२०८२ माघ ३ शुक्रबार
LATEST NEWS
२०८२ माघ ३ शुक्रबार

काठमाडौँ । नेपालको सूचना प्रविधि क्षेत्रलाई सुदृढ गर्न र डिजिटल अर्थतन्त्र प्रवर्द्धनका लागि कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) र नेपाल चेम्बर अफ कमर्सको सूचना प्रविधि समितिबिच दुई पक्षीय समझदारी (एमओयू) भएको छ । नेपालको आईटी उद्योगमा दिगो र सहयोगात्मक इकोसिस्टम प्रवर्द्धन गर्ने उद्देश्यका यो सहकार्य सुरु भएको हो ।

एम‌ओयू अन्तर्गत दुवै संस्थाले नेपाल सरकारसँग रचनात्मक नीतिगत संवादमा संलग्न भई संयुक्त आईटी नीति सिफारिस गर्नेछन् । यस्तै नेपालको आईटी उद्योगमा स्वदेशी र विदेशी लगानी आकर्षित गर्दै नेपाललाई दक्षिण एसियामा एक व्यवहार्य प्रविधि गन्तव्यको रूपमा स्थापित गर्ने समेत लक्ष्य राखिएको छ ।

दुवै संस्थाहरूले हरेक छ महिनामा आईटी भेटघाट र नेटवर्किङ कार्यक्रमहरू आयोजना गर्नेछन् । यसका साथै, आपसी ब्रान्डिङ र सदस्यता प्रवर्द्धनलाई पनि जोड दिइनेछ ।

रणनीतिक साझेदारीको रूपमा भएको यो सम्झौता तीन वर्षसम्म लागु हुनेछ । जसले नेपाललाई सूचना तथा सञ्चार प्रविधिको प्रतिस्पर्धी र नवीन केन्द्रको रूपमा स्थापित गर्न तथा डिजिटल रूपमा सशक्त अर्थतन्त्रतर्फको यात्रालाई गति दिन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: असार २४, २०८२ १९:४६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही क्षेत्र न.३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले रुपन्देही क्षेत्र न.३ को उपनिर्वाचनमा मोर्चाको संयुक्त उम्मेदवारको रुपमा नाउपा उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

बैठकले संविधान संशोधनका लागि मोर्चाले आफ्नो राय एकमत बनाउने र आवश्यक कुराहरु संविधान संशोधनका लागि क्रमशः उठाउँदै जाने निर्णय गरेको तराई–मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता डा बिजय कुमार सिंहले जानकारी दिए । 

त्यस्तै राज्य व्यवस्था समितिबाट पारित भएको निजामति विधेयकमाथिको चलखेल लोकतान्त्रिक र संसदीय अभ्यासप्रति गम्भीर अपराध भएको मोर्चाको ठहर रहेकाले त्यस्ता काममा संलग्नलाई संसदीय समितिले छानबिन गरी कारबाही गर्नुपर्ने र संसदको मर्यादा कायम राख्नुपर्नेमा जोड दिइएको सिंहले बताए । 

त्यस्तै बैठकले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट भएको संवैधानिक पदाधिकारीहरुको नियुक्ति सम्बन्धी निर्णयप्रति गम्भीर निराशा व्यक्त गरेको छ । त्यस्तै किसानहरुलाई मलखादको अभाव भएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको सिंहले बताए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- उपभोक्ता अदालतको फैसलापछि आन्दोलनमा उत्रेको नेपाल चिकित्सक संघको माग र कार्यक्रममा आयुर्वेद चिकित्सक संघ नेपालले ऐक्यवद्धता जनाएको छ।

आयुर्वेद चिकित्सक संघले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघद्वारा सार्वाजनिक गरिएका आन्दोलनका मागहरूप्रति पूर्ण समर्थन गरेको हो।

‘उपभोक्ता संरक्षण ऐन, २०३५ को दफा २ मा विभिन्न सेवाहरुको परिभाषा गर्ने क्रममा स्वास्थ्य र चिकित्सकीय सेवाका साथै अन्य सेवालाई पनि समावेश गरिएकोमा उचित संशोधन गर्नुपर्ने माग प्रति हाम्रो पुर्ण प्रतिबद्दता छ,’ आयुर्वेद चिकित्सक संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

आयुर्वेद चिकित्सक संघले चिकित्सक संघको आगामी कार्यक्रममा तालिका बमोजिम सक्रिय सहभागिता एवं समर्थनका लागि सम्पूर्ण चिकित्सकहरुलाई अनुरोध समेत गरेको छ।

‘नेपाल आयुर्वेद चिकित्सक संघ, यसै प्रेस विज्ञप्ति मार्फत नेपाल चिकित्सक संघले चिकित्सकिय अभ्यास र चिकित्सकलाई कारवाही बिरुद्ध घोषणा गरेको आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु प्रति एक्यबद्धता जनाउदै नेपाल चिकित्सक संघको आगामी कार्यक्रममा तालिका बमोजिम सक्रिय सहभागिता एवं समर्थनका लागि सम्पूर्ण चिकित्सकज्युहरुलाई अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । डेढ अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी र हुन्डी कारोबार गरेको आरोपमा सोमबार ललितपुरबाट दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भई हाल ललितपुर बस्दै आएका ४३ वर्षीय रुपेशकुमार गुप्ता र २२ वर्षीय बिपिन कुमार रहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले क्रिप्टो तथा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा ललितपुर महानगरपालिका-२, सानेपास्थित कालोपुलमा रहेको किराना पसलमा छापा मारेको थियो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार उक्त पसलको आवरणमा अवैध हुन्डी र क्रिप्टोकरेन्सी कारोबार भइरहेको पाइएको हो ।

प्रहरीले उनीहरूको साथबाट पाँच थान मोबाइल फोन, आठ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारतीय रुपैयाँ, एक थान सीसीटीभी डीभीआर र ७४ ग्राम तौलको कस्तुरीको बिनाजस्तो देखिने वस्तु बरामद गरेको जनाएको छ ।

दुवै व्यक्तिमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग, अवैध हुन्डी कारोबार र वन्यजन्तु सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

ब्युरोले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुनुहुन सबैमा आग्रह गर्दै कतै यस्ता कार्य भइरहेको थाहा पाएमा नजिकको प्रहरी कार्यालय वा सीआईबीमा जानकारी दिन अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: असार २४, २०८२ १७:४५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– गभर्नरमा अर्थविद् विश्व पौडेलको नियुक्ति बदरका लागि दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले पौडेलको गभर्नर पद बदर गर्न आदेश दिन अस्वीकार गरेको हो । 

सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अब गभर्नर पौडेलले निरन्तर काम गर्न पाउने भएका छन् ।  यद्यपि गभर्नर नियुक्तिविरुद्धका रिटहरूलाई सर्वोच्चले अग्राधिकार भने प्रदान गरेको छ ।गभर्नरमा पौडेलको नियुक्ति गैरकानुनी दाबी गर्दै सर्वोच्चमा तीन थान रिट दर्ता भएका थिए । 

अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले गएको जेठ १३ गते पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका थिए । सोही दिन अधिवक्ता रामप्रसाद गौतमले पनि अर्को रिट दायर गरेका थिए ।

त्यसअघि २०८२ वैशाख २८ गते पौडेललाई गभर्नरमा रोक्न माग गर्दै अधिवक्ता नवीन धितालले रिट दायर गरेका थिए । गत जेठ १४ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अधिवक्ता थापासहितको रिटमा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

असार ४ गते तीन वटै रिट लगाउमा राखी पेस गर्न आदेश भएको थियो । रिटहरूमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्त गरिएको दाबी गर्दै उक्त नियुक्ति बदरको माग गरिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

म भगवान होइन
बिन्ति मलाई भगवान नबनाउ!
म त एउटा साधरण मान्छे हुँ,
एउटा असल चिकित्सक हुँ!
सेतो वस्त्रधारी एप्रोन लगाएर
ढुकढुकी जांच्ने स्टेथेस्कोप भिरेर
अञ्जुली भरी ओखतिका भेटी लिएर
विभिन्न उपचार पद्धतिका मन्त्र पढेर
आफ्नो अस्पतालका 
इमेरजेन्सी, ओ पि डि र वार्डहरुमा
रुमल्लिराख्ने 
मलाई मान्छे नै भइराख्न देउ
मलाई मेरो आयु बाँच्नदेउ!

म अपराधी होइन
बिन्ति मलाई अपराधी नबनाउ!
म त बिरामीको सारथी हुँ
एउटा असल चिकित्सक हुँ!
एक एक बूँद बूँदमा, एक एक सागर
बनेर अनन्त वेदना व्यक्त हुन्छ,
हरेक दिन
आफूलाई जन्मदिने आमाको कसम खाएर, 
म मेरो बिरामीको ज्यान बचाउन प्रयासरत रहन्छु,
तर माफियाको एठेन परेको सरकार
मेरो स्वच्छ प्रयास लाई लापरवाही ठहर्छ भने,
मैले गरेका परिवर्तनहरुलाई अवरोध ठान्दछ भने
बिरामीको ओठमा गुलाफ फुलाउने यी मालीका
 हातहरुमा विभिन्न मुद्दाहरु लगाएर
 हत्कडी लगाउँछ भने,
धैर्य गर सरकार!
एकदिन सूर्यले मुख अध्यारो बनाउने छ
र यो वेदनाले पत्थर को छाती पगाल्नेछ!

म फाल्टु कामदार होइन
बिन्ति मेरो श्रमको शोषण नगर!
म त मेरो श्रमको मुल्य चाहान्छु
कहिले आवशिय चिकित्सकको
निर्वाह तलब रोक्छौ
कहिले त घण्टौं पशुलाई झै
खटाउँछौ
कहिले दिनडहाडै कुटिदा
टुलुटुलु हेर्छौ
त कहिले जागिर नपाएका 
हामीलाई विदेशमा बेच्ने कुरा गर्छौ
हुंदा हुंदा
उपभोक्ता अदालतको नाममा
हामीलाई अन्धाधुन्द
क्षतिपुर्ति तिराउन 
लागीपर्या छौ!

म व्यापारी होइन
बिन्ति मलाई व्यापारी नबनाउ!
म त सत्यको पुजारी हुँ
म असल चिकित्सक हुँ!
मेरो उपचारमा शंका गर्दै
मेरो नियतलाई बद्नियत भन्नेहरु,
बुझ्ने गर मेरो जीवन-
एक गास रोटी र गुन्द्रीको निद्रामा
चिकित्सक बन्ने सपना बोकेर
किताबका पानाहरुमा टाँसिएर
गाउँ बाट शहर पसेको हुँ म!
शहरको झिलिमिली भुलेर
टुकी बत्तीमा बिरामी देशको शल्यक्रिया गर्ने अभिलाषा बोकेर 
उभिएको छु यो स्थानमा,
जुन स्थान आज गर्विलो भन्दा बोझिलो बन्दै छ,
वरदान भन्दा अभिषाप बन्दै छ,
कतै सरकार;
असल चिकित्सकको ‘व्लायकमेल’
गरेर गुण्डागर्दी त मच्चाउदै छैनौ?
काम गरेर देखाउछु भन्नेहरुलाई
लछारपछार पारेर
देश छाड्न
बाध्य त
पारिरहेका छैनौ?

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । डिशहोम देशकै दोस्रो ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी बन्न सफल भएको छ । प्रायः सबै जसो फिक्स्ड लाइन प्रविधि प्रयोग गर्ने सरकारी स्वामित्वको नेपाल टेलिकमलाई पछि पार्दै फाइबर इन्टरनेटकै भरमा डिशहोम दोस्रो स्थानमा आएको हो ।

नेपाल टेलिकमले एफटीटीएचसँगै केबुल तथा एडीएसएल र वायरलेस समेतका प्रविधिबाट फिक्स्ड लाइन इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार जेठ मसान्तसम्ममा डिशहोम समग्र फिक्स्ड लाइन इन्टरनेट बजारको दोस्रो ठुलो खेलाडीको रूपमा स्थापित भएको हो ।

यससँगै टेलिकम फिक्स्ड लाइन इन्टरनेटमा तेस्रो स्थानमा धकेलिएको छ । फाइबर इन्टरनेटमा भने डिशहोमले टेलिकमलाई माघ २०७९ मै पछारिसकेको थियो ।

२०८२ को जेठ मसान्तसम्म आइपुग्दा नेपाल टेलिकमको फाइबरमा तीन लाख २६ हजार ८४९, एडीएसएल तथा केबुलमा एक हजार २३५ र वायरलेसमा २४ हजार ७६४ गरी फिक्स्ड ब्रोडब्यान्डमा कूल तीन लाख ५२ हजार ८४८ ग्राहक रहेका छन् । जब कि फाइबर प्रविधिमा मात्र रहेको डिशहोमका इन्टरनेट ग्राहक आधार तीन लाख ५६ हजार ७६५ पुगेको छ ।

एक महिनाअघि वैशाखमा इन्टरनेट बजारमा टेलिकमका ग्राहक तीन लाख ५१ हजार ९१२ हुँदा डिशहोम तीन लाख ५० हजार ४०६ ग्राहकका साथ निकटतम प्रतिद्वन्द्वीको रूपमा पछ्याइरहेको थियो ।

देशकै दोस्रो ठुलो इन्टरनेट सेवा प्रदायक बनेसँगै डिशहोमसँग नेपालको फिक्स्ड लाइन इन्टरनेट बजारको हिस्सा ११.१२ प्रतिशत पुगेको छ । १० लाख ७ हजार ४३४ ग्राहक रहेको वर्ल्डलिंक ३१.४२ प्रतिशत बजार हिस्साका साथ सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायकको रूपमा कायम छ ।

नेपाल टेलिकमपछि क्रमशः ३ लाख १५ हजार ७७० ग्राहक भएको भायानेट चौथो, तीन लाख पाँच हजार ८२४ ग्राहकका साथ सुबिसु पाँचौ, एक लाख ८४ हजार १६२ ग्राहक भएको क्लासिक टेक छैटौँ स्थानमा छन् ।

यसबाहेक सातौँ स्थानको वेबसर्फरसँग १ लाख ७५ हजार ८८६, आठौँ नम्बरको टेकमाइन्डसँग ८५ हजार ५१, नवौं स्थानको सीजी कम्युनिकेसनसँग ८१ हजार ७३९ र १० औँ स्थानको वाईफाई नेपालसँग ७७ हजार २५२ ग्राहक छन् ।

पछिल्लो अध्यावधिक: असार २४, २०८२ १८:२६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाल-चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर बेपत्ता हुनेको संख्या २० पुगेको । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिकसमेत रहेका छन् ।

बेपत्ताको संख्या थपिएको सशस्त्र प्रहरी बलद्वारा जारी अपडेटमा उल्लेख छ । दिउँसो ३ः५० को अपडेटअनुसार गोरखाको पालुङटार- ६ का डिलबहादुर तामाङ र धनबहादुर तामाङ बेपत्ता भएका छन् ।

हालसम्म ५१ पुरुष र ४ महिला गरी ५५ जनाको उद्धार भइसकेको छ । प्रहरी, सेना र सशस्त्रको संयुक्त उद्धार टोली त्यहाँ सक्रिय छ । बाढीले १०० भन्दा बढी सवारीसाधन बगाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- स्वास्थ्य खबर नियमित संवाद शृंखला ‘पोलिसी क्लिनिक’मा यसपल्ट नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्की र उपभोक्ता हित संरक्षण मञ्चका महासचिव तथा वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेना रहेका छन्। 

उपभोक्ता संरक्षण ऐन २०७५ का व्यवस्था र  त्यसले पारेका प्रभावका विषयमा बहश भएको छ। 

हेर्नुहोस् बहश

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । स्मार्टफोन ब्रान्ड जेडटीई कर्पोरेसनले नेपाली बजारमा आफ्ना स्मार्टफोन खरिद गर्न चाहने ग्राहकका लागि शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (ईएमआई) सुविधा ल्याएको छ । जगदम्बा हायर पर्चेजसँगको सहकार्यमा कम्पनीले मंगलबारदेखि देशभर यस्तो सुविधा लागू गरेको हो ।

योजनाअन्तर्गत ग्राहकले अब अतिरिक्त ब्याज वा शुल्क तिर्नु नपरी सजिलै स्मार्टफोन खरिद गर्न सक्नेछन् । यो योजनाको मुख्य विशेषता यसको सरलता हो । कम्पनीका अनुसार यसका लागि ग्राहकले झन्झटिलो कागजी प्रक्रिया पूरा गर्नु पर्दैन । केवल नागरिकताको प्रमाणपत्रकै आधारमा यो सुविधा प्राप्त गर्न सकिने बताइएको छ ।

ग्राहकले छ महिनासम्मको मासिक किस्ताबन्दीमा स्मार्टफोन खरिद गर्न सक्नेछन् । कम्पनीले १६ हजारदेखि १९ हजार रुपैयाँ मूल्यका स्मार्टफोनमा यो सुविधा उपलब्ध गराएको छ । हाल यस मूल्य दायरा भित्र कम्पनीका तीन मोडेल उपलब्ध छन्:

जेडटीई भी ७० म्याक्स

जेडटीई भी ७० डिजाइन

भी ७० डिजाइन (हाइ स्टोरेज भेरियन्ट)

पछिल्लो अध्यावधिक: असार २४, २०८२ १७:३०





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट