोग हो।ग्याष्ट्रिक अस्वस्थ खानपान, अनियमित दिनचर्या र पाचनमा हुने कमजोरीका कारण हुन्छ। यसका विभिन्न लक्षणहरु हुन्छन् : – माथिल्लो पेटमा ग्याँस भरिएको जस्तो हुने– खाना खाइसकेपछि अपच हुने– वाकवाकी तथा बान्ता हुने– ग्याष्ट्रिक पुरानो भए रगत सहितको वान्ता हुने आदि।अत्यधिक मदिरा पिउने तथा सूर्तिजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा पनि ग्याष्ट्रिकको समस्या हुन्छ। दुखाई कम गर्ने औषधिहरुको सेवनले पनि ग्याष्ट्रिक निम्त्याउँछ। पाचन प्रणालीमा ब्याक्टेरियल संक्रमण हुँदा पनि ग्याष्ट्रिक देखिन्छ। ९० प्रतिशत कारकमा एच पाइलोरी जिवाणुका कारण पनि भइरहेको देखिन्छ। अटोइम्युन डिजिज अर्थात् कही अवस्थामा शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै पेटको भित्तालाई क्षति पुर्याउँदा पनि ग्याष्ट्रिक विकसित भइरहेको हुन्छ। आयुर्वेदमा हामी ग्याष्ट्रिकलाई उध्र्वग अम्लपित्त भनेर चिन्छौं। यो प्राय पित्त दोष विकृत भएर उत्पन्न भइरहेको देखिन्छ। लामो समयसम्म खाली पेट बस्नु, खाएको खाना नपचिकन अर्को खाना खाँदा, धेरै खाँदा, खाएको खानेकुराको समायोजन नमिल्दा पनि पाचन प्रणालीमा समस्या आउँछ।यी समस्यालाई हामीले घरमै पनि केही हदसम्म नियन्त्रण गर्न सक्छौ। बिहान एलोभेरा अर्थात ध्यूकुमारी, गुर्जोको जुस पिउन सकिन्छ। धनियाँको दानालाई रातभरी भिजाएर बिहान त्यसको पानी पिउँदा पनि ग्याष्ट्रिकको केही लक्षणमा सुधार ल्याउन सकिन्छ। ग्याष्ट्रिकलाई स्थायी रुपमा आयुर्वेदको माध्यमबाट निको पार्न सकिन्छ।आयुर्वेदमा ग्याष्ट्रिकको कारण पित्त दोषको असन्तुलन भएकाले पनि यसलाई सन्तुलन पार्ने खालको उपचार गरिन्छ। सही आहार, जीवनशैलीमा सुधार र औषधीय जडिबुडीहरु, पञ्चकर्म जस्ता विधिहरुले आयुर्वेदलाई जरैदेखि हटाउन पनि सक्छ। (डा रक्षा भट्टराई आयुर्वेद चिकित्सक हुन्)
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। राजस्थान रोयल्सविरुद्धको खेलमा विराट कोहलीले इतिहास रचेका छन्। उनले यो खेलमा बनाएको अर्धशतकले इतिहास रचेको हो।
कोहलीले टी-२० मा आफ्नो १०० औं अर्धशतक बनाएका थिए। यो यस्तो उपलब्धि हासिल गर्ने उनी एसियाकै पहिलो ब्याट्सम्यानसमेत बनेका छन्।
उनी यस्तो उपलब्धि हासिल गर्ने एशियाकै पहिलो ब्याट्सम्यान बनेका छन्। कोहलीभन्दा पहिले अहिलेसम्म कुनै पनि एसियाली खेलाडीले यस्तो उपलब्धि हासिल गर्न सकेका थिएनन्। उनले आफ्नो टी–२० करियरको सयौं अर्धशतक बनाएर इतिहास रचे पछि उनका फ्यान खुसी भएका छन्।
कोहलीले आईपीएल २०२५ को आफ्नो दोस्रो अर्धशतक राजस्थानविरुद्ध १४.३ ओभरमा बनाएका थिए। यसअघि केकेआरविरुद्धको खेलमा किंग कोहलीले अविजित अर्धशतक बनाएका थिए। यसपछि राजस्थान रोयल्सविरुद्ध कोहलीको ब्याट गर्ज्यो, यस खेलमा उनले ४५ बलमा ६२ रनको उत्कृष्ट अविजित इनिङ खेलेका थिए।
यस क्रममा कोहलीले ४ चौकासहित २ छक्का प्रहार गरे। कोहलीले १३७.७८ को स्ट्राइक रेटमा ब्याटिङ गरेका हुन्। टी-२० मा सबैभन्दा बढी अर्धशतक बनाउने खेलाडीमध्ये डेभिड वार्नरको नाम पहिलो नम्बरमा छन्।
उनले हालसम्म १०८ अर्धशतक बनाएका छन्। यसका साथै अब विराट कोहलीले १०० अर्धशतक बनाएर दोस्रो स्थानमा आफ्नो झण्डा फहराएका छन्। तेस्रो स्थानमा ९० अर्धशतक बनाएका बाबर आजम छन्। चौथो नाम जोस बटलरको हो। उनको नाममा ८६ अर्धशतकको रेकर्ड छ।
सामाग्री श्रोत :
कोहलीले बने १०० अर्धशतक पूरा गर्ने एशियाकै पहिलो ब्याट्सम्यान

काठमाडौं– आज देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।
आज दिउँसो कोशी र मधेश प्रदेशका केही भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।
कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ७० पैसा र बिक्रीदर १८० रुपैयाँ ४९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ५० पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा कायम भएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५१ पैसा, सिंगापुर डलर एकको खरिददर १०४ रुपैयाँ १० पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९० पैसा र बिक्रीदर २० रुपैयाँ ९९ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७ रुपैयाँ ७९ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ३८ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।
सामाग्री श्रोत :
दुई समुदायबिच उत्पन्न विवाद उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले हिजो साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मको लागि कर्फ्यु लगाएको थियो।
सामाग्री श्रोत :
नेपाललाइभ
मायाको अँगालो जसलाई कंगारु मदर केयर भनिन्छ। यसलाई अस्पतालमा मात्र होइन, घरमै पनि सहज रूपमा अपनाउन सकिन्छ।कम तौल (२.५ केजीभन्दा कम) वा समयभन्दा अघि जन्मिएका नवजात शिशुहरूको हेरचाहका लागि ‘माया को अँगालो’ अर्थात् कंगारु मदर केयर चाहिन्छ। जुन एक अत्यन्त सरल, सस्तो र प्रभावकारी विधि हो।कंगारु मदर केयर के हो?कंगारु मदर केयर भन्नाले आमा, बुबा वा परिवारका अन्य सदस्यले शिशुलाई आफ्नो छातीको नाङ्गो छालासँग छालाको सम्पर्क हुनेगरी सिधा राखेर गरिने स्याहार हो। शिशु र अभिभावक दुवैलाई कपडाले ढाकिएको हुन्छ तर शिशुको छाला सिधा छातीमा टाँसिएको हुन्छ। यसले शिशुलाई सुरक्षा, न्यानोपन र माया प्रदान गर्छ।कंगारु मदर केयरका मुख्य फाइदाहरूतापक्रम नियन्त्रण – शिशुले आवश्यक न्यानोपन प्राप्त गर्छ।स्तनपान प्रोत्साहन – आमा नजिक हुँदा स्तनपान सहज र बारम्बार हुन्छ।तौल वृद्धि – शिशुको तौल छिटो र स्थिर रूपमा बढ्न मद्दत गर्छ।श्वासप्रश्वास सुधार – नियमित र स्थिर सास फेर्न मद्दत गर्छ।मायालु सम्बन्ध विकास – आमा र शिशुबीच गहिरो भावनात्मक सम्बन्ध बनाउँछ।संक्रमणको जोखिम घटाउँछ – न्यानो र सुरक्षित वातावरणले रोगको सम्भावना घटाउँछ।कंगारु मदर केयर कसरी गर्ने?कंगारु मदर केयर दिनुका लागि विशेष उपकरण चाहिँदैन – मात्र माया र निरन्तरता आवश्यक छ। शिशुलाई टोपी, मोजा र डायपर लगाइन्छ, अनि ढाक्ने कपडाले दुवैलाई सुरक्षित बनाइन्छ। शिशुलाई राख्ने व्यक्तिले आरामदायी कुर्सी वा ओछ्यान रोज्नुपर्छ।समय- सकेसम्म लामो समय (८-२४ घण्टासम्म) कंगारु मदर केयर दिनु उत्तम हुन्छ।(नवजात शिशु तथा बालरोग विशेषज्ञ डा दीपक कान्ति बालअस्पताल र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन्।)
सामाग्री श्रोत :
swasthyakhabar

पर्वत । वालिङ–हुवास सडक धमाधम कालोपत्र गर्न थालिएको छ। यो सडकखण्डअन्तर्गत पर्वत र स्याङ्जाको सिमाना पियाखेतदेखि स्याङ्जाको हुल्काङ हुँदै–डुम्रेभञ्ज्याङसम्म कालोपत्र गर्न थालिएको हो।
सङ्घीय सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत रु चार करोडबाट काम थालिएको सडक डिभिजन कार्यालयले जनाएको छ।
निर्धारित समयमा विना व्यवधान कालोपत्र सम्पन्न गर्न बिहीबार बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म सवारीसाधन सञ्चालन रोकेर कालेपत्र गरिएको पैंयू गाउँपालिका–५ का अध्यक्ष नारायण भुर्तेलले जानकारी दिए।
चालु आवभित्रै काम सम्पन्न गर्ने लक्ष्य रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । यो सडक १६ किलोमिटर लामो छ। रासस
सामाग्री श्रोत :

झापा–प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन्।
सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको रकमबाट आज दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो।
प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराई सहयोग गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगायत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ









