२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

सर्लाही- सर्लाहीको बरथवामा रहेको गोल्डेन अस्पतालमा  बिरामी पक्ष र अस्पतालबीच विवाद भएपछि  त्यहाँ पुगेका मुख्यमन्त्री सतिशकुमार सिंहले ११ वटा अस्पताल अबैध रुपमा चलेको पाएका छन्।  सर्लाहीको दक्षिण–पश्चिमी भेगको प्रमुख व्यापारिक केन्द्र बरहथवा बजारमा सञचालित सबै निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा रहेको उनले बताएका छन्। बरहथवा बजारका ११ वटा निजी अस्पताल तथा पोलिक्लिनिकको अवैध रहेको पाइएपछि बन्द गर्न निर्देशन दिएका हुन्। मुख्यमन्त्री सिंहले मापदण्ड पूरा नगरी र दर्ता समेत नरहेका सङ्कट मोचन अस्पताल, सञ्जीवनी अस्पताल, ह्याप्पी अस्पताल, सर्लाही गोल्डेन अस्पताल, भेनस अस्पताल, हनुमन्त अस्पताल, बरहथवा नवजीवन अस्पताल र अन्य चार वटा पोलिक्लिनिक बन्द गर्न निर्देशन दिएका हुन्। मापदण्ड विपरीत रहेका ११ वटै स्वास्थ्य संस्थालाई पत्र काटेर तत्काल बन्द गर्न र दर्ता एवं अन्य प्रक्रिया पूरा गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिइएको मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले बताए।मुख्यमन्त्री सिंहले यसअघि मधेशका विभिन्न सहरका अस्पताल अनुगमनको क्रम बढाएका छन्। धेरै निजी अस्पताल मापदण्ड विपरित पाइएका छन्।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ। शिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज भएको चलचित्र आजबाट ५१औँ दिनमा प्रवेश गरेको हो।

उच्च शो सहित प्रदर्शन सुरु गरेको चलचित्रमा अहिले पनि उपब्ध शो मा दर्शकको अकुपेन्सी उच्च रहेको छ। यो सिनेमाले १३ वटा हलहरूमा ५१ प्रदर्शनको औँ दिन मनाएको छ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ले काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज, सिडिसी सनेमा र मोफसलमा झापाको विर्तामोडमा रहेको क्युएफएक्स, दमकमा रहेको डिम्याक्स सिनेमाज र बुटवलमा रहेको आइएनआई सिनेमाजमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।

“हाम्रो चलचित्र लाज शरणम् ५१औँ दिनमा प्रवेश गरेको छ,” निर्माता श्रेष्ठले भने, “दर्शकको राम्रो प्रतिक्रियासहति अहिले पनि उच्च अकुपेन्सीमा चलिरहेको छ ।”

पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको ‘लाज शरणम्’ले हालसम्म ५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता श्रेष्ठले जानकारी दिए ।

चलचित्रमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), रेणु योगी, अर्पण थापा मुख्य भूमिकामा छन् ।

यस्तै, सिनेमामा कमलमणी नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, माला लिम्बुसँगै प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामतलगायत कलाकारको अभिनय छ ।

कर्णालीको कथाव्यथा प्रस्तुत गरेको ‘लाज शरणम’लाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । सुदीप बराल छायांकार रहेको चलचित्रको सहनिर्माता राम नरेश शाह र सिर्जना खड्का छन् । चर्चित हास्य सिरियल ‘सक्किगोनि’ समूहद्वारा निर्माण गरिएको यो पहिलो फिचर सिनेमा हो ।


सामाग्री श्रोत :

चलचित्र ‘लाज शरणम्’ले मनायो प्रदर्शनको ५१ औँ दिन

काठमाडौँ । ‘द टफेस्ट स्मार्टफोन’ भनेर चिनिएको अनर एक्स नाइन सीको सस्तो भर्सन हालैमात्र नेपाली बजारमा सार्वजनिक भएको छ । अनर एक्स नाइन सी (Honor X9C) कै अफोर्डेबल संस्करण भएकाले मैले यसलाई ‘भाइ फोन’ भन्न चाहें ।

नेपालमा अनर एक्स ९ सी स्मार्टफोनको मूल्य ३८,९९० रुपैयाँ निर्धारण गरिएको छ । यो फोन किन्नेमध्ये जो कोहीले आठ हजार रुपैयाँ बराबरको अनर चोइस हेडफोन उपहारस्वरूप पाउन सक्नेछन् ।

अब फोन कस्तो छ भन्ने विषयमा कुरा गरौं । मैले फोनको डिजाइन, डिस्प्ले, क्यामेरा, पर्फरमेन्सदेखि ब्याट्रीसम्मका सम्पूर्ण जानकारी यहाँ प्रस्तुत गरेकी छु ।

फोन हेर्दा अनर एक्स ९ सीकै झल्को आउने खालको देखिन्छ । ओसियन सायन ब्लु कलर र टेक्स्चरले यसलाई निकै प्रिमियम लुक्स दिएको छ । ६.८ इन्चको फुल एचडी प्लस डाइनामिक डिमिङ डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट र ८५० निट्स पिक ब्राइटनेससहितको डिस्प्ले हलुका कर्भ एज भएको छ । डिस्प्लेको गुणस्तर औसत मान्न सकिन्छ भने तल्लो भागमा थोरै बेजल देखिन्छ ।

क्यामेरातर्फ फोनमा १०८ मेगापिक्सेलको अल्ट्रा क्लियर एआई मेन क्यामेरा, ५ मेगापिक्सेलको वाइड एङ्गल क्यामेरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । क्यामेरामा अप्टिकल इमेज स्टेबलाइजेसन (OIS) भने छैन । लाइभ फोटो, एआई फोटोग्राफी र हाइलाइट क्याप्चर जस्ता मोडहरू प्रयोग गर्न सकिन्छ ।

फोटोहरू नेचुरल सेटिङमा खिचिन्छन् र मोडरेट इन्ह्यान्समेन्ट पाउन सकिन्छ । आउटडोर फोटोहरू सिधै सामाजिक सञ्जालमा पोस्ट गर्न मिल्ने खालका छन् । इनडोर लाइटिङ राम्रो भएको खण्डमा फोटोहरू प्रस्ट देखिन्छन् भने जुम गर्दा थोरै नोइज देखिन्छ । सेल्फी पोट्रेट आकर्षक देखिन्छन् र बुके इफेक्ट पनि अन/अफ गर्न सकिन्छ ।

फ्रन्ट र ब्याक दुवै क्यामेराबाट १०८० पिक्सेल र ३० एफपीएससम्म भिडिओ खिच्न सकिन्छ । लाइटिङ राम्रो भएको अवस्थामा भिडिओ क्वालिटी राम्रो देखिन्छ, तर स्टेबिलिटी भने नहल्लिने हातले मात्र सम्भव हुन्छ । साथै, क्यामेरामा एआई इरेज फिचरसमेत उपलब्ध छ, जसले अनावश्यक वस्तु सजिलै हटाउन सकिन्छ ।

पर्फरमेन्सको कुरा गर्दा, फोनमा मिडियाटेक डाइमेन्सिटी ७०२५ अल्ट्रा चिपसेट छ, जुन २०२४ मा सार्वजनिक भएको हो । अपरेटिङ सिस्टम एन्ड्रोइड १४ (म्याजिक ओएस ८.०) रहेको छ । यद्यपि, बजारमा एन्ड्रोइड १५ आइसकेकाले भविष्यमा अपडेटको आशा गर्न सकिन्छ । यो चिपसेटले मिडरेन्ज फोनहरूमा राम्रो पर्फरमेन्स दिन्छ । भिडियो स्ट्रिमिङ, वेब ब्राउजिङ, सामाजिक सञ्जाल चलाउने र सामान्य गेमिङका लागि उपयुक्त छ । ब्यालेन्स सेटिङमा डिमान्डिङ गेमसमेत मजाले चल्छ ।

फोनमा ५८०० एमएएच ब्याट्री र ३५ वाटको अनर सुपर चार्जिङ सपोर्ट छ । सामान्य प्रयोगमा डेढ दिनसम्म फोन चल्ने क्षमता राख्छ ।

स्टोरेज र कनेक्टिभिटीमा १२ जीबी र्‍याम र १२ जीबीसम्म भर्चुअल र्‍याम विस्तार गर्न सकिन्छ । २५६ जीबी इन्टर्नल स्टोरेज रहेको यो फोनमा डुअल-ब्यान्ड वाई-फाई, डुअल सिम, ब्लुटुथ, एनएफसी, साइड-माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर, पिन, प्याटर्न र पासवर्ड जस्ता सुरक्षाका सुविधा छन् । वाटर तथा ड्रप रेसिस्टेन्स छ तर औपचारिक आईपी रेटिङ भने दिइएको छैन ।

फोनमा म्याजिक क्याप्सुल, म्याजिक पोर्टल जस्ता विशेष फिचर छन्, जसले टेक्स्ट वा कन्टेन्ट सजिलै ड्र्याग गर्न सकिन्छ । थोरै कस्टमाइजेसन अप्सनहरू, जस्तै वालपेपर र थिम परिवर्तन गर्न सकिने सुविधा छ । अल्वेज अन डिस्प्ले, मल्टिटास्किङ सपोर्ट, मल्टी-विन्डो, स्प्लिट स्क्रिन, फ्लोटिङ विन्डो, एज प्यानल, प्यारलल स्पेस, स्मार्ट स्क्रिनशट र स्क्रोलशट सुविधा पनि यसमा उपलब्ध छन् ।

कुल मिलाएर भन्दा अनर एक्स ९ सी आफ्नो मूल्य अनुसार सन्तुलित पर्फरमेन्स र प्रिमियम डिजाइनसहितको अफोर्डेबल स्मार्टफोन हो ।

हेर्नुहोस् भिडिओ रिभ्यु

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ ९:३९





सामाग्री श्रोत :
टेक पाना

Ncell 2
Ncell 2
shivam cement
shivam cement

काठमाडौँ – संघीय संसद अन्तर्गत विधायन व्यवस्था समितिको बैठक आज बस्दैछ । संघीय संसद सचिवालय परिसरमा दिउँसो १ः०० बजे बैठक बस्न लागेको हो ।

समिति सचिवालयका अनुसार उक्त बैठकमा समितिको आगामी कार्यबारेमा छलफल गरिने भएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेका थिए। उनले सबै खर्चसहित ६ लाख खर्च गरेका थिए। त्यसबाट करिब १४ लाखको आलु उत्पादन गरिएको बताए।
तीन महिना मेहनत गरेर आलुखेतीबाट रु आठ लाख आम्दानी गर्न सफल भएको महतोको भनाइ छ। १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर आठ लाख आम्दानी भएको उनले बताए।
‘विभिन्न समस्या त छन्, मजदुर, खाद्यमलको अभाव छ । तथापि तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौं। यो देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो,’ मेहताले भने।
यहाँका अधिकांश हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए।
यहाँ काडिनल, जनक, कुफरी जपी, भूटानी, सठिया, टिपिएसलगायत जातका आलु लगाउने गरिएको उनले बताए।
समग्रमा वार्षिक रूपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। रासस

सामाग्री श्रोत :
deshparadesh

ताइपेइ। जब ताइवानको एउटा अस्पतालले मुटु प्रत्यारोपणको संसारमा यस्तो उपलब्धि हासिल गर्यो, जुन अहिलेसम्म असम्भव मानिन्थ्यो ।

ताइवानको नेसनल युनिभर्सिटी हस्पिटल (एनटियुएच)का डाक्टरहरूले एउटा मुटु प्रत्यारोपण गरेका छन्, जसमा दाताको मुटु शल्यक्रियाको क्रममा पनि धड्कन जारी रहेको थियो । अहिलेसम्म मुटुलाई प्रत्यारोपण गर्नुअघि सामान्यतया चिसो तापक्रममा हटाएर सुरक्षित रूपमा गरिन्थ्यो।

बुधबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालले यो संसारकै पहिलो सफल प्रत्यारोपण भएको दाबी गरेको छ, जसमा जिउँदै र धड्कन मुटु शरीरमा प्रत्यारोपण गरिएको हो । यो उपलब्धि थोरासिक र कार्डियो भास्कुलर सर्जरी प्रविधिको जर्नलमा पनि प्रकाशित गरिएको छ।

यस क्रममा रक्तसञ्चार बन्द हुने र मुटु बिग्रन थालेकाले सामान्यतया शरीरबाट मुटु निकालेपछि ४ घण्टाभित्रै प्रत्यारोपण गर्नुपर्ने अस्पतालका कार्डियाक सर्जन डा चि नाइ शिन बताउँछन् । तर, यो शल्यक्रियामा उनले ईसीएमओ मेसिन प्रयोग गरेका थिए, जसले मुटुको धड्कन शरीर बाहिर पनि राख्न सकिन्छ। जसका कारण मुटुलाई अक्सिजन र रगत प्राप्त भइरहन्छ ।

यो प्रविधिबाट अहिलेसम्म दुई पटक सफल प्रत्यारोपण गरिसकेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यस मुटुलाई हानी मात्र गर्दैन, प्रत्यारोपण पछि मुटुले राम्रोसँग काम गर्छ र बिरामीको बाँच्ने सम्भावना पनि बढ्छ ।

अस्पतालको मुटुको शल्यक्रिया विभागका निर्देशक डा यु सि युले (एनटियुएच)ले हालसम्म ७०० भन्दा बढी मुटु प्रत्यारोपण गरेको बताए। यी मध्ये ७५ प्रतिशत बिरामी ५ वर्षभन्दा बढी बाँचेका छन् र आधा १० वर्षभन्दा बढी समयदेखि स्वस्थ छन्।

तर, ताइवानमा मुटु दाताको ठूलो अभाव छ। यस वर्ष अगस्तसम्म ३ सय ४४ जना मुटुको प्रतीक्षामा थिए भने एक वर्षमा औसतमा ८० मुटु मात्र दान हुने गरेको छ । यस्तो अवस्थामा अस्पतालले समाधानका रूपमा घरमै प्रयोग हुने भेन्ट्रिकुलर असिस्ट उपकरण उपलब्ध गराउन थालेको छ, जसबाट करिब १०० बिरामी लाभान्वित भएका छन् ।

जसमध्ये २९ जनाको पछि मुटु प्रत्यारोपण गरिएको थियो । यो उपलब्धि ताइवानका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि मुटुसम्बन्धी रोगहरूको उपचारमा नयाँ आशाको रूपमा उभिएको छ।


सामाग्री श्रोत :

ताइवानको अस्पतालले जिउँदो मुटु नै बदलेर विश्वलाई पारे अचम्मित

भक्तपुर – बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) धुमधामका साथ मनाएको छ । 

आज बिहानैदेखि बाजागाजासहितको झाँकी र भजनकीर्तन गर्दै देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।
    
जात्रामा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोसाक हाकु पटासी र दौरासुरुवालमा सजिएरसहभागी भएका थिए । देवीदेवतालाई सगुनसहित पूजा गर्न आ–आफ्ना द्योः छें (देव घर)बाट निकाली चोक तथा डबलीमा राखिएको थियो ।    

Ncell 2
Ncell 2

यो पूजा प्राचीनकालदेखि नै हुँदै आएको हो । बिस्का जात्रामा विध्न बाधा वा केही भुलचुक भए क्षमायाचनाका निम्ति गरिने पूजालाई सगुन जात्राका रुपमा मनाउने प्रचलन प्रारम्भ भएको स्थानीय संस्कृतिका जानकार ओम धौभडेलले बताए । 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । श्रमिक महिला प्रति राज्य अझै पनि अनुदार नै रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । अझ विशेषगरी अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको समस्याको सुनुवाईमा राज्यले ध्यान नदिएको उनीहरुको भनाई थियो ।
तरंगिनी फाउण्डेसनको आठौं बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय महिला आयोगकी सदस्य सावित्रा कुमारी शर्माले श्रमिक महिलाको अधिकार रक्षाका लागि आयोगले काम गरिरहेको बताइन् । उनले महिला भित्र पनि जात लगायतको आधारमा विभेद रहेको भन्दै कुनै त्यस्तो शोषण, अधिकार हनन्का घटनाहरु भएमा आयोगमा उजुरी गर्न आग्रह वनि गरिन् । उनले श्रम क्षेत्र मर्यादित र व्यवस्थित हुनु पर्ने भन्दै महिलाको हक र अधिकार प्राप्त हुनुपर्ने धारणा राखिन् ।
राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिलि थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा नम्वर ७ की सदस्य रुपा थापा क्षेत्रीले रात्रीकालिन मनोरञ्जनको क्षेत्रमा काम गर्ने श्रमिकहरु मारमा परिरहेको बताइन् । उनीहरुलाई काम सकेर घर फर्किन सुरक्षित गाडीको व्यवस्था हुनु पर्ने भन्दै त्यसका लागि महानगरको नगरसभामा पनि कुरा उठाइने जानकारी दिइन् । आफ्नो अधिकारको विषय दरिलोसँग उठाउन आग्रह गर्दै उनले श्रमिकको परिचयपत्र, उनीहरुको सामाजिक सुरक्षामा आवद्धता जस्ता विषयहरु महत्वपूर्ण रहेको बताइन् ।

बुढानिलकण्ठ नगरपालिकाका श्रम रोजगार शाखा प्रमुख राजीव गौतमले नगरपालिकाले श्रम डेस्क स्थपना गरी श्रमिकहरुको पञ्जिकरणको काम गरिरहेको, श्रमिकहरुलाई परिचयपत्र वितरण गरिएको जानकारी गराए ।
महिला पुनस्र्थापना केन्द्र (ओरेक) की कार्यक्रम संयोजक कमला पोखरेलले श्रमिक महिलाको हक र अधिकार स्थापित गर्ने अभियान गाउँ गाउँ र टोल टोलसम्म पुगेको धारणा राखिन् । ओरेक नेपाल र तरंगिनी फाउण्डेसनको कामका कतिपय क्षेत्र समान रहेको भन्दै सहकार्य गरेर अगाडी बढ्ने काम भइरहेको र भविष्यमा पनि सहकार्य रहने उनको भनाई थियो । सामाजिक सुरक्षामा आवद्धता, परिचय पत्र, न्यूनतम र समान ज्यालाको प्राप्त लगायतका मुद्धामा भविष्यमा पनि संयुक्त रुपमा आवाज उठाइने पोखरेलको भनाई थियो । स्थानीय सरकारले यो विषयलाई अझ प्राथमिकतामा राख्नुपर्ने उनले बताइन् ।
तरंगिनी फाउण्डेसनकी रुपा भट्टराईले सबै श्रमिकले समान अधिकार प्राप्त गर्नुपर्छ भन्दै अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सम्मान र पहिचान दिइनु पर्दछ भनेर फाउण्डेसनले आवाज उठाइरहेको बताइन् । उनले हालै फाउण्डेसनले अनौपचारिक क्षेत्रका श्रमिकको विषयमा तीन दिवसिय कार्यक्रम आयोजना गरी वृहत छलफल गरी निश्कर्षहरु ज्ञापनपत्रको रुपमा विभिन्न सरोकारवाला निकायमा बुझाइएको जानकारी दिइन् ।
कार्यक्रममा तरंगिनी फाउण्डेसनकी कार्यक्रम संयोजक अदिती भट्टले फाउण्डेसनका तर्फबाट गरिएका महत्वपूर्ण कामका बारेमा जानकारी दिइन् । यसैगरी फाण्डेसनले काम गर्ने मुख्य क्षेत्रहरु, जिल्ला जिल्लामा स्थापित सञ्जाल लगायतका विषयमा भट्टले जानकारी दिइन् ।
कार्यक्रममा कृषि श्रमिक मैना दनुवारले पहिचान झल्किने परिचयपत्र र सुरक्षा भत्ताको आवाज उठाइन् । उनले तरंगिनीकै कारण आफूहरुले अधिकारका विषयमा आवाज उठाउन सक्ने भएको धारणा राखिन् । यसैगरी घरेलु श्रमिक सञ्जालकी अध्यक्ष कोपिला प्रसाईले घरेलु श्रम गर्नेहरुलाई रोजगार करार, परिचयपत्र, साप्ताही विदा, चाडपर्वको विदा जस्ता कुराहरुको अभाव रहेको भन्दै त्यसमा राज्यले ध्यान दिनुपर्ने माग गरिन् ।
सन् २०१७ मा स्थापित तरंगिनी फाउण्डेसन श्रमिक महिलाको पक्षमा आवाज उठाउने गैरनाफामूलक संस्था हो । सो संस्थाले मुख्यगरी देशका ७ वटा जिल्लाहरुमा काम गरिसकेको छ । घरेलु श्रमिक, कृषि श्रमिक लगायतका क्षेत्रमा फाउण्डेसनका कार्यक्रमहरु केन्द्रीत छन् ।

सामाग्री श्रोत :
deshparadesh

राज्य र राज्यप्रणालीको विद्यमान अवस्था 

२०४६ सालपछि निरन्तर सरकारमा बसेका दलहरु र ०६४ सालको संविधानसभा निर्वाचनपछि उदाएका केही नयाँ दल थपिएर बनेको राजनीतिक समीकरणबाट अहिलेसम्म सरकार चलिरहेको छ।

राजासहितको बहुदलीय व्यवस्थाले नभएर त्यसलाई फाली गणतन्त्रात्मक शासन प्रणाली ल्याइएको छ।  करिव १८ वर्षदेखि देशमा वहुदलीय संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन कायम गरी नयाँ संविधान जारी गरेर शासन चलाएको पनि करिव १० वर्ष भइसकेको छ।

राज्यको पुनरसंरचाना गरी सिंहदरवारको अधिकार गाउँगाउँमा पुर्याउने उद्देश्यले देशलाई संघीयतामा लगिएको छ।  केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारका जनप्रतिनिधिमात्रै झण्डै ४० हजार हाराहारी छन्। दर्जनौँ आयोग र विभिन्न ठाउँमा गरिएका राजनीतिक नियुक्तिमार्फत विभिन्न व्यक्तिलाई जिम्मेवारी दिएको छ।

विश्वमा कूटनीतिक सम्बन्ध बढाउन र समन्वय गर्न दूतावासको संख्या बढाएर सबैतिर राजदूतहरु खटाइएको छ। संसारभर वाणिज्य दूतहरु छन्।  अहिले हामीसँग केन्द्र, प्रदेश र स्थानीय गरी ७६१ जननिर्वाचित सरकार क्रियाशील छन्।

नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी, राष्टिय अनुसन्धान, निजामति कर्मचारी, शिक्षकलगायत विभिन्न संस्थान र वित्तिय संस्थानमा गरी लाखौँ जनशक्ति क्रियाशील छन्। प्राकृतिक श्रोतसाधन, खनिज सम्पदा, अब्बल जनशक्ति तथा जैविक विविधताले भरिपूर्ण मूलुक छ।

राज्यले संकलन गर्ने सम्पूर्ण राजश्वभन्दा बढी चालु खर्च छ। यो पूँजिगत खर्चभन्दा झण्डै चार गुणा ठूलो छ।  जताततै राज्यको उपस्थिति देखिन्छ। हरेक दलका नेताहरु गाउँगाउँसम्म सक्रिय छन्। लाग्छ यो नेतैनेता भएको मुलुक हो।  देशमा संविधान छ। ऐननियम, कानुन, विधि विधान सबै छन्।

जनताका केही प्रश्न र असन्तुष्टि

प्रश्न :

१ नेपालजस्तो र नेपालजत्रो मूलुकका लागि माथि उल्लेख गरिएको राज्यको संरचना र जनशक्ति आवश्यक छ ?

२ राष्ट्रको सामाथ्र्यले धान्नै नसक्ने चालु अर्थात प्रशासनिक खर्चको ठूलो आकारको वजेटले देशलाई भार परेन ?

३ आफैले ल्याएको व्यवस्था र चुनेका यत्रा जनप्रतिनिधिहरुबाट भइरहेका कामकर्तव्य र अधिकारबाट जनता किन निराश छन् ? उनिहरुमा असन्तोष र जनआक्रोश किन बढ्दो छ ?

४ हिँजो जनताका अगाडि बोलेका कुरा, जनतालाई दिएको अश्वासन र देखाएका सपनाहरु किन पूरा गरिएन ? जनताका न्युनतम आवश्यकता पनि पूरा नगरी जनतालाई झुक्याउने र ढाँट्ने काम मात्र किन भयो ? आफ्नो पालामा भएको देखाउनलायक दुरगामी महत्वको कुनै एउटा काम छ ?

असन्तुष्टि 

१ राजनीतिक दलको उद्धेश्य सरकारको नेतृत्व पाउनु मात्र होइन। जनप्रतिनिधि र राजनीतिक दलले जनताको जीवनसँग प्रत्यक्ष जोडिएका समस्या र जनआकांक्षाको उचित सम्बोधन गर्नु पहिलो कर्तव्य हो। राज्य संयन्त्रले लिने सबै सेवासुविधाको श्रोत जनताको पसिना हो। जनताको पसिनाबाट आर्जित राजश्वको सुविधा लिएपछि देश र जनताका निम्ति गर्नुपर्ने तोकिएका केही दायित्व र जिम्मेवारीहरु थिए त्यो पूरा भएन।

२ शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योगलगायतका क्षेत्रमा व्यापक सुधार गरी हजारौँ जनशक्तिलाई विदेश पलायन हुनबाट रोकी स्वदेशमै रोजगार दिएर उत्पादनको स्तर माथि उठाउँदै आत्मानिर्भर बन्न सकिन्थ्यो तर त्यतातिर ध्यान दिइएन। भएका उद्योगधन्दालाई स्तरोन्नती गर्ने भन्दा मास्ने काम गरियो।

३ शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोडेर गाउँगाउँमा स्थानीय ज्ञान र सीपको सदुपयोगसँगै स्वउत्पादनको नयाँ जागरण ल्याउने नविन दृष्टिकोण देखिएन। जनतालाई आफ्नो ठाउँ छोड्न वाध्य बनाइयो।

४ दीगो विकासको रणनीति अपनाएर जलश्रोत तथा खनिज तथा प्रकृतिजन्यपदार्थको धनी देशले त्यसको सदुपयोगबाट ऊर्जा क्षेत्रको विकाससँगै अन्य क्षेत्रको विकासका दीर्घकालीन योजनाहरुबाट अर्थतन्त्र सुदृढीकरणको मार्ग प्रशस्त गर्न सकिन्थ्यो त्यतातिर ध्यान गएन।

५ वरिपरिका छिमेकीहरुको उन्नति र प्रगतिको स्तर मापन गरेर आफूलाई पनि सोही अनुसार माथि उठाउने योजनामा हामी किन कहाँ चुक्यौ ? छिमेकीहरुले विश्वमा इज्जतसाथ शिर ठाडो पारेर आफ्नो महिमा गाइरहँदा हामी सबैतिरबाट हेपिदै शीर भुकाएर बस्ने अवस्थामा पुगेपछि करदाता जनताले यो व्यवस्था र नेतृत्वप्रति प्रश्न गर्ने ठाउँ पाउँछन् भन्ने हेक्का रहेन वा जनताप्रति जवाफदेही हुनुपर्छ भन्ने गम्भीरता नेतृत्वबाट प्रस्तुत हुन सकेन।

अस्थिर र संकटपूर्ण जटिल भूराजनीतिक अवस्थामा सचेत हुनुपर्ने सात सवाल :

१ वैदेशिक मेसिनरीका फरकफरक शक्तिकेन्द्रसँग जोडिएका एजेण्टहरु अहिले राजालाई केन्द्रमा राखेर केही समूहहरु राजा नभइ देश चल्दै चल्दैन भन्ने मतसहित चर्को राजावादी भएर निस्केका छन्। राजावादी समूहमा घुसेको यो दलाल कित्तालाई नभत्काइ आप्mनो मिसन पूरा हुँदैन। यो कुरा राजाले बुझ्नुपर्छ।

२ राजा अउने बाटो र राजाको भूमिकामा नानाथरिका कुतर्कहरु गरेर जनमानसलाई भाँड्ने, भड्काउने र एक हुन नदिने प्रपञ्च रच्दै जति गरे पनि यहाँ केही हुन सक्दैन भन्ने पारेर राजा र राजसंस्थाको नारालाई बदनाम गरी सँधैका लागि बन्द गर्ने योजनामा उनिहरु लागेका छन्। यो कुरा पनि राजाले बुझ्नुपर्छ।

३ राजाका लागि नवीन सम्झौता, जनमत सङ्ग्रह, गोलमेच सम्मेलन, आन्तरिक सहमति, राष्ट्रिय मेलमिलाप, २०४७ को संविधान जस्ता फरकफरक बाटाहरुबाट कहिले कल्चरल किङ, कहिले वेवी किङ, कहिले सेरेमोनिय किङ, त कहिले सक्रिय राजा आदि इत्यादिमा जनमत विभाजित गरी कसैलाई पनि एक हुन नदिन यो गिरोह सक्रिय छ। यो कुरा पनि राजाले बुझ्नुपर्छ र आफ्नो अभिमत प्रष्ट राख्न तयार हुनुपर्दछ।

४ सच्चा राष्ट्रवादी र देशभक्त नागरिकहरुलाई बढो संयमित र होशियार भइ राजा र राजमुकुटको सुरक्षा गर्ने मूल राष्ट्रिय अभियानमा राष्ट्रिय झण्डामुनि एकतावद्ध हुन सबैलाई आह्वान गर्नुपर्दछ।

५ अहिले राजा र राजकंस्थाका बारेमा भइरहेको चर्चा र बजार हल्ला, विभिन्न अभियान र समूहबाट उठिरहेका आवाज र त्यहाँ मुखरित भएका नारा र विचारहरुको गम्भीर समीक्षा गरेर जनताले खोजेको कुरा के हो ? देशको आवश्यकता के हो ? र जनचाहना के छ ? यी सबै प्रश्नहरुको उचित सम्बोधन हुने गरी समाधानको प्रष्ट मार्गचित्र अघि सार्नुपर्दछ।

६ परिवर्तनका लागि सामाजिक सञ्जालमा देशभर उठिरहेका आवाज छिमेकी सद्भाव र सहानुभूति हिन्दुराष्ट्रका लागि हो या राजतन्त्रसहिको हिन्दुअधिराज्यका लागि हो या यसका नाममा अरु नै कुनै स्वार्थ छन् ? गम्भीर हुने पाटो हो यो। राजनीतिको यो तरल अवस्थामा आप्mना हुन् वा परका हरेक कुरा जायज भए पनि त्यसलाई सन्देहमा राखेरै हेर्नुपर्छ। बढिरहेका ताजा घट्क्रमहरुलाई भ्रमपूर्ण तर्कका खेतिबाट दिग्भ्रमित नभइ तथ्य, तर्क र चेतनासहितको सोचविचारबाट गम्भीर समीक्षा गर्नुपर्छ।

७ सतहमा देखिएका यी समसामयिक सवालहरुमा वौद्धिकवर्गसँग बसेर गहन विश्लेषण गरी दीर्घकालीन लक्ष्य पूरा गर्न राजाले नयाँ संरचना र दुरगामी दृष्टिकोणसहित फरक ढङ्गले अगाडि बढ्नुपर्दछ। भिडलाई हेरेर निर्णय गर्ने दुस्साहस कहीँ कतैबाट पनि नआओस् भन्ने कुरामा सचेतना अपनाउनु पनि आवश्यक हुन्छ।

आशा र निश्कर्ष :

आशा :

१ हिँजो राजा हुँदा विकास नभएकै हो भन्ने लागेर नै जनताले राजालाई संवैधानिक दायराबाटसमेत हटाएर गणतन्त्रवादी दलहरुलाई जिताएका हुन् तर दलहरुले १६ १७ वर्ष अकण्टक शासन गर्दा पनि जनताले अनुभूति गर्ने खालका कुनै नयाँ योजनाबाट जनतालाई सेवासुविधा दिन र देशको शान्तिसुरक्षा कायम गर्न नसकेपछि जनताले फेरि राजाकै नेतृत्व चाहनु अस्वाभाविक होइन।

२ विश्वको बदलिँदो राजनीतिक परिवेश र नेपालको भूराजनीतिक अवस्थालाई मध्यनजर गर्दा राज्यशक्ति विभाजित नभइ एकजुट हुनु आवश्यक छ। चालु गणतान्त्रिक व्यवस्थाको औचित्य मै जनताले प्रश्न उठाइ सडक गतिविधि बढिसकेपछि दलहरुले अब निषेधको राजनीति त्यागेर देशको सर्वसम्मत नेतृत्व गर्नसक्ने वैकल्पिक शक्तिको खोजी गर्न ढिलो गर्नु हुन्न भन्ने नै अहिलेको जनचाहनाको विषय हो।

३ संसारको नेतृत्व गर्नसक्ने हाम्रो वैदिक ज्ञान, विवेक, बुद्धि र चेतनाले जोगाएको यो स्वतन्त्र मुलुक कोही कसैको खेलमैदान नहोस् र केही कसैले आन्तरिक राजनीतिमा खेल्न नखोजून् भन्ने सत्य बुझेर ध्रुविकृत हुँदै गएको राजनीतिक शक्तिहरुले एकअर्कालाई ओठे जवाफ फर्काउनु भन्दा सहमति र सहकार्यमा अघि बढ्ने प्रयासमा गम्भीर हुनुपर्छे। देश जोगाउने कुरामा सम्पूर्ण नेपाली एक ढिक्का नभइ यो वा त्यो र तेरो र मेरोमा विवाद गरेर अलमलिनु उचित हुन्न भन्ने आमजनचाहना हो।

निश्कर्ष

१ कहिलेकाहीँ समय र परिस्थितिवस जनताले केही व्यक्ति र संस्थाको आवश्यकता, औचित्य र सान्दर्भिकता सकिएको महशुस गर्छन् र राष्ट्रीय रुपमा फेरि अर्को वैकल्पिक शक्ति र संस्था तयार पार्छन्। यसै सन्दर्भमा अहिले फेरि हिँजोका सबैका सबैखाले गतिविधिको लेखाजोखा गरी जनमतबाट शक्ति र स्थिरताको प्रतिक राजा र राजसंस्थाको सान्दर्भिकता पुन पुष्टि हुँदै र स्वीकारिदै गएको छ। यो सत्य हो। यसलाई स्वीकार्न केही पात्रहरुका लागि अप्रीय हुनसक्छ तर यो कदम देश र जनताका लागि हितकर र लाभदायक हुनेछ।

२ समय निकै घर्की सकेको छ। अझै पनि हामीले समयको पदचापलाई बुझ्न ढिलो गर्यौँ भने देशले बहुतै हानिकारक बाटो समाउन सक्छ। यो नेपाल र नेपालीको अस्तित्वको लागि कदापि उपयुक्त हुनेछैन। संघारमा आएको यो संकटबाट देश र जनताको सुरक्षा गर्न राष्ट्रीयशक्तिबीचको ऐक्यवद्धता जरुरी हुन्छ।

३ जनताले सुखद जीवन र सुरक्षित राष्ट्र खोजेका छन् तर नेपालको भूराजनीतिलाई नजिकबाट हेरिरहेका केही परका शक्तिले नेपाली नेपालीबीच द्वन्द गराएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न खोजेको देखिन्छ। जनता निराश र राजनीति अस्थिर रहेका बेला विभिन्न शक्तिले आफ्नो स्वार्थका लागि खेल खेल्नु अन्तर्राष्ट्रिय प्रचलन नै हो। यस्तोबेला राष्टिय शक्ति एकजुट हुनुपर्नेमा हामी झन विभाजित छौँ। हामीबीचको अभूतपूर्व एकता, मेलमिलाप, र पारस्पारिक विश्वास टुटेको अवस्था छ। यस्तो सङ्गीन घडीमा यसलाई जेड्ने पृथक मनोविज्ञानको विलक्षण नेतृत्व आवश्यक हुन्छ। त्यो राजाबाट मात्र सम्भव छ।

४ देश अहिले घाइते अवस्थामा छ। देशभित्र देखापरेका चुनौति निकै पेचिला, गम्भीर र दुरगामी महत्वका छन्। सामन्य सोचविचारले पार लगाउन सकिने अवस्था छैन। उत्तेजना र द्धन्द बढाउने व्यवहार गर्नु र चर्को अभिव्यक्ति दिनु ठीक हुँदैन। हामीसँग उपलब्ध नेतृत्वले यसमा आपूmलाई सक्षम सावित गर्नसक्ने स्थिति छैन। अत्यन्तै संयम, सुझबुझ, विनम्रता र बुद्धिमतापूर्ण तरिकाले समस्याको पहिचान गरी अघि बढ्नुपर्छ। यो समन्वयकारी भूमिका राजाबाहेक अरुबाट सम्भव देखिँदैन।


सामाग्री श्रोत :

राज्य प्रणालीको विद्यमान अवस्था, जनताको अपेक्षा र अबको बाटो

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट