२०८२ आश्विन ५ आईतवार
२०८२ आश्विन ५ आईतवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को चुनावसम्म वामपन्थी एकताको सम्भावना नरहेको बताएका छन्।

प्रेस सेन्टर नेपाल डडेल्धुराद्वारा आयोजित पत्रकार सम्मेलनलाई बोल्दै विगतमा असफल भएर पनि फेरि एकपटक प्रयास गर्दा पनि नराम्रोसँग धोका खाएको स्मरण गरे।

‘हामीले वामपन्थी एकता होस् भन्ने चाहना राखेकै हो। केपीजीसँग एकताको प्रस्ताव राखेर भएको पनि हो। तर त्यो तोडियो। फेरि पनि एकचोटी हुन्छ त भनेर बल गरेको नराम्रोसँग धोखा खाइयो। पार्टीले मात्रै होइन नेपाली जनतालाई पनि धोखा भयो त्यसैले अहिले र २०८४ को चुनावसम्म त्यो सम्भावना छैन,’ उनले भने।

उनले अहिले आफूँहरू सरकार ढलाउने र बनाउनेतिर नभएको बताए। ‘यद्यपि हामीलाई चिन्ता छ, सरकार गलत बाटोमा हिँडिरहेको छ। सरकारले सुशासन र हामीले शुरु गरेका कामलाई भत्काउने कामतर्फ लागेको छ। सरकार उल्टो बाटो हिँडेकोमा चिन्तित छौं,’ उनले थपे।

उनले सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गर्दै उल्टो बाटोमा हिँडेको आरोप लगाए।

उनले थपे, ‘हामी चिन्तित छौं। खबरदारी गरिरहेका छौं। अहिले नै सरकार ढाल्ने खेलमा छैनौं। घटनाक्रम जसरी अघि बढेको छ। राम्रो छैन।
सरकार आफ्नालाई जसरी पनि जोगाउने र विरोधीलाई ठेगान लगाउने बाटोमा हिँडिरहेको दाबी गरे।’


सामाग्री श्रोत :

ओलीबाट धोका खाएकाले तत्काल वामपन्थी एकताको सम्भावना छैन : प्रचण्ड

काठमाडौँ । नेपाली काङ्ग्रेसकी सांसद जावेदा खातुन जागाले सामाजिक सञ्जालमा अराजक गतिविधि बढ्दै गएको भन्दै त्यस्ता काममा संलग्न जोसुकैलाई कारबाही गर्न सरकारसँग माग गरेकी छन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद जागाले सामाजिक सञ्जालमार्फत जातीय र धार्मिक सद्भाव बिथोल्नेलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

“विगत केही वर्षयता केही अराजक तत्त्व र केही राजनीतिक दलले विभिन्न सामाजिक सञ्जालमार्फत सदियौँदेखि मिलेर बसेको समाजलाई भड्काउने, देशमा अशान्ति फैलाउने, धार्मिक सहिष्णुता बिगार्ने, सामाजिक सद्‌भावमा खलल पुऱ्याउने अभिव्यक्ति दिइरहेका छन्,” सांसद जागाले भनिन् । उनले एक अर्काको धर्मलाई होच्याउने, गालीगलौज गर्ने र आस्थामाथि खेलबाड गर्ने गतिविधिले समाजमा नकारात्मक असर परिरहेको बताइन् ।

देशलाई धार्मिक र जातीय द्वन्द्वको चपेटामा पर्न नदिन बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुपर्ने सांसद जागाले धारणा राखिन् । उनले अगाडि भनिन्, “यस्ता व्यक्ति जुनसुकै पक्षका किन नहुन्, उनीलाई पहिचान गरी कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्छ ।” 

पछिल्लो अध्यावधिक: जेठ २, २०८२ १२:३९





सामाग्री श्रोत :
टेक पाना

चितवन – एक व्यक्तिले  धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूले समेत आत्महत्याको प्रयास गरेका छन् । 

भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी भतिजो र आफ्नै छोरीको हत्या गरेका हुन् । उनले दुई जनालाई आक्रमणपछि आत्महत्याको प्रयास गरेका थिए । बिहान विद्यालय जाने तयारी गरेका बालबालिकालाई उनले आक्रमण गरेका थिए ।

Ncell 2
Ncell 2

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गिरीले आफ्नै छोरी सात वर्षीया प्रभा गिरी र दाजु दया गिरीका पाँच वर्षीय छोरा सजन गिरीलाई खुर्पा प्रहार गरेका थिए । त्यसपश्चात् उनले खुर्पा आफैँमाथि प्रहार गरेको उनले जानकारी दिए । 

shivam cement
shivam cement

घटनालगत्तै तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा दुई बालबालिकाको मृत्यु भएको र गिरीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । गिरी पूर्वसैनिक रहेको र मानसिक सन्तुलन ठीक नभएका अवस्थामा घटना गराएको प्रारम्भिक रुपमा बुझिएको पुरीले जानकारी दिए । घटना आज बिहान ९ः४५ बजेको समयमा भएको हो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

ललितपुर – नेपाल पब्लिक हेल्थ सम्मेलन २०२५  शुक्रबारदेखि ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरु भएको छ। ‘संघीय सन्दर्भमा स्वास्थ्य प्रणालीका चुनौती र अवसरहरू” भन्ने मूल नाराका साथ सुरु भएको दुईदिने सम्मेलनमा नीति निर्माताहरू, जनस्वास्थ्य विज्ञहरू र अनुसन्धानकर्ताहरूको सहभागिता रहेको छ। सम्मेलनको आयोजना नेपाल पब्लिक हेल्थ एशोसिएसन (नेफा)ले गरेको हो।

उद्घाटनपछि  ‘संघीय स्वास्थ्य प्रणालीमा शासन र नीति’मा केन्द्रीत छलफल हुनेछ। यस सत्रको अध्यक्षता डा. प्रमोद जोशी र नरेशप्रसाद जोशीले गर्नेछन। यसमा नेपालका स्थानीय स्वास्थ्य प्रणालीको  अध्ययनदेखि सुदूरका गाउँ तहका स्वास्थ्य सेवाहरूको तयारी, तथा संघीय संरचनाले ल्याएका अवसर र चुनौतीबारे प्रस्तुतिहरू छन्।

प्यानल छलफल– २ मा स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक  महेन्द्रप्रसाद श्रेष्ठ, नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्ण पौडेल, प्राडा केदारप्रसाद बराल र डा. गुणराज अवस्थीले छलफल गर्नेछन्। छलफलमा संघीय, प्रादेशिक र स्थानीय तहका नीतिहरूबीच समन्वय र सुधारका सम्भावनाहरू बारे बहश हुनेछ।

यसैथगरी स्वास्थ्य वित्त र स्रोत व्यवस्थापनमा  पनि छलफल हुनेछ जहाँ  सेवामा पहुँच र प्रयोगमा देखिएको आर्थिक असमानता तथा संघीय सन्दर्भमा स्वास्थ्य वित्तीय सुधारका सम्भावनाबारे प्रस्तुति रहनेछन्। सत्रकोअध्यक्षता सुदर्शन पौडेल र  सुपेन्द्र कार्कीले गर्नेछन्। 

अर्को संवादामा  राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा, स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा र पब्लिक पोलिसी पाठशालाका अध्यक्ष प्रताप पौडेल सहभागी हुनेछन्। । छलफलको सहजीकरण स्वास्थ्य खबर पत्रिकाका सम्पादक प्रवीण ढकालले गर्नेछन्। 

दोस्रो दिनको छलफल समावेशिता र पहुँचमा केन्द्रित हुनेछ। सम्मेलनको दोस्रो दिन ‘समावेशिता, पहुँच र सामाजिक समावेशीकरण’ विषयमा पहिलो सत्र हुनेछ। यस सत्रको अध्यक्षता मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन दुर्गा खड्का मिश्र र नेफाका केन्द्रीय समितिका सदस्य डा. दिलीपकुमार यादवले गर्नेछन्। यसमा बंझोपन, स्तन क्यान्सरको पहिचान र उपचारमा ढिलाइ र ज्येष्ठ नागरिकको जीवन सन्तुष्टिको अध्ययनसम्बन्धी अनुसन्धान प्रस्तुत गरिनेछन्।

