२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

काठमाडौँ–कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

वैशाख १७ गते बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका हुन्। 

Ncell 2
Ncell 2

पौडेलले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ वैशाख १७ गते बुधबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ ।’

shivam cement
shivam cement

कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्ड पुगेपछि नेपालको राजनीतिक कोर्ष परिवर्तन हुने चर्चाकोबीच कांग्रेसको बैठक स्थागित भएको हो। 

congress-1745405456.jpg
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। स्टेफन समीर बिनोङको निर्णायक गोलसँगै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न दोस्रो क्वालिफायर खेलमा पोखराले धनगढी एफसीलाई १–० ले हराएको हो। बिनोङले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको एक गोलनै पोखराको लागि निर्णयक गोल सावित भयो। यस जितसँगै पोखराले उपाधिका लागि अब साविक विजेता ललितपुर सिटी एफसीसँग खेल्नेछ।

पोखराले इलिमिनेटरमा एफसी चितवनलाई ३–० ले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। धनगढी भने पहिलो क्वालिफायरमा ललितपुरसँग २–१ ले पराजित भएको हो। उक्त प्रतियोगिताको फाइन खेल हुनेछ।


सामाग्री श्रोत :

पोखरा थन्डर्स नेपाल सुपर लिगको फाइनलमा

काठमाडौँ । एलन मस्कको स्वामित्वमा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल ग्रोकले देख्नुका साथै विभिन्न भाषा बोल्न समेत सक्ने भएको छ । एक्सएआईले आजदेखि आफ्नो च्याटबट ग्रोकमा नयाँ फिचर थपेको हो ।

यसमा आएको ग्रोक भिजन नामक नयाँ फिचरले तपाईँको मोबाइलको क्यामेरा प्रयोग गरेर वरपरको संसारलाई बुझ्ने क्षमता राख्छ । यसको अर्थ अब तपाईँले कुनै सामान, साइनबोर्ड वा डकुमेन्टमा क्यामेरा तेर्स्याएर ग्रोकलाई त्यसको बारेमा प्रश्न सोध्न सक्नुहुन्छ । यो फिचर अहिले आईओएसमा रहेको ग्रोक एपमा उपलब्ध छ, तर एन्ड्रोइड प्रयोगकर्ताहरूले भने यसका लागि अझै केही समय कुर्नुपर्नेछ ।

यसका साथै ग्रोक अब विभिन्न भाषामा अडियो पनि बुझ्न र बोल्न सक्ने पनि भएको छ । यसको भ्वाइस मोडमा रियल-टाइम सर्चको सुविधा थपिएको छ। यदि तपाईँ एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ र यी नयाँ फिचरहरू चलाउन चाहनुहुन्छ भने, एक्सएआईको सुपर ग्रोक प्लान सब्सक्राइब गर्नुपर्नेछ । जसको मूल्य प्रति महिना ३० अमेरिकी डलर तोकिएको छ ।

एक्सएआईले ग्रोकलाई निरन्तर रूपमा अपडेट गरिरहेको छ । भर्खरै मात्र कम्पनीले यसमा मेमोरी फिचर थपेको थियो । जसले गर्दा यसले पुरानो कुराकानीहरू याद राख्न सक्छ । साथै, डकुमेन्ट र एप बनाउन मिल्ने क्यानभास-जस्तो टुल पनि ग्रोकमा थपिएको छ ।

ग्रोकमा आएका यी नयाँ फिचरहरूले यसलाई गुगलको जेमिनाई र ओपन एआईको च्याटजीपीटी जस्तै थप शक्तिशाली बनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १५:४०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले भेट गरेका छन्।

सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Ncell 2
Ncell 2

‘पछिल्ला दिनमा दुई देशबीचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको विषयमा उहाँहरूबीच छलफल भयो,’ सचिवालयले भनेको छ, ‘भारतीय मन्त्री खट्टरले अरुण–३ जलविद्युत आयोजना क्षेत्रमा स्थलगत भ्रमण गरी प्रगतिबारे जानकारी लिएको अवगत गराउनुभयो।’

shivam cement
shivam cement

प्रधानमन्त्रीसँगको भेटमा मन्त्री खट्टरले उक्त आयोजनालाई थप गति दिने बताएका थिए। भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तव, परराष्ट्र मन्त्रालयका अधिकारी लगायत सहभागी थिए।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी दुई दिन अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति तातो हावाको लहरसम्बन्धी विषेश बुलेटिन जारी गर्दै उक्त सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो।

विभागले भनेको छ, ‘आगामी दुई दिनसम्म मधेस प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ। लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा आगामी दुई दिन तातो लहरकोसमेत सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

जारी विशेष बुलेटिनमा लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको उल्लेख छ।

साथै मधेस प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाइएको छ।

सम्भावित असर

विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरु जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सोबाट बच्न निम्न उपायहरु अपनाउन हुन अनुरोध गरेको छ।

सावधानीका उपाय

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नदेखिने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्तमात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ।

यस महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमासमेत सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने भएकाले सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुनसमेत अनुरोध गरिएको छ।


सामाग्री श्रोत :

तराईका धेरै स्थानमा आगामी दुई दिन अत्यधिक गर्मी हुने

काठमाडौँ । अब फिल्म बनाउँदा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता आधुनिक प्रविधि प्रयोग भएपनि ओस्कारको लागि योग्य हुन समस्या नपर्ने भएको छ । हलिउडको सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक ओस्कारले भर्खरै आफ्नो नियममा नयाँ व्यवस्था गरेको हो ।

मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेसको एकेडेमीले नयाँ नियम जारी गर्दै यसबारे जानकारी दिएको छ । यसको अर्थ फिल्ममा एआई प्रयोग भएको छ कि छैन भन्ने कुराले फिल्मको नोमिनेसन पाउने सम्भावनालाई न त बढाउनेछ, न त घटाउँछ । तर अवार्ड दिँदा भने फिल्ममा मान्छेको कत्तिको सिर्जनात्मक हात छ भन्ने कुरालाई मुख्य रूपमा हेरिने बताइएको छ ।

न्युयोर्क टाइम्सका अनुसार, एकेडेमीले सुरुमा फिल्म निर्माताहरूलाई फिल्म बनाउँदा एआई प्रयोग गरेको भए जानकारी दिनुपर्ने नियम बनाउन लागेको थियो । तर पछि त्यो नियम लागु गरिएन ।

एकेडेमीको नियममा एआईको बारेमा पहिलो पटक उल्लेख भएको हो । यो निर्णयलाई हलिउडमा गत वर्ष भएको कलाकार र लेखकहरूको लामो हड्तालपछि आएको महत्त्वपूर्ण परिवर्तनको रूपमा हेरिएको छ । त्यो हड्तालको मुख्य कारणमा एआईको बढ्दो प्रयोग र यसले सिर्जनात्मक काम गर्ने मान्छेहरूको रोजगारीमा पार्न सक्ने असर पनि थियो ।

यस नयाँ नियमले फिल्म उद्योगमा प्रविधिको प्रयोगलाई लिएर चलिरहेको बहसलाई नयाँ मोड दिने अनुमान गरिएको छ । अब फिल्म निर्माताहरूले एआई जस्ता उपकरणहरू प्रयोग गर्ने कुरामा स्वतन्त्रता महसुस गर्नेछन् । तर उनीहरूको सिर्जनात्मकता र मानवीय योगदान भने अझै पनि महत्त्वपूर्ण रहनेछ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १७:३४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको क्याविनेटका १९ निर्णय सार्वजनिक गरेका छन्।

सञ्चारमन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा गुरुङले सार्वजनिक गरेको सूचीअनुसार प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय भएको छ।

Ncell 2
Ncell 2

बैठकले वैदेशिक सहायता परिचालन नीति, सार्वजनिक खरिद संशोधन नियमावली स्वीकृत गरेको छ।

shivam cement
shivam cement

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

सिन्धुपाल्चोक। ढुङ्गा झिक्ने क्रममा पहिरो झरि एक्स्काभेटर पुरिँदा बेपत्ता भएका चालक मृत फेला परेका छन्।

जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कमा काम गर्ने क्रममा एक्स्काभेटर पुरिएपछि नवलपरासी घर भएका २५ वर्षीय चालक रेशम दराई मंगलबार साझँदेखि सम्पर्कविहीन भएका थिए।

इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार आज दिउँसो अर्को एक्स्काभेटरको सहयोगमा ढुङ्गा पन्छाउने क्रममा चालक क्षतिग्रस्त एक्स्काभेटरभित्र मृत फेला परेका हुन्। सहचालक मेलम्ची–८ क्यौरानीका १७ वर्षका उमेश गिरीले भने घटना हुँदा भागेर ज्यान बचाएका छन्।

बा २ क ९०५६ नं को एक्स्काभेटर दुई सय मिटरमाथिबाट झरेको र पूर्ण रुपमा क्षति भएको छ।


सामाग्री श्रोत :

एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला

काठमाडौँ । तपाईंको विन्डोजमा खुला रूपमा छरिएका फाइलहरूले चुपचाप कम्प्युटरको स्टोरेज बढी खपत गरेका हुन्छन् । यस्ता फाइलहरूले गर्दा डिभाइसमा स्टोरेज कम हुने समस्या देखिन्छ । स्टोरेज कम हुँदा कम्प्युटरको परफर्मेन्स खस्किन्छ ।

त्यस्तै, यसरी खुला रूपमा छरिएका फाइलहरूले पनि ड्राइभलाई कुरुप बनाउँछन् । यदि तपाईं पनि फाइलले खपत गर्ने अनावश्यक स्टोरेजको समस्या कम गर्न चाहनुहुन्छ र ड्राइभमा रहेका फाइलहरू व्यवस्थित बनाएर राख्न चाहनुहुन्छ भने तपाईंलाई काम लाग्ने टिप्स यो सामग्रीमा राखिएको छ । त्यसका लागि तपाईंले गर्नुपर्ने काम हो — ‘फाइल कम्प्रेस’ ।

कम्प्रेस नगरिएका फाइलहरूले अनावश्यक रूपमा स्टोरेज खपत गर्छन् !

हामीमध्ये धेरैले आफ्नो पीसीमा राखिएका फाइलहरूको स्टोरेजबारे धेरै सोच्दैनौँ । तर, समयसँगै ती फाइलहरू जम्मा हुँदै जान्छन् र अन्ततः तपाईंले आफ्नो पीसीको स्पेस कम भएको ‘वार्निङ मेसेज’ देख्न सक्नुहुन्छ ।

तपाईंले पीसीको स्पेस बचाउने बानी अपनाउनु भएको छ भने पनि कहिलेकाहीँ फाइलले अनावश्यक स्पेस ओगटेको देख्न सक्नुहुन्छ । तर, विन्डोजमा यसका लागि एक सजिलो उपाय छ ।

धेरैलाई विन्डोजमा हुने फाइल कम्प्रेसन सिस्टम प्रयोग गर्नेबारे थाहा नहुन सक्छ । थाहा भए पनि प्रयोग नगर्नु भएको हुन सक्छ । वास्तवमा फाइलहरू पीसीमा जुन अवस्थामा छन्, त्यही अवस्थामा प्रयोग गरिरहन धेरैले कम्प्रेस गरिरहने झन्झट गर्दैनन् । फाइल कम्प्रेस गरिसकेपछि आवश्यक पर्दा एक्स्ट्र्याक्ट गर्नुपर्ने काम झन्झटिलो लाग्न सक्छ । तर, यसका थुप्रै फाइदा छन् ।

कस्ता फाइल कम्प्रेस गर्ने ?

तपाईंले आफ्नो कम्प्युटरमा भएका सबै फाइल कम्प्रेस गर्नु पर्दैन । ती फाइल मात्र कम्प्रेस गर्नुहोस्, जो दिनहुँ खोलिरहन पर्दैन । तपाईंले दिनहुँ प्रयोग गर्ने फाइल कम्प्रेस गरेर प्रयोग गर्न खोज्दा हरेक पटक डिकम्प्रेस गर्नुपर्ने हुन सक्छ । यसले गर्दा तपाईंको काम केही ढिलो हुन्छ र झन्झटिलो पनि । त्यसको सट्टा ठूला र कहिलेकाहीँ मात्र प्रयोग गरिने फाइलहरूमा केन्द्रित हुनुहोस् :

याद गर्नुहोस्: ‘JPEG’, ‘MP4’, र ‘PDF’ जस्ता केही फाइल पहिले नै कम्प्रेस गरिएका हुन्छन् । तपाईंले फाइल हाई क्वालिटीमा सेयर गर्न वा आर्काइभमा राख्नका लागि जिप फाइल बनाउन सक्नुहुन्छ । यस्ता फाइल कम्प्रेस गर्दा तुलनात्मक रूपमा थोरै स्टोरेज मात्र बच्न सक्छ ।

विन्डोजको बिल्ट-इन टुल प्रयोग गरी फाइल कसरी कम्प्रेस गर्ने ?

विन्डोजमा फाइल कम्प्रेस गर्ने दुई सजिलो तरिका छन् । तपाईंले फाइल कम्प्रेस गर्नका लागि छुट्टै सफ्टवेयर इन्स्टल गरिरहनु पर्दैन

एनटीएफएस (NTFS) फाइल कम्प्रेसन

यो विधिले फाइल एक्सप्लोरर भित्रै काम गर्छ । यसमा तपाईंले कम्प्रेस गरिएका फाइललाई म्यानुअल रूपमा डिकम्प्रेस नगरी खोल्न र प्रयोग गर्न सक्नुहुन्छ ।

प्रयोग गर्ने तरिका:

अब तपाईंले छानेका फाइल वा फोल्डरलाई विन्डोजले स्वचालित रूपमा कम्प्रेस गर्नेछ । तपाईंले ती फाइलहरू सामान्य रूपमा देख्न र खोल्न सक्नुहुनेछ, तर तिनले ड्राइभमा कम स्पेस लिनेछन् ।

यदि फाइल एक्सेस गर्दा धेरै ढिलो भएको देख्नुभयो भने माथिको तरिका अपनाएर ‘Compress contents to save disk space’ विकल्पबाट टिक हटाएर कम्प्रेसन निष्क्रिय गर्न सक्नुहुन्छ ।

जिप आर्काइभ (ZIP Archive) बनाउने

स्टोरेज बचाउन र फाइल व्यवस्थापन गर्न फाइललाई आर्काइभमा जिप गर्नु अर्को उपयोगी तरिका हो । यो प्रायः ब्याकअप वा सेयर गर्नका लागि प्रयोग गरिन्छ ।

प्रयोग गर्ने तरिका:

यसरी विन्डोजले सोही ठाउँमा एउटा .zip फाइल बनाउनेछ । पछि तपाईंले यसलाई डबल-क्लिक गरेर सामग्रीहरू निकाल्न सक्नुहुन्छ ।


थर्ड पार्टी कम्प्रेसन टुलहरू

यदि तपाईं अझ राम्रो कम्प्रेसन वा फरक ढाँचाको आवश्यकता महसुस गर्नुहुन्छ भने थर्ड पार्टी एप प्रयोग गर्न सक्नुहुन्छ:

गलत फाइलहरूलाई कम्प्रेस नगर्नुहोस्

कुन फाइलहरूले धेरै स्पेस लिएका छन् भनेर पहिले जाँच गर्नुहोस् । सिस्टम फाइल, दैनिक प्रयोग हुने फाइल, वा अहिले नै आवश्यक फाइलहरू कम्प्रेस नगर्दा राम्रो हुन्छ । यी फाइलहरूलाई डिकम्प्रेस गर्न झन्झटिलो हुने भएकाले काम सुस्त हुने सम्भावना हुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १८:३८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ ।

Ncell 2
Ncell 2

शपथको समय भने तय भइनसकेको स्रोतले बतायो । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् ।

shivam cement
shivam cement

गत वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनले प्रधानमन्त्रीबाट असहयोग भएको, काम गर्न असहज भएको लगायतका कारण देखाउँदै राजीनामा दिएकी हुन् ।

यद्यपि प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा भने उनले स्वास्थ्यको कारण देखाएकी हुन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट