
काठमाडौं –टोटनहमले युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै टोटनहमले युरोपा लिग जितेको हो । टोटनहम १७ वर्षपछि युरोपा लिग च्याम्पियन बनेको हो । सन् १९८४ पश्चात पहिलोपटक टोटनहमले यो उपाधि जितेको हो ।
टोलीलाई उपाधि दिलाउन ४२ औं मिनेटमा ब्रेनन जोन्सनले गरेको गोल नै निर्णायक बन्यो । दोस्रो हाफको मध्यतिर रास्मुस होइलुन्डको हेडर गोल लाइनबाट मिकी भ्यान डे भेने शानदार क्लियर गरेपछि युनाइटेड बराबरीको नजिक पुगेको थियो । खेलको अन्त्यतिर लुक शको हेडरलाई भिकारीयोले उत्कृष्ट बचाउ गरेपछि टोटनहमले जित निश्चित गर्यो । जितसँगै टोटनहमले आगामी सिजनको च्याम्पियन्स लिगमा समेत स्थान पक्का गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
जानकी धामी, वीर अस्पताल नर्सिङ क्याम्पसमा कार्यरत छिन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उनले नर्सिङ गरेकी हुन्।
पुर्खाैली घर सुदुरपश्चिम भएकी उनको ठाउँमा त्यतिबेला नर्स बन्ने हौसला प्राय परिवारबाट पाउने स्थिती थिएन। त्यस्तो अवस्थामा पनि उनका दाजुले उनलाई नर्स बन्न उत्प्रेरित गरे।
‘मलाई नर्स पढ्नका लागि इन्ट्रान्समा दिन लगाउने, भर्ना गरिदिने तथा पढाई खर्चको व्यवस्थापन गरिदिने नै मेरो दाई हुुनुहुन्थ्यो,’ स्मरण गरिन्।
पीएसएल पढाइ सकिएपछि उनले ओम अस्पतालको जनरल वार्डमा पनि काम गरिन्। त्यसपछि त्रिवि शिक्षण अस्पताल हुँदै २०१४ सालदेखि उनी वीर नर्सिङ क्याम्पसको विभिन्न तह हुँदै हाल एशोसिएट प्रोफेसरका रुपमा कार्यरत छिन्।
नेपाल सरकारले सेवा प्रवेश गर्दाको समयमा निश्चित सेवा सुविधा नर्सका लागि प्रदान गर्ने उल्लेख गरेको हुन्छ, तर पनि अस्पतालहरुले त्यो अनुसारको सेवा नदिएकोमा उनको असन्तुष्टी छ।
चिकित्सा शिक्षा आयोगको स्थापनासँगै नर्सिङ कलेज सञ्चालनका लागि विभिन्न मापदण्ड तय गरेसँगै यो क्षेत्रमा औद्योगिकीकरण नै आएको उनको भनाइ छ।
नर्स विदेश पलायनको स्थिती भयावह
पछिल्लो समय नर्सहरु विदेश पलायनको स्थिती भयावह रहेको उनको बुझाइ छ। ‘नर्सहरुले नीति निर्माण तहसम्म लबिङ गर्न नसक्दा यस्तो भएको पनि हुनसक्छु,’ उनले भनिन्।
विद्रोह गर्दा सरुवा भइने डरले समेत कतिपय नर्सहरुले कुरा राख्न नसक्ने स्थिति समेत भएको उनी बताउँछिन्। ‘निजी अस्पतालमा मात्रै होइन सरकारीमा पनि नर्सहरुको थुप्रै समस्या छन्,’ उनले भनिन् – ‘वर्षाैंसम्म एउटै पदमा कार्यरत रहनुपर्ने, अस्थायी सरकारका कारण पटक–पटक सरुवाको अवस्था पनि छ।’
मुलुककै जेठो अस्पताल वीरमा ११ औं तहको नर्सिङ प्रशासक एक जनामात्रै रहेको अवस्था छ। वीरमा ३–४ जनासम्म नर्सिङ प्रशासक हुनुपर्ने उनी बताउँछिन्।
राज्यको समंग्र विकासका लागि स्वास्थ्य क्षेत्रको विकासले महत्वपुर्ण भुमिका खेल्ने गर्छ। प्राविधिक क्षेत्रमा चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरु पर्ने गर्छन्।
जोखिमपूर्ण तथा आवश्यकता अनुसार जुनसुकै समयमा कामका लागि तयार हुनुपर्ने नर्सको सेवासुविधा अपेक्षाकृत नभएको उनलाई लाग्छ। स्वास्थ्यकर्मीलाई निजामती सरह मात्रै सेवा सुविधा दिनु उचित नभएको उनको बुझाइ छ।
सरकारी तथा निजी क्षेत्रबाट स्वास्थ्यकर्मी पलायनको स्थितिलाई रोक्नका लागि सरकारले उचित सेवा सुविधा प्रदान गर्नुपर्नेमा उनको जोड छ।
चिकित्सा शिक्षा आयोगले नर्सिङ कलेज सञ्चालनका लागि निश्चित मापदण्ड पूरा गरेको हुनुपर्ने नियम ल्याएपछि पछिल्लो समय नर्स उत्पादन कम हुँदै गएको छ। राम्रो जनशक्ति निकाल्ने वीर जस्ता अस्पतालहरुमा पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न नपाउने स्थिति आउनु नर्सिङ पेशाका लागि दुर्भाग्य भएको उनी बताउँछिन्।
देशमा आधारभूत नर्सिङ सेवा प्रदान गर्ने पीसीएल नर्सहरुको उत्पादन वीरजस्ता संस्थाामा पनि हुनुपर्ने उनको धारणा छ। यस्तो अवस्थामा नियम संशोधनका लागि पहल गरिनुपर्ने उनको तर्क छ।
जब हजुरबा, हजुरआमाले पनि नर्स बन्न प्रेरित गरे
पढ्नका लागि बढी उत्प्रेरणा दाईबाट पाएपनि पारिवारिक सपोर्ट पनि राम्रै रहेको उनी बताउँछिन्। उनले भनिन् – ‘बुबा शिक्षक हुनुहुन्थ्यो, उहाँमा छोरीहरुलाई पढाए मात्रै समाज र परिवार शिक्षित हुन्छ भन्ने चेतना भएका कारण नर्स बनें।’
दाजु, बुबाले मात्रै नभई हजुरबा, हजुरआमाले समेत जानकीलाई नर्स बन्नका लागि प्रेरित गरेका थिए, विगतलाई स्मरण गर्दै उनले सुनाइन्।
गोरखापत्रमा गरिएको विज्ञापनका आधारमा उनका दाजुले उनलाई नर्स बन्नका लागि हौसला दिएका थिए।
नर्समा विशिष्टिकरण आवश्यक
नर्सिङ पेशालाई विशिष्टिकृत बनाउनु पर्ने उनी बताउँछिन्। नेपालमा क्रिटिकल केयर नर्सिङ, प्रसुती सेवा नर्सिङ लगायत विभिन्न विधामा नर्सको विशिष्टिकृत पढाइ सुरु भएको छ।
‘पढाइ अनुसार जनशक्तिको उपयोग हुन नसक्नु भने दुखद् हो,’ उनले भनिन्– ‘सरकारी स्तरबाट जनशक्ति माग नहुने स्थिति छ।’
जुन विधा पढेको हो, त्यसैअनुसार सेवा दिन पाउने स्थिति भएमा स्वास्थ्यमा गुणस्तरीय सेवा प्रवाह हुने उनको बुझाइ छ।
नर्सहरुलाई सेवा सुविधा बढाउँदा काममा बढी जिम्मेवार बनाउन सकिने उनलाई लाग्छ।
नर्स बनेकोमा गर्व लाग्छ
पछिल्लो समय नर्स पेशाका नकारात्मक पक्षहरु बाहिर आउने गरेका छन्। उनलाई भने आफू यसै पेशाले चिनिन पाउँदा गर्व लाग्छ।
नर्सहरुका लागि रात्रीकालीन ड्युटी अनिवार्य जस्तो नै हुन्छ। धेरै नर्सहरु रात्रीकालीन ड्युटी गर्न रुचाउँदैनन्, उनलाई पेशाको सुरुवातमा गरिएको रातिको ड्युटीले अथाह आनन्दको महशुुस हुन्थ्यो।
रातीको ड्युटी गर्ने नर्सहरुलाई थप सेवा सुविधा र भत्ता बढाउनुपर्ने उनलाई लाग्छ।
‘रातीको समयमा घर बाल बच्चा र निन्द्रा समेत माया मारेर बिरामीको सेवामा समर्पित हुनेलाई अतिरिक्त सेवा हुनुपर्छु,’ उनले भनिन्।
रातीको ड्युटीका लागि निजी अस्पतालमा अतिरिक्त ५० रुपैयाँ तथा सरकारी अस्पतालले थप १५० रुपैयाँ अतिरिक्त पैसा दिने गरेकोमा त्यसलाई बढाउनुपर्नेमा उनको जोड छ। नर्सले कार्यक्षेत्रमा हुँदा प्रत्येक दिन मृत्युका केशहरुको सामना गर्नुपर्ने हुन्छ।
यो पेशा मानवीय संवेदनासँग जोडिएको पेशा भएको उनलाई लाग्छ। ‘बच्चा, युवा जस्ता असामयिक मृत्युका घटनाले नर्सलाई अझै बढी संवेदनशील बनाउँछु,’ उनले भनिन्, ‘यस्ता घटनाले कति कतिबेला त जीवनदेखि नै खिन्न बनाइदिन्छ।’
सामाग्री श्रोत :
swasthyakhabar
मकवानपुर। पेट्रोलियम पदार्थ डिजेललाई तेल भनेर कराइमा हाल्दा आगो सल्किएको छ। मकवानपुरको हेटौंडा–८ कमानेस्थित नमुना टोलमा बुधबार साँझ भएको आगलागीमा दुई जना घाइते भएका छ्न्।
पर्सा, वीरगञ्ज महानगरपालिका–३० घर भई हाल डेरा गरी बस्दै आएका सलाउदिन देवानकी १३ वर्षीया छोरी असिया खातुनले मासु पकाउने क्रममा गल्तीवश डिजेल हाल्दा आगो लागेको हो।
आगो लागेपछि उनको अनुहार, हात, पिठिउँ र खुट्टा जलेको छ भने उनीसगै बस्ने भारत बिहार राज्य, मोतिहारी जिल्लाकी २५ वर्षीया अफ्रिदा खातुन सामान्य घाइते भएकी छिन्।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक विमला कुमारी कठायतको नेतृत्वमा खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएर घाइतेहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पठाएको छ।
आगलागीबाट काठको ढोका, धान, चामल र लत्ताकपडा जलेर अन्दाजी बीस हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
सामाग्री श्रोत :
विराटनगर। कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका प्रदेश सभा सांसद केदार कार्कीले सीमावर्ती क्षेत्रमा सुशासनको नाममा दिनमा सामान्य यात्रुलाई रोक्ने र रातिको समयमा अवैध रूपमा ट्रकका ट्रक सामान भित्र्याउने कार्य व्यापक रूपमा भइरहेको गम्भीर आरोप लगाएका छन्।
बुधबार बसेको कोसी प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै कार्कीले संघ र प्रदेश दुवै सरकारले सुशासनको धेरै चर्चा गरे पनि त्यसको व्यवहारमा उल्टो गतिविधि भइरहेको उल्लेख गरेका हुन्।
‘सुशासनको कुरा धेरै भयो। लामो समय कांग्रेस दलका नेताले पनि सदनमा सुशासनको कुरा गर्नुभयो। नाकामा हुने झोलेपोकेलाई तर्साएर राति ट्रक छिराउने प्रवृत्ति अन्त्य हुनुपर्छ। म आफैँ केही दिनअघि राति निरीक्षणमा जाँदा रानीको अरुण सिनेमा हल नजिकैको गल्लीबाट ठेलामा सरसामान भित्राने गरेको देखेँ। प्रहरी आफैँले लाइट बालेर गाडी पास गराउँदा रहेछन्। हामी राजस्वको दायरा बढाऊँ भन्छौँ । कपालभन्दा माथि उडेको हावाको कर लिने ?, उनले भने।’
उनले यस्तो गतिविधिले राजस्व सङ्कलनमा गम्भीर असर पारिरहेको भन्दै प्रदेश सरकारले संघ सरकारसँग मिलेर सशक्त रूपमा हस्तक्षेप गर्नुपर्ने बताए।
कार्कीले हालै विराटनगरमा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीको अध्यक्षता गृह मन्त्रालयका सचिवले गरेकोप्रति पनि आपत्ति जनाएका हुन्। उनले प्रदेश सरकारले दाशत्व स्वीकार गरेको बताएका हुन्।
अघिल्लो अभ्यास अनुसार यस्तो बैठकको अध्यक्षता प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीले गर्ने परम्परा रहेको स्मरण गराउँदै उनले भने, ‘अघिल्ला बैठकहरूमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीले अध्यक्षता गर्ने अभ्यास थियो। म आफैँ आन्तरिक मामिला मन्त्री छँदा अध्यक्षता गरेको हो, उनले भने।’
पूर्वमुख्यमन्त्रीको वक्तव्यपछि सरकारका तर्फबाट जवाफ दिएका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले गृह सचिवको अध्यक्षताका सम्बन्धमा नीतिगत व्यवस्थामा गृह सचिवले नै अध्यक्षता गर्ने व्यवस्था रहेको जनाए।
बैठकमा गृह सचिव भन्दा माथिल्लो हैसियतमा रहेर कोशीका मुख्यमन्त्री र आफूले समेत निर्देशन जारी गरेको उल्लेख गर्दै दासत्व स्वीकार गरेको भन्न नमिल्ने जनाएका हुन्।
कोशीको प्रदेशसभामा मंगलबारदेखी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ।
सामाग्री श्रोत :
देउखुरी (दाङ)। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्ने बताएका छन्।
नेकपा एमाले स्थानीय विकास विभाग दाङद्वारा आयोजित कार्यकर्ता र जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले विपक्षीले प्रशंसा गरेमा बाटो बिराएको भनेर बुझ्नुपर्ने बताए। ‘विपक्षीहरूले प्रशंसा गर्न थाले भने आफूले बाटो बिराएको सम्झनुपर्छ। उनीहरूले आलोचना गर्नु भनेको चिन्ताको विषय होइन’, उनले भने।
उनले एमालेले विगतका हरेक संकटलाई सामना गर्दै सशक्त रूपमा अघि बढेको र देशको सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित गरिसकेको दाबी गरे । पोखरेलले भने, ‘एमाले देश परिवर्तनका लागि स्थापित पार्टी हो। हामी लोकतन्त्र र समृद्धिका पक्षमा लडिरहेछौँ।’
स्थानीय सरकाले गरेका राम्रा कामको प्रचार गर्नुपर्नेमा उनले जोड दिए। कार्यक्रममा एमालेबाट निर्वाचित वडा तथा स्थानीय तहका जनप्रतिनिधिको उपलब्धि र आगामी चुनौतीबारे जानकारी गराइएको थियो।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले नगरस्तरीय विकास योजना प्रस्तुत गरेका थिए। कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य, स्थानीय विभागका केन्द्रीय सदस्यलगायतको उपस्थिति थियो।
सामाग्री श्रोत :
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु पूर्वानुमानलाई केवल वैज्ञानिक दस्तावेजमा सीमित नराखी योजना निर्माणदेखि कार्यान्वयनसम्म प्रत्यक्ष उपयोगमा ल्याउनुपर्ने बताएका छन्।
राष्ट्रिय जल तथा मौसम विज्ञान विभागको आयोजनामा आज आयोजित ‘राष्ट्रिय मौसम फोरम–२०८२’ को उद्घाटन उनले जलवायु परिवर्तनका कारण मौसम चुनौती थप जटिल बन्दै गएकाले अबको नीति पूर्वानुमान र पूर्वतयारीलाई केन्द्रमा राखेर तयार गर्नुपर्ने बताए।
‘पूर्व अनुमान र उचित सन्देश समयमै प्रवाह गर्न सकेमा ठूलो जनधनको सुरक्षा हुन्छ, केवल नीति निर्माण मात्र होइन, संरक्षण, उत्पत्ति र उपयोग सबै पक्षमा पूर्व तयारी आवश्यक छ,’ उनले भने। मन्त्री खड्काले केही समयअघि सिस्नेरीमा भएको दुर्घटनाको स्मरण गर्दै पूर्वानुमान र समयमै सूचना प्रवाह गर्न सकेको भए विद्यार्थीहरूको ज्यान जोगिन सक्ने बताए।
हिमाल आरोहणमा गएका पर्यटक समयमै सूचना नपाएर अकालमा ज्यान गुमाउनु परेका घटनालाई उदाहरण दिँदै उनले यस्ता त्रासदी दोहोरिन नदिन प्रभावकारी पूर्वानुमान प्रणाली र सूचना सम्प्रेषणमा लाग्नुपर्ने उल्लेख गरे।
विपद् व्यवस्थापनमा सबैभन्दा छिटो प्रतिक्रिया स्थानीय तहको वडा कार्यालयबाट हुने भएकाले मौसमसम्बन्धी सूचना वडास्तरसम्म पुर्याउनु जरुरी रहेको उनको भनाइ थियो। उनले जल तथा मौसम विज्ञान विभागलाई सरकारले उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उल्लेख गरे।
विभागका महानिर्देशक कमलराम जोशीले आगामी दिनमा अझ वैज्ञानिक र सहभागीपूर्वक तयारी अघि बढाइने बताए। कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीलगायतको सहभागिता रहेको थियो।
सामाग्री श्रोत :
पूर्वतयारी र सूचना प्रवाहले जनधनको सुरक्षामा निर्णायक भूमिका खेल्छ: ऊर्जामन्त्री खड्का
काठमाडौं। प्रेस काउन्सिल नेपालले पत्रकारको आवरणमा गैरपेसागत क्रियाकलाप भएकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सिरहा, कैलाली, पर्सा, धनुषा, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, सल्यान, बाँके, सुनसरीलगायत जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत कार्य भएको गुनासो आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो।
मिडियाको आवरणमा आफू पत्रकार भएको परिचय दिइ गैरपेसागत क्रियाकलाप गर्ने, सरकारी/गैरसरकारी एवं स्थानीय तहका कार्यालयमा विज्ञापनका नाममा बार्गेनिङ गर्ने, धम्क्याउने, अनधिकृत रुपमा कार्ड बनाइ गैरपेसागत क्रियाकलापमा संलग्न गराउनेलगायत गुनासाका सम्बन्धमा काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको काउन्सिलका सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
काउन्सिलले पेसागत आचरणविपरीत यस्ता गैरकानुनी कार्य नगर्न/नगराउन सम्बद्ध सबैलाई अनुरोध गरेको छ। पत्रकारका विषयमा प्रश्न उठेपछि काउन्सिलले नेपाल पत्रकार महासंघ सिरहा जिल्ला शाखालाई सात दिनभित्र उजुरीसहित विवरण उपलब्ध गराउन पत्राचार गरेकोे छ।
आचारसंहिताबमोजिम दिएको निर्देशन अवज्ञा गर्ने ११ वटा अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखिएको काउन्सिलले जनाएको छ। कालोसूचीमा राखी कारबाही गरिएकामध्ये क्षमायाचना गर्दै आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा प्रतिबद्धतासहित निवेदन दिने पाँच वटालाई कालोसूचीबाट फुकुवा गरिएको सूचना अधिकारी बोहराले जानकारी दिए।
सामाग्री श्रोत :
पत्रकारको गैरपेसागत कार्यप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
काठमाडौं। द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनले सत्यनिरूपण तथा मेलमिलाप आयोगबाट प्रकाशित सूचनाप्रति विरोध जनाएको छ।
सो संगठनका संयोजक देवी खड्काले आज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगमा पदाधिकारी नियुक्ति भएसँगै द्वन्द्वपीडितसँग परामर्शविना नै उजुरी मागसम्बन्धी सूचना सार्वजनिक गरेको र त्यसमा गोपनीयताको हकको कुनै पनि व्यवस्था नगराएको उल्लेख छ।
‘मिति २०८२/०२/०५ मा नै प्रकाशित गरी उजुरीको माग गरिएको छ, यो सम्बन्धमा पीडित पक्षसँग कुनै पनि प्रकारको समन्वय नगरी, कानुनद्वारा प्रत्यायोजित पीडितको सुरक्षा र गोपनीयताको हकलाई आघात पुर्याउने भएकाले प्रकाशित उक्त सूचना हामी पीडित पक्षलाई मान्य छैन’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो किसिमको अपरिपक्व प्रक्रियामा संलग्न हुनु भनेको आत्मघातसरहको कदम हुनेछ भन्ने हामी पीडितहरूको ठम्याइ छ।’
सात वर्षदेखि ‘द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठन’ नामक संगठन नै स्थापना गरी स्वःस्फूर्त रूपमा हजारौँको सङ्ख्यामा संगठित भई कानुन निर्माणमा रचनात्मक सहभागिता, कानुनको संशोधनदेखि सम्बन्धित सरोकारावालाहरूसँग कार्यविधि निर्माणको मस्यौदामा छलफल, निवेदन संकलनको प्रक्रियामा गोपनीयता तथा सुरक्षाको सुनिश्चितता, पीडितबाट लिइने अनुमतिपत्र, उनीहरूको मानसिक स्वास्थ्यप्रतिको संवेदनशीलतामा केन्द्रित रहेर राज्यका प्रतिनिधिसँग सकारात्मक र सहयोगात्मक सहकार्यका रूपमा रहेको भूमिकालाई बेवास्ता गरेको विज्ञप्तिमा छ।
सामाग्री श्रोत :
सत्यनिरूपण तथा मेलमिलाप आयोगबाट प्रकाशित सूचनाप्रति पीडित पक्षको विमति
कुरिनटार (चितवन)। सीमा तथा आन्तरिक सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनको मुख्य जिम्मेवारीसहित राष्ट्र सेवामा खटिइएको सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन तालिम प्राप्त जनशक्तिको उत्पादनमा पनि आफूलाई अब्बल बनाउँदै लगेको छ।
विपद्मा फसेका नागरिकको उद्धारमा खटिने जनशक्तिलाई तालिम दिलाउन विदेशी मुलुकको भर पर्नुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्दै सशस्त्र प्रहरीले चितवनको कुरिनटारस्थित आफ्नै नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट आफ्ना जनशक्तिलाई विभिन्न तालिम प्रदान गर्दै आइरहेको छ।
सो शिक्षालयबाट छ हप्ताको गोताखोर तालिम लिएका २० जना सशस्त्र प्रहरी कर्मचारी आज गृहमन्त्री रमेश लेखकबाट प्रमाणपत्र र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट गोताखोर ‘ट्याग’ प्राप्त गरेका छन्। सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक २०६९ सालमा बङ्गलादेशबाट २५ जनाले गोताखोर तालिम प्राप्त गरेका थिए।
नेपालमा समेत पहिलो पटक २०७६ सालदेखि गोताखोर तालिम दिन सुरू गरिएको हो। सशस्त्र प्रहरी बलमा गोताखोर तालिम प्राप्त जनशक्ति एक सय २८ पुगेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
तालिमको दौरानमा प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको थियो। गोताखोर तालिम प्राप्त जनशक्ति बढेसँगै पानीजन्य घटना दुर्घटनामा परेका नागरिकको उद्धारमा मद्दत पुग्ने विश्वास गरिएको छ।
गोताखोर तालिम प्राप्त टोली सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी, नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं ६ महेश्वरी बाहिनी मुख्याल सुर्खेत, नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा परिचालित छन्।
त्यसैगरी नं ३ कंकालिनीमाई गण मोरङ, नं १७ गण चितवन, नं २४ कालिका गण कास्की, नं २० विपद् उद्धार गण सिनामंगल, नं ४२ रिजर्भ गण बाँके र विपद् व्यवस्थापन वेश खुर्कोट सिन्धुलीमा समेत तैनाथ रहेका छन्। सो टोली विपद्मा परेका आम नागरिकहरूको सहयोग तथा उद्धारमा खटिँदै आएका छन्।
सामाग्री श्रोत :
काठमाडौं। सरकारले सबै उपभोग्य वस्तु तथा सेवा क्षेत्रमा अधिकतम खुद्रा बिक्री मूल्य तोक्ने नियम कडाइका साथ कार्यान्वयन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीले आफ्नो प्रत्येक सामानको उत्पादन मिति, प्रयोग अवधि र मूल्य अनिवार्य राख्नुपर्ने नियमलाई कार्यान्वयन गरेको हो।
राष्ट्रिय व्यवसायी महासंघद्वारा आज आयोजित अन्तरक्रियामा विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपभोक्ताले खरिद गर्ने वस्तु तथा सेवाको अधिक्तम मूल्य थाह पाउने अधिकार रहेकाले त्यसको संरक्षण गर्ने उद्देश्यले सो नियमलाई कार्यान्वयनमा कडाइ गरिएको बताए।
कालोबजारी नियन्त्रण गर्न तथा उपभोक्ता ठगिने क्रमलाई अन्त गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै महानिर्देशक दाहालले उक्त नियमले अनौपचारिक व्यवसायलाई करको दायरामा ल्याउने बताए।
अधिक्तम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या नहुने बताउँदै चोरी पैठारी तथा बदमासी गर्ने व्यवसायीलाई समस्या पर्ने उनको भनाइ थियो। बजार अनुगमनका क्रममा १६ हजार मूल्य बराबरको औषधिको विजक बनाएर एक लाख ६० हजारमा बिक्री गरेको पाइएकाले त्यस्तालाई कारबाही गरिएको विभागले जनाएको छ।
उपभोग्य बस्तु साथै शिक्षा, स्वास्थ्य, पर्यटनलगायत सेवा क्षेत्रमा पनि मूल्य तोक्ने व्यवस्थालाई तीव्र पारिएको छ। वस्तु उत्पादन तथा आयात गर्दा अन्तिम लागतमा २० प्रतिशतसम्म नाफा राखेर मूल्य तोक्ने व्यवस्था छ।
महासंघका अध्यक्ष मनोज श्रेष्ठले पछिल्लो समय सरकारले गरेको अनुगमन तथा बिक्री गर्ने बस्तुमा अधिकतम मूल्य राख्नुपर्ने नियमको पालना गर्न आफ्नो संगठन मातहतका व्यवसायीलाई आग्रह गरे।
सामाग्री श्रोत :