अर्को छलफलमा मधुसूदन सुवेदी, दिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष जोशी  र नेपाल नर्सिङ परिषद्‌की रजिष्ट्रार  शुक्ला खनालको सहभागिता रहनेछ। पत्रकार रिम्सा सिलाकारले सत्र सञ्चालन गर्नेछिन्।

सम्मेलनमा नेफाको २५औं साधारण सभाबाट समेत हुनेछ। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। राज्यव्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सम्बन्धी विधेयक पारित भएको छ।

शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको समितिको बैठकबाट विधेयक पारित गरिएको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए।
साथै उनले विधेयकमा विवादित ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरिएको पनि जानकारी दिए।

उनले भने, ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिले तयार पारेको अन्तिम मस्यौदा प्रतिवेदन परिमार्जनसहित सर्वसहमत पारित भएको छ। यसमा सहयोग पुर्याउने सरकार र माननीयज्यूहरुलाई विशेष धन्यवाद दिन चाहन्छु।’

त्यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकले कर्मचारीको कुलिङ पिरियड दुई वर्ष राख्न सहमति जनाए। सहमतिसँगै समितिले यस प्रस्तावलाई अगाडि बढाउने निर्णय गरेको हो।

मन्त्री लेखकले भने,‘कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को नियुक्ति नलिने भन्ने व्यवस्था हो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयकमाथि छलफल जारी छ। जहाँ गृहमन्त्री लेखकले भनेका छन्। ‘कुलिङ पिरियड दुई वर्ष राखेर जाऔं।’

बैठकमा सांसदहरुले सरकारले दुई वर्ष कुलिङ पिरियड राख्ने प्रस्ताव स्वीकार गरेकोमा धन्यवाद व्यक्त समेत गरे।


सामाग्री श्रोत :

संघीय निजामती विधेयक समितिबाट पारित, ‘कुलिङ पिरियड’ दुई वर्ष कायम

काठमाडौँ । किरण मण्डलको घर नजिकै खुल्ला नाला छ । बच्चाहरूले खानेकुरा खाएर प्याकेटहरू फाल्दा कहिलेकाँही नाला जाम भएर दुर्गन्ध फैलिन्छ । पर्साको वीरगञ्ज महानगरपालिका-११ घर भएका उनले मोबाइलमा ‘सफा नेपाल’ को एप खोलिन् । एपमार्फत उनले नालामा भएको फोहोरको फोटो खिच्दै महानगरलाई गुनासो गरिन् । 

उनी भन्छिन्, “मैले बिहान १० बजेतिर कम्प्लेन गरेको थिएँ । गुनासो गरेको ठेगाना ठीक हो कि होइन भनेर बुझ्न महानगरबाट कल आयो । त्यसपछि दिउँसो १२ बजेतिर सफाइकर्मीहरू आएर फोहोर सङ्कलन गर्नुभयो ।” 

वडा नं १४ का स्थानीय दिनेशप्रसाद चौहान पहिलाभन्दा वीरगञ्ज निकै सफा र सुन्दर रहेको बताउँछन् । उनी बस्ने ​राधामाई टोलमा धेरै दिनदेखि फोहोर थुप्रिएको थियो । उनले भने, “महानगरमा पटक-पटक फोन गर्दा पनि फोहोर उठेको थिएन । एपमा फोटो खिचेर राखेको दुई दिनमा नै फोहोर उठ्यो ।” 

यस्तै भित्री टोलोहरूमा अनुगमन टोली नपुग्दा फोहोरको समस्या अझै समाधान गर्न नसकिने उनले बताए । उनले भने, “यसको समाधान एप नै हुनसक्छ ।” 

अर्का नागरिक सन्दिप कुमार सराफले स्थानीयले फोहोर जथाभावी फालेमा महानगर आएर जरिवाना गर्ने गरेको सुनाए । “जथाभावी फोहोर नफालेर ट्र्याक्टर आएको बेलामा फाल्ने वा डम्पिङ साइटमा लगेर पुर्नुपर्छ भनेर सिको पनि मिलेको छ ।” 

वीरगञ्ज महानगरपालिकाले “सफा नेपाल” नामको एपको प्रयोग गरेर फोहोर व्यवस्थापन गर्दै आएको छ । महानगरले एप्लिकेसनमार्फत सङ्कलित रियल टाइम डेटा प्रयोग गरी फोहोर जलाउने, जथाभावी फोहोर फाल्ने तथा गाड्ने, खुला शौच, फोहोर पानी भरिएका नाली जस्ता समस्याहरूलाई समाधान गर्दै आएको छ । 

टाढाटाढाबाट महानगरसम्म आएर स्थानीयले गुनासो तथा उजुरी दिन सकिरहेका हुँदैनन् । तर यो एपले गर्दा तत्कालै उजुरी टिपाउन र त्यसको आधारमा सरसफाइ तथा कारबाही अगाडि बढाउन नागरिक र स्थानीय तहबिच  पुलको काम गरिरहेको छ । 

कसैले फोहोर फालेको देखेमा स्थानीयले एपमा अप्लोड गर्न सक्ने विरगन्ज महानगरपालिकाका फोहोरमैला व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँ बताउँछन् । उनी भन्छन्, “त्यसपछि यो डाटा हाम्रो कम्प्युटरमा आउँछ । कम्प्युटर अपरेटरले जानकारी दिएपछि त्यहाँ गएर फोहोरको सरसफाइ गर्छौँ ।” 

यूके इन्टरनेसनल डेभलपमेन्टको सहयोगमा द एशिया फाउण्डेशन अन्तर्गत डेटा फर डेभलपमेन्ट परियोजना मार्फत यो सेवा उपलब्ध गराइएको हो । नागरिक आफै सचेत भएर पालिकालाई जवाफदेही बनाउने माध्यमका रुपमा यो एप सञ्चालन गरेको  प्रोजेक्ट डाइरेक्टर प्रणय स्थापितले बताए । 

उनी भन्छन्, “फोहोर देखेर गुनासो गर्दा त्यसको जवाफ सम्बन्धित निकायले दिनसकेन भने गुनासो गर्नुको मतलब नै हुँदैन । यो एप भनेको नागरिक र स्थानीय तहलाई नै जवाफदेही बनाउने एप हो ।” 

क्लिन अप नेपाल संस्थाले यो एप व्यवस्थापनको काम गरिरहेको छ । विगत १० वर्षभन्दा लामो समयदेखि सरसफाइ क्षेत्रमा क्रियाशील यस संस्थाले सन् २०२२ मा सफा नेपाल एप सञ्चालमा ल्याएको हो । 

नेपालमा फोहोर मैलाको समस्या बढेको र यही समस्या समाधानका लागि एप सञ्चालनमा रहेको क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले बताए । उनले भने, “जथाभावी फोहोर फाल्ने, आगो बाल्ने जस्ता कामहरु भइरहेका हुन्छन् । यस्ता समस्या देखेमा गुनासो गर्न कि त नागरिक कि त पालिकामा लिएर जानुपर्छ । 

घर अगाडि कति र कहिने फोहोरको गाडी आउँछ पनि थाहा हुँदैन । यी सबैको जानकारी सफा एपले दिन्छ ।” 

यस एपले स्थानीय तह, फोहोर व्यवस्थापन सेवा प्रदायक र नागरिकलाई एकै ठाउँमा ल्याउने गरेको उनले बताए ।  यस एपले गाउँ, टोल सहर अनि देशलाई नै सफा राख्न सघाउने उनको विश्वास छ । 

सफा नेपाल एपमार्फत नागरिकले आफ्नो वरपर भएको फोहोरको तस्विर र लोकेसनसहित स्थानीय तहलाई रिपोर्ट गर्न सक्छन् । आफ्नो रिपोर्ट स्थानीय तहसम्म पुगे वा नपुगेको कुरा आफ्नै ईमेल वा एपमार्फत ट्रयाक गर्ने सुविधा पनि यो एपमा छ ।

पछिल्लो अध्यावधिक: जेठ २, २०८२ ११:४७





सामाग्री श्रोत :
टेक पाना

Ncell 2
Ncell 2
shivam cement
shivam cement

काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो । 

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको थियो । यता चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- नेपालबाट हज गर्न साउदी अरब जाने हजयात्रीहरुको स्वास्थ्यको ख्याल गर्दै नेपाल मेडिकल कलेजका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले अत्यावश्यक औषधीहरुको व्यवस्थापन गरेका छन्। बिहीबार कलेजमै बोलाएर हज समितिका पदाधिकारीहरुलाई हजयात्रीहरुको स्वास्थ्य सेवामा कुनै समस्या नआवोस् भन्दै अत्यावश्यक औषधीहरु उपलब्ध गराएका हुन्।

‘नेपालबाट हज यात्रामा निस्कनु भएका सम्पूर्ण हजयात्रीहरुको सूस्वास्थ्य दिर्घायूको कामना गर्दै हजयात्रा सफल होस् भन्ने शुभकामना दिन चाहन्छु,’ कलेजका अध्यक्ष प्राडा अन्सारीले भने। उपलब्ध गराइएकाे औषधिहरुले यात्रारत हजयात्रीकाे स्वास्थ्यमा कुनैपनि स्वास्थ्य समस्या देखापर्नु पूर्व र स्वास्थ्य समस्या देखापरे पछि सेवन गर्न मिल्नेछन्।

सो अवसरमा नेपाल हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले कलेजका अध्यक्ष प्राडाअन्सारीले हजयात्रीको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै अत्यावश्यक औषधीहरु उपलब्ध गराएकोमा कृतज्ञता सहित धन्यवाद व्यक्त गरे। ‘यहाँले प्रदान गर्नु भएको स्वास्थ्य सामग्रीले हज यात्रामा जाँदै गर्नुभएका धेरै हजयात्रीको जीवन बचाउन टेवा पुग्ने विस्वास छ । यहाँको सद्भाव र सहयोग प्रति कृतज्ञता प्रकट गर्दछौं,’ अध्यक्ष मिँयाले भने।

हज समितिका अनुसार यो पटक ११७१ जना नेपाली हजयात्री मक्का मदिना जाँदैछन्। जसमा ५२५ जना महिला र ६४६ जना पुरुष रहेका छन् । उल्लेखित हजयात्री मध्ये करिब २ सय जना ज्येष्ठ नागरिक रहेका छन्।

नेपाल हज समितिले हरेक वर्ष साउदी अरबको हजयात्रामा जाने मुस्लिम समुदायहरुको व्यवस्थापनका लागि काम गर्दै आइरहेको छ। साउदी अरब सरकारले सन् २०२५ को हजयात्राका लागि नेपाललाई १२ सय जना इस्लाम धर्मावलम्बीको कोटा निर्धारण गरेको छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक आगामी जेठ १३ गते काठमाडौंमा बोलाइएको छ। बैठकमा जिल्ला अध्यक्ष र जनबर्गिय संगठनमा प्रमुखहरुको समेत सहभागीता रहने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

आगामी जेठ १५ देखि संयुक्त जनआन्दोलन समितिको आयोजनामा काठमाडौंमा हुन लागेको अनिश्चितकालिन जनआन्दोलनलाई दृष्टिगत गरि रणनीति निर्माणको लागि बैठक बोलाईएको हो।

नबराज सुबेदिको संयोजकत्वमा बनेको संयुक्त जनआन्दोलन समितिमा राप्रपा ,राप्रपा नेपाल , नेपाली काङ्ग्रेस (बिपि) ,शिव सेना नेपाल , दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र बचाउ महाअभियान लगायत ४४ संघ संस्थाहरुको सहभागिता रहेको छ।


सामाग्री श्रोत :

राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक जेठ १३ मा

Ncell 2
Ncell 2
shivam cement
shivam cement

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए । 

      

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए । 

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट