२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

काठमाडौँ– अबदेखि निजामती कर्मचारीले अवकाशपछि दोहोरो सुविधा नपाउने भएको छन्। 

प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा पास हुने चरणमा रहेको निजामती सेवा विधेयकले यस्तो व्यवस्था गर्न लागेको हो। 

सोमबार समितिमा भएको छलफलमा निजामती कर्मचारीले अवकाशपछि पाउने दोहोरो सुविधा कटौती गर्ने सहमति भएको हो। 

Ncell 2
Ncell 2

विगतमा निजामती कर्मचारीले अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) पनि पाउने र वृद्धभत्ता पनि पाउँदै आएका थिए। तर अब पेन्सन मात्र पाउने गरी ऐन बन्न लागेको हो। 

त्यस्तै सेवाबाट अवकाश भएपछि पेन्सन पाउने कर्मचारी राज्यको अन्य कुनै निकायमा वा लाभको पदमा नियुक्ति भए उक्त अवधिभर त्यस्तो व्यक्तिले उक्त पदको मासिक तलब मात्र पाउने व्यवस्था पनि ऐनमा गरिएको छ। 

shivam cement
shivam cement

समिति बैठकमा अधिकांश सांसदले दोहोरो सुविधामाथि लगाम लगाउनुपर्नेमा जोड दिएका थिए। भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीलाई पनि पेन्सन दिने गरी सरकारले कानुन नबनाएको पनि सांसदहरूले उल्लेख गरेका छन्। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रममा सहभागीलाई रु एक अर्ब ५२ करोड प्रतिफल प्रदान गरेको छ।

कोष सञ्चालक समितिको बैठकले विसं २०८१ असार मसान्तसम्म कोष मौज्दात रहेका सहभागीलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कूल सञ्चित मुनाफाबाट उक्त प्रतिफल प्रदान गर्ने निर्णय गरेको हो।

बचत वृद्धि अवकाश कोषका सहभागीको खातामा कोषले प्रदान गरेको थप रकम जम्मा भइसकेको छ। यसअघि कोषले थप प्रतिफल प्रदान गर्दै आइरहेको थियो।


सामाग्री श्रोत :

नागरिक लगानी कोषले दियो सहभागीलाई प्रतिफल

काठमाडौं– सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ।

अघिल्लो दिनको तुलनामा ७.७५ अंक घटेको छ। सो अंकको गिरावटपछि नेप्से २६९८ अंकमा कायम भएको छ। कारोबारका क्रममा दिउँसो १२ : २४ बजे नेप्से २७१६ अंकसम्म पुगे पनि माथि टिक्न सकेन।

बजारको परिसूचक नेप्से घटे पनि कारोबार रकम बढेको छ। अघिल्लो दिन ८ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७७ करोडको भयो।

Ncell 2
Ncell 2

११२ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने एउटाको स्थिर रह्यो। व्यापार सेक्टर सबैभन्दा धेरै घट्यो। बैंकिङ ०.८५, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.१५, व्यापार १.५२ र अन्य समूह १ प्रतिशत घटे।

विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.०६, हाइड्रोपावर ०.७७, लगानी ०.१७, उत्पादन ०.०३ प्रतिशत बढे।

shivam cement
shivam cement

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य केही दिनदेखि १० प्रतिशत बढिरहेको छ। आज पनि त्यो क्रम जारी रह्यो। कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८, युनिभर्सल पावरको ९.८०, नेपाल हाइड्रो डेभलपर्सको ९.०७ प्रतिशत बढ्यो।

एसबीआई बैंकको मूल्य सबैभन्दा धेरै ४.१७ प्रतिशत घट्यो। विन नेपाल लघुवित्तको ४.०२ तथा ग्रिन डेभलपमेन्ट बैंकको ३.९६ प्रतिशत मूल्य घट्यो।

आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप पावर, युनिभर्सल पावर, एचआईडीसीएल, हिमालयन पावर पार्टनर र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

सोलुखुम्बु। सोलुखुम्बुको थामेमा मंगलबार हुन लागेको आरोही सम्मेलन समिटर्स समिटमा सहभागी हुन एक टोली आज थामे प्रस्थान गरेको छ। ‘जलवायु न्यायका क्षेत्रमा काम गर्दै आएको साथसाथै’ संस्थाले आयोजना गर्न लागेको यो सम्मेलन नेपाल सरकारद्वारा जेठ २ देखि ४ गतेसम्म आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्वकार्यक्रमका रूपमा लिइएको छ।

‘साथसाथै’ संस्थाकी अध्यक्ष प्रजिता कार्कीका अनुसार आज प्रस्थान गरेको टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त आरोही, जलवायु र पर्यटन विज्ञहरू तथा विभिन्न तहका सरकारी प्रतिनिधिहरू सहभागी छन्। नेपाल सरकारका मन्त्रीसहितको अर्को टोली भने मंगलबार हेलिकप्टरमार्फत थामे पुग्ने कार्यक्रम रहेको छ।

सम्मेलनमा सगरमाथा आरोहण गरेकी कतारकी राजकुमारी आस्मा अल थानी, ३१ औं पटक सगरमाथा आरोहण गरेका विश्व कीर्तिमानी कामी रिता शेर्पा, मिङ्मा डेभिड शेर्पा, कान्छो सगरमाथा आरोही तेम्वा छिरी शेर्पा, माया गुरुङलगायतका प्रतिष्ठित आरोहीहरूको उपस्थिति रहने बताइएको छ।

सम्मेलनमा स्थानीयवासी र गत वर्ष थामे क्षेत्रमा हिमपहिरोका कारण प्रभावित भएका पीडितहरू समेत सहभागी हुने आयोजकले जनाएको छ। उक्त सम्मेलनमा जलवायु परिवर्तन, पर्यटन र हिमाली जीवनशैलीका विविध पक्षमा समूहगत छलफल हुनेछ। साथसाथै संस्थाले नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश सरकार, खुम्बु पासाङ ल्हामु गाउँपालिकासँगको सहकार्यमा यो कार्यक्रम गर्न लागेको जनाएको छ। सहआयोजक संस्थाहरूमा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, टेवा, नेप्लिज युथ फर क्लाइमेट एक्सन लगायत छन्।

नेपाल सरकारले वैशाख ९ गते थामेमा आयोजना गर्न लागेको ‘समिटर्स समिट’लाई सगरमाथा संवादअन्तर्गतको महत्वपूर्ण पहलको रूपमा लिएको छ। ‘हिमाल, जलवायु परिवर्तन र मानवताको भविष्य’ भन्ने मुख्य नारासहित सगरमाथा संवादमा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहनेछ। कार्यक्रमका प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, अन्तरास्ट्रिय पत्रकार महासंघ एसिया प्रसान्तका कार्यकारी सदस्य बद्री सिग्देलसहितको टोली खुम्बु पुगिसकेको छ।


सामाग्री श्रोत :

‘समिटर्स समिट’मा सहभागी हुने टोली थामेमा

आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तुरुन्तै वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस्। मेरो आग्रह छ।’
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन हुने भएको छ। आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा लगायत आयोग सदस्य रहने बताइएको छ।

यस्तै बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सहसचिव चन्द्रकला पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय समेत गरेको छ।


सामाग्री श्रोत :

प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गर्ने सरकारको निर्णय

काठमाडौं । जेडटीई ब्रान्डको नयाँ स्मार्टफोन नुबिया नेपाली बजारमा सार्वजनिक भएको छ । जेडटीईको आधिकारिक वितरक शंकरले ग्रुप नुबिया सिरिजको स्मार्टफोन नेपाली बजारमा भित्र्याएको हो । 

यस सिरिज अन्तर्गत दुई स्मार्टफोन नुबिया भी ७० म्याक्स र नुबिया भी ७० डिजाइन सार्वजनिक भएका छन् । नुबिया भी ७० म्याक्समा ६.९ इन्चको १२० हर्ज रिफ्रेश रेटसहितको डिस्प्ले दिइएको छ । ५० मेगापिक्सेल एआई ट्रिपल क्यामेरा भएको यो फोनमा सेल्फीको लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । एन्ड्रोइड १५ मा आधारित यो फोनमा युनिसक टी७२०० चिपसेट राखिएको छ । 

फोनमा ६ जीबी र्‍याम रहेको छ भने १२८ जीबी इन्टरनल स्टोरेज दिइएको छ । फोनको मूल्य १५ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

यस्तै नुबिया भी ७० डिजाइनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.७ इन्चको डिस्प्ले दिइएको छ । यसमा ५० मेगापिक्सेलको मेन क्यामेरा र सेल्फीको लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । एन्ड्रोइड भर्सन १४ मा आएको यो फोन युनिसक टी ६०६ चिपसेटबाट सञ्चालित छ । 

यसमा भने ५ हजार एमएएच क्षमताको ब्याट्री पाउन सकिन्छ । स्टोरेज तर्फको कुरा गर्ने हो भने ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल मेमोरी यसमा छ । जसको मूल्य १६ हजार ९९९ रुपैयाँ तोकिएको छ । यद्यपि तपाईँले २५६ जीबी स्टोरेज भेरियन्टमा पनि यो फोन किन्न पाउनु हुन्छ । तर त्यसका लागि भने तपाईँले थप दुई हजार अर्थात् १८ हजार ९९९ रुपैयाँ हाल्नुपर्ने हुन्छ । 

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १३:१०





सामाग्री श्रोत :
टेक पाना

तनहुँ– व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको मादी नदी लिफ्ट खानेपानी योजना अधुरै रहेको छ। 

निर्माणमा संलग्न व्यवसायीको लापरवाहीका कारण उक्त योजना समयमै निर्माण गर्न नसकिएको हो। 

भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना निर्माण गर्न लागिएको हो। 

निर्माणको ठेक्का पाएको ‘पराजुली कन्स्ट्रक्सन’का सञ्चालक सतिश पराजुलीले निर्माण कार्य बाँकी छाडेर सम्पर्कबिहीन भएपछि उक्त योजना सम्पन्न हुन नसकेको भादगाउँ खानेपानी तथा उपभोक्ता संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए।

सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना अघि बढाइएको थियो।

वि.सं. २०८० भदौभित्र सम्पन्न गर्नेगरी २०७९ भदौमा उक्त योजनाबारे सम्झौता भएको व्यवस्थापक श्रेष्ठले बताए। 

उक्त योजनाको हालसम्म करिब ८० प्रतिशत भौतिक प्रगति रहेको छ।

“तीन पटकसम्म योजना निर्माणको म्याद थप गरिसकेका छौँ”, उनले भने। व्यवस्थापक श्रेष्ठका अनुसार अमिलीभञ्ज्याङमा चार लाख लिटर क्षमताको रिर्जभ टयाङ्की निर्माण गरिएको छ। तर भदु्रमा ५० हजार लिटर क्षमताको टयाङ्की निर्माण कार्य अधुरै छ।

Ncell 2
Ncell 2

रु १९ करोडको लागतमा उक्त आयोजना निर्माण कार्य अघि बढाइएको हो। “निर्माणमा  ढिलाइ हुँदा पानी आपूर्तिमा कठिनाइ भएको छ”, उनले भने। 

व्यास–४ चुरेखोल्सीस्थित मादी नदीबाट पानी ल्याएर वडावासीलाई वितरण गर्न लागिएको हो। 

वि.सं. २०५६ मा उक्त खानेपानी संस्था स्थापना भएको हो। संस्थाले हालसम्म दुई हजार ६८० निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ।

व्यास–१३ करादी खिरखादी मुहानबाट ल्याएर पानी वितरण गरिँदै आएको छ। 

shivam cement

shivam cement

सो क्षेत्रमा बस्ती विस्तार हुँदै गएपछि पानी अभाव भएको हो। उक्त अभाव पूरा गर्न वैकल्पिक खानेपानीको रूपमा मादी नदी लिफ्टिङ खानेपानी योजना निर्माण अघि बढाइएको व्यवस्थापक श्रेष्ठले बताए। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा हाल देखापरेको विवाद समाधानका लागि संघकै अग्रजहरूले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।

संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग शीतलनिवासमा आज भएको भेटमा उनले एनआरएनए विश्व डायस्पोरामै उत्कृष्ट संस्था भएकाले व्यक्तिगत वा कुनै साना समूहगत असन्तुष्टिका कारण संस्था नै अप्ठेरोमा पार्न नहुने बताए। राष्ट्रपति पौडेलले भने, ‘तपाईहरुको अहिलेको समस्याको निकास निकाल्न एनआरएनकै अग्रजहरुको भूमिका महत्वपूर्ण छ, सकेसम्म मिलेर अघि बढ्दा राम्रो हुन्छ।’

भेटमा अध्यक्ष डा केसीले संघको वर्तमान अवस्था र मागबारे जानकारी गराएका थिए। भेटमा उपाध्यक्षद्वय डा हेमराज शर्मा, रोजिना प्रधान राई, उपमहासचिव सोमनाथ सापकोटा, सचिव टीका गुरुङ, सहकोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, एनसीसी बेल्जियमका पूर्वअध्यक्ष खड्कबहादुर केसी, अमेरिकाका प्रतिनिधि आरसी पन्त, सल्लाहकार अतुल कोइराला, संस्थापक अन्तरराष्ट्रिय संयोजक भीम उदास तथा डा मीन रानाभाट (यूके), संघका सिइओ राजेन्द्रकुमार राउत, सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरेलगायतको उपस्थिति थियो।


सामाग्री श्रोत :

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले एनसेलसँगको सहकार्यमा ‘न्यु इयर, न्यु मी विद एनसेल एन्ड रियलमी’ नामक योजना सार्वजनिक गरेको छ । प्रविधि र कनेक्टिभिटीको राम्रो मिलन गराउने उद्देश्यसहित नयाँ वर्षको अवसर पारेर यो अफर ल्याइएको हो ।

योजनाअन्तर्गत रियलमी सी ७५ स्मार्टफोन खरिदमा एनसेलको ७ दिनको अनलिमिटेड डेटा भौचरसँगै ५० मिनेटको टक टाइम पनि निःशुल्क पाउन सकिनेछ । फोरजी र भोल्टेको सुविधा उपयोग गर्न चाहनेहरूका लागि यो एक उपयुक्त सुरुवात हुने बताइएको छ ।

नयाँ रियलमी सी ७५ दुई ओटा स्टोरेज भेरियन्टमा उपलब्ध छ । जसमध्ये ८ जीबी ¥याम तथा १२८ जीबी स्टोरेजको मूल्य २६ हजार ९९९ रुपैयाँ र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टका लागि २९ हजार ९९९ रुपैयाँ तोकिएको छ । फोनमा ६,००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री भएकोले दिनभर आरामसँग चलाउन सकिन्छ । साथै, आईपी ६९ धुलो तथा पानी प्रतिरोधी भएको यो फोनले झट्का समेत सहन गर्न सक्ने बताइएको छ ।

वाटर प्रुफ, वोरी प्रुफ र ड्रप प्रुफ भनेर ल्याइएको उक्त फोनमा उपलब्ध यो अफर सीमित अवधिका लागि देशभरका रियलमीका आधिकारिक स्टोरमार्फत पाउन सकिने छ । यदि तपाईँ नयाँ वर्षको अवसर पारेर नयाँ फोन लिने सोचमा हुनुहुन्छ भने मजबुत, टिकाउ र कनेक्टिभिटी सहितको यो विकल्प उपयुक्त हुनसक्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १३:१५





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट