
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रतिनिधि सभा सदस्य पद भ्रष्टाचार मुद्दा दायर भएसँगै स्वतः निलम्बनमा परेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणमा दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामक्स) खरिदमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १६ जनाविरुद्ध तीन अर्ब २१ करोड रुपैयाँभन्दा बढी बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि बस्नेतको सांसद पद निलम्बनमा परेको हो ।
बस्नेतले आफू सञ्चारमन्त्री रहँदा टेरामक्स खरिद प्रक्रिया अघि बढाएका थिए । कानुनी प्रक्रिया बेवास्ता गर्दै प्राधिकरणलाई खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएको आरोप उनलाई लगाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएमा स्वतः पद निलम्बनमा पर्ने कानुनी व्यवस्था छ ।
बस्नेत ०७९ को चुनावमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित भएका थिए । टेरामक्स प्रकरणमा अख्तियारले अनुसन्धान थाल्दा बस्नेत स्वास्थ्यमन्त्री थिए । करिब दुई वर्ष लामो अनुसन्धानपछि अख्तियारले बस्नेतसहित १८ विरुद्ध मुद्दा दायर भएको हो ।
पछिल्लो अध्यावधिक: जेठ १, २०८२ १८:२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२औं तहको अतिरिक्त सचिवका लागि तीनजना सिफारिस भएका छन्।
रिक्त रहेका २ पदका लागि डा केशर बहादुर ढकाल, डा श्रीकृष्ण श्रेष्ठ र डा सुधा देवकोटा सिफारिस भएका हुन्।
२४ जनाले आवेदन दिएकामा १ जनाले आवेदन फिर्ता लिएपछि २३ जनामध्ये बढुवा समितिले तीन जनालाई सिफारिस गरेकाे हाे।
मन्त्री परिषद्ले तीनमध्ये दुईजनालाई नियुक्त गर्नेछ।
समितिले चैत ६ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको थियो। १५ दिनको समय दिएर आवेदन माग भएको थियो। उक्त तहका लागि २४ जनाले आवेदन दिएका छन्।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हुनुभएको छ।
उक्त प्रयोजनका लागि महामन्त्री शर्माले पर्यटन विभागबाट हिमाल आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ।
विभागका निर्देशक हिमाल गौतमका अनुसार वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा कांग्रेस महामन्त्री शर्माले पर्यटन विभागबाट आरोहण अनुमतिपत्र प्राप्त गरेका छन्।
वसन्त ऋतुको जारी आरोहणमा हालसम्म ५० भन्दा बढीले सगरमाथा आरोहण गरेको आरोहण एक्सपिडिसन कम्पनीले जनाएका छन्। आज राति पनि धेरै आरोही चुचुरो पुग्ने योजनामा छन्।
विभागको तथ्याङ्कअनुसार वसन्त ऋतुको सगरमाथा आरोहणका लागि हालसम्म ४५ आरोही समूहका ४५८ जनाले अनुमति लिएका छन्। सगरमाथासहित २७ हिमालका लागि १२४ समूहका कूल एक हजार एकसय ४० ले अनुमति पाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सर्वोच्च अदालतमा हाजिर गराइएको छ। बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइका लागि बिहीबार मिश्रलाई अदालतमा हाजिर गराएर फर्काइएको छ।
बन्दी प्रत्यक्षीकरण मुद्दामा हिजो सर्वोच्चले उनलाई २४ घण्टाभित्र शशरीर अदालत उपस्थित गराउन आदेश दिएको थियो।
पत्नी सरिका कार्कीले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले उक्त आदेश जारी गरेपछि जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका मिश्रलाई प्रहरीले सर्वोच्चमा उपस्थित गराएको हो। उनको रिट निवेदनउपर शुक्रबार सुनुवाइ हुने भएको छ।
सामाग्री श्रोत :
रवीन्द्र मिश्र सर्वोच्चमा हाजिर, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ शुक्रबार
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एप्पललाई भारतमा आईफोन उत्पादन रोक्न र अमेरिकामै उत्पादन बढाउन आग्रह गरेका छन् । एप्पलले भारतमा उत्पादित आईफोनहरू अमेरिका आयात गरेर अमेरिकी बजारको माग पूरा गर्ने योजना ल्याएपछि ट्रम्पले यस्तो अनुरोध गरेका हुन् ।
कतारको दोहामा आयोजित एक सम्मेलनमा बोल्दै ट्रम्पले आफूले कुकलाई भेटेर भारतमा उत्पादन नगर्न, बरु अमेरिकामै उत्पादन बढाउन भनेको बताए ।
“मैले भनेँ- टिम, तिमी मेरो साथी हौ, मैले तिमीलाई सधैँ राम्रो व्यवहार गरेँ । तिमी ५०० अर्ब डलर लगानी गर्दैछौ । तर अहिले तिमीले भारतभरि उत्पादन गरिरहेको सुनिएको छ । म चाहन्न तिमी भारतमा बनाऊ । तिमी भारतको लागि बनाउन चाहन्छौ भने अलग कुरा हो, तर भारत विश्वमै सबैभन्दा बढी भन्सार कर लगाउने देश हो,” ट्रम्पले भने ।
विश्वका अधिकांश देशहरूसँग व्यापारमा चर्को शुल्क लगाउने नीति लिएका ट्रम्पले एप्पलले अब अमेरिकामा उत्पादन बढाउने बताएका छन् । यद्यपि उनले यसको समयसीमा वा कुनै विशेष जानकारी दिएनन् । यस विषयमा एप्पलले पनि तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
यसअघि एप्पलले आगामी चार वर्षमा ५०० अर्ब डलर लगानी गरी अमेरिकाभित्रै विभिन्न स्थानमा उत्पादन केन्द्र खोल्ने, २० हजारभन्दा बढी कर्मचारी भर्ना गर्ने र उत्पादन तालिम केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गरेको थियो ।
ट्रम्पको यो टिप्पणी भारतले एप्पलका चिपहरू उत्पादन गर्न ४३ करोड ५० लाख डलरको फक्सकन परियोजनालाई स्वीकृति दिएको एक दिनपछि आएको हो । कम्पनीले चीनमाथिको निर्भरता कम गर्न भारतमा उत्पादन बढाउने र वैकल्पिक उत्पादन युनिटहरू सिर्जना गर्ने महत्त्वाकांक्षी योजना बनाएको छ ।
ब्लुमबर्गको अप्रिल महिनाको रिपोर्ट अनुसार हाल एप्पलले भारतमा कुल आईफोन उत्पादनको २० प्रतिशत बनाइसकेको छ । फाइनान्सियल टाइम्सले हालै एक समाचारमा एप्पलले सन् २०२६ सम्म अमेरिकामा बेचिने सबै आईफोन भारतबाट आयात गर्ने योजना बनाएको लेखेको थियो ।
पछिल्लो अध्यावधिक: जेठ १, २०८२ १८:५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्यका समस्या समाधानमा क्रियाशिल संघ संस्थाहरुबीच काममा दोहोरोपना हटाउन तथा सहकार्य बढाउन पहल थालेको छ।
मानसिक स्वास्थ्यका समस्या गम्भीर बन्दै गइरहेको भन्दै मन्त्रालयले यस क्षेत्रमा कार्यरत सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसँग सहकार्यको प्रयास अघि बढाएको हो।
मन्त्रालयमा आयोजित बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मानसिक स्वास्थ्य अहिले गम्भीर स्वास्थ्य च’नौतीका रुपमा देखा पर्न लागेको भन्दै यसलाई सम्बोधन गर्न आवश्यक सबै उपायबारे छलफल गरेर मन्त्रालयले नीति तथा कार्यक्रम तर्जुमा गर्ने बताए।
‘मानसिक रोगीका संख्या दिन प्रतिदिन बढिरहेका छन्। यो समस्याबाट सबै जनसंख्या प्रभावित हुन सक्ने देखिएको छ,’ उनले भने, ‘यसको सम्बोधन कसरी प्रभावकारी गर्न सकिन्छ भनेर हामीले प्रयास थालेका छौं।’
तर यस क्षेत्रमा काम गर्नेले दोहोर्याएर नभै क्षेत्र तोकेर काम गर्न आवश्यक रहेको भन्दै त्यसका लागि मन्त्रालयले समन्वय गर्ने मन्त्री पौडेलको भनाइ छ।
मन्त्रालयले यसका लागि मानसिक स्वास्थ्य सम्बन्धी जनशक्ति थप गर्ने योजना अघि बढाइरहेको पनि बताए।
‘बालबालिकामा पनि यस्तो समस्या नआओस् भनेर शिक्षा मन्त्रालयसँग मिलेर विद्यालय पाठ्यपुस्तकमा स्वास्थ्य शिक्षा अनिवार्य गरेर मानसिक स्वास्थ्यका विषय समेत राख्ने तयारी अघि बढेको छ,’ मन्त्री पौडेलले भने। उनले विद्यालय पुस्तकमा मनोसामाजिक परामर्श र मानसिक स्वास्थ्य बारे जानकारी समावेस गरिने पनि बताए।
उनले विद्यालय स्वास्थ्य दुत कार्यक्रम घोषणा गरेको स्मरण गर्दै आगामी बजेटमा विद्यालय तहसम्म यो कार्यक्रममार्फत बालबालिकामा मानसिक स्वास्थ्यसम्बन्धी सजगता बढाउन प्रयास गरिने बताए।
‘हामी यो समस्या समाधानमा तीन वटै सरकारको सहकार्य गरेर अघि बढ्दैछौं,’ उनले भने, ‘तबमात्र प्रभावकारी रुपमा मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न सकिन्छ।’
मन्त्री पौडेलले संस्थागत विद्यालयमा समेत विद्यालय नर्स कार्यक्रम लैजानेबारे शिक्षा मन्त्रालयसँग सहकार्य गरिने प्रतिबद्धता जनाए।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ–सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन्।
वैशाख २५ गतेका ८ निर्णय र ३१ गतेका २२ निर्णय बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
बैतडी । नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गको अभियान सुरु गर्दै छ।
अभियानको सुरुवात गर्न बैतडीको पाटन जाने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको चुरे गाउँपालिका, सहजपुरमा स्थानीयबासीसँग भेटघाट गर्नुका साथै ज्ञापनपत्र समेत बुझेका छन्।
भेटघाटका क्रममा स्थानीयले उठाएका मुख्य समस्याहरूमध्ये खानेपानी र सिँचाइ प्रमुख रहेको भएको र त्यसको समाधान गर्न सहयोग गर्ने अध्यक्ष प्रचण्डले प्रतिबद्वता जनाए।
अध्यक्ष प्रचण्डले स्थानीय जनताको माओवादीप्रतिको आकर्षण उल्लेखनीय रहेको बताए। उनले भने, ‘तराईको अभियानले माओवादी प्रति जनतामा एउटा नयाँ उभार आएको छ। अबका दिन माओवादी र जनताको दिन समग्रमा हाम्रो हुनेछ।’
सामाग्री श्रोत :
काठमाडौँ । सवारी व्यवस्थालाई आधुनिक र डिजिटल बनाउन सुरु गरिएको इम्बोस्ड नम्बर प्लेट कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नभएको महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले औंल्याएको छ ।
यातायात व्यवस्था विभागले २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सेवा प्रदायकसँग सम्झौता गरेको थियो । सो योजनाअनुसार आव २०८०/८१ सम्म पाँच लाख ९२ हजार ८०९ थान नम्बर प्लेट छपाइ भइसकेको छ भने यस कार्यका लागि रु. ९२ करोड ६२ लाख ५९ हजार खर्च भइसकेको लेखापरीक्षणबाट खुलेको छ ।
तर प्रदेश सरकार मातहतका कार्यालयहरूले अहिलेसम्म ६३ हजार २८९ थान मात्र जडान गरेको प्रतिवेदनमा उल्लेख छ । यसले सरकारी नीतिको प्रभावकारिता र प्राथमिकतामाथि प्रश्न उठाएको महालेखाको ठहर छ ।
विभागले २०७८ सालको कात्तिक २२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ दर्ता, नामसारी तथा नवीकरणको अवस्थामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने व्यवस्था गरेको थियो । साथै २०७९ सालको कात्तिक २८ गतेदेखि सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको थियो ।
तर, ती निर्णयहरू पालना गराउन विभाग असफल देखिएको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकले ठुलो लगानीका बाबजुद अपेक्षित उपलब्धि हासिल नभएको भन्दै परियोजना कार्यान्वयनमा नीति, योजना र अनुगमनको कमी देखिएको टिप्पणी गरेको छ ।
पछिल्लो अध्यावधिक: जेठ १, २०८२ १७:५
सामाग्री श्रोत :
टेक पाना
जनकपुरधाम – जनकपुरधामको वडा नम्बर २५ मा अवस्थित लोहना हेल्थ पोस्टमा स्वास्थ्य शिविरमा १२ जनामा क्यान्सर वा प्रि-क्यान्सर अवस्थासँग सम्बन्धित लक्षणहरू पहिचान गरिएको छ। बिनयतारा फाउन्डेसनद्वारा आयोजित बिनयतारा क्यान्सर ट्रस्टको व्यवस्थापन र इन्गेज नेपालको सहयोगमा सञ्चालित उक्त शिविरमा २४४ जनाको जाँच गरिएको थियो। सम्भावित क्यान्सरको अनुमान गरिएकाहरुलाई थप जाँच र उपचारका लागि उच्च केन्द्रहरूमा रेफर गरिएको विनयतारा फाउन्डेसन क्यान्सर अस्पतालकी प्रशासन प्रमुख गमला लुइँटेलले जानकारी दिएकी छिन्।
शिविरमा स्तन, पाठेघर, गर्भाशय, र मुखको क्यान्सरको प्रारम्भिक पहिचानमा केन्द्रित रहेर विभिन्न जाँच र स्वास्थ्य सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिएको थियो।
उक्त शिविरमा नेपाली चिकित्सकहरुलाई अमेरिकाका प्रतिष्ठित चिकित्सकहरुले समेत सहयोग गरेका थिए। क्यान्सर विशेषज्ञहरू डा सियायिङ झु र डा. मार्क पेग्रामको सहभागितामा स्थानीय चिकित्सकले क्लिनिकल स्तन जाँच गरेका थिए।
सहभागीहरूलाई गाँठो, तन्तु असामान्यता वा घातक संकेतहरू पहिचानका लागि व्यक्तिगत परामर्श प्रदान गरिएको आयोजक विनयताराले जनाएको छ। त्यसक्रममा एक महिलाको दाहिने स्तनको माथिल्लो भागमा गाँठो फेला परेपछि अल्ट्रासाउन्ड र म्यामोग्राफीको सिफारिस गरिएको छ। सबै महिलाहरूलाई स्तन आत्म-परीक्षणको महत्त्व र विधिबारे समेत त्यहाँ प्रशिक्षण दिइएको लुइँटेलले बताइन्।
त्यसैगरी स्त्री रोग विशेषज्ञ डा. प्रिशिता शाहको नेतृत्वमा भिजुअल इन्स्पेक्शन विथ एसिटिक एसिड (भीआईए) विधिबाट पाठेघरको जाँच गरिएको थियो। असामान्य नतिजा देखिएका महिलाहरूलाई तत्काल परामर्श दिई बिनयतारा फाउन्डेसन क्यान्सर सेन्टरमा प्याप स्मेयर परीक्षणको व्यवस्था समेत गरिएको उनले बताइन्। उक्त अवसरमा ह्युमन प्यापिलोमाभाइरस (एचपीभी) र सुरक्षित यौन स्वास्थ्यबारे समेत उनीहरुलाई जानकारी दिइएको थियो।
सम्भावित क्यान्सरको लक्षण शंकास्पद स्तन गाँठो, पाठेघरको सुन्निएको, योनीस्राव, तल्लो पेट दुख्ने र ढाड दुख्ने, अस्पष्ट गर्भाशय लक्षणहरू, उमेरजन्य जोखिम देखिएको थियो।
शिविरमा आएका ३६ प्रतिशतले सुर्तीजन्य पदार्थ, गुटखा र मदिरा जस्ता पदार्थहरूको नियमित प्रयोग गर्ने बताएका छन्। ४७ प्रतिशतमा कुपोषण वा भिटामिन/आइरनको कमी पाइएको छ।
शिविरमा विनयतारका अध्यक्ष तथा सहसंस्थापक डा विनय शाह (मेडिकल ओन्कोलोजिस्ट), डा विश्वनाथ मिश्रा (इन्टरनल मेडिसिन), डा प्रिष्टा साह (स्त्रीरोग विशेषज्ञ) डा. बब्लु कुमार यादव, डा नइमउद्दिन रायन, डा सुरज यादव, नर्सहरु पुनम चौधरी, सिमिता यादव, रुचिका श्रेष्ठ, प्रयोगशाला प्राविधिक आशा कुमारी यादव, फर्मासिस्ट पिंकी कुमारी साहलगायतले सेवा दिएका थिए।
सामाग्री श्रोत :
swasthyakhabar