
कास्की – देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ ।
नेपाल भलिबल सङ्घको आयोजनामा पहिलोपटक राजधानी बाहिर हुन लागेको यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्डहलमा खेल सञ्चालन हुनेछन् ।
प्रतियोगितामा सहभागी टोलीका खेलाडी पोखरा आउने क्रम सुरु भएको छ । कभर्डहलको आवश्यक मर्मतलगायत काम अन्तिम चरणमा पुगेको अध्यक्ष चन्दले बताए । खेलस्तरमा सुधार ल्याउन सहभागी टोलीले तीन जनासम्म विदेशी खेलाडी राख्न सक्ने प्रावधान रहेको उनले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब बुटबलले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी, एभरेष्ट भलिबल क्बल र कर्णाली प्रदेश भलिबल टोलीको सहभागिता रहने छ । “त्रिपुरेश्वरको कभर्डहल मर्मत भइरहेकाले पोखरा नै उपयुक्त विकल्प हो”, अध्यक्ष चन्दले भने । प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फका उपाधि विजेताले रु आठ लाखका दरले पुरस्कार पाउनेछन् । यसैगरी उपविजेताले रु चार÷चार लाख तथा तृतीय हुने टोलीले रु दुई दुई लाखका दरले पुरस्कार पाउने नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई जनही रु ५० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही रु २५ हजार प्राप्त गर्नेछन् । सङ्घका अध्यक्ष चन्दले नेपालको राष्ट्रिय खेल भलिबललाई व्यवसायिकरण र युवा पिढीलाई खेलप्रति आकर्षित गर्न प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे । “गण्डकी प्रदेशको राजधानी पोखरामा भलिबल खेलको लोकप्रियता भलिबल खेलप्रेमीको माया र सद्भाव एवं खेल पर्यटनका मार्फत पोखराको प्रवद्र्धन हुने विश्वास लिएका छौँ”, अध्यक्ष चन्दले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। संघीय संसद अन्तर्गत रहेका विभिन्न पाचँवटा समितिको बैठक आज बस्दैछ। बुधबार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो।
आज अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ। बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गरिने छ।
आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे ७ बजे बस्दैछ। बैठकमा दुई वटा उपसमितिहरुले तयार पारेका प्रतिवेदनहरु समिति समक्ष पेश गर्ने कार्यसूची रहेको छ।
यस्तै, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको पनि आज बस्दैछ। बिहान ८ः३० बजे बस्ने बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधन सहित दफाबार छलफल गरिने कार्यसूची रहेको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिनको २ बजे बस्ने भएको छ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गरिने कार्यसूचीमा उल्लेख छ।
यसैगरी आज सार्वजनिक लेखा समितिको ४१ औं बैठक दिनको १ बजे बस्दैछ। सिंहदरबार बस्ने बैठकमा आज पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफल गरिने छ।
सामाग्री श्रोत :
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो् यो सिजनको अन्तिममा राजस्थान रोयल्स विजयी भएको छ । गएराति महेन्द्र सिंह धोनीको टोली चेनई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै राजस्थानले आईपीएल यो सिजनको सुखद् अन्त्य गरेको हो ।
यो हारसँगै आईपीएल २०२५ को अंकतालिकामा चेन्नई पुछारमा नै रहने सम्भावना बलियो भएको छ । मंगलबार भएको पुछारका दुई टोली बिचको खेलमा राजस्थान रोयल्सले चेन्नईलाई ६ विकेटले हराएपछि यो सम्भावना देखिएको हो ।
मंगलबार राति चेन्नईले दिएको १८८ रनको लक्ष्य राजस्थानले १७ बल बाँकी रहँदा चार विकेटको क्षतिमा पुरा गरेको हो ।
राजस्थानका लागि वैभव सूर्यवंशीले सर्वाधिक ५७ रन प्रहार गरे । ३३ बलको सामना गरेका उनले समान चारचार चौका र छक्का प्रहार गरे । यसस्वी जयसवालले विस्फोटक सुरुवात गर्दै १९ बलमा ३६ रन जोडे । उनको पारीमा पाँच चौका र दुई छक्का समावेश थियो । कप्तान सञ्जु सामसनले ४१ रन प्रहार गरेको खेलमा राजस्थानका ध्रुव जुरेलले अविजित रहँदै १२ बलमा ३१ रन प्रहार गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ८ विकेटको क्षतिमा १८७ रन जोडेको थियो । चेन्नईका आयुस माथ्रेले सर्वाधिक ४३ रन प्रहार गरे । २० बलको उनको पारीमा आठ चौका र एक छक्का समावेश थियो । डेवाल्ड ब्रेभिसले ४२ रनको योगदान गरे ।
राजस्थानका आकास मद्यवालले चार ओभरमा २९ रन खर्चेर तीन विकेट लिए । युधिर सिंहले चार ओभरमा ४७ रन खर्चेर तीन विकेट हात पारे । मद्यवाल खेलको म्यान अफ द म्याच घोषित भए ।
अङ्क तालिकामा चेन्नई ६ अङ्कसहित पुछारमा छ । राजस्थान आठ अङ्कसहित नवौँ स्थानमा छ । चेन्नईको एक खेल बाँकी छ भने राजस्थानको खेल सकिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
सञ्चारका लागि मानिसको आवाज एउटा महत्वपूर्ण साधन हो, तर व्यवसायिक स्वर प्रयोगकर्ताहरूका लागि, यो उनीहरूको जीविको पार्जनको मुख्य उपकरण हो। व्यवसायिक रूपमा जसको पेशा लामो समयसम्म स्वर प्रयोगमा निर्भर गर्छ, जस्तै गायक, शिक्षक, उद्घोषक, सामाजिक वक्ता, कल सेन्टर कर्मचारीहरूलाई व्यवसायिक स्वर प्रयोगकर्ता भनिन्छ। अत्यधिक स्वर प्रयोग गर्दा उनीहरू व्यवसायिक रूपमा उच्च जोखिमयुक्त समूहमा पर्छन्। धेरै मात्रामा स्वरको प्रयोग गर्दा उनीहरू स्वरसम्बन्धी समस्याको सामना गर्न बाध्य हुन्छन्, जसले उनीहरूको व्यवसायिक विकास र जीवनशैलीमा ठूलो प्रभाव पार्न सक्छ।
व्यवसायिक स्वर प्रयोगकर्ताले सामना गर्ने चुनौतीहरू
पीभीयुएसहरुले लामो समयसम्म आफ्नो स्वरको प्रयोग गर्दा, स्वरयन्त्र (भोकल फोल्ड) मा बढी प्रभाव पर्छ, जसले गर्दा स्वर थाकान, चोट र अन्य समस्याहरू निम्त्याउँछ। जस्तै:
• स्वर थकान: लामो समयसम्म बोल्दा वा गाउँदा स्वरयन्त्र थाक्ने, कार्यक्षमता घट्ने र घस्रिएको आवाज आउने।
• स्वर नोड्युल र पोलिप्स: बोल्दा स्वरयन्त्र बारम्बार ठोक्किँदा यसमा तनावका कारण सानो मासुको गाँठो बन्न सक्छ, जसले स्थायी रूपमा स्वर बिगार्न सक्छ।
• मांसपेशी तनाव स्वर विकार: स्वरको प्रयोग गर्दा अत्यधिक तनाव बढेमा स्वरयन्त्रको गतिशीलतामा बाधा पुग्न सक्छ, जसले गर्दा कष्टपूर्ण स्वर उत्पन्न हुन सक्छ।
स्वर विकारणका लक्षणहरू
स्वर विकारण तब हुन्छ, जब स्वरयन्त्रले सही रूपमा काम गर्न सक्दैन, जसको कारण आवाजको गुणस्तर, स्वरको उचाइ र स्वरको तीव्रतामा परिवर्तन आउँछ। जस्तै:
o आवाज खरखरिएको, करकर गर्ने वा कर्कस सुनिनु,
o बोल्दा आवाज कमजोर वा हावा जस्तो लाग्नु,
o बोल्दा अत्यधिक प्रयास गर्नुपर्ने, आवाज अस्वाभाविक रूपमा फाटो वा खरखरिएको लाग्नु,
o बोल्दा वा गाउँदा स्वर अचानक तल माथि हुनु,
o अग्लो वा गह्रौं स्वर निकाल्न कठिनाइ हुनु,
o घाँटी सफा गर्न बारम्बार खोक्न आवश्यक महसुस गर्नु,
o घाँटीमा केही अड्किएको जस्तो महसुस हुनु तर कुनै वास्तविक अवरोध नहुनु,
o लामो समय बोल्दा आवाज कमजोर वा निष्क्रिय हुनु।
स्वरको हेरचाह
स्वर जोगाउन तथा दीर्घकालीन क्षति रोक्नका लागि उचित हेरचाह आवश्यक छ।
• पर्याप्त पानी सेवन: शरीरमा पानीको उचित मात्राले स्वरयन्त्रलाई नमी राख्न मद्दत गर्छ।
• स्वर आराम: लगातार स्वर प्रयोग गरेपछि केही समय मौन बस्दा स्वरयन्त्रलाई पुनः स्थापना गर्न मद्दत पुग्छ।
• उत्तम ध्वनि अनुनाद : भ्वाइस थेरापी प्रविधिहरूको प्रयोगले स्वर सुधार गर्न सक्छ र अनावश्यक तनाव कम गर्न मद्दत पुर्याउँछ।
• क्याफिन र मदिरा कम गर्नु: यी पदार्थहरूले शरीरलाई निर्जलीकरण गर्छन्, जसले स्वरयन्त्रलाई कठोर बनाउने सम्भावना बढाउँछ।
• घाँटी खोक्ने बानी हटाउने: बारम्बार खोक्दा वा कान्त स्वरमा बोल्दा स्वरयन्त्रमा अनावश्यक घर्षण हुन सक्छ।
कहिले चिकित्सकलाई देखाउने?
यदि दुई हप्ताभन्दा बढी स्वर परिवर्तन रहिरहन्छ, बोल्दा दुखाइ हुन्छ वा दैनिक सञ्चारमा समस्या उत्पन्न हुन्छ भने इएनटी विशेषज्ञ वा वाक तथा भाषा विशेषज्ञको परामर्श लिन आवश्यक छ।
वाक् तथा भाषा विशेषज्ञले स्वर पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेल्छन्।
• आवाजको मूल्याङ्कन: एसएलपीहरूले तपाईंको कार्यक्षमतामा मूल्याङ्कन गरी कुनै पनि समस्या पत्ता लगाउँछन्।
• आवाजको पुनर्स्थापना: तपाईंको आवाजको क्षमता र सहनशीलता सुधार गर्न विभिन्न अभ्यास (भ्वाइस थेरापी) गराइन्छ।
• आवाजको हेरचाह सम्बन्धी शिक्षा: तपाईंलाई भविष्यमा समस्या रोक्नको लागि आफ्नो आवाज सुरक्षित रूपमा कसरी प्रयोग गर्ने भन्ने कुरा सिकाइन्छ।
निष्कर्ष
यदि तपाईं आफ्नो पेशाका लागि आफ्नो आवाजमा निर्भर हुनुहुन्छ भने, आवाजको स्वास्थ्यलाई प्राथमिकता दिन आवश्यक छ। एसएलपीसँग काम गर्दा, तपाईं आफ्नो आवाजलाई बलियो र स्वस्थ राख्न सक्नुहुन्छ, जसले तपाईंको करियरको दीर्घायु सुनिश्चित गर्छ। नियमित आवाज हेरचाह प्रत्येक व्यवसायिक स्वर प्रयोगकर्ताको जीवनको नियमित हिस्सा हुनुपर्छ।
(डा दवाडी नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्)
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतयाबदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी […]
सामाग्री श्रोत :
टोकियो। जापानको अटोमोबाइल निर्माता होन्डा मोटर कम्पनीले मंगलबार आफ्नो विद्युतीय सवारी साधनसम्बन्धी रणनीति पुनरावलोकन गर्दै सन् २०३० सम्मको लागि तोकिएको लगानी १० ट्रिलियन येन (झण्डै ६९ अर्ब अमेरिकी डलर) बाट घटाएर ७ ट्रिलियन येन (करीब ४८ अर्ब डलर) बनाउने घोषणा गरेको छ। यो लगानीमा ३० प्रतिशत कटौती हो।
कम्पनीले विश्वभर अपेक्षा गरेजस्तो तीव्र रुपमा विद्युतीय सवारी साधनको स्वीकृति नपाएको र विशेषगरी अमेरिकामा लागू हुने अनुदान नीतिहरूमा अनिश्चितता बढिरहेको जनाउँदै यस्तो निर्णय लिएको हो।
कम्पनीका अध्यक्ष तोशिहिरो मिबेका अनुसार अब सन् २०३० सम्ममा होन्डाको कुल सवारी साधन बिक्रीमध्ये विद्युतीय सवारीको हिस्सा २० प्रतिशत मात्र रहनेछ, जुन पहिलाको लक्ष्य ३० प्रतिशत थियो।
क्यानडामा निर्माण गर्न लागिएको ब्याट्री र विद्युतीय सवारी उत्पादन केन्द्रको निर्माण कार्य सन् २०२८ मा सुरु हुने भनिएको थियो, तर अब उक्त योजना दुई वर्ष पछाडि सारिएको छ। कम्पनीले त्यस अवधिमा अवस्था मूल्यांकन गरेर योजना अगाडि बढाउनेछ।
यद्यपि लगानी घटाइएको भए पनि, कम्पनीले सन् २०४० सम्म आफ्ना सम्पूर्ण नयाँ सवारी साधनहरूलाई विद्युतीय वा इन्धनको सट्टा बिजुली प्रयोग गर्ने बनाउने दीर्घकालीन लक्ष्य यथावत राखेको छ। त्यसैगरी, होन्डाले सन् २०३० सम्म हालको तुलनामा दोब्बर अर्थात् २२ लाख हाराहारीमा हाइब्रिड सवारीको बिक्री गर्ने लक्ष्य राखेको छ।
त्यसैगरी, होन्डाले अत्यधिक नाफा दिने मोटरसाइकल व्यवसायमा ध्यान केन्द्रित गर्ने भएको छ। हाल ४० प्रतिशत रहेको विश्व बजार हिस्सालाई ५० प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्य लिएको जनाएको छ।
सामाग्री श्रोत :
होन्डाले विद्युतीय सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने
बरहथवा (सर्लाही), यहाँ दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालको मृत्यु भएको छ।
आज क्षेत्रीय सडकखण्डअन्तर्गत बागमती नगरपालिका–४, जिरायतमा पूर्वपश्चिम राजमार्गस्थित पुतली चोकबाट सोल्टी जाँदै गरेको प्रदेश ३-०२-००६ प ७८६८ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा५६प ५२६ नं को मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा ५२६ नं को मोटरसाइकल चालक रौतहटको साविक बिसुनपुर्वा गाविस बस्ने ३३ वर्षीय नागेन्द्र साह सोनार र ७८६८ नं को मोटरसाइकल चालक काठमाडौं महानगरपालिका–२३, वसन्तपुर बस्ने ३० वर्षको विवेक मानन्धरको मृत्यु भएको हो।
दुर्घटनालगत्तै बागमतीस्थित मोडल अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज लैजाँदै गर्दा दुवैको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
५६२ नं को मोटरसाइकल पछाडि सवार रौतहटको साविक बिसुनपुर्वा–४ की ३२ वर्षीया चनचला देवी साह र भारतको बिहार राज्य बकुलिया बस्ने ३४ वर्षकी मुनीदेवी साहको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको हो।
दुवैको शव चन्द्रपुरस्थित अस्पतालमा राखिएको छ।
सामाग्री श्रोत :
काठमाडौं। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सिद्धिबिक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस भएका छन्।
गृह मन्त्रालयले मंगलबार शाहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। प्रधान कार्यालय, नक्सालमा रहेको विशेष ब्यूरोको नेतृत्व गरिरहेका शाहलाई एआईजीमा बढुवा सिफारिसमाथि मन्त्रिपरिषद्ले निर्णय गर्नेछ।
हाल रहेका एआईजी लालमणि आचार्य उमेरदहका कारण जेठ ११ बाट अनिवार्य अवकाशमा जाँदै छन्। त्यसपछि रिक्त हुने पदमा शाहलाई सिफारिस गरिएको हो।
सामाग्री श्रोत :
जनकपुर। धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहको डुबेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए।
कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा आज दिउँसो दुवै जनाको डुबेर मृत्यु भएको उनले बताए।
घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको सिंहले बताए।
सामाग्री श्रोत :
निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
वीरगञ्ज (पर्सा)। सशस्त्र प्रहरी बल पर्साद्वारा ८१ हजार ४९० थान ‘ट्याब्लेट’ ‘ट्रामाडोल हाइडोक्लोराइड’ लागुऔषध बरामद गरेको छ।
आज वीरगञ्ज महानगर–२ स्थित भगुवा नाका नजिकै भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा परिमाणको लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले जानकारी दिए।
भारतबाट अवैध रूपमा लागुऔषध लिएर आउँदै गरेका दुई व्यक्ति सशस्त्र प्रहरी देख्ने वित्तिकै लागुऔषध छाडेर भारततर्फ भागेका उनले जानकारी दिए। बरामद भएको लागुऔषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।
सामाग्री श्रोत :