२०८२ आश्विन ३ शुक्रबार
LATEST NEWS
२०८२ आश्विन ३ शुक्रबार

चितवन। चितवनको खैरहनिमा गएराती दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

उदयपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ नम्वरको कार एक आपसमा ठाक्कर खाँदा दुर्घटना भएको चितवन प्रहरीले बताएको छ।

आज बिहान १:४५ बजेको समयमा पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा भएको दुर्घटनामा कार चालक खैहरनी नगरपालिका ८ बस्ने ४२ वर्षीय प्रदिप तिमिल्सिनाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। बस र बसका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।


सामाग्री श्रोत :

चितवनमा बस र कार ठक्कर खाँदा दुर्घटनाः एकजनाको मृत्यु

काठमाडौँ । नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत अब केही सेकेन्डमै हाम्रो पे वालेटमा रकम लोड गर्न सकिने भएको छ । यस सेवाका लागि हालै बैंक र हाम्रो पात्रोबिच सहकार्य भएको हो । 

ग्राहकहरूले हाम्रो पेमा उपलब्ध क्यासब्याक अफर र अन्य डिजिटल सेवा पनि सहज रूपमा प्रयोग गर्न सक्ने हाम्रो पात्रोले जनाएको छ । डिजिटल भुक्तानी प्रणालीलाई छिटो, सुरक्षित र सबैका लागि सरल बनाउने योजनासहित  नबिल बैंकसँग सहकार्य गरिएको हाम्रो पात्रोका संस्थापक​ शंकर उप्रेतीले जानकारी दिए ।

उनका अनुसार चाँडै नै थप सुविधा पनि उपलब्ध हुनेछन् । यसअन्तर्गत केही समयमै बैंक खातालाई हाम्रो पेमा सिधै लिंक गरी रकम ट्रान्सफर गर्न सकिनेछ । साथै, हाम्रो पे एप प्रयोग गरी नबिल बैंकका एटीएमबाट कार्डबिना नै नगद झिक्न सकिने सुविधा पनि उपलब्ध गराइने उनले जानकारी दिए ।

 

पछिल्लो अध्यावधिक: जेठ ९, २०८२ ६:५९





सामाग्री श्रोत :
टेक पाना

अदानचुली (हुम्ला)। यहाँको नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा आएको बाढीपहिराकाे कारण पत्ता लगाउन सरकारी विज्ञ टोली आज आइपुगेका छन्।

बाढीपहिरोको एक हप्तापछि उनीहरु सदरमुकाम सिमकोटबाट तिलगाउँ प्रस्थान गरेका हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इञ्जिनियर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली घटनास्थलतर्फ प्रस्थान गरेका हुन्।

टोलीमा जल तथा मौसम विज्ञान विभागका ‘हाइड्रोलोजिस्ट’ इञ्जिनियर सौहार्द जोशी र खानी तथा भू–गर्भ विभागका सिनियर डिभिजनल ‘जिओलोजिस्ट’ शिवकुमार बास्कोटा छन्। खराब मौसमका कारण विज्ञहरुको टोली आउन केही दिन ढिला भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए।

यही जेठ १ गते राति बाढी आउँदा हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा क्षति पुगेको थियो। बाढीपहिरो प्रभावित अहिले पनि त्रिपाल टाँगेर बसेका छन्। करिब पाँच हजार ३०० मिटरमाथिका दुई वटा हिमपोखरीबाट बगेको पानीले बाढीको रुप धारण गरेको प्रारम्भिक अनुमान छ।

स्थानीय आफैँ पोखरीसम्म पुगेर बाढी आउनुका कारण पत्ता लगाएका थिए। तर पोखरीको पानी कसरी बाहिर निस्कियो भन्ने वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी छ। काठमाडौंबाट आएको विज्ञको टोलीले वैज्ञानिक कारण पत्ता लगाउने अपेक्षा गरिएको छ।


सामाग्री श्रोत :

बाढीकाे कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा कार्यरत नायव सुब्बा पूर्णसिंह विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विष्टले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी डोटीको दिपायल सिलगढी नगरपालिका-५ पुन्नामा रहेको प्रतिष्ठानमा नासु पदमा नियुक्ति लिएको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

विष्टले प्रतिष्ठानमा नियुक्ति लिन एसएलसीको नक्कली प्रमाणपत्र पेस गरेको उजुरी अख्तियारमा परेको थियो।

सोही उजुरीको आधारमा अनुसन्धान हुँदा विष्टले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश अन्तर्गतको जीएनके इन्टरमिडियट कलेज, कानपुरबाट हाइस्कुल उत्तीर्ण गरेको भनी झुट्टा प्रमाण पत्र पेस गरेको पाइएको अख्तियारको दाबी छ।

विष्टले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलबाट कार्यालय सहायक (सहायक द्वितीय प्रशासन)पदमा नियुक्ति लिएका थिए। कैद र जरिवाना मागदाबीसहित उनीविरुद्ध बिहीबार विशेष अदालतमा आरोपपत्र दायर भएको हो।


सामाग्री श्रोत :

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नासु विष्टविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले जनताको आर्थिक रुपान्तरणका लागि राजनीतिक अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीले सामाजिक, आर्थिक सुशासन, जनजीविका र रोजगारीलगायत जनताका आधारभूत मुद्दामा केन्द्रित भएर सबै स्थानीय तह, जिल्ला र प्रदेशमा अभियान सञ्चालन गर्न लागेको हो।

‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारा तय गरिएको अभियानमा वर्तमान राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थितिसहित पार्टीको तात्कालीक कार्य योजना र संगठनात्मक विषयमा समीक्षा गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

अभियानमा जनताका अधिकारलाई सुसूचित गर्दै मुलुकको राजनीतिक चुनौती तथा उनीहरूलाई उत्पादन, प्रविधिका सीपबारे जानकारी गराउने, उद्यमशीलताका कार्यक्रममार्फत देश विकास गर्ने विषय समावेश छन्। यही जेठ दोस्रो सातादेखि संगठन सुदृढीकरण तथा सदस्यता वितरण कार्ययोजनासहित अभियान सञ्चालन गरिनेछ।

उक्त कार्यक्रमअन्तर्गत सम्बन्धित तहका प्रशासनिक क्षेत्रमा भए गरेका भ्रष्टाचार, सेवा प्रवाहमा ढिलासुस्ती, शिक्षा, स्वास्थ्य, सामाजिक विभेदलगायत विषयमा केन्द्रित रहेर छलफल गरिने जनाइएको छ। स्थानीय वडा, पालिका तथा प्रशासनमा सुधारका लागि पार्टी संगठनले दबाब दिने कार्यक्रम छ।


सामाग्री श्रोत :

एकीकृत समाजवादीले आर्थिक रुपान्तरणका लागि राजनीतिक अभियान सञ्चालन गर्ने

कतार। यतिबेला मौसामी फूल गोलैँची र गुलमोहरले कतारको पार्कहरुको शोभा बढाइरहेका छन्।

आन्तरिक र बाह्य पर्यटकहरु फूलसंग फोटो खिच्नलाई अलविदा पार्क, एसी पार्क र मिया पार्कहरुमा फूलहरुसँग रमाइ रहेका देखिन्छन्।

वसन्त ऋतुमा फुलेका गुलमोहर र ज्याकारान्डा फूलहरूले सबैलाई मोहित पार्छन्। पहेँलो ,रातो , पर्पल र निलो फूलको रंगहरुले प्रकृतिको सौन्दर्य मात्र बढाउँदैन, आयुर्वेद अनुसार यसलाई पवित्र र स्वस्थ वनस्पतिको रूपमा पनि मानिन्छ।

गुलमोहर फूल मात्र होइन, यो जडिबुटी युक्त वनस्पति भएकाले यसमा स्वास्थ्यको संसार छ, ल्युकोरिया, गठिया जस्ता रोगहरूको उपचार पनि हुने बुझाइ छ।

 


सामाग्री श्रोत :

कतारको पार्कहरुमा ढकमक्क गुलमोहर

लण्डन। सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्यामा करिब आधाले कमी आएकोे बिहीबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ। सन् २०२३ को डिसेम्बरको तुलनामा सन् २०२४ को सोही अवधिमा यो सङ्ख्या घटेर चार लाख ३१ हजार पुगेको छ।

कोभिड–१९ महामारीपछि बेलायत आउने र बाहिरिनेको सङ्ख्याबीचको अन्तर अर्थात् कुल आप्रवासनमा यो सबैभन्दा ठूलो गिरावट हो।

ओएनएसले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ, ‘दीर्घकालीन कुल आप्रवासनमा करिब ५० प्रतिशतले कमी आएको छ। हामीले काम र अध्ययनसँग सम्बन्धित भिसामा आउनेहरूको सङ्ख्यामा कमी देखिरहेका छौँ।’

सन् २०२४ को डिसेम्बरसम्मको १२ महिनाको अवधिमा विशेषगरी काम र अध्ययन भिसामा रहेकाहरूको आप्रवासनमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।

यसअघिको कन्जरभेटिभ सरकारले यस्तो भिसाका लागि आवेदन दिने व्यक्तिका लागि नियम कडा बनाएको, उच्च तलबमा जोड दिएको र मानिसहरूलाई आफ्ना परिवारलाई आफूसँगै ल्याउन अनुमति दिन अस्वीकार गरेको थियो।

आप्रवासन बेलायतको राजनीतिमा एक महत्वपूर्ण मुद्दा बनेको छ र स्टार्मरले मे १२ मा कडा नयाँ नीतिहरू सार्वजनिक गर्दै बेलायतको सीमामा ‘अन्ततः नियन्त्रण फिर्ता लिने’ प्रतिज्ञा गरेका थिए।

यी उपायहरूमा विदेशी हेरचाह कामदारहरू कटौती गर्ने, आप्रवासीहरू बसोबासका लागि योग्य हुन सक्ने समयको लम्बाइ दोब्बर गर्ने र विदेशी अपराधीहरूलाई निर्वासित गर्ने नयाँ शक्तिहरू समावेश छन्।

बेलायतलाई युरोपेली संघमा रहिरहनुपर्ने पक्षमा मतदान गरेका स्टारर्मलाई मे महिनामा भएको स्थानीय चुनावमा आप्रवासन विरोधी (सुधारवादी पक्ष) ले आश्चर्यजनक रूपमा बहुमत प्राप्त गरेपछि आप्रवासन नियन्त्रणका लागि नयाँ दबाब परेको छ।

उनले आफ्नो सम्बोधनमा बेलायत ‘अपरिचितहरूको टापू’ बन्ने खतरा रहेको बताएका थिए। यसले आफ्नै लेबर पार्टीभित्रैबाट उनको कडा बयानबाजीको लागि तीव्र आलोचना सुरु गरेको थियो।

नयाँ कदमको उद्देश्य सन् २०२९ मा संसदको अन्त्यसम्ममा वार्षिक एक लाखसम्म भिसा सङ्ख्या घट्ने गरी कुल आप्रवासनमा उल्लेखनीय कमी ल्याउनु रहेको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आन्तरिक मामिलामन्त्री यवेट कूपरले भने, ‘गत संसद्मा यो सङ्ख्या चार गुणाले घटेर झण्डै १० लाखमा झरेपछि निर्वाचनपछि कुल आप्रवासनमा आएको तीन लाखको गिरावट महत्वपूर्ण र स्वागतयोग्य छ।’

जुलाईमा भएको आम निर्वाचनपछि बेलायतको तटमा साना डुङ्गामा आएका करिब ३० हजार शरणार्थीलाई आफ्नो मूल देश फर्काइएको उनले बताए।

यद्यपि, सन् २०२३ को डिसेम्बर सम्ममा शरणार्थीका लागि पर्ने आवेदनको सङ्ख्या ८० हजार रहेकोमा यो सङ्ख्या सन् २०२४ को डिसेम्बरमा ९५ हजार पुगेको तथ्यांकले देखाएको छ।

फरक फरक तथ्यांकले अनियमित आप्रवासीहरूको सङ्ख्यामा वृद्धि देखाएको छ। वर्षको सुरुदेखि अहिलेसम्म १३,५०० भन्दा बढी बेलायत आइपुगेका छन् भने उनीहरूमध्ये अधिकांश धेरै साना डुङ्गाहरूमा इङ्लिस च्यानल पार गरेर बेलायत पुगेका तथ्यांकले देखाएको छ।


सामाग्री श्रोत :

सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

धनुषा। मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। पुनर्गठित मन्त्रिषरिषद्मा जनमत पार्टीका तर्फबाट वसन्तकुमार कुशवाहा र सञ्जय यादवले मन्त्रीका रूपमा बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार साँझ आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीद्वयलाई शपथ गराएकी छन्। कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छभने यादवले वन तथा वातावरण मन्त्रालय सम्हालेका छन्।

मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा मधेस सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको हो। नेपालको संविधानको धारा १६८ (९) बमोजिम गठित यो नयाँ मन्त्रिमण्डलमा अब १२ सदस्यीय मन्त्रीहरू रहेका छन्।

पुनर्गठित मन्त्रिपरिषद्को मुख्यमन्त्रीमा सतिशकुमार सिंह, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, भौतिक पूर्वाधारमन्त्री सरोज यादव, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा तथा संस्कृतिमन्त्री रानी तिवारी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधन सिंह, अर्थमन्त्री सुनिल यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा र वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादव रहेका छन्।

कुशवाहाले यसअघि पनि प्रदेश सरकारमा कृषिमन्त्रीका रूपमा कार्यानुभव हासिल गरिसकेका छन् भने यादव पहिले राज्यमन्त्रीको भूमिकामा रहेर सरकार सञ्चालनमा संलग्न थिए।

जनमत पार्टीका प्रवक्ता डा शरद सिंह यादवका अनुसार यो पुनर्गठन नियमित कार्यप्रणालीअन्तर्गत भएको हो। ‘हामी सबैको पालो आउँछ भन्ने सोचले अघि बढेका छौँ। नयाँ मन्त्रीहरूलाई सफल कार्यकालको शुभकामना छ’, उनले भने।

यसअघि पनि उक्त दुवै मन्त्रालय जनमत पार्टीबाटै रहेको थियो। पार्टीले उद्योग तथा पर्यटनमन्त्री सकिलमियाँ अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई फिर्ता बोलाएको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।


सामाग्री श्रोत :

मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन: कुशवाहा र यादवको शपथ

काठमाडौं–हनी ट्रयापमा पारेर काठमाडौंमा घर र ४ आना जग्गाको बार्गेनिङ गरेको आरोपमा दुई जना महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलाली गोदावरी १० स्थायी घर भइ काठमाडौंको कालोपुलमा बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरकी ३४ वर्षीया आँचल श्रेष्ठ रहेका छन्।

उनीहरुलाई बुधबार साँझ हनुमानस्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिएका हुन्।

Ncell 2
Ncell 2

उनीहरुले सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिहरुसँग सम्बन्ध राखी होटलमा बोलाएर माधक पदार्थ सेवन गराई अश्लील फोटो तथा भिडियो बनाई मेसेन्जरमा पठाएर काठमाडाैंमा घर र जग्गा दिनुपर्छ नत्र याैन शाेषाणकाे मुद्दा लगाइदिने भन्दै बार्गेनिङ गर्ने गरेको प्रहरीको भनाइ छ। त्यही क्रममा ५ लाखको चेक काट्न बाध्य पारेको र उक्त चेक र दुई थान माेबाइल बरामद भएको प्रहरीले जनाएको छ।

 पक्राउ परेकामध्ये आँचल विवाहित र सम्बन्धविच्छेद गरेर बसेकी महिला हुन्। उनीहरूको केही पेसा खुलिनसकेकाले यस्तै शैलीमा ठगी गरेको हुनसक्ने कोही पीडित भए सम्पर्कमा आउन प्रहरीले आग्रह समेत गरेको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ।


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

कास्की। देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरूष भलिबल क्लब लिग’ सुरू भएको छ।

नेपाल भलिबल संघको आयोजनामा पहिलोपटक राजधानी बाहिर पोखरा रंगशालाको बहुउद्देशीय कभर्ड हलमा खेल सञ्चालन भएको हो। प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक समारोहबीच उद्घाटन गरे।

प्रतियोगिताअन्तर्गत आजका खेलमा पुरूषतर्फ नेपाल पुलिस क्लब, टिपटप हेल्प नेपाल, गण्डकी प्रदेश र नेपाल एपिएफ क्लब विजयी भए। महिलातर्फ भने एभरेष्ट भलिबल क्लब र एपिएफले विजयी सुरूआत गरे।

पुरूषतर्फ मणिमुकुन्द भलिबल क्लबलाई पुलिसले सोझो सेटमा हराउँदै विजयी सुरूआत गरेको छ। पुलिसले २९-२७, २५-२० र २६-२४ ले जित दर्ता गर्न सफल भयो।

हेल्प नेपालले त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्न सफल भयो । हेल्प नेपालले ३०-२८, २५-२१ र २५-२० ले खेल जित्यो। घरेलु टोली गण्डकीले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशलाई ३-१ ले हरायो। गण्डकीले २५-१५, २५-२१, २५-२२ र २५-२० ले खेल आफ्नो पक्षमा पार्न सफल भयो। यसैगरी एपिएफले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराएको हो। एपिएफ २५-१९,२५-१६,२५-१६ ले विजयी भएको थियो।

महिलातर्फको खेलमा एभरेष्टले त्रिभुवन आर्मी क्लबलाई २२-२५, २५-१९, २५-१७ र २५-१३ ले हरायो। यसैगरी एपिएफ क्लबले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। एपिएफले २५-१०,२५-१०, २५-१५ को सहज जित निकालेको हो।

प्रतियोगितामा पुरूषतर्फ आठ र महिलातर्फ छ टोलीले सहभागिता रहेको छ। पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल संघ, सुदुरपश्चिम प्रदेश र मणिमुकुकन्द भलिबल क्लब बुटबलले प्रतिस्पर्धा गर्नेछन्।

यसैगरी महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी, एभरेष्ट भलिबल क्बल र कर्णाली प्रदेश भलिबल टोलीको सहभागिता रहेको छ।

प्रतियोगितामा महिला तथा पुरूष दुवैतर्फका उपाधि विजेताले नगद रू आठ लाखका दरले पुरस्कार पाउनेछन्। यसैगरी उपविजेताले समान रु चार/चार लाख तथा तृतीय हुने टोलीले समान रु दुई लाखका दरले पुरस्कार पाउने नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए।

यही जेठ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु ५०/५० हजार र विद्यागत उत्कृष्ट खेलाडीहरूले जनही नगद रु २५/२५ हजार प्राप्त गर्नेछन्।


सामाग्री श्रोत :

पोखरामा ‘प्रधानमन्त्री कप’ महिला तथा पुरूष भलिबल लिग सुरू

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट