
बिरामी हेर्छु, टेस्ट गरौं कि नगरौं
दोबाटोमा पर्छु
गरौं महँगो छ,
नगरौं बिरामी मान्दैनन्।
एक्सरे गर्न पर्दैन भन्दा
पर्छ भन्छन्!
Mri अहिले चाहिन्न भन्दा
चाहिन्छ भन्छन्!
किनकी,
आजकल बिरामीहरू
डाक्टरहरूलाई कम र
मेसिनहरूलाई बढी
विश्वास गर्छन्।
सेवा ठूलो कि मेवा ठूलो
दोधारै छ।
बिरामीको मृत्यु
स्वभाविक कि लापरबाही
दोधारै छ।
यहि र यस्तै
सुख र दुख
सत्य र असत्य
खुट्याउन नसकिने
भाष्यहरूविच उभिएको छु।
अझ बढी दुत्कर लाग्छ
जब परपर सम्म
स्वार्थका लागी पूरुषार्थ
देखाउनेहरूको
लामो लाइन देख्ने गर्छु।
हरदिन हर पल
यहि र यस्तै दुविधाको
ठूलो चाङमाथि उभिएको
म एउटा यात्री
जहाँ जान खोज्छु
जे गर्न खोज्छु
दोबाटोमै उभिए झैं लाग्छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ।
संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै आन्दोलनरत समिति शुक्रबार काठमाडौंमा मोटरसाइकल र्याली निकालेको हो। काठमाडौंको सुकेधाराबाट सुरु भएको र्याली महाराजगंञ्ज चोक, बालाजु, कलंकी हुँदै बल्खु पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा सहभागीहरुले संवैधानिक राजसंस्था सनातन हिन्दु अधिराज्य पुनस्र्थापना गर, कुशासन र भ्रष्टाचारको अन्त्य गर, आस्थाका बन्दी रिहा गर लगाएका नारा लगाएका थिए।
कोणसभामा राप्रपाका नेपालका अध्यक्ष कमल थापाले आफूहरुको आन्दोलन देशको परिवर्तनका लागि भएकाले आफूहरुको आन्दोलनमा साथ दिन आह्वान गरे। हरेक आन्दोलनमा काठमाडौंले निर्णायक भूमिका निर्वाह गरेको भन्दै अबको परिवर्तनको निर्णायक आन्दोलनमा पनि सहभागी हुन उनले आग्रह गरे।
उनले चैत्र १५ गते काठमाडौंमा भएको शान्तिपूर्ण आन्दोलनमा राज्यले हस्तक्षेप गरेर दुई जनाको ज्यान गएको आरोप समेत लगाए। यसअघि समितिले जेठ १५ देखि राजसंस्था पुनःस्थापनाका लागि भन्दै अनिश्चितकालीन आन्दोलनको घोषणा समेत गरिसकेको छ।
सामाग्री श्रोत :
काठमाडौँ । पूर्व शिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कन्टेन्ट क्रियटरलाई नेपालमै मोनिटाइज गर्ने विषयमा सरकारको स्पष्ट धारणा माग गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारबाट भइरहेको नीतिगत अस्पष्टता र विरोधाभासी कदमले डिजिटल क्षेत्रमा काम गर्नेहरू असहज भएको धारणा राखिन् ।
आईटी क्षेत्रबाट आम्दानी भित्र्याउने प्रक्रियामा आधाभन्दा बढी योगदान फ्रिलान्सर, गिग इकोनोमीमा संलग्न व्यक्ति र कन्टेन्ट क्रियटरहरूको रहेको उनको भनाइ थियो । उनले प्रश्न गरिन्, “सरकारले कहिले सामाजिक सञ्जाल बन्द गरिदिन्छु, डलर कार्ड ५०० डलर मात्र राखिदिन्छु भन्दै गर्दा यस क्षेत्रमा काम गर्ने मानिसका लागि सुनिश्चितता खै त ?”
अहिलेको विकासको मोडेल डाँडामा भ्यु टावर बनाउनुको साटो युवालाई ल्यापट उपलब्ध गराएर लाखौँ कमाउने वातावरण बनाउने तिर हुनुपर्नेमा उनले जोड दिइन् । “यो सपना नेपाली जनतालाई १०/१५ वर्ष पहिले देखाउनु पर्ने थियो । हाम्रा छिमेकी देशहरूले यही मोडेलमा काम गरेर विश्व बजारमा आफ्नो वर्चस्व कायम गरिसके,” उनले भनिन् ।
डा. अमृता शर्माको अनुसन्धानलाई उद्धृत गर्दै सांसद श्रेष्ठले नेपालले ५० करोड डलर (६८ अर्ब रुपैयाँ बढी) आम्दानी गरेको तथ्यले सरकार दङ्ग परेको देखिएको टिप्पणी गरिन् । तर आईटी क्षेत्रमा बजार निर्माण गरी दिगो आम्दानीको सोच बनाउन चाहिएको खण्डमा सबैभन्दा पहिले लगानी गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । “५०० मिलियन डलरमा खुसी हुने अवस्था जोखिमपूर्ण देखिन्छ,” उनले भनिन् ।
पछिल्लो समयमा विकास भइरहेका भाइब कोडिङ, जेनेरेटिभ एआई, एजेन्टिक एल्गोरिदमहरूले जुनियर इन्जिनियरहरूको करिअरमा असर पार्ने विश्लेषण भइरहेको उल्लेख गर्दै उनले भनिन्, “हालसम्म यसको निष्कर्ष स्पष्ट नभए पनि सरकारले गम्भीर रूपमा सोच्नुपर्ने समय आइसकेको छ ।” उनले सरकारलाई प्रश्न गरिन्, “यसको लागि हामी के गर्दैछौँ ? यसका लागि नीति तथा कार्यक्रममा एक लाइन पनि आएन ।”
सफ्टवेयर तथा आईटी सेवा निर्यात गर्दा मूल्य अभिवृद्धि कर लाग्छ कि लाग्दैन भन्ने स्पष्ट जानकारी नीति तथा कार्यक्रममै हुनुपर्नेको उनको माग छ । साथै, उनले नेपालका आईटी कम्पनीहरूले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाउने खालको प्रावधान नीतिमा समेटिन नसकेको गुनासो गरिन् ।
“हाम्रा कम्पनीहरूले बङ्गलादेश, भारत र युक्रेनका कम्पनीहरूसँग प्रतिस्पर्धा गरेर परियोजना पाउनुपर्ने हुन्छ । त्यसका लागि प्रतिस्पर्धी वातावरण बनाउने नीति आवश्यक छ,” उनले भनिन् ।
सरकारले आईटी सेवा खरिद गर्दा नेपाली कम्पनीले पूरा गर्नै नसक्ने मापदण्ड तय गरी असहयोग गर्दै आएको आरोप पनि सांसद श्रेष्ठले लगाइन् । “आईटी सेवा खरिद गर्दा सकेसम्म नेपाली कम्पनीलाई प्राथमिकता दिनुपर्छ । नेपाली कम्पनीबाट सम्भव नभएर विदेशी कम्पनीबाट सेवा लिनु परेमा प्राविधिक रूपान्तरण अनिवार्य गरिनुपर्छ,” उनले भनिन् ।
उनले पासपोर्ट बनाउने कार्यमा सरकारले दुई करोड डलर (दुई अर्ब ७३ करोड रुपैयाँभन्दा बढी) विदेशी कम्पनीलाई दिएको जानकारी दिँदै भनिन्, “यदि त्यसको १० प्रतिशत मात्र नेपाली जनशक्ति र टेक सेवाबाट उपयोग गरिने व्यवस्था मिलाइयो भने धेरैको विकास हुन्छ, इकोसिस्टमलाई समेत सहयोग पुग्छ ।”
उनका अनुसार नेपालमा खुलेका धेरै आईटी कम्पनीहरू वैदेशिक अध्ययन तथा रोजगारीपछि नेपाल फर्किएका व्यक्तिहरूद्वारा स्थापना गरिएका हुन् । नेपालको आईटी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न पनि डायस्पोरामा रहेका नेपालीहरू अग्रपङ्तिमा उभिएको भन्दै उनीहरूसँग आत्मीयता विकास गर्न नेपाली दूतावासहरूको तर्फबाट पहल आवश्यक रहेको सांसद श्रेष्ठले बताइन् ।
पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ १६:११
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी–रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी बनेका छन्।
उनलाई अब ‘लिओ चौधौँ’ भनेर चिनिनेछ। उनी पोपको भूमिका निर्वाह गर्ने प्रथम अमेरिकी बनेका छन्। यद्यपि, उनलाई ल्याटिन अमेरिकी कार्डिनलका रूपमा बढी चिनिन्छ। विशप बन्नुअघि उनले इसाई धर्मप्रचारका क्रममा धेरै वर्ष पेरूमा रहेर सेवा गरेका थिए।
स्वर्गीय पोप फ्रान्सिसका उत्तराधिकारीका रूपमा चुनिएपछि लियो सेन्ट पिटर्स बेसिलिकाको बाल्कोनीमा आफ्नो पहिलो सम्बोधनका लागि उपस्थित हुँदा उनलाई दसाैँ हजार शुभेच्छुकहरूले स्वागत गरेका छन्।
पोप चुनिएपछि दिएको पहिलो सार्वजनिक सम्बोधनमा उनले भने, ‘समग्र पृथ्वीमा जहाँसुकै भए पनि सबै मानिसहरूमा शान्ति कायम रहोस्।’
उनले भने, ‘हामीलाई र एक–अर्कालाई, आपसमा वार्ता र छलफलको माध्यमबाट पुलहरू निर्माण गर्न सधैँ शान्ति र एकता कायम गर्न मद्दत मिलोस्।’
लियोको सम्बोधनमा दर्शकदीर्घाबाट तालीको गडगडाहटसहितको न्यानो स्वागत पाएको थियो। विशेषगरी पेरूमा दुई दशकभन्दा बढी समय बिताएका पोपले स्पेनी भाषामा बोल्दै आफ्ना पूर्ववर्ती फ्रान्सिसलाई नयाँ पोपका हैसियतमा औपचारिकरूपमा श्रद्धाञ्जली अर्पण गरेका थिए।
‘उमेरका कारण कमजोर बनेका पोप फ्रान्सिसले रोमलाई आशीर्वाद दिएको आवाज हामीलाई अझै पनि हाम्रो कानमा गुञ्जिरहेको जस्तो लागिरहेको छ,’ लियोले अर्जेन्टिनी फ्रान्सिसको मृत्युको एक दिन अघि इस्टर सन्डेको सम्बोधन (प्रार्थना)लाई संकेत गर्दै भने।
उनले भने, ‘हामीले कसरी एक आत्मदेखि अर्को आत्मसम्म पुग्ने पुल निर्माण गर्ने चर्च वा मिसनरी चर्च बन्ने र समग्र विश्वको शान्तिका लागि संवाद गर्ने निर्वादित र स्वतन्त्र बाटोको खोजी गर्नुपर्छ।’
प्रिभोस्टको निर्वाचनलाई पेरूमा हर्षोल्लासका साथ स्वागत गरिएको छ। संयुक्त राज्य अमेरिकाको सिकागोमा सन् १९५५ मा जन्मिएका उनले पेरूको उत्तरी सहर शिक्लायोमा विशपका रूपमा सेवा गरेका थिए जहाँ उनलाई पेरूको नागरिकका रूपमा पनि सम्मान प्राप्त गरेका छन्।
न्युयोर्कको सेन्ट प्याट्रिक्स क्याथेड्रलबाहिर ६६ वर्षीया रोजारिया भिगोरिटोले भने, ‘म हिँडिरहेको केही मिनेटमै आफूले उत्साह महसुस गर्न सकेकी छु। उहाँले लियो चौधौँलाई विश्वले एक सुधारकका रूपमा पाउनेछ।’
विश्वका नेताहरूले २६७औँ पोपलाई स्वागत गर्दै भूराजनीतिक अनिश्चितताको समयमा विश्वव्यापी मुद्दाहरूमा चर्चसँग मिलेर काम गर्ने वाचा गरेका छन्।
नयाँ पोपलाई द्वन्द्वग्रस्त विश्व मञ्चमा आफ्नो नैतिक आवाजलाई सशक्त पार्ने जिम्मेवारी रहेको छ साथै उनले विभाजित चर्चलाई एकताबद्ध गर्ने र यौन दुर्व्यवहार काण्डबाट निरन्तर पतनजस्ता ज्वलन्त मुद्दाहरूको सामना गर्ने प्रयास गर्नुपर्नेछ।
कार्डिनल प्रिभोस्टको रूपमा नयाँ पोपले गरिब र विपन्नहरूको बचाउ गरेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासीविरोधी नीतिहरूको आलोचना गर्ने लेखहरू अनलाइनमा पुनः पोस्ट गरेका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले प्रिभोस्ट पोपको निर्वाचनबाट चुनिएकोमा स्वागत गर्दै सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गरेका छन्। ‘हालै पोप नियुक्त हुनुभएका कार्डिनल रोबर्ट फ्रान्सिस प्रिभोस्टलाई बधाई,’ ट्रम्पले सामाजिक सञ्जालमा जारी सन्देशमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन्। आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए।
चलचित्र ‘नरसिंहा अवतार’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गरे।
‘मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ। तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ। यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ। चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो पर्दामा पुनः आएँ’, अभिनेता हमालले भने। उनले चलचित्रले मनोरञ्जनसँगै सामाजिक घटनालाई उजागर गरेको जानकारी दिए।
निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः चलचित्रको पर्दामा ल्याउनु आफ्ना लागि अवसर र चुनौती रहेको बताए। ‘अभिनेता हमालको प्रशंसक (फ्यान) का बारेमा मैले बोल्नै पर्दैन। त्यसैले उहाँलाई दर्शकको भावनाअनुरुप चलचित्रमा प्रस्तुत गर्नु मेरा लागि ठूलो चुनौती थियो। उहाँलाई हेर्न चलचित्र भवनसम्म आउनुहुने दर्शकले निराश हुनु पर्दैन, आफूले गरेको कामप्रति विश्वस्त छु। हाम्रो चलचित्रको मुख्य आकर्षण कथा नै हो, त्यहाँ परिवेशअनुसार सबै ‘पात्र’लाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु’, निर्देशक भट्टराईले भने।
उनले पछिल्लो समय प्रदर्शन भएका चलचित्रभन्दा ‘नरसिंहा अवतार’ फरक रहेकाले चलचित्रभवन पुग्नुहुने दर्शकको समय र पैसाको सदुपयोग हुने दाबी गरे। उक्त चलचित्रमा अभिनेता हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाले अभिनय गरेका छन्।
आगामी जेठ ९ गते नेपालभर प्रदर्शन हुने चलचित्र ‘नरसिंहा : अवतार’ लाई नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन्। रासस
सामाग्री श्रोत :
काठमाडौं । आफूलाई ‘काजु’ (KAZU) नामले चिनाउने ह्याकर डार्क वेब मार्केटप्लेस डार्क फोरमबाट गायब भएका छन् । नेपाल प्रहरीदेखि लोक सेवा आयोग हुँदै विभिन्न अस्पतालको वेबसाइट ह्याक गरेको दाबी गर्दै डेटा लिक गर्ने यी ह्याकर एकाएक गायब भएका हुन् ।
सुरुवातमा प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशको वेबसाइट प्रयोग गर्ने तीन लाख बढी प्रयोगकर्ताको डेटा आफूसँग भएको ती ह्याकरले दाबी गरेका थिए । प्रमाणका रूपमा केही नेपालीका संवेदनशील जानकारी सार्वजनिक गरेका थिए । त्यस लगत्तै अप्रिल मध्यतिर उक्त समूहले नेपाल प्रहरीको आधिकारिक वेबसाइट ह्याक गरेको दाबी गरेको थियो ।
प्रहरीको आधिकारिक वेबसाइट (nepalpolice.gov.np) को गम्भीर सुरक्षा कमजोरी फेला पारेको र त्यसलाई दुरुपयोग गरेर त्यसभित्र पहुँच पाउन सकिने कोड आफूसँग भएकाले उक्त कोड विक्री गर्न लागेको ह्याकरको भनाइ थियो । कूल सात हजार डलर तिरेर एक्स्प्लोइट कोड खरिद गरे २० लाख बढी नेपालीको संवेदनशील जानकारी पाउन सकिने ह्याकरले दाबी गरेका थिए ।
‘काजु’ले उपलब्ध गराएको नमूना फाइलमा झन्डै १०० नेपाली नागरिकको पासपोर्ट साइज फोटो, पासपोर्ट, नागरिकता, बसाइँसराई र बिहे दर्ता प्रमाणपत्रको फोटो थियो ।
नेपाल प्रहरीका तत्कालीन प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले ती फाइल आधिकारिक वेबसाइटबाट लिइएको भन्ने ह्याकरको दाबी भ्रामक रहेको बताएका थिए । प्रहरी चारित्रिक प्रमाणपत्रका लागि अनलाइन फारम भरिदिने साइबरबाट ती डेटा गएको हुनसक्ने उनको अड्कल थियो ।
टेकपानाले समाचार प्रकाशित गरेपछि ह्याकरले प्रहरीले आफ्नो कमजोरी लुकाउन खोजेको भन्दै थप ८ जीबी डेटा लिक गरिदिएका थिए । उक्त फाइलमा झन्डै ८० हजार कागजासहित व्यक्तिका पासपोर्ट साइज फोटो छन् ।
त्यसपछि ‘काजु’ ह्याकरले ५ मे २०२५ मा पोस्ट राख्दै ‘राष्ट्रिय क्षयरोग कार्यक्रम व्यवस्थापन सूचना प्रणाली (एनटीपी एमआईएस)’बाट एक लाख ५९ हजार बिरामीको विवरण बेच्न लागेको दाबी गरे । यीबाहेक उक्त समूहले ‘नेपाल सरकारको भू-पोर्टल’को साइट ह्याक गरेको दाबी गर्दै १ डलरमा डेटा बिक्रीमा राखेको थियो ।
बिहीबारदेखि भने ‘काजु’ले राखेका सबै पोस्ट गायब छन् । अकाउन्ट पनि हटेको छ । अकाउन्ट र पोस्ट हट्नुको आधिकारिक कारण बाहिर आएको छैन । यसअघि उक्त नामबाट डेटा सार्वजनिक भएको गोफाइलको लिङ्क पनि हटाइएको नेपाल प्रहरी स्रोतले जनाएको छ ।
डार्क फोरममा ह्याकरले दुई हप्ताअघि टेकपानासँग गरेको कुराकानीको नेपाली अनुवाद
टेकपानाः तिमी आफूसँग नेपाल प्रहरीको साइट ह्याक भएको दाबी गर्दै डेटा लिक गरिरहेका छौ । तिमीसँग ह्याक गरेकै हो भन्ने प्रमाण के छ ?
काजुः ठिक छ, म केही प्रमाणहरू पछि दिन्छु । तर मैले एउटा मिडिया कम्पनीलाई मेरो ह्याकिङको प्रमाण दिएर के फाइदा हुन्छ ?
म नेपाल प्रहरी र सरकारसँग १०,००० अमेरिकी डलर माग्दैछु, ताकि २० लाख बढी नागरिकको डेटा लिक रोक्न सकियोस् । यदि उनीहरूले पैसा तिरे भने म उनीहरूको सर्भरमा रहेका कमजोरी फिक्स गर्न प्रहरीसँग सहकार्य गर्न तयार छु ।
यदि उनीहरूले तिरेनन् भने म १०० जीबी डेटा चेतावनीका रूपमा लिक गर्नेछु ।
जे भए पनि, तिनीहरूसँग रकम तिर्नका लागि एक हप्ताको समय छ । ढिलो गरे, मैले अझ बढी डेटा निःशुल्क रूपमा लिक गर्नेछु ।
थप ८ जीबी डेटा लिक भएपछि ह्याकरले पठाएको जवाफ
माफ गर्नुहोस्, तपाईं ढिलो भइसक्नुभयो । मैले यो एक्स्प्लोइट कोड पहिले नै एक खरिदकर्तालाई बेचिसकेको छु र अब यो ह्याकबारे कुनै लिक वा पोस्ट गर्ने छैन । किनभने अब म यसलाई पुनः बेच्न पाउँदिन । जति जति सरकार यसबारे ढिलो प्रतिक्रिया दिंदै जान्छ, त्यो कोड झन् गलत हातमा पुग्ने सम्भावना बढ्छ । यदि नेपाल सरकार डेटा लिक रोक्न चाहन्छ भने पहिलो खरिदकर्ता उनै बन्नुपर्छ ।
नेपालसँग सम्बन्धित अरू ह्याक पनि आउनेछन् । भोलि अर्को नेपाली सरकारी वेबसाइट ह्याक गरेर यसै फोरममा बेचिनेछ ।
यदि तपाईं मलाई ठग हो भन्ने सोच्नुहुन्छ, वा यो ह्याक झुटो हो भन्ने लाग्छ भने खुलेर भन्नुहोस् — म प्रमाणित गरिदिन्छु । तपाईंले छिट्टै हजारौं गिगाबाइट नेपाली डेटा निःशुल्क रूपमा लिक भएको देख्नु हुनेछ, जुन अरू बेच्न बाँकी रहेका सरकारी साइटबाट संकलन गरिएको हो ।
नेपाल प्रहरीले अहिले पैसा तिर्छ भनेर म मेरा ग्राहक गुमाएर सर्भर फिक्स गर्न मद्दत गर्न सक्दिनँ । यो तपाईं मिडिया र नेपालका सबै कम्पनी तथा सरकारी निकायप्रति चेतावनी हो । यो ह्याक त सुरूवात मात्र हो भन्ने तपाईंको सरकारले बुझ्नुपर्छ ।
चुप लाग्नु, कुनै कदम नचलाउनु वा मसँग सम्पर्क गर्न अस्वीकार गर्नु — यसले स्थितिलाई अझै खराब बनाउनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ १४:५७
सामाग्री श्रोत :
टेक पाना
ललितपुर–ललितपुर महानगरपालिका–१४ स्थित चक्रपथ वरपर वैजनी रङको जाकाराण्डा फूल ढपक्क फुलेको छ।
वसन्त ऋतुमा फूल्ने यस फूलले यहाँको शोभा बढाएको छ। अचेल दिनहुँजसो फूल र चक्रपथलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिच्ने युवायुवतीको उपस्थिति झनै हेर्न लायक हुन्छ।
चक्रपथ वरपर ढपक्क फूल फूलेपछि तस्बिर खिच्नलाई भीडभाड हुने गरेको ललितपुर महानगरपालिका–१४ का वडाध्यक्ष अमृत महतले बताए। उनले भने,“हरेक वर्ष यसयाममा फूलको मौसम आउँछ। यसमा युवायुवतीहरू रमाइरहेको देख्दा खुसी लाग्छ।”
एकै रङमा फूल्ने जाकाराण्डाको इतिहास राणाकालीन समय देखिएको छ। चक्रपथमा रहेका केही रुख बुढा भइसकेका छन् भने केही भर्खर फुल्न सुरु गरेका छन्।
चक्रपथलाई शोभनीय बनाउने यस फूललाई ललितपुर महानगरपालिकाले संरक्षण गर्दै आएको छ। यससँगै अन्य प्रजातिका फूलहरूलाई हुर्काउनका लागि महानगरपालिकाले पानी हाल्ने र गोडमेल गर्ने गरेको छ।
आउने दिनमा चक्रपथको सुन्दरता बढाउन जाकाराण्डा फूलको संरक्षणसँगै अन्य प्रजातिका फूल रोप्ने तयारी रहेको अध्यक्ष महतले बताए।
उनले भने,“जाकाराण्डा फूललाई पृष्ठभूमिमा पारेर तस्बिर र भिडियो खिच्नेको सङ्ख्या बढ्दो छ। दिउँसोको चर्को गर्मीमा पनि यात्रीहरू रुखको छहारीमा बसेर रमाइरहेका हुन्छन्। हामी यसलाई अझै व्यवस्थित गर्छौं।”
बिहान र बेलुकीको समयमा युवायुवतीहरूको बढी चहलपहल हुन्छ। चापागाउँदोबाटो, महालक्ष्मीस्थान, थसीखेल चोक वरपर बढी भीडभाड हुने गरेको छ। वसन्तऋतुमा एकै रङमा ढपक्क फूलेको जाकारण्डा फूल देखेपछि मन प्रफुल्ल हुने गरेको फूलको दृष्य अवलोकन गर्न आएका निर्मल लामाले बताए।
ललितपुरको महालक्ष्मीस्थान चोक वरपर मात्र नभएर काठमाडौँ उपत्यकाको रिङरोडभरि यस्तै फूल भएमा काठमाडौँ झन् सुन्दर देखिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
मुटुको रक्तनली साँघुरिएकाे समस्याका लागि माधव नेपालले गराए एन्जिओप्लास्टी
सामाग्री श्रोत :
swasthyakhabar
ललितपुर। ललितपुर महानगरपालिका-१४ स्थित चक्रपथ वरपर वैजनी रङको जाकाराण्डा फूल ढपक्क फुलेको छ। वसन्त ऋतुमा फूल्ने यस फूलले यहाँको शोभा बढाएको छ। अचेल दिनहुँजसो फूल र चक्रपथलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिच्ने युवायुवतीको उपस्थिति झनै हेर्न लायक हुन्छ।
चक्रपथ वरपर ढपक्क फूल फूलेपछि तस्बिर खिच्नलाई भीडभाड हुने गरेको ललितपुर महानगरपालिका-१४ का वडाध्यक्ष अमृत महत बताउँछन्। उनी भन्छन्, “हरेक वर्ष यसयाममा फूलको मौसम आउँछ । यसमा युवायुवतीहरू रमाइरहेको देख्दा खुसी लाग्छ।”
एकै रङमा फूल्ने जाकाराण्डाको इतिहास राणाकालीन समय देखिएको छ। चक्रपथमा रहेका केही रुख बुढा भइसकेका छन् भने केही भर्खर फुल्न सुरु गरेका छन्। चक्रपथलाई शोभनीय बनाउने यस फूललाई ललितपुर महानगरपालिकाले संरक्षण गर्दै आएको छ। यससँगै अन्य प्रजातिका फूलहरूलाई हुर्काउनका लागि महानगरपालिकाले पानी हाल्ने र गोडमेल गर्ने गरेको छ।
आउने दिनमा चक्रपथको सुन्दरता बढाउन जाकाराण्डा फूलको संरक्षणसँगै अन्य प्रजातिका फूल रोप्ने तयारी रहेको अध्यक्ष महतले बताए। उनले भने, “जाकाराण्डा फूललाई पृष्ठभूमिमा पारेर तस्बिर र भिडियो खिच्नेको सङ्ख्या बढ्दो छ। दिउँसोको चर्को गर्मीमा पनि यात्रीहरू रुखको छहारीमा बसेर रमाइरहेका हुन्छन् । हामी यसलाई अझै व्यवस्थित गर्छौं।”
बिहान र बेलुकीको समयमा युवायुवतीहरूको बढी चहलपहल हुन्छ। चापागाउँदोबाटो, महालक्ष्मीस्थान, थसीखेल चोक वरपर बढी भीडभाड हुने गरेको छ।
वसन्तऋतुमा एकै रङमा ढपक्क फूलेको जाकारण्डा फूल देखेपछि मन प्रफुल्ल हुने गरेको फूलको दृष्य अवलोकन गर्न आएका निर्मल लामा बताउँछन्। ललितपुरको महालक्ष्मीस्थान चोक वरपर मात्र नभएर काठमाडौँ उपत्यकाको रिङरोडभरि यस्तै फूल भएमा काठमाडौं झन् सुन्दर देखिने उनको भनाइ छ।
सामाग्री श्रोत :
काठमाडौँ । कक्षा १२ को परीक्षामा मोबाइल, स्मार्टवाचजस्ता विद्युतीय सामग्रीहरूको प्रयोग गर्ने विद्यार्थीको परीक्षा रद्द गरिएको छ । विद्युतीय सामग्री लैजान प्रतिबन्ध हुँदा पनि लिएर जाने विद्यार्थीहरूबाट मोबाइल जफत गरेर परीक्षा रद्द गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले बताए ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा हलमा इलेक्ट्रोनिक्स डिभाइसहरू लैजान पूर्ण रूपमा निषेधित गरेको भनेर कक्षा १२ को परीक्षा सुरु हुनुभन्दा पहिले नै जानकारी गराएको थियो ।
निर्देशन अटेर गरेर मोबाइल लैजाने विद्यार्थीको परीक्षा रद्द गरिएको हो । यस्तै, बाँकी परीक्षामा मर्यादा विपरीत विद्युतीय सामाग्री नलैजान समेत उनले विद्यार्थीसँग आग्रह गरेका छन् । यदि परीक्षामा मोबाइलको प्रयोग गरेको पाइएमा सम्पूर्ण विषयको परीक्षा रद्द हुने भएकाले यस्तो काम नगर्न अनुरोध गरेका हुन् ।
यस्तै, बिहीबार काठमाडौँको सुकेधारास्थित साइपल एकेडेमी मा वि. कक्षा १२ को परीक्षा सञ्चालन गर्दा मर्यादा विपरीत कार्य गरेको पाइएपछि उक्त विद्यालयको परीक्षा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई निष्काशन गरेर नयाँ केन्द्राध्यक्ष तोकिएको परीक्षा नियन्त्रक शर्माले बताए । “उहाँहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेका छौँ ,” उनले भने ।
पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ १३:२८
सामाग्री श्रोत :
टेक पाना