२०८३ बैशाख ३० बुधबार
LATEST NEWS
२०८३ बैशाख ३० बुधबार

काठमाडौँ । विश्वकै सबैभन्दा धेरै सब्सक्राइबर हुनेमध्ये दोस्रो च्यानल टी-सिरिजमा नेपाली गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’को हिन्दी संस्करण सार्वजनिक भएको छ । भारतको ठुलो म्युजिक कम्पनीसमेत रहेको टी-सिरिजले सोमबार आफ्नो युट्युब च्यानलमा ‘उफ’ शीर्षकमा गीत रिलिज गरेको हो ।

रिलिज भएको चार घण्टामा यस गीतले दुई लाख ६२ हजारभन्दा बढी भ्युज बटुलेको छ ।

हिन्दी भर्सनमा गायक सुशान्तसँगै अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् । नेपाली गीतमा रहेको इन्द्रकला राईको स्वरयुक्त भाग भने जस्ताको तस्तै राखिएको छ ।

भिडिओको सेटिङ नेपाली संस्करणसँग मिल्दोजुल्दो भएपनि हिन्दी भर्सनमा नेपाली संस्करणमा देखिएका अन्य कलाकारहरू देखाइएको छैन ।

केसीको गीत ‘बार्दली’ ग्लोबल म्युजिक ट्रेन्डिङमा पर्ने तेस्रो नेपाली गीत समेत हो । २९ करोड २० लाख बढी सब्सक्राइबर भएको टी-सिरिजले यसअघि पनि केही नेपाली कलाकारहरूसँग सहकार्य गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ १५:३९





सामाग्री श्रोत :
टेक पाना

पर्वत। शिक्षक महासंघले घोषणा गरेको आन्दोलन अनिश्चित बन्दै गएपछि यहाँका सामुदायिक विद्यालय खुल्न थालेका छन्।

सामुदायिक विद्यालय सञ्चालनमा नआउँदा निजी विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढेको र यही अवस्थामा सामुदायिक विद्यालय थप प्रभावित हुने भएपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकले भर्ना अभियान सञ्चालन र पठनपाठन सुरु गरेका हुन्।

शिक्षा विकास तथा समन्वय एकाइ पर्वतका अनुसार विभिन्न स्थानीय तहले विद्यालय खोलेर भर्ना अभियानका साथै पठनपाठन सुरु गरेका छन्। कुश्मा नगरपालिकाका केही विद्यालय, मोदी गाउँपालिका, फलेवास, महाशिला, जलजलाका विभिन्न विद्यालय खुलेर नियमित पठनपाठन हुन थालेको इकाई प्रमुख मतिलाल चपाईले जानकारी दिए।

इकाईका अनुसार जिल्लामा २७५ सामुदायिक र २८ निजी विद्यालय छन्। आन्दोलनमा नगएका शिक्षकले अभिभावक र व्यवस्थापन समितिको दबाबमा विद्यालय सञ्चालन गर्न थालेका हुन्। यहाँका सामुदायिक विद्यालयमा करिब १९ हजार विद्यार्थी अध्ययनरत छन्।


सामाग्री श्रोत :

खुल्न थाले सामुदायिक विद्यालय

काठमाडौँ । डिजिटल वालेट कम्पनीहरू सजिलो पे र पेवेल नेपाल प्रालिको बैंक खाता प्रयोग गरी झन्डै १८ अर्ब रुपैयाँ बराबरको अवैध वित्तीय कारोबार गरेको आरोपमा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ । ११ जिल्लामा गरिएको विशेष कारबाहीमा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जानकारी दिएको छ ।

सीआईबीका अनुसार आन्तरिक विप्रेषण बन्द रहेको अवस्थामा विदेशबाट प्राप्त हुने विप्रेषण रकमलाई गैरकानुनी रूपमा नेपाल भित्र्याउन र विभिन्न शंकास्पद गतिविधिबाट आर्जित रकमलाई व्यवस्थापन गर्न संगठित गिरोहले डिजिटल वालेट कम्पनी दुरुपयोग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेका व्यक्तिहरूले भन्सार छली, सुनको अवैध कारोबार, कर छलीजस्ता कार्यबाट कमाएको १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ ‘मनी म्युल’ (Money Mule) हरूको प्रयोग गरी सजिलो पे र पेवेलको बैंक खातामा जम्मा गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

त्यसपछि, विभिन्न रेमिट्यान्स भुक्तानीको अनुमति लिएका मनी ट्रान्सफर कम्पनीहरूमार्फत उक्त रकमलाई ई-मनीमा परिवर्तन गरी विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीका आफन्तहरूको खातामा स्थानान्तरण गर्ने गरेको अनुसन्धानमा देखिएको छ । यसरी उनीहरूले गैरकानुनी रूपमा विप्रेषणको हिसाब मिलान (सेटलमेन्ट) गर्ने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा मोरङका ५९ वर्षीय विरेन्द्र प्रसाद साह, ३१ वर्षीय दिपेन्द्र प्रसाद साह, महोत्तरीका २४ वर्षीय श्रवण कुमार साह, सप्तरीका ३२ वर्षीय तारालाल यादव, सर्लाहीका २५ वर्षीय हरेराम महतो, धनुषाका ३१ वर्षीय निरोज कुमार महतो, ४५ वर्षीया अलिता देवी महतो, ३५ वर्षीय प्रकाश सिंह, २७ वर्षीय अरुण कुमार साह, पर्साका २६ वर्षीय प्रदिप कुमार साह र धनुषाका ४४ वर्षीय संजिव कुमार महतो रहेका छन् ।

त्यस्तै नवलपरासीका २२ वर्षीय राज कमल लोनिया, ४३ वर्षीया भिम कुमारी गुरुङ, सप्तरीका ३५ वर्षीय राम विलास साह तेली, ३२ वर्षीया ममता कुमारी साह, पर्साका ३२ वर्षीय बिकर्ण जंग राणा, नवलपरासीका ३४ वर्षीय गणपति पाण्डे, वीरगंजकी ३८ वर्षीया सलमा खातुन, सप्तरीकी ३१ वर्षीया शुसिला कुमारी शाहु, चितवनका ६४ वर्षीय गोविन्द प्रसाद आचार्य र सप्तरीका २२ वर्षीय शम्भु मेहता पनि पक्राउ परेका छन् ।

उनीहरू विभिन्न मनी ट्रान्सफर कम्पनी र एजेन्टको रूपमा संलग्न रहेको प्रहरीले जनाएको छ । जसमा डीएस ट्रेडर्स तथा रेमिट्यान्स, दिप ज्योति ट्रेडर्स, रिया ट्रेडर्स, आनन्द ट्रेडर्स, न्यू सन्ध्या इन्टरप्राइजेज, अलिता मनी ट्रान्सफर, श्री अन्जल इन्टरप्राइजेज, आर. एण्ड आर. सब रेमिट प्राइभेट लिमिटेड, जय माँ जानकी मनी ट्रान्सफर, पूजा सप्लायर्स, ताशी ट्राभल्स एण्ड टुर्स, शिवम इन्टरप्राइजेज, सास्विका मनी ट्रान्सफर, गोल्डेन स्काई टुर्स एण्ड ट्राभल्स, खुशी मनी ट्रान्सफर, राधिका ट्रेडर्स र सगरमाथा रेमिट्यान्स रहेका छन् ।

नियामक निकाय नेपाल राष्ट्र बैंकको आदेश र निर्देशन विपरीत कार्य गरेको आरोपमा पक्राउ परेका व्यक्तिहरू र संलग्न मनी ट्रान्सफर कम्पनीहरूमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले यस घटनालाई संगठित अपराधको रूपमा समेत अनुसन्धान अगाडि बढाउने भएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ १७:२५





सामाग्री श्रोत :
टेक पाना

मोरङ। विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लव विजयी भएको छ।

विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा सोमबार भएको समुह ए अन्तरगत अन्तिम लिग खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले वागमती प्रदेशलाई पाँच विकेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ।

आइतबार राति वर्षा भएपछि २६ ओभरमा छोट्याएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वागमतीले २४ दशमलव तीन बलमा सबै विकेट गुमाई ९६ रन बनाएको थियो।

वागमतीका लागि कप्तान सिचिन लेखकले २४, प्रतिक श्रेष्ठले १५ रन र आदिल खानले १० रन बनाए। ९७ रनको सामान्य लक्ष्य पछ्याएको त्रिभुवन आर्मीले १७ दशमलव तीन बलमा पाँच विकेट गुमाई विजयी भयो। आर्मीका निश्चल क्षेत्रीले ४६ रन, हिमांशु दत्तले १८ रन बनाए।

मंगलबार समूह बीको पहिलो लिग खेल आयोजक कोशी प्रदेश र नेपाल प्रहरीको पुलिस क्लबबीच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए


सामाग्री श्रोत :

मनमोहन स्मृति क्रिकेटः त्रिभुवन आर्मी फाइनलमा

काठमाडौँ । एचआर र पेरोल सफ्टवेयर रिगो एचआरले आफ्नो पेरोल मोड्युलमा परिवर्तन ल्याएको छ । हालै नयाँ संस्करण सार्वजनिक गर्दै कम्पनीले यो मोड्युलमा थप फिचर पस्किएको हो ।

नयाँ अपडेटमार्फत तलब र अन्य व्यवस्थापनका कार्य सजिलो र छिटो हुने कम्पनीको दाबी छ । यसका साथै, सिफ्टमा काम गर्ने कर्मचारीहरूको लागि नयाँ सिफ्ट व्यवस्थापन प्रणाली (Shift Scheduling) पनि ल्याइएको छ ।

नयाँ पेरोल मोड्युलमा कर्मचारी भर्नादेखि अवकाशसम्मको सम्पूर्ण प्रक्रियालाई सहज बनाउने नयाँ संरचना, तलबसम्बन्धी जानकारी र परिवर्तनको सजिलो अभिलेख, समयमै गल्ती पहिचान गर्ने प्रणाली, कानुनी नियमहरूको पालना गर्न सहयोग गर्ने फिचर, छिटो र झन्झटरहित तलब प्रक्रिया, डेटा सुरक्षाको लागि अतिरिक्त स्वीकृति प्रणाली, बोनस तथा अन्य अतिरिक्त भुक्तानीको सजिलो व्यवस्थापन र सिधै बैंक खातामा तलब भुक्तानी गर्ने सुविधा थपिएको कर्मचारीले जनाएको छ ।

त्यस्तै नयाँ सिफ्ट व्यवस्थापन प्रणालीले होटल, अस्पताल र निर्माण जस्ता सिफ्टमा आधारित कार्यस्थलहरूमा काम गर्ने कर्मचारीका लागि सिफ्ट योजना बनाउन, हाजिरी व्यवस्थापन गर्न र ओभरटाइम तथा सिफ्ट भत्ता निर्धारण गर्न सजिलो बनाउने कम्पनीले उल्लेख गरेको छ ।

रिगो टेक्नोलोजिजका प्रमुख व्यापार अधिकृत राजन श्रेष्ठले कम शुल्कमा आधुनिक र भरपर्दो एचआर प्लेटफर्म प्रदान गरेर नेपालको एचआर प्रविधि क्षेत्रमा अग्रणी स्थान बनाएको दाबी गरे । उनका अनुसार कम्पनीले आगामी दिनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका प्रविधि पनि थप्दै जाने योजना बनाएको छ ।

नयाँ वर्षको अवसरमा रिगो एचआरले जुलाई २०२५ सम्मको लागि अफर पनि ल्याएको छ । यसअन्तर्गत प्रति कर्मचारी मासिक १५० रुपैयाँबाट सेवा सुरु हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ १७:४०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। १४ वर्षीय खेलाडी वैभव सुर्यवंशीको सनसनीपूर्ण ब्याटिङमा राजस्थान रोयाल्सले जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा शानदार जित हासिल गरेको छ। जयपुरमा भएको खेलमा राजस्थानले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो।

गुजारातले दिएको २१० रनको लक्ष्य राजस्थानले १५.५ ओभरमा मात्र दुई विकेट गुमाएर पुरा गर्‍यो। राजस्थानको जितमा वैभवले आक्रमक ब्याटिङ गरे। उनले ३५ बलमा शतक बनाउँदै आईपीएल इतिहासमा दोस्रो छिटो शतक प्रहार गर्ने खेलाडी बने। उनी ३८ बलमा ७ चौका र ११ छक्का प्रहार गर्दै १०१ रन बनाएर आउट भए।

यस्तै यशस्वी जैसवालले ४० बलमा ९ चौका र २ छक्काको मद्दतमा ७० रन बनाए। कप्तान रियान परागले १५ बलमा ३२ रन बनाए। गुजरातका प्रसिद्ध क्रिष्ण र रशिद खानले एक एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०९ रन बनाएको थियो। गुजरातका कप्तान शुभमन गिलले सर्वाधिक ८४ रन बनाए। उनले ५० बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै जोश बटलरले २६ बलमा ५० रन बनाए। राजस्थानका महिष थिक्सानाले दुई विकेट लिए।


सामाग्री श्रोत :

१४ वर्षीय सुर्यवंशीको सनसनीपूर्ण ब्याटिङमा राजस्थानको शानदार जित

काठमाडौँ । एमालेकी युवा नेतृ एवं पूर्व सांसद शान्ता चौधरीले सोमबार आफ्नो फेसबुक वालमा एउटा रोचक पोस्ट शेयर गरिन् । यो पोस्ट थियो प्रधानमन्त्री केपी शर्मा ओलीले २०१८ मे २५ मा सार्वजनिक गरेको एउटा ग्राफिक्स, जसमा पाँच वर्षभित्र काठमाडौं-निजगढ द्रुतमार्ग निर्माण सम्पन्न गर्ने महत्त्वाकांक्षी योजना प्रस्तुत गरिएको थियो ।

‘Info in graphics’ क्याप्सन सहितको उक्त पोस्ट सात वर्षअघि ओलीले प्रधानमन्त्री रहँदै राखेका थिए ।

उक्त पोस्टमा ओलीले चित्रसहित द्रुतमार्गको विशेषता उल्लेख गरेका थिए- ‘राष्ट्रिय राजमार्गको दूरीमा हाइब्रिड रोड नेटवर्क, राजमार्गमा कलात्मक पुल निर्माण सुरु गरिनेछ, पाँच वर्षभित्र काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण गरिनेछ, ९२% किमि मध्य बन्दरगाह राजमार्गमा निर्माण गरिनेछ ।’

तर, २०२५ पुगिसक्दा पनि यो योजना कागजमै अल्झिएको भन्दै फेसबुक प्रयोगकर्ताहरूले ओलीको चर्को आलोचना गरिरहेका छन् । केही दिनयता नै उक्त पोस्टमा जाँदै फेसबुक प्रयोगकर्ताले कमेन्ट गर्दै आएका छन् ।

अधिकांश प्रयोगकर्ताले सात वर्ष बितिसक्दा पनि ओलीले देखाएको सपना नारामै सीमित भएको भन्दै चर्को आलोचना गरेका छन् । कतिपयले त ओलीले देखाएको त्यो ग्राफिक्सलाई ‘हात्ती आयो हात्ती आयो फुस्सा’ को संज्ञा दिँदै व्यंग्य गरेका छन् ।

आश्चर्यको कुरा त ओलीको आलोचना भइरहेको त्यही पुरानो पोस्टलाई एमाले नेतृ चौधरीले शेयर गरेकी छन् । उनले पोस्ट शेयर गरे पनि कुनै प्रतिक्रिया वा क्याप्सन लेखेकी छैनन् । एमालेकै नेतृले प्रधानमन्त्री ओलीको सात वर्ष पुरानो अधुरो वाचालाई सम्झाइदिएपछि सामाजिक सञ्जाल प्रयोगकर्तालाई अरू के चाहियो !

कतिपयले चौधरीलाई “बा’ का गफ पुष्टि गर्न पोस्ट गरेको हो ?” भन्दै प्रश्न गरेका छन् । फेसबुक प्रयोगकर्ता दीपक लामिछानेले लेखेका छन्, “हैन के प्रमाणित गर्न यो पोस्ट गरेको दिदी ? देख्यौ हाम्रा बा कति गफाडी छन् भन्ने प्रमाणित गर्न हो कि ?”

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी बाजुराको फेसबुक आईडीबाट कमेन्ट आएको छ- “पहिलो पटक प्रधानमन्त्री हुँदा बनाएको चित्र तेर्सो पटक पनि प्रचारप्रसार हुँदैछ। अब काम नलाग्ने डिजाइनलाई चित्र नै भनौ होला ।”

दर्शन क्षेत्रीले लेखेका छन्, “स्टन्टले देश बनेन । ७ बर्ष बित्दा पनि काम पूरा भएन ।”

सुमन केसीले वर्तमान समयलाई इंगित गर्दै लेखेका छन्, “अहिले २०२५ हो नि कति झ्वाम् परियो करोडौं करोडौं पैसाको चिलिम फर्के जस्तो छ ।”

गणेश क्षेत्रीले नेतृ चौधरीलाई प्रश्न गर्दै लेखेका छन्, “हिजोआजको पोस्ट सोचेर झुक्केर शेयर भयो कि दिदी ? यो पोस्टले तिम्रा केपी बा को साख बढ्ने होइन अझ प्रष्ट पार्छ कि कतिसम्म जनतालाई गफ लाउछन् भन्ने ।”

प्रेम घिमिरेले त व्यंग्यात्मक शैलीमा लेखेका छन्, “प्रमको इज्जत गरेको कि बेइज्जत गरेको यो शेयर गरेर 😁😁”

विपिन श्रेष्ठले हाँसोको इमोजी सहित लेखेका छन्, “हैट् २०१८, ७ वर्ष अगाडिको पोस्ट हालेर बा’ लाई जिस्क्याको हो कि क्या हो??🤣🤣🤣”

समिर थापा प्यासीले निराशा व्यक्त गर्दै लेखेका छन्, “सन् २०१८ मा घोषणा गरेको योजना अहिले सन् २०२५ भैसक्यो । कहिले हुने हो पूरा काम ? यस्तै अन्धभक्त नेता र कार्यकर्ताहरु भएर नै उखाने बिग्रेका हुन् भन्ने कुरा कहिले बुझ्ने होलान् ?”

प्रकाश खत्रीले त सडककै दुर्दशा सम्झाए, “दाङ घोराही को २४ km फोरलेन बाटो अलपत्र परेको ८ बर्ष भयो गफ नदेऊ बा ।”

यसरी एमाले नेतृले नै प्रधानमन्त्रीको पुरानो वाचालाई सार्वजनिक गरिदिएपछि सामाजिक सञ्जालमा बहस सिर्जना भएको छ । चौधरीको यो कदमलाई कतिपयले ओलीको विगतको वाचा स्मरण गराउने प्रयासको रूपमा हेरेका छन् । कतिपयले यसलाई पार्टीभित्रको असन्तुष्टिको संकेतको रुपमा पनि अनुमान गरेका छन् । जे होस्, यो पोस्टले प्रधानमन्त्री ओलीको पुरानो प्रतिबद्धता र वर्तमान अवस्थालाई एकसाथ ल्याएर प्रश्न खडा गरिदिएको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ २३:१०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने तथा राष्ट्रपतिले आगामी १९ गते संघीय संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।


सामाग्री श्रोत :

वैशाख १९ गते राष्ट्रपतिले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौ – नेपाली काँग्रेसका सांसद डा.शेखर कोइरालाले शिक्षकहरूमाथि सरकारले गरेको बर्बरता काँग्रेसले सहन नसक्ने बताएका छन् । 

सोमबार (आज) काठमाडौँमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा वीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा बोल्दै कोइरालाले यस्ता कार्यहरू काँग्रेसले सहन नसक्ने बताएका हुन् ।

Ncell 2
Ncell 2

उनले आईतवार सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीय मात्रै नभएर घृणित भएको बताए । उनले एमालेसँग सहकार्य गरेर सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई आफूले भन्नु केही नभएको बताउँदै सरकार बाहिर रहेकाहरूले गलत र कमी, कमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्नुपर्ने बताए । 

shivam cement
shivam cement

उनले कार्यकर्ताहरूलाई आफूले शाहस दिने भन्दै सरकारले गरेका गलत र कमीकमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्न सुझाव दिएका छन् । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । शुक्रबार, १२ वैशाख २०८१ को प्रतिनिधिसभा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १५ चैतको राजावादी आन्दोलनमा भाटभटेनीमा चोरी गर्नेमध्ये एक व्यक्ति सत्तारुढ पार्टीकै सहमहामन्त्रीका छोरा भएको र प्रहरीले थाहा पाएपछि दुई घण्टामै छोडेको दाबी गरे । त्यसपछि खबरहब, देशसञ्चार जस्ता सञ्चारमाध्यमले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवका छोरा पक्राउ परेको भनी समाचार लेखे ।

र, १५ चैतकै आन्दोलनका क्राममा भाटभटेनी लुटपाटका क्रममा खिचिएका भिडिओका भाइरल स्क्रिनशटसहित समाचार राखे । हाल ती फोटोमा रक्सी चोरेको देखिने युवक नै यादवका छोरा भएको पोस्ट भाइरल भइरहेका छन् ।

तर, टेकपानाले गरेको फ्याक्टचेकका क्रममा समाचारमा प्रयोग भएका फोटो यादवका छोरासँग नमिलेको पत्ता लागेको छ । त्यस्तै यादवका छोरा भन्दै भाइरल भइरहेको पहेँलो लुगा लगाएको फोटो पक्राउ परेका युवक ‘प्रेमकुमार महतो’को रहेको खुलेको छ । 

दाबी

१२ वैशाखमा बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली काङ्ग्रेसका सहमहामन्त्रीका छोरा १५ चैतको राजावादी आन्दोलनका क्रममा भाटभेटनी लुटपाट गरेको आरोपमा पक्राउ परेको दाबी गरे । अध्यक्ष लिङ्देनका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरीले महामन्त्रीका छोरा पक्राउ गरेपछि उनको वास्तविक परिचय थाहा पायो । र, गृहमन्त्रीको दबाबमा छोडियो । उनले कहीं पनि कुन सहमहामन्त्रीको छोरा भन्ने उल्लेख गरेका थिएनन् ।

त्यही दिन प्रतिनिधिसभा वैठकको लाइभ युट्युब भिडिओमा उनको भनाइ स्पष्ट थाहा पाउन सकिन्छ । हेर्नुहोस् भिडिओ ।  उनले भनेका छन्, “हामीसँग त रेकर्ड छ, गृहमन्त्रीज्यू । भाटभेटनीको लुटपाटमा सत्तारुट पार्टीको तपाईंको पार्टीको सहमहामन्त्रीका छोरा पक्राउ पर्‍या छ । किन छोड्नुभो तुरुन्तै ? तपाईंको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको मान्छेले म रक्सी खान्न, मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो । पछि थाहा भयो तपाईंको पलिसले पक्रिँदाखेरि भिडिओमा हेरेर पक्रियो । र, पक्रिँदा त नेताको छोरा रहेछ । नेताको छोरालाई छोड्नुभयो । ल्याएको मान्छे छुटेन । पछि यो कुरा सार्वजनिक गर्दिन्छु भन्दाखेरी तपाईंहरूले छोड्नुभयो । त्यसकारण यो सत्यतथ्य सार्वजनिक गर्न जरुरी छ ।” 

लिङ्देनको यो भनाइ आएको केही समयमै खबरहबले ‘भाटभटेनी लुटपाटमा पक्राउ परेका थिए कांग्रेस सह-महामन्त्री यादव पुत्र’ शीर्षकको समाचार राखेको थियो । सो समाचारमा सहमहामन्त्रीका महेन्द्र यादवका छोरा पक्राउ परेको उल्लेख छ । त्यसमा सहमहामन्त्रीका छोरा यादवको नाम उल्लेख छैन । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र समाचारको स्क्रिनशट । समाचारमा राखिएको फोटोको सन्दर्भ खुलाइएको छैन ।

त्यही दिन बेलुका ७ः४७ मा मधेश प्रदेशबाट सञ्चालित मधेश टुडेलेले सहमहामन्त्री महेन्द्र यादवको फोटो राख्दै उनका छोरा पक्राउ परेको समाचार राखेको थियो । यद्यपि पत्रकार सम्मेलनका क्रममा सहमहामन्त्री यादवले मधेस टुडेले आफ्नो नाम राखेको भन्दै खन्डन गरेपछि उक्त समाचारबाट फोटो र समाचार सामग्री हटेको छ भने त्यसमा सम्पादकीय राखेर समाचार हटाएको जानकारी दिइएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्कआर्काइभ लिङ्क ।  


त्यसपछि शनिबार १३ वैशाख २०८२ मा देशसञ्चारले ‘भाटभटेनी लुटपाटमा संलग्न काँग्रेस सहमहामन्त्री यादवका छोरा, ६ दिन थुनामा राखेर मुद्दा नचलाइ छाडियो’ शीर्षकको समाचार राखेको थियो । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट । समाचारमा राखिएको फोटोको सन्दर्भ खुलाइएको छैन ।

 

 

तथ्यजाँच

टेकपाना फ्याक्टचेकले ‘सहमहामन्त्री छोरा पक्राउ’ भन्ने कीवर्ड फेसबुक, एक्स र टिकटकमा सर्च गर्‍यो । त्यस क्रममा देशसञ्चार र खबरहबले समाचारमा राखेका फोटोलाई लिएर फेसबुक, एक्स तथा टिकटक प्रयोगकर्ताले सहमहामन्त्रीका छोरा भन्दै पहेँलो लुगा लगाएर हातमा बियरका बोतल समाएका युवकको फोटो एउटा फोटो, कालो लुगा लगाएर हातमा रेड लेबल समाएको अर्का युवकको फोटो र निलो लुगा लगाएर हातमा कालो बक्स च्यापेको अर्को एक गरी तीन ओटा फोटो सहमहामन्त्रीका यादवका छोराको भन्दै भाइरल राखेको पाइयो । त्यस्ता पोस्ट यहाँ, यहाँ, यहाँ क्लिक हेर्न सकिन्छ । आर्काइभ भर्सनका लागि यहाँ, यहाँ, यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ ।

राप्रपा अध्यक्ष लिङ्देनले काङ्ग्रेस सहमहामन्त्रीका छोरा मात्र भने पनि समाचार माध्यमले काङ्ग्रेस सहमहामन्त्री महेन्द्र यादवका छोरा पक्राउ परेको दाबी गरे । तर, कुन छोरा र उनको नाम के भन्ने खुलाएका थिएनन् । भाटभटेनी लुटपाट प्रकरणमा आफ्नो नाम जोडेको भन्दै शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ राख्दै सहमहामन्त्रीका कान्छा छोरा डा. विकास यादवले आरोपको खण्डन गरेका थिए ।

उनले भिडिओमार्फत आफ्ना दाजु डा. आकाश यादव एमडी अध्ययनको सिलसिलामा भारत रहेको र आफू एमडी तयारीको सिलसिलामा घरमै बसी अध्ययन गरिरहेको बताएका थिए । “चैत १५ को घटनामा हाम्रो कुनै संलग्नता नरहेको जानकारी गराउन चाहन्छु,” उनले भिडिओ सन्देशमार्फत भनेका थिए । प्रमाण भए सदनबाटै सार्वजनिक गर्न उनले चुनौती दिंदै कारबाहीको माग गरेका थिए । हेर्नुहोस् ओरिजिनल भिडिओआर्काइभ भिडिओ

आफ्नो नाम जोडेर छोरालाई बदनाम गर्न खोजेको भन्दै सहमहामन्त्री यादवले आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा सम्मेलनमार्फत अध्यक्ष लिङ्देनलाई प्रमाण सार्वजनिक गर्न चुनौती दिएका थिए । 

सहमहामन्त्री यादवले आफ्नो नाम जोडेर पहिलो पटक खबरहबले समाचार राखेको दाबी गरेका छन् । “खबरहब भन्ने काठमाडौंबाट पहिलो न्युज निकाल्यो,” उनले पत्रकार सम्मेलनमा भने, “खबरहबको संवादाता यहाँ को छ मलाई थाहा छैन । खबरहबमा न्युज निस्किसकेपछि खबरहबलाई फोन गरेर सत्यतथ्य समाचार राख्नुस् नत्र गलत न्युज हटाउनुस् भनेर सम्पर्क गर्‍यो ।” हेर्नुहोस् ओरिजिनल भिडिओआर्काइभ भिडिओ

काङ्ग्रेस सहमहामन्त्री यादवका छोरा भाटभटेनी लुटपाटका क्रममा पक्राउ परेको दाबीसहितका समाचार आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार विज्ञप्ति जारी गर्दै खण्डन गरेको थियो । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जारी गरेको विज्ञप्तिमा सहमहामन्त्रीका छोरालाई पक्राउ गरी छोडिएका भन्ने समाचारमा कुनै सत्यता नरहेको उल्लेख छ ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको प्रेस विज्ञप्ति 

हामीले सहमहामन्त्रीका छोरा दाबी गर्दै सार्वजनिक भएका विभिन्न फोटो र उनका छोराको फोटो दाँजेर हेर्‍यौं । तर, कतै पनि ‘रक्सी चोरेका’ भाइरल भिडिओमा देखिएका युवक र सहमहामन्त्रीका छोराको अनुहार मिलेको पाइएन । 

केही सञ्चारमाध्यमसँग कुरा गर्दै स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले आफूसँग सहमहामन्त्रीका छोरा पक्राउ परेको प्रमाण रहेको दाबी गरेका थिए । भाटभटेनीमा ‘रक्सी चोरेको’ भन्दै सार्वजनिक भएका बाहेक दारु चोरेको पुष्टि हुने गोप्य फोटो प्रमाणका रूपमा उनीसँग भएको हुनसक्ने शङ्काको सुविधा दिएर हेर्‍यौं ।

त्यसका लागि फोटो उपलब्ध गराउने अनुरोधसहित हामीले उनलाई फोन सम्पर्क गर्‍यौं । तर, उनले फोन काटिदिए । मेसेज पनि पठायौं । तर, यो सामग्री तयार पार्दासम्म कुनै जवाफ आएको छैन । फोटो सार्वजनिक गर्नु भन्दै चौतर्फी आलोचना भइरहँदा अवश्य पनि फोटो सार्वजनिक हुन सक्थ्यो । यसरी नै राप्रपा अध्यक्ष लिङ्देनलाई पनि फोन सम्पर्क र मेसेज पठायौं । तर, उनीबाट पनि कुनै जवाफ आएन । 

जिल्ला प्रहरी परिसर काठमाडौंले १७ चैतमा सार्वजनिक गरेको प्रेस विज्ञप्ति

दाबी

१५ चैतको राजावादी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटबाट रक्सी चोर्नेमध्येका एक काङ्ग्रेस सहमहामन्त्री महेन्द्र यादवका छोरा भन्दै भाइरल विभिन्न फोटोहरू । 

दाबीकर्ता

खबरहब, देशसञ्चार लगायतका सञ्चारमाध्यम र अन्य फेसबुक पेज तथा प्रयोगकर्ता ।

तथ्य

१५ चैतमा राजधानीको तीनकुनेमा राजावादी समर्थकले गरेको प्रदर्शनीका क्रममा भाटभटेनी सुपरमार्केट लुटपाट हुँदा ‘रक्सी चोर्नेमध्ये’का एक काङ्ग्रेस सहमहामन्त्री महेन्द्र यादवका छोरा भएको भन्दै शनिबारदेखि विभिन्न फोटो भाइरल भइरहेका छन् । तर, भाटभटेनीबाट ‘रक्सी चोरेको’ देखिने कुनै पनि भाइरल फोटोसँग सहमहामन्त्री यादवका दुबै छोराको अनुहार मिल्दैन । 

निष्कर्ष

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई काङ्ग्रेस सहमहामन्त्रीको नाम र उनका छोरा पक्राउ परेको प्रमाण सार्वजनिक गर्न काङ्ग्रेसका नेताहरूले चुनौती दिइरहेका छन् । समाचार माध्यममा नाम आएका सहमहामन्त्री महेन्द्र यादव र उनका कान्छा छोरा विकास यादवले पनि प्रमाण सदनबाटै सार्वजनिक गर्न चुनौती दिएका छन् । तर, प्रतिनिधिसभा बैठकपछि राप्रपा अध्यक्ष लिङ्देनले यस विषयमा थप बोलेका छैनन् । 

त्यस्तै स्वतन्त्र उम्मेदवारबाट सांसद् बनेका डा. अमरेशकुमार सिहंले विभिन्न सञ्चारमाध्यमसँग कुरा गर्दै आफूसँग काङ्ग्रेस सहमहामन्त्रीका छोराले भाटभटेनीबाट रक्सी चोरेको भन्ने प्रमाण भएको दाबी गरेका छन् । तर, उनले पनि आफूसँग भएको भन्ने प्रमाण सार्वजनिक गरेका छैनन् । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा काङ्ग्रेस सहमहामन्त्री महेन्द्र यादवका छोरा भन्दै सार्वजनिक भएका कुनै पनि फोटो उनका वास्तविक छोराको अनुहारसँग मेल खाँदैन । त्यसैले सहमहामन्त्री यादवका छोरा भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका फोटो भ्रामक हुन् ।

 

 

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ २२:११





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट