२०८२ आश्विन ३ शुक्रबार
२०८२ आश्विन ३ शुक्रबार

काठमाडौं। होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जाल फेसबुकबाट सुरू भएको सामान्य चिनजान अन्ततः ब्ल्याकमेलको हतियार बनेको प्रहरी अनुसन्धानले देखाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका–५ बस्दै आएकी ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ घर भई हाल काठमाडौं–५ बस्दै आएकी ३४ वर्षीया आचल श्रेष्ठ भनिने आँचल चौगुठी रहेका छन्।

दुबैलाई काठमाडौं महानगरपालिका–११ हनुमानस्थानबाट जेठ ७ गते पक्राउ गरिएको आचार्यले बताए। आचार्यका अनुसार उनीहरू फेसबुकमार्फत् युवतीको फोटो राखेर पुरुषहरूलाई सम्पर्कमा ल्याउँथे। सुरूमा साधारण कुराकानी गर्दै उनीहरूले आफूप्रति आकर्षण जगाउँथे।

अनि विस्तारै सम्बन्ध प्रगाढ बनाउँदै जान्थे। सम्बन्ध बलियो बनाएपछि होटल वा रिसोर्टमा भेट्न बोलाउँथे। त्यस्ता भेटघाटहरू विशेष रूपमा नियोजित हुने गरेका थिए। उनीहरूले होटलमा खाजा, खाना र मदिरासहितको सेवा दिँदै गोप्य रूपमा पीडितको फोटो र भिडियो खिच्थे।

अधिकांश अवस्थामा ती दृश्यहरू आपत्तिजनक हुने गरी खिचिएका हुन्थे। ‘यिनै सामग्रीहरूलाई आधार बनाएर उनीहरूले पीडितमाथि मानसिक दबाब दिन्थे,’ आचार्यले भने, ‘तपाईंको घरपरिवार, कार्यक्षेत्र र सामाजिक सञ्जालमा यिनै तस्बिर सार्वजनिक गरिदिन्छौं भन्दै धम्क्याइन्थ्यो।’ त्यस्ता धम्कीबाट डराएका धेरै व्यक्तिहरू आफैं सम्पर्कमा आएर रकम बुझाउने अवस्थामा पुग्ने गरेको प्रहरीले जनाएको छ।

काठमाडौंमा भएको पछिल्लो घटनामा ती युवतीले एक व्यक्तिलाई ब्ल्याकमेल गरेर काठमाडौंमा चार आना जग्गा माग गरेका थिए। पाँच लाख रुपैयाँ बराबरको चेक लिइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार, उनीहरूको साथबाट विभिन्न कम्पनीका दुई वटा मोबाइल फोन बरामद गरिएको छ, जसमा अनुसन्धानका लागि आवश्यक डिजिटल प्रमाणहरू संकलन भइरहेको छ।

प्रहरीका अनुसार घटनामा संलग्न दुवै युवतीले पछिल्लो समय सामाजिक सञ्जालमा सक्रियता बढाएका थिए। उनीहरूले फेसबुकमार्फत् रोजगारी वा सम्बन्धको झुठो प्रस्ताव गरेर लक्षित व्यक्तिहरूसँग सम्पर्क बनाउँथे। अनि व्यक्तिगत भेटघाटमा पुगेर उनीहरूलाई फसाउने योजनामा संलग्न हुन्थे।

प्रहरीले यो घटनालाई ‘हनी ट्रयाप’ अर्थात् भावनात्मक सम्बन्धको जालमा पारेर गरिने ठगीको आधुनिक स्वरूपको रूपमा व्याख्या गरेको छ। काठमाडौं उपत्यकामा पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल र डिजिटल मिडिया प्रयोग गरेर ठगी गर्ने घटनाहरू बढ्दो क्रममा छन्।

आचार्यका अनुसार हालसम्म यो गिरोहले कति जनालाई निशाना बनाएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ। उनले भने, ‘गोप्य फोटो र भिडियो खिचेर ब्ल्याकमेल गर्ने प्रवृत्ति खतरनाक रूपमा विस्तार भएको छ। यस्तो प्रवृत्तिबाट जोगिन सबै नागरिक सचेत हुनु आवश्यक छ।’ पक्राउ परेका युवतीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

 


सामाग्री श्रोत :

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

काठमाडौँ । पछिल्ला केही दिनयता टिकटकमा चर्चित व्यक्तिहरूको बालरूप भाइरल भइरहेका छन् । यस्ता भिडिओमा बच्चा स्वरूपमा देखाइएका पात्रले उनीहरूकै जस्तो स्वर, शैली, हाउभाउ र लवजमा बोल्छन् । झट्ट हेर्दा वास्तविक जस्तै लाग्ने अनुहार, कपडा र आवाज मिल्दो भएपनि यी भिडिओ पूर्ण रूपमा एआई प्रविधिबाट तयार पारिएका हुन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसम्मका बालरूप भिडिओ अहिले टिकटकमा व्यापक रूपमा देखिन्छन् । बालरूपका पात्रहरूलाई गीत गाइरहेको, पडकास्टमा बोलिरहेको, कुनै सिद्धान्तमा धारणा राखिरहेको जस्ता स्वरूपमा प्रस्तुत गरिएको छ ।

यस्ता भिडिओ बनाउन विभिन्न एआई टुल प्रयोग गरिन्छ । च्याटजीपीटी, हेर्डा एआई (Hedra AI) लगायतका टुल प्रयोग गरेर अनुहार रुपान्तरणदेखि भिडिओ उत्पादनसम्म गर्न सकिन्छ । ‍

च्याटजीपीटीमा गएर फोटोमा आधारित बच्चा स्वरूपको अनुहार बनाइदिन अनुरोध गर्दा उसले कपडा, कपाल र मुहार मिल्दोजुल्दो फोटो तयार पारिदिन्छ । अनि यस्तो फोटोबाट भिडिओ बनाउन अहिले लोकप्रिय टुलहरूमध्ये ‘हेर्डा एआई’ प्रयोग भइरहेको छ । अधिकांश भाइरल बच्चा स्वरूपका भिडिओ यही टुलमार्फत बनाएको पाइन्छ ।

यो टुलमा प्रयोगकर्ताले फोटो अपलोड गरी अडियो स्क्रिप्ट राखेर भिडिओ बनाउन सक्छन् । अडियो मिक्स गर्न मिल्ने, कुन भाग राख्ने वा हटाउने भन्ने एडिट अप्सनसमेत यसमा उपलब्ध छ । निःशुल्क प्रयोगकर्ताका लागि हाल २० सेकेन्डसम्मको अडियो सीमित गरिएको छ ।

भिडिओ बनाउने अन्य सजिलो उपाय पनि छन् । सुरुमा जसको बालस्वरूप बनाउन चाहेको हो, उसको स्पष्ट र उच्च गुणस्तरको फोटो आवश्यक हुन्छ । त्यसपछि ‘FaceApp’, ‘Reface’, ‘AI Baby Generator’ जस्ता एपहरू प्रयोग गरेर बाल अनुहार तयार गर्न सकिन्छ ।

त्यसपछि उक्त अनुहार प्रयोग गरेर ‘D-ID’, ‘HeyGen’, वा ‘Pika Labs’ जस्ता टुलहरूको माध्यमबाट स्वर मिलाइएको भिडिओ बनाउन सकिन्छ । यसरी भिडिओमा बच्चा स्वरूपका पात्र बोलिरहेको देखाउन सकिन्छ ।

यस्ता एआई भिडिओहरू केही टिकटक प्रयोगकर्ताले मनोरञ्जनका लागि त केहीले फलोअर आकर्षित गर्न बनाइरहेका छन् । तर, एआई सिर्जित सामग्रीले चुनौती पनि खडा गरेको छ ।

केही प्रयोगकर्ताले यिनै प्रविधि दुरुपयोग गरेर व्यक्तिलाई लक्षित गर्ने, अपमानजनक तथा भ्रामक सामग्री बनाउने प्रवृत्ति देखापरेको छ । बालस्वरूप वा अन्य डिजिटल रुपान्तरणमार्फत कसैको छवि बिगार्न एआई टुल प्रयोग हुने जोखिम बढेको छ ।


पछिल्लो अध्यावधिक: जेठ ८, २०८२ १९:३३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव र सचिवहरूले राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवासम्बन्धी विधेयकमा अवकाशपछि २ वर्षसम्म संवैधानिक, कूटनीतिक, राजनीतिक लगायतका पदमा नियुक्त हुन नपाउने व्यवस्था राख्नु असंवैधानिक भएको दाबी गरेका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा कुलिङ पिरियडको व्यषवस्था सर्वसम्मतिले २ वर्ष राखेको छ । 

यो व्यवस्थामा आपत्ति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली कांग्रे‍स सभापति शेरबहादुर देउवामार्फत राज्यव्यवस्था समितिलाई दबाब दिएका मुख्यसचिव एकनारायण अर्याल नेतृत्वको टोलीले बिहीबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर दबाब दिएको थियो ।

सभामुखपछि राष्ट्रिय सभा अध्यक्षलाई भेटेको मुख्यसचिव, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, सचिवहरूको टोलीले त्यहाँ पनि कुलिङ पिरियडको व्यवस्था असंवैधानिक रहेको तर्क गरेको थियो ।

संसद्मा महासचिव पाण्डेयले निजामती विधेयकमा कुलिङ पिरियडको व्यवस्था राख्नु संविधान विपरीत हुने भनी सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई भनिएको जानकारी दिए । ‘निजामती सेवाबाट अवकाश भइसकेको कर्मचारीलाई निजामती विधेयकले गभर्न गर्न सक्दैन । त्यसकारण कुलिङ पिरियड राख्ने नै हो भनेपछि ठिकै छ, कर्मचारीको विरोध छैन तर त्यो राख्ने कहाँ हो भन्दा कि त संविधानमा राख्नुपर्‍यो या त संवैंधानिक निकायमा नियुक्ति गर्ने कानुनमा,’ पाण्डेयले भने, ‘जुन पदमा नियुक्त गर्ने हो त्यसैसँग सम्बन्धित कानुनमा नियुक्त गर्नुपर्छ । त्यसबारे लागि सचेत हुनुपर्छ भन्ने कुरा राख्यौं ।’

Ncell 2
Ncell 2

कुलिङ पिरियड उपयुक्त कानुनमा राख्नुपर्नेमा असंवैधानिक हुने गरी संघीय निजामती विधेयकमा राख्न लागिएको पाण्डेयको तर्क थियो । ‘यो लबिइङ होइन, संविधान बमोजिम भएन भन्ने कुरा हो,’ उनले भने, ‘कुलिङ पिरियड राख्नु संवैधानिक विषय होइन ।’

निजामती कर्मचारीलाई अपमानित हुने गरी कुलिङ पिरियड राख्न लागिएको पनि मुख्यसचिव र सचिवहरूले सभामुख र राष्ट्रिय सभा अध्यक्ष समक्ष राखेको पाण्डेयले जानकारी दिए ।

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विधेयकमा गरिएका व्यवस्था संवैधानिक हुन् कि असंवैधानिक भन्ने हेर्ने अधिकार अदालतको भएको स्पष्ट पारे । ‘विधेयक संवैधानिक, असंवैधानिक हेर्ने जिम्मा अर्कै निकाय छ, त्यो उहाँहरूले हेर्नुहुन्छ । हामीले निर्णय गरिसकेका छौं सर्वसम्मत रुपमा । स्वार्थको द्वन्द्वका कारणले मुख्यसचिव र सचिव भएर आफैले गरेको निर्णय उल्ट्याउने ठाउँमा गएका छन्,’ खतिवडाले भने, ‘भोलिपल्ट फलानो ठाउँमा नियुक्त हुँदैछ भनेर राजीनामा दिएर अथवा जागिर छोडेर त्यो ठउँमा जाने, राजनीतिक नेतृत्वसँग नचाहिँदो नेक्सस कायम गरेर स्वार्थको द्वन्द्व बाझिने गरी राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्वले गर्ने भयो भने हामीले परिकल्पना गरेको संघीयतासहितको संविधान कहाँ जान्छ ?’

आफ्नो जागिर जान लाग्यो भनेर मुख्यसिचव र सचिवहरूले विभिन्न ठाउँमा चासो व्यक्त गर्दै गएकोमा समितिले चिन्ता नगर्ने खतिवडाले बताए । समितिले गरेको निर्णय समितिको भएको बताउँदै उनले त्यो संसद्मा जाने तर आफ्नो निर्णयमा समिति अडिग रहेको स्पष्ट पारे ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

पर्यटन मन्त्रालयमा आज भएको भेटवार्ताको मुख्य उद्देश्य युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नराख्ने उपायबारे गहन छलफल भएको थियो। मन्त्री पाण्डेले युनेस्कोको मापदण्डअनुसार लुम्बिनीमा विभिन्न सुधारात्मक काम भइरहेको जानकारी गराउँदै, सरकारले तयार पारेको कार्ययोजना (एक्सन प्लान) कार्यान्वयनमा रहेको बताए। साथै, लुम्बिनीलाई स्थायी रुपमा खतराको सूचीमा नपार्ने रणनीति निर्माणका लागि युनेस्कोसँग प्राविधिक र संस्थागत सहयोग आवश्यक रहेको धारणा राखे।

युनेस्कोका प्रमुख डु टुइटले संस्थाको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै हालै सम्पन्न अन्तरराष्ट्रिय वैज्ञानिक समितिको बैठकमा लुम्बिनीसहित काठमाडौंका विषयमा सकारात्मक छलफल भएकामा सन्तोष व्यक्त गरे।

भेटका क्रममा मन्त्री पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत तथा अन्य सम्भावित सम्पदालाई युनेस्कोको प्रारम्भिक सूचीमा समावेश गराउने विषयमा सहयोगको आग्रह गरे। साथै, लुम्बिनीको दीर्घकालीन प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसंघअन्तर्गत १६ राष्ट्र सम्मिलित समितिको हालसम्मको प्रगतिबारे जानकारी गराए।


सामाग्री श्रोत :

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

काठमाडौँ । सामाजिक सञ्जालमार्फत गोप्य भिडिओ सार्वजनिक गर्ने धम्कीपछि एक महिलाले आत्महत्या गरेकी छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-२ घर भई हाल भक्तपुर बस्दै आएकी २५ वर्षीया अञ्जना रिजालले विष सेवन गरेर ज्यान लिएकी हुन् ।

अञ्जनाका दाइ पदम विकका अनुसार अञ्जनाले भक्तपुरको जगातीमा केही वर्षदेखि ५५ वर्षीय किरण कुमार अवालसँग मिलेर पोल्ट्री फार्म सञ्चालन गर्दै आएकी थिइन् । अविवाहित अञ्जना र विवाहित किरणबिच निकट सम्बन्ध रहेको बताइएको छ । किरणले पटक-पटक विवाहको प्रस्ताव राखे पनि अञ्जनाले अस्वीकार गर्दै आएकी थिइन् ।

विवाह गर्न नमानेपछि किरणले अञ्जनाका गोप्य तस्बिर/भिडिओ सार्वजनिक गरिदिने धम्की दिएको पदमले दाबी गरेका छन् । “अञ्जना र किरणको कोठा नजिकै बस्ने एक भाइले पनि किरणले गोप्य भिडिओ लिक गरिदिने भन्दै बारम्बार ब्ल्याकमेल गर्ने गरेको सुनाएका छन् । यही विषयलाई लिएर उनीहरूबिच झगडा भइरहने रहेछ । किरणको मोबाइलमा पनि बहिनीका फोटो/भिडिओ भेटिएको छ,” पदमले टेकपानासँग भने ।

किरणकी श्रीमतीले उनीहरूको सम्बन्धबारे थाहा पाएपछि आफ्नो माइती पक्ष लिएर जगाती प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि गत जेठ ४ गते अञ्जनालाई प्रहरी कार्यालयमा हाजिर हुन बोलाइएको थियो । पदमका अनुसार थानामा किरणका ससुराली पक्षका केही व्यक्तिले अञ्जनामाथि कुटपिटसमेत गरेका थिए । त्यही दिन प्रहरी कार्यालयबाट फर्किएपछि अञ्जनाले कुखुरालाई खुवाउने क्याप्सुल‍ सेवन गरिन् । 

त्यसै दिन थानाबाट फर्किएपछि अञ्जनाले घरमै कुखुरालाई खुवाउने क्याप्सुल सेवन गरिन् । अवस्था गम्भीर भएपछि उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरे ।

घटना भएको दिन नै ठिमी प्रहरीले किरण अवाललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । सोधपुछका क्रममा किरणको मोबाइलबाट अञ्जनाका गोप्य तस्बिर तथा भिडिओ फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार यस विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८२ १८:४९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिस इन्टलिजेन्स (आईएसआई) का लागि काम गरेको आरोपमा एक जना नेपाली नागरिक पक्राउ भारतमा पक्राउ परेका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली प्रहरीले आईएसआईको स्लिपर सेल (अरु नै भेषमा बसेर आवश्यक परेका बेला काम गर्नेगरी) विरुद्ध चलाएको अप्रेशनका क्रममा पक्राउ परेका दुई जनामध्ये एक जना नेपाली रहेका छन् । 

उनको नाम अन्सरुल मियान अन्सारी रहेको आउटलुक इन्डियाले उल्लेख गरेको छ । सन् २०२५ को सुरुवात्देखि चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ गरेको समाचारमा जनाइएको छ । दिल्ली पुलिसले हालै अदालतमा अभियोग पत्र दायर गरेपछि यो घटना सार्वजनिक भएको हो ।

Ncell 2
Ncell 2

भारतीय समाचार एजेन्सी एसियन न्यूज इन्टरनेश्नल (एएनआई) ले आईएसआईका तर्फबाट उनी दिल्ली आएको दाबी गरेको छ । ‘उनी पाकिस्तान जान लागेका बेला पक्राउ परेका थिए’, समाचारमा भनिएको छ, ‘दुवै जना अहिले तिहाड जेलमा छन् ।’

एअनआईले उल्लेख गरेअनुसार, अन्सारी कतारमा रहँदा ट्याक्सी चालक थिए । त्यहाँ उनले आईएसआईको ह्याण्डलरलाई भेटेको र पछि पाकिस्तानमा गएर तालिम लिएको समाचारमा दाबी गरिएको छ ।

‘त्यहाँ आईएसआईका उच्च अधिकृतहरुबाट उनले तालिम लिएका थिए, पछि नेपाल हुँदै उनलाई दिल्ली पठाइएको थियो’, एएनआईले भनेको छ, ‘यो दिल्ली पुलिसको गोप्य अपरेशन थियो, जसमा केन्द्रीय एजेन्सीहरु पनि संलग्न थियो ।’

विगतमा आईएसआईका लागि काम गरेको आरोप लागेका कतिपय नेपालीहरु अज्ञात व्यक्तिको गोली प्रहारबाट विभिन्न स्थानमा मारिएका समेत छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । काठमाडौंमा एक जनाको शव फेला परेको छ।

टोखा नगरपालिका-२ चण्डेश्वरी डेरा गरी बस्ने उदयपुर घर भएका ४६ वर्षीय लाल बहादुर राई आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


सामाग्री श्रोत :

काठमाडौंमा एक जना मृत फेला

काठमाडौँ । राजस्व छली गरी चोरी पैठारी ल्याइएका मोबाइल तथा मोबाइल सम्बन्धित पार्टपुर्जासहित आठ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौँको चःमती क्षेत्रबाट सिकन्दर रजा सहित ८ जनालाई पक्राउ गरेको हो ।

उनीहरूले विभिन्न कम्पनीका मोबाइल तथा पार्टपुर्जाहरू राजस्व छलेर चोरी पैठारी गरी काठमाडौँ ल्याई विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण तथा भण्डारण गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सोही क्रममा मंगलबार उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई मोबाइल पार्टपुर्जासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा झापा जिल्लाका २७ वर्षीय रोशन कुमार महतो, महोत्तरीका २१ वर्षीय सिकन्दर रजा रहेका छन् भने बाँकी ६ जना भारतीय नागरिक रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाइएको छ ।

पक्राउ पर्नेहरूबाट ४४० थान ब्याट्री जडित मोबाइल डिस्प्ले, १४० थान ब्याट्री नभएका डिस्प्ले, रेडमीको एक थान ट्याब्लेट, एप्पल म्याकबुक, डेल ल्यापटप, १४ सय थान केबुलसहितको चार्जर, १,१५० थान मोबाइल ब्याट्री र एक लाख आठ हजार ५ सय नेपाली रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८२ १६:३८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा उल्लेख कुलिङ पिरियडको प्रावधानबाट समिति पछि नहट्ने स्पष्ट पारेका छन् ।

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति खतिवडाले लामो छलफल र बिज्ञहरुसंगको परामर्शपछि विधेयक पारित भएको भन्दै अहिले नै त्यसका रहेको कुलिङ पिरियडको प्रावधानबाट पछि हट्न वा संशोधन गर्न नसकिने स्पष्ट पारेका हुन् ।

निजामती कर्मचारीबाट बाहिरिएको भोलिपल्टै अर्को कुनै निकायमा नियुक्त हुँदा स्वार्थको द्वन्द देखिने भएकाले कुलिङ पिरियडको प्रावधान ल्याएको भन्दै उनले यस्तो प्रावधान अन्य देशमा समेत रहेको उल्लेख गरे ।

Ncell 2
Ncell 2

कुलिङ पिरियडको प्रावधानलाई कर्मचारीमाथिको अविश्वास भन्न नमिल्ने उनले बताए ।

सभापति खतिवडाले कुलिङ पिरियडको बिषयमा मुख्यसचिव लगाएतका सचिवहरुको चासो अस्वभाविक रहेको जिकिर गरे । समितिले पारित गरेको विधेयकलाई छिटो भन्दा छिटो सदनमा लाने तयारी भइरहेको उनले बताए ।

उनले समितिले पारित गरको विधेयकलाई असंवैधनिक भन्ने अधिकार कसैलाई नरहेको जिकिर गरे ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालले स्वास्थ्य क्षेत्रमा गरेका सुधार गरेको भान विश्वका धेरै मुलुकमा परेको बताएका छन्। 

विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई बिहीबार स्वदेश फर्किएका स्वास्थ्यमन्त्री प्रदीप पौडेल त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। यसपटकको विश्व स्वास्थ्य संगठन महासभामा नेपालको सहभागिता केही फरक विषयवस्तुहरू सहित विगतका भन्दा फरक किसिमको रहेको मन्त्री पौडेलको दाबी छ। 

नेपालले  सुर्तीजन्य पदार्थको खोलमा पूर्णरुपमा चेतावनीमूलक सन्देश राख्नुपर्ने निर्णय गरेकोमा धेरै मुलुकले त्यसको खुलेर प्रशंसा गरेको मन्त्री पौडेलले बताए। 

मन्त्री पौडेलेले थपे ‘नेपालको उक्त निर्णयका लागि विश्व स्वास्थ्य संगठनले नेपाललाई पुरस्कृत समेत गरेको छ’,‘नेपालले मातृ मृत्युदर घटाएको विषयलाई पनि प्रमुख उपलब्धिको रुपमा विश्वले हेरेको पाइयो’। 

वैदेशिक रोजगारीका लागि गएका श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले आगामी वर्ष हुने विश्व स्वास्थ्य संगठन अन्तर्गतको विश्व स्वास्थ्य सम्मेलनमा लैजाने तयारी गरेको मन्त्री पौडेलले जानकारी दिए। उक्त  प्रस्ताव नेपालमा मात्र नभई विश्व स्वास्थ्य संगठनका धेरै राष्ट्रहरूमा लागु हुन आवश्यक रहेको मन्त्री पौडेलले बताए।  

त्यसका साथै मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझै सुमधुर बनाउने, भारतसँग रहेका स्वास्थ्य सम्बन्धी विषयहरूमा आपसी समझदारीमा अगाडि बढ्ने, चीनका तथा बेलायतका प्रतिनिधिहरूसँग पनि स्वास्थ्य सम्बन्धी विषयहरूमा मिलेर अगाडि बढ्ने लगायतका प्रस्ताव राखिएको मन्त्री पौडेलले जानकारी दिए। समझदारी  स्विजरल्याण्डको औषधि आयातमा नेपाललाई सहुलियत प्रदान गर्नका लागि मन्त्री पौडेलले प्रस्ताव गरेको बताए। 

आगामी दिनमा स्वास्थ्य क्षेत्रमा सकारात्मक सहयोग हुनेमा सकारात्मक रहेको मन्त्री पौडलको जिकिर छ। नेपालमा आगामी वर्ष क्लाइमेट हेल्थ समिटको आयोजना गरिने विषय पनि मन्त्री पौडेलले सम्मेलनमा जानकारी गराएका थिए।

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट