२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

काठमाडौँ । नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूलाई आफ्नो खातामा कुनै पनि अनधिकृत कारोबार भएमा तुरुन्तै खबर गर्न आग्रह गरेको छ ।

मङ्गलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले ग्राहकहरूलाई आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको आपतकालीन सहयोगको लागि सम्पर्क नम्बरहरू थाहा पाइराख्न समेत अनुरोध गरेको छ ।

“तपाईंको खाताबाट अनधिकृत कारोबार भएको थाहा पाउनासाथ कहाँ र कसलाई खबर गर्ने थाहा पाउनु भएको छ ? बैंक तथा वित्तीय संस्थाले ग्राहकको समस्या सुन्न र आवश्यक समाधानका लागि टोल फ्री नम्बर तथा ग्राहकको सहयोगको लागि कर्मचारीहरू (Customer Support Team) को व्यवस्था गरेका हुन्छन् । कुनै अनधिकृत कारोबार भएको थाहा पाउनासाथ तत्काल त्यस्तो नम्बर र इकाईमा खबर गर्नु पर्दछ,” राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

डिजिटल युगमा वित्तीय कारोबारका लागि सजिलो माध्यम विकास भइरहँदा अनधिकृत कारोबार तथा ठगीको जोखिम पनि बढेको छ । अज्ञात व्यक्तिहरूले ग्राहकहरूको बैंक खाता तथा वालेट अकाउन्ट, पिन कोड, ओटीपी जस्ता व्यक्तिगत विवरणहरू प्राप्त गरेर खाताबाट रकम निकाल्न सक्छन् । 

पछिल्लो समय मोबाइलमा नक्कली शर्टकोडमार्फत स्पाम मेसेज तथा स्क्याम लिङ्क पठाएर ठगी गर्ने प्रवृत्ति बढेको छ । यस्तो अवस्थामा ग्राहकहरू नै सतर्क रहनुपर्ने र आफ्नो वित्तीय कारोबारहरू नियमित रूपमा जाँच गर्न नियामक तथा सेवाप्रदायकले सुझाव दिएका छन् । 

नेपाल राष्ट्र बैंकले गुनासो दर्ताका लागि अनलाइन पोर्टलको व्यवस्था गरेको छ । यदि तपाईंको खातामा कुनै अनधिकृत कारोबार भएको छ वा कुनै वित्तीय संस्थाबाट सन्तुष्ट नभएको खण्डमा राष्ट्र बैंकको वेबसाइट www.gunaso.nrb.org.np मा गएर आफ्नो गुनासो दर्ता गर्न सक्नुहुन्छ । थप जानकारीको लागि राष्ट्र बैंककै वित्तीय ग्राहक संरक्षण इकाइको सम्पर्क नं. ०१-५७१९६०५ मा सम्पर्क गर्नुहोस् ।

त्यस्तै आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको आपतकालीन सहयोगको लागि सम्पर्क नम्बरहरू थाहा पाइराख्न विभिन्न उपाय अपनाउन सकिन्छ । सम्बन्धित बैंक वा वित्तीय संस्थाको आधिकारिक वेबसाइटमा गएर ‘कन्ट्याक्ट अस’ वा ‘सम्पर्क’ सेक्सनमा टोल फ्री नम्बर तथा गुनासो दर्ता गर्ने ईमेल आईडी लगायतका विवरण पाउन सकिन्छ । यसका साथै, धेरै बैंकहरूले आफ्नो मोबाइल बैंकिङ एपमा ग्राहक सेवा वा सहयोग सेक्सनमा सम्पर्क नम्बरहरू उपलब्ध गराएका हुन्छन् । सामाजिक सञ्जालका अफिसियल पेजमा नम्बर पाउन सकिन्छ ।

त्यस्तै ग्राहक सेवामा फोन गरेर वा नजिकैको बैंकको शाखामा गएर पनि आपतकालीन सम्पर्क नम्बरहरू सोध्न सकिन्छ । यसबाहेक, बैंकले प्रदान गर्ने स्टेटमेन्ट र पासबुकमा पनि बैंकको आपतकालीन सम्पर्क नम्बरहरू उल्लेख गरिएको हुन्छ । यी उपायहरू अपनाएर आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको आपतकालीन सहयोगको लागि सम्पर्क नम्बरहरू थाहा पाउन तथा सेभ गरेर राख्न सकिन्छ ।

बैंक खाता तथा डिजिटल वालेटको सुरक्षा कसरी गर्ने ? 

पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ २१:२५





सामाग्री श्रोत :
टेक पाना

पर्सा – पर्साका सुरक्षा निकायले यहाँको ग्रामीण क्षेत्रमा लगाइएको ३७ बिघा चार कट्ठामा लगाइएको गाँजाखेती फँडानी गरेर नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चालु आवको चैत २५ गतेसम्मको अवधिमा एक लाख ३३ हजार चार सय ७७ वटा गाँजाको बोट फँडानी गरेर नष्ट गरिएको हो। 

पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पर्साको ग्रामीण क्षेत्रमा सामुदायिक वन तथा साझेदारी वन अतिक्रमण गरेर गाँजाखेती हुने सूचनाको आधारमा निरन्तर रूपमा गाँजाको बोटको फँडानी गरेर नष्ट गर्दै आइरहेको बताए। 

Ncell 2
Ncell 2

“नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैको सहकार्यमा गाँजाको फँडानी गर्दै आइरहेका छौँ”, उनले भने।

पर्सा प्रहरीका अनुसार विगत तीन वर्षको अवधिमा गाँजाको बरामद हुने क्रममा पनि वृद्धि भएको जनाएको छ। 

shivam cement
shivam cement

पर्सा प्रहरीले आव २०७९/८० मा एक हजार एक सय २३ किलोग्राम गाँजा बरामद गरेको थियो। त्यस्तै आव २०८०/८१ मा चार सय ६७ किलोग्राम र आव २०८१/८२ को फागुन मसान्तसम्मको अवधिमा भने एक हजार ५३१ किलोग्राम गाँजा बरामद गरेको छ। 

मकवानपुर तथा तराईका अन्य जिल्लाबाट ल्याएको गाँजा पर्साको ग्रामीण क्षेत्र हुँदै सीमावर्ती भारतीय बजारमा तस्करी हुने गर्दछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

भक्तपुर। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नगरकोट नजिकको कलमसीमा धार्मिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताएका छन्।

आज चाँगुनारायण नगरपालिकाको कलमसीमा सुरु भएको शिवपुराण महायज्ञ उद्घाटन समारोहमा उनले कलमसीमा क्षेत्र धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताएका हुन्। उपप्रधानमन्त्री सिंहले हाल नगरकोट भ्रमण वर्ष प्रारम्भ भएको र महायज्ञले धार्मिक पर्यटनलाई प्रोत्साहित गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे।

करिब सात वर्षअगाडि आफूले शिलान्यास गरेको स्थानमा भइरहेको महायज्ञमा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै उनले लक्ष्यअनुसार काम सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उपप्रधानमन्त्री सिंहले यहाँ बन्ने शिवजीको प्रतिमाले काठमाडौं आउने पर्यटकलाई समेत आकर्षित गर्ने धारणा राखे।

एक सय आठ फिट अग्लो शिवजीको प्रतिमा बनाउने लक्ष्यका साथ यहाँ शिवपुराण महायज्ञ सुरु भएको छ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले नगरकोटको काँखमा रहेको कल्पेश्वर महादेव मन्दिर परिसरमा भ्रमण वर्षको अवसर पारेर आयोजना गरिएको महायज्ञले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने बताए।

कलमसीमा बन्ने एक सय आठ फिट अग्लो शिव मूर्ति निर्माणका लागि चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले रु एक लाख आठ हजार सहयोगको गरेका छन्। शिवको मूर्ति स्थापना भएपछि कलमसीमाको मात्रै नभएर चाँगुनारायण क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने भन्दै उपप्रमुख बुढाथोकीले उक्त रकम सहयोग गरेको बताए।

कार्यक्रममा चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष जनक खत्रीले शिव तान्त्रिक र स्थानीयबाट विश्वकै पहिलो १०८ फिट अग्लो शिवको बसेको मूर्ति बनाउने काम सुरु भएको बताए। महायज्ञबाट मूर्ति बनाउन लाग्ने करिब रु दुई करोडको खर्च संकलन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।


सामाग्री श्रोत :

धार्मिक पर्यटकका लागि भक्तपुरको कलमसीमा आकर्षक गन्तव्य बन्नसक्छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । फेसबुकको मातृ कम्पनी मेटा विरुद्धको एकाधिकार विरोधी (एन्टिट्रस्ट) मुद्दा सोमबारदेखि वाशिंगटन डीसीमा सुरु भएको छ । प्रतिस्पर्धा र उपभोक्ता हित संरक्षण सम्बन्धी अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले दायर गरेको मुद्दाको सुनुवाइ सुरु भएको हो । 

आयोगका वकिलहरूले मेटाले एक दशकभन्दा बढी समयअघि इन्स्टाग्राम र ह्वाट्सएप खरिद गरेर गैरकानुनी रूपमा आफ्ना प्रतिद्वन्द्वीहरूलाई दबाएको आरोप लगाएका छन् । एफटीसीका वकिल ड्यानियल म्याथेसनले मेटाले प्रतिस्पर्धा गर्नुभन्दा आफ्ना प्रतिद्वन्द्वीहरूलाई किन्न सजिलो मानेको आरोप लाएका छन् ।

मेटाले भने एफटीसीको यो मुद्दा ‘भ्रमपूर्ण’ रहेको बताएको छ, किनकि एफटीसीले नै ह्वाट्सएप र इन्स्टाग्राम अधिग्रहणहरूको समीक्षा र अनुमोदन गरेको थियो । मेटाका वकिल मार्क ह्यान्सनले इन्स्टाग्राम र व्हाट्सएपलाई फेसबुकसँगै सुधार र विकास गर्न अधिग्रहण गरिएको तर्क गरे । यदि एफटीसीले यो मुद्दा जितेको खण्डमा कम्पनीका सीईओ मार्क जुकरबर्ग कम्पनी टुक्र्याउन बाध्य हुन सक्छन् । यसमा फोटो शेयरिङ एप इन्स्टाग्राम र मेसेजिङ एप ह्वाट्सएपलाई मेटाबाट अलग गर्नुपर्ने हुन सक्छ ।

एफटीसीका अनुसार कम्पनीले सन् २०१२ मा इन्स्टाग्रामलाई एक अर्ब डलर र त्यसको दुई वर्षपछि ह्वाट्सएपलाई १९ अर्ब डलरमा किनेर थियो । एफटीसीको तर्कमा इन्स्टाग्रामको अधिग्रहण फेसबुकको लागि बढ्दो प्रतिस्पर्धात्मक खतरालाई निष्क्रिय पार्ने तरिका थियो । 

सोमबार म्याथेसनले २०१२ को जुकरबर्गको एउटा मेमोलाई उल्लेख गरे, जसमा उनले इन्स्टाग्रामलाई ‘निष्क्रिय’ पार्नुको महत्त्वबारे छलफल गरेका थिए । म्याथेसनले उक्त सन्देशलाई “स्मकिङ गन” भनेका छन् । अर्कोतर्फ, मेटाले यी एपको खरिदले प्रयोगकर्ताको अनुभवलाई राम्रो बनाएको दाबी गरेको छ । ह्यान्सनले सोमबार भनेका थिए, “सुधार र विकास गर्न गरिएका अधिग्रहणहरू कहिल्यै गैरकानुनी ठहरिएका छैनन् र यो मुद्दामा पनि ठहरिनु हुँदैन ।” कम्पनीले टिकटक, एक्स, युट्युब र आईमेसेज लगायत अन्य धेरै एपहरूबाट पनि प्रतिस्पर्धाको सामना गरिरहेको बताएको छ ।

जुकरबर्ग र कम्पनीका पूर्व प्रमुख अपरेटिङ अफिसर शेर्ल स्यान्डबर्ग दुवैले कयौँ हप्तासम्म चल्न सक्ने यो मुद्दामा बयान दिने अपेक्षा गरिएको बीबीसीले उल्लेख गरेको छ । यो मुद्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पहिलो कार्यकालमा दायर गरिएको थियो । तर उनको दोस्रो कार्यकालमा भने राजनीतिकरण हुने जोखिम छ । वाल स्ट्रीट जर्नलका अनुसार जुकरबर्गले एफटीसीलाई मुद्दाबाट पछि हट्न लगाउन ट्रम्पलाई व्यक्तिगत रूपमा लबिङ गरेका छन् । 

एफटीसीले १० वर्षभन्दा बढी समयपछि आफ्ना अधिग्रहणलाई लिएर कारबाही गर्नुले कुनै पनि सम्झौता साच्चै अन्तिम नहुने सन्देश दिएको मेटाका एक प्रवक्ताले बताएका छन् । जनवरी २०२१ मा यूएस क्यापिटल दङ्गापछि ट्रम्पलाई मेटाले आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाएपछि जुकरबर्ग र ट्रम्पबिचको सम्बन्ध चिसिएको थियो । तर त्यसयता सम्बन्धमा केही सुधार आएको छ । 

मेटाले ट्रम्पको नयाँ कार्यकाल सुरु हुने दिन कोषमा १० लाख डलर योगदान गरेको थियो  । साथै यसै वर्ष ट्रम्पका पूर्व सल्लाहकार दिना पावेल म्याककर्मिक र ट्रम्पका सहयोगी यूएफसी (UFC) प्रमुख डाना ह्वाइटलाई मेटाको बोर्ड अफ डाइरेक्टरमा थपेको छ । कम्पनीले जनवरीमा स्वतन्त्र फ्याक्ट-चेकरहरूलाई हटाउने घोषणा पनि गरेको थियो । जनवरी २०२१ को क्यापिटल दङ्गापछि अकाउन्ट सस्पेन्ड गरेकोमा ट्रम्पसँग २५ मिलियन डलरमा मुद्दा मिलाइएको थियो ।

मार्चमा एफटीसीका दुई जना आयुक्तहरूलाई बर्खास्त गर्ने राष्ट्रपति ट्रम्पको कदमले पनि मुद्दालाई छाँयामा पारेको छ । उनीहरू आफूलाई पुनर्बहाली गर्न ट्रम्प प्रशासनविरुद्ध मुद्दामा छन् ।

ट्रम्पद्वारा नियुक्त एफटीसी अध्यक्ष फर्गुसनले हालै द भर्जसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले मेटा जस्तो मुद्दा छोड्न निर्देशन दिएमा आफूले ‘कानुनी आदेश पालना’ गर्ने बताएका थिए । तर उनले यस्तो केही भएमा आफूलाई निकै अचम्म लाग्ने पनि बताएका थिए । एफटीसीलाई एकाधिकार विरोधी एक महत्त्वपूर्ण निकाय मानिन्छ । 

सङ्घीय व्यापार आयोग (एफटीसी) राजनीतिक दबाबबाट धेरै हदसम्म स्वतन्त्र रहेको मानिन्छ । तर, ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा त्यस्तो मान्यतालाई तोडेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ १२:३४





सामाग्री श्रोत :
टेक पाना

मोरङ । विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने ४० वर्षीय राज श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


सामाग्री श्रोत :

खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ । कल्पना गर्नुहोस् त, तपाईँ घरबाट निस्कँदै हुनुहुन्छ र तपाईँको फोनको ब्याट्री सकिन लागेको महसुस गर्नुभयो । सुरुमा तपाईँलाई पहिले नै चार्ज नगरेकोमा पछुतो लाग्नेछ ।

लामो समयसम्म टिकाउ ब्याट्री भएको राम्रै फोन भए पनि एक-अङ्कमा झरिसकेको ब्याट्री लामो समय टिक्दैन । हामी प्रायः ठुलो ब्याट्री भएको ठुलो फोन नै दिनभरका लागि ढुक्क हुने उपाय हो भनि सोचिरहेका हुन्छौँ । तर हामी फास्ट चार्ज गर्न सकिने क्षमतालाई बेवास्ता गरिरहेका हुन्छौँ ।

फास्ट चार्ज गर्ने प्रविधिले हाम्रो फोन चार्ज गर्ने र व्यवस्थापन गर्ने तरिकालाई बदलेको छ । यसले हामीलाई छिट्टै रिचार्ज गर्न र हाम्रो दिन सुरु गर्ने मौका दिन्छ । ठुलो ब्याट्री टिकाउ हुने भए पनि चार्ज गर्न एक घण्टासम्म अड्किनुभन्दा छिटो चार्ज गर्न सकिने कुराले धेरै हदसम्म स्वतन्त्रता महसुस गराउन सक्छ । आज हामी यहाँ फास्ट चार्ज गर्ने क्षमता र ठुलो ब्याट्री मध्ये कुन विकल्प राम्रो हुन्छ भन्ने बारे चर्चा गर्दैछौँ ।

१. तपाईँ कम्प्याक्ट फोन प्रयोग गर्न सक्नुहुन्छ

यदि तपाईँको फोन साँच्चै छिटो चार्ज हुन्छ भने तपाईँलाई ठुलो ब्याट्री चाहिँदैन । किन ठुला फोनहरू मानिसहरूले बढी मन पराउँछन् भन्ने बारे कुरा गरौँ । ठुलो डिस्प्ले र क्यामेरा हार्डवेयर बाहेक मुख्यतया लामो समय ब्याट्री टिक्ने भएकाले नै हो । ठुला फोनमा ब्याट्री राख्ने ठाउँ पनि ठुलै हुन्छ । जसले गर्दा तपाईँले दिनभरको ब्याट्री लाइफको बारेमा चिन्ता लिनु पर्दैन । तर, ब्याट्री साइज ठुलो भएका फोन भारी हुन्छन्, र तपाईँ तिनलाई लामो समयसम्म एक हातले सहज रूपमा प्रयोग गर्न सक्नुहुन्न ।

यदि फोन उत्पादक कम्पनीहरूले आकारको सीमितताका कारण कम ब्याट्री लाइफलाई सन्तुलनमा राख्न कम्प्याक्ट फोनमा सुपर-फास्ट चार्जिङ दिए भने धेरै मानिसहरूले त्यस्ता फोन किन्न सक्छन् । हलुका अनि कम झन्झटिलो फोन बोक्न सजिलो हुन्छ । किनकि हात थाक्ने चिन्ता हुँदैन । यदि कम्प्याक्ट फोन दिउँसोतिर बन्द भयो भने तपाईँले ५ देखि १० मिनेटको लागि चार्जमा राखे पुग्छ । जसले गर्दा दिनभर ब्याट्रीको चिन्ता लिनु नपरोस् ।

२. डाउन हुने समय कम हुन्छ

धेरैलाई फोन चार्ज गर्न लामो समय पर्खिनु पर्दा निराशाजनक लाग्छ । यदि तपाईँको फोनले २० वाटभन्दा कम स्पिडको चार्जर मात्र सपोर्ट गर्छ भने तपाईँको फोन चार्ज हुन लामो समय लाग्न सक्छ । तपाईँ प्रायः यस्तो डाउनटाइमबाट बच्न आफ्नो फोन रातभर चार्जरमा राख्न पनि तयार भइदिनु हुन्छ । ठुलो ब्याट्री भएका फोनहरू पनि अन्ततः डिस्चार्ज हुन्छन् । जब फोन डिस्चार्ज हुन्छ, तपाईँ लामो समयसम्म चार्जिङका लागि पर्खिन बाध्य बन्नु हुन्छ । यसले तपाईँको कामको प्रवाह र समय तालिकामा बाधा पुर्‍याउन सक्छ ।

यदि तपाईँको फोनले ३० वाटभन्दा माथिको फास्ट चार्जिङ सपोर्ट गर्छ भने, तपाईँले डाउनटाइमको बारेमा धेरै चिन्ता लिनु पर्दैन । तपाईँ नुहाउन जानुअघि आफ्नो फोन प्लग इन गर्न सक्नुहुन्छ । र फर्किँदा फोन ५०% भन्दा माथि चार्ज भइसकेको हुन्छ ।

३. तनाव बिनाको यात्रा

यात्रा गर्दा हामी अरू सबै कुरा भन्दा बढी हाम्रो फोनको ब्याट्री लाइफको बारेमा चिन्तित भइरहेका हुन्छौँ । तपाईँसँग टिकाउ ब्याट्री वाला फोन भए पनि त्यो चिन्ता पूर्ण रूपमा हट्दैन । किनभने एयरपोर्ट र बसपार्क जस्ता ठाउँहरूमा पावर आउटलेट भेटिन्छ/भेटिँदैन अनिश्चित हुन्छ । ठुलो ब्याट्री फाइदाजनक भए पनि जब त्यो सकिन्छ, सुपर-फास्ट चार्जिङ सपोर्ट गर्दैन भने चार्ज गर्नु आफैँमा टाउको दुखाइ बन्छ । यदि तपाईँको फोनले २० वाटमा चार्ज गर्छ भने ब्याट्री प्रतिशतलाई ठीकठाक लेभलसम्म चार्ज गर्न केही नभए पनि आधा घण्टा वा त्यसभन्दा बढी समय चार्जिङ पोर्टको छेउमा बिताउनु पर्ने हुन्छ ।

फास्ट चार्जिङले तपाईँलाई छोटो विश्राम वा क्याफेहरूमा छिट्टै आफ्नो फोन चार्ज गर्ने विकल्प दिन्छ । उदाहरणका लागि, तपाईँ एयरपोर्ट भित्रको कफी शपमा जान सक्नुहुन्छ । आफ्नो फोन १५ देखि २० मिनेटसम्म प्लग इन छोड्नुहुन्छ र कयौँ घण्टाका लागि ढुक्क हुनेगरी ब्याट्री चार्ज गरेर फर्किनु हुन्छ । यसले तपाईँलाई आफ्नो फोनको ब्याट्री प्रतिशत निरन्तर जाँच गर्ने वा सार्वजनिक स्थलहरूमा चार्जिङ पोर्ट खोज्नुपर्ने झन्झटबाट मुक्ति दिन्छ । सुविधाजनक हुँदा १० मिनेटको छोटो चार्जिङले मात्रै पनि तपाईँलाई ठुलो राहत दिन्छ ।

४. तपाईँसँग पावर बैँक किन्ने विकल्प सधैँ रहीरहन्छ

यदि तपाईँको फोनमा सानो ब्याट्री छ भने, तपाईँ आवश्यकता अनुसार ब्याट्री टप अप गर्न पातलो खाले पावर बैँक किन्न सक्नुहुन्छ । यात्रा गर्दा यस्ता पावर बैँक उपयोगी हुन्छन् । फास्ट चार्ज गर्ने क्षमता पनि त्यस्तै हो । स्मार्टफोनहरूमा सामान्यतया अधिकतम चार्जिङ स्पिडको सीमा हुन्छ, जसको मतलब तपाईँले तिनीहरूलाई तोकिएको भन्दा फास्ट चार्ज गर्न सक्नुहुन्न । उदाहरणका लागि पिक्सेल प्रोले गुगलको ४५ वाट यूएसबी-सी चार्जरमार्फत २७ वाटसम्म फास्ट चार्ज लिन सक्छ । तर तपाईँले ६० वाट वा १०० वाट पावर एडप्टरबाट त्यो भन्दा छिटो चार्ज हुने अपेक्षा गर्न सक्नुहुन्न ।

त्यसैले तपाईँले आफ्नो फोनको ब्याट्री क्षमताभन्दा फास्ट चार्ज गर्ने क्षमतालाई प्राथमिकता दिनुपर्छ । शक्तिशाली ब्याट्री अनि सुपर फास्ट चार्जिङ दुवै हुँदा सुनमा सुगन्ध भइहाल्यो । उदाहरणका लागि वनप्लस १३ मा ६,००० एमएएचको ठुलो ब्याट्री छ र त्यसले १०० वाटसम्मको अल्ट्रा-फास्ट चार्जिङलाई सपोर्ट गर्छ ।

५. फास्ट चार्जिङ नै अबको भविष्य

एक दशक अघिको तुलनामा धेरै मानिसहरूले हरेक वर्ष आफ्नो फोन अपग्रेड गर्दैनन् । यदि अहिले नयाँ स्मार्टफोन खरिद गर्दै हुनुहुन्छ भने, फास्ट चार्जिङ स्पिड भएको फोनलाई प्राथमिकता दिनुहोस् । भिभो, मोटोरोला र वनप्लस जस्ता कम्पनीहरूले पछिल्ला केही वर्षहरूमा फास्ट चार्जिङलाई आक्रामक रूपमा अगाडि बढाएका छन् । यदि तपाईँले २५ वाटभन्दा कम गतिमा चार्ज हुने फोन किन्नुभयो भने, तपाईँ चाँडै नै पछाडि पर्नु हुनेछ ।

तपाईँको नयाँ आकर्षक फोनमा प्रभावशाली ब्याट्री लाइभ भए पनि दुई वर्षपछि यसले आफ्नो अधिकतम ब्याट्री पर्फर्मेन्स दिन सक्दैन । जब कि तपाईँको फोनको चार्ज गर्ने स्पिड भने समयसँगै कम भएर जाँदैन । ४५ वाट फास्ट चार्जिङ भएको फोनले पाँच वा छ वर्षपछि पनि सही पावर एडेप्टर भएको खण्डमा सोही गतिमा चार्ज गरिरहन्छ ।

६. फास्ट चार्जिङले ठुलो फरक पार्छ

आजकल हामी प्रायः फास्ट चार्ज गर्ने कुरालाई सामान्य रूपमा लिन्छौँ र ठुलो ब्याट्री भएको भारी फोनतिर लाग्छौँ । किनभने तिनीहरूले एक पटकको चार्जमा लामो समयसम्म टिक्ने बाचा गरेका हुन्छन् । जब कि फास्ट चार्जिङले पनि दैनिक प्रयोगमा ठुलो फरक पार्छ । किनभने यसले तपाईँको चार्ज गर्ने बानीलाई पूर्ण रूपमा परिवर्तन गरिदिन सक्छ । तपाईँले आफ्नो फोन रातभर चार्जिङमा छोडिरहनु पर्दैन । बरु तपाईँ घरको काम गर्दा वा कामको लागि कतै निस्किने तयारी गर्दागर्दै एकछिन फास्ट चार्जिङमा राख्न सक्नु हुन्छ । फास्ट चार्जिङले तपाईँको दैनिक तालिकालाई सहज रूपमा अनुकूल बनाउँछ र तपाईँलाई आफ्नो समय र कामलाई मजाले व्यवस्थित गर्ने अवसर दिन्छ ।

दिनभर टिक्ने फोन भनेको नयाँ होइन । स्मार्टफोन आउनु अघि, दिनभरको ब्याट्री लाइफ न्यूनतम आवश्यकता थियो । तर चार्जिङका लागि लामो समय पर्खिनुको विकल्प थिएन । फास्ट चार्जिङ प्रविधिले त्यसलाई बदलेको छ । जसलाई हामी प्रायः सराहना गरिरहेका हुँदैनौँ । यसले हामीलाई हाम्रो समय, आराम र स्वतन्त्रता दिइरहेको हुन्छ ।

-एन्ड्रोइड पुलिस

पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ १९:१७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– राजस्व अनुसन्धान विभागले २५ करोड विदेशी मुद्रा तस्करीका मालिक नारायण पौडेलविरुद्ध आज जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

विभागले पौडेलविरुद्ध विदेशी मुद्रा अपचलनसम्बन्धी कसुरमा २५ करोड बिगो, ऐनअनुसार जरीवाना र कैद सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

गत चैत ४ गते काठमाडौंको टोखा नगरपालिकाको झोरबाट ना ७ ख १६५२ नम्बरको ट्रकमा बरामद भएको करिब २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी पौडेल रहेको खुलेको थियो।

Ncell 2
Ncell 2

प्रहरीले ट्रकसँगै चालक सिन्धुपाल्चोकको भोटेकोशी वडा नम्बर १ का ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई टोखा नगरपालिका– १० बस्ने पौडेल नेपाल इन्भेस्टमेन्ट बैंकमा नक्कली एलसी खोलेको अभियोगमा २ वर्ष जेल परेका व्यक्ति हुन्।

shivam cement
shivam cement

यसअघि पटकपटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा पनि परेका पौडेल यसअघि ३३ किलो सुन प्रकरणमा संलग्न मानिएका थिए। पौडेल २०७४ सालमा सीआईबीले सुन तस्करीमा मुद्दा दर्ता गरेपछि फरार भएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं-  बागमती प्रदेश निजामती सेवा तथा स्थानीय सेवाका स्वास्थ्य सेवाका सहायक पाँचौं तहका पदहरूको खुला  विज्ञापन खोलिएको छ। लोक सेवाले ११८ जना नर्स र ५२ जना हेल्थ असिस्टेन्टसहितको आवेदन मागेको हो।भनिएको छ,  ‘बागमती प्रदेशको प्रदेश निजामती सेवा ऐन, २०७९ र स्थानीय सेवा (गठन तथा सञ्चालन ऐन २०७९ बमोजिम प्रदेश निजामती सेवा तथा स्थानीय सेवाका निम्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले प्रदेश निजामती सेवा ऐन २०७९ को दफा १६ र स्थानीय सेवा (गठन तथा संचालन) ऐन, २०७९ को दफा १८ बमोजिम अयोग्य नभएको र देहाय बमोजिमको योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिन्छ।’तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https://ppsconline.bagamati.gov.np मार्फत् आवेदन दिनुपर्ने  बताइएको छ।प्रदेश निजामती सेवा तथा स्थानीय सेवाका खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा एकीकृत रूपमा एकै पटक सञ्चालन हुनेछ र प्रतियोगितात्मक परीक्षाबाट छनौट भएका उम्मेदवारहरूको प्राथमिकताक्रम अनुसार नियुक्तिको लागि सम्बन्धित निकायमा सिफारिस गरिनेछ।हेर्नुहोस् बिज्ञापन :
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । दुर्गा प्रसाईंमाथि प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान अघाडि बढाएको छ। काठमाडौंको तीनकुनेमा ज्यान मार्ने उद्देश्यले प्रहरीमाथि गाडी चलाउन खोजेको घटनामा प्रसाईंमाथि प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान सुरु गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाएको बताइएको छ।

उनीविरूद्ध चैत १५ गते फिल्डमा खटिएका प्रहरी अधिकारीले ज्यान मार्ने उद्योगमा निवेदन दिएका हुन्।

चैत १५ गते दुई जनाको ज्यान जाने गरी भएको राजाबादीको आन्दोलनमा प्रसाईं आफैँले गाडी हुइँकाउँदै प्रहरीमाथि चलाउन खोजेका थिए।


सामाग्री श्रोत :

दुर्गा प्रसाईंमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान सुरु

काठमाडौँ । नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग तीव्र रूपमा बढ्दै गएको पाइएको छ । सामाजिक सञ्जाल प्लेटफर्महरूमा एआई प्रविधिको प्रयोग गरी अश्लील, आपत्तिजनक तथा भ्रामक सामग्री उत्पादन र प्रचारप्रसार गर्ने क्रम बढेको छ ।

विशेषगरी राजनीतिक दलहरू र तिनका समर्थकहरूले एक-अर्कालाई बदनाम गर्न एआई प्रविधिको सहारा लिन थालेका छन् । यसले समाजमा विभाजन ल्याउने र द्वन्द्व बढाउने खतरा रहेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

हाल सामाजिक सञ्जाल टिकटक र फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा दुःख पाएको भनी बनाइएको भ्रामक भिडिओ भाइरल भएको छ । यस्तै, राजावादी नेता दुर्गा प्रसाईंमाथि एआई प्रविधिबाट निर्मित भिडिओहरू पनि छ्याप्छ्याप्ती सार्वजनिक भइरहेका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डबाट फर्किंदा ‘सुँगुर चढेको’ भन्दै बनाइएको चिपफेक भिडिओसमेत भाइरल भएको थियो । प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओले सामाजिक सञ्जालमा चर्चा पाएको थियो ।

एआई प्रविधिकै कारण गायिका समीक्षा अधिकारीदेखि काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डङ्गोलसम्म पीडित भइसकेका छन् । ​

एआई प्रयोग गरेर कुनै व्यक्तिको अनुहार वा आवाजलाई अर्कै फोटो तथा भिडिओमा मिसाएर नक्कली सामग्री बनाउन सकिन्छ । यो प्रविधिको दुरुपयोग गरी कुनै पनि व्यक्तिलाई जस्तोसुकै कुरा भनिरहेको वा गरिरहेको देखाउन सकिन्छ ।

यस्तै, देवीदेवताहरू दौडिरहेको, गीत गाउँदै नृत्य गरिरहेको र मोटरसाइकल चढेको देखाइएका भिडिओहरू समेत एआई प्रविधिबाटै बनाइएका हुन् । यस्ता सामग्री टिकटक, फेसबुकलगायतका प्लेटफर्ममा अपलोड हुने क्रम जारी छ । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्ता सामग्रीहरू जानी–नजानी शेयर गर्ने, प्रतिक्रिया दिने र मनलाग्दी टिप्पणी गर्ने प्रवृत्ति ‍बढ्दो छ । एआई प्रविधिबाट तयार पारिएका कतिपय सामग्री सजिलै पहिचान गर्न कठिन भएकाले प्रयोगकर्ताहरू छिट्टै भ्रममा पर्न सक्ने र गलत जानकारी फैलाउने जोखिम बढेको छ ।

यसैबिच, नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक प्रतिष्ठामा गम्भीर असर पार्नेगरी यस्ता क्रियाकलाप भए प्रचलित साइबर कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । ​ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले प्रविधिको प्रयोग गर्दा सोचविचार गरी अरूको सम्मानमा आँच नपुग्ने गरी सकारात्मक रूपमा प्रयोग गर्न अनुरोध गरे ।

अर्कोतर्फ, यस्ता समस्याको नियन्त्रणका लागि प्रभावकारी कानुन निर्माण र जनचेतना अभिवृद्धि गर्नुपर्ने मागसमेत उठ्न थालेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ १८:५१





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट