
एक उजेली टिका छन् अन्तरिक्ष झैँ चौडा उनको ललाटमा। टिकाको चहकले नै लालिमा रङ्गको शृङ्गारमा रङ्गिएकी झैँ, गम्भीर छन् भावले टिलपिल टिलपिल उनका मुखश्री! हेरेर पुलुक्क झुकेका नजरमा शालीन नै हाँस्तछिन् मुसुक्क।
ती मधुरिमा उनका मुस्कानले रहस्यमयी रोमाञ्च प्रसारित छन् अनि यी वातावरणमा। निराला चित्रपट हुन् सान्ध्य गोधूलि रङ्गिएका मुखारविन्द उनका ! छिन् रङ्गिएकी उनी सोह्रै शृङ्गारमा, बलेका छन् धपक्क रातोपिरो मुहारमा लालिमा । अनि रङ्गाएकी नै छन् खुब रोमाञ्चक मधुर, यी प्रहर पनि सारेर उनकै रङ्ग अरुणिमा…र, रङ्गिन्छ नै एक प्रेमी पनि उनकै रङ्गप्रसारणमा…
गीतकार मनोज आचार्यले कुनै दिन लेखेका थिए …
“साँझपख एकान्तमा आफैँलाई बिर्सिँदा
मग्न हुन्छु म तिम्रो गीत सुनेर…”
“गोधूलिको झिसमिसेमा आफैँलाई भुलिदिँदा
दङ्ग हुन्छु म तिम्रो प्रित गुनेर…”
“सपनामा हराएर आफैँमा डुबिदिँदा
मख्ख हुन्छु म तिम्रो चोट भुलेर..”
“साँझपख एकान्तमा आफैँलाई बिर्सिँदा
तिमीलाई सम्झिँदा
आफैँलाई बिर्सिन्छु ”
“मनको पिडा फुकाई आफैँमा तड्पिन्छु
साँझपख एकान्तमा आफैँलाई बिर्सिँदा…”
hrisheekeshdhakal@gmail.com
सामाग्री श्रोत :
काठमाडौं – अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
सातै प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
आजको राशिफल बि.सं २०८२ जेठ १० गते शुक्रबार, ई.सं २०२५ मे २४, नेपाल सम्बत ११४५ बछलाग द्वादशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल द्वादशी, चन्द्रमा मिन राशीमा, सुर्य बृष राशीमा, करणः काैलब , योगः आयुष्मान आज नेपालमा सूर्योदय बिहान ०५ः१३ मा भएको छ, सूर्यास्त साँझ ०६ः४७ मिनेटमा हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे सातु खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १३ मिनेट देखि ८ बजेर ३३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्नसक्छ । आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला । कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय हो, तर पनि आफू त्यत्ति हलुका बन्नुहुँदैन, जसबाट उनीहरूले तपाईंको कमजोरी र उदार स्वभावको अनावश्यक फाइदा उठाउन सकून् । क्षमता प्रदर्शन गरी अरुमाथि छाप छोड्ने समय हो । कार्य सम्पादनका माध्यमबाट सिनियरलाई समेत आकर्षित तुल्याउन सकिने छ । त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । झिनामसिना काम र घरेलु काममा अलमलिंदै दिन बित्नसक्छ, तर भान्साको काममा वा आगो र हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । कार्यक्षेत्रमा उच्च सफलता मिल्नुका साथै कल्पना र भावना केन्द्रित हुने तथा आत्मरतिमा भुलिने समय छ, तर अहिले जुनसुकै कुरामा अरुले के भन्दैछन् भनी चासो दिनु राम्रो हुन्छ । मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ, इच्छाएको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । कामका साथै परिवारसँग रमाउने दिन हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । जीवनसाथी वा प्रेयसीसँग लामो कुराकानी वा सम्बन्ध-सम्पर्क हुने दिन हो, उता आयका दृष्टिले पनि थप धनार्जन गर्न सकिने समय छ । गरेको मिहिनेतले सार्थक परिणाम प्राप्त हुनेछ, साथै प्रभाव र प्रभुत्व बढ्ने समय छ । तर हडबड र शीघ्रता शत्रु बन्नसक्छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रिसराग र अहङ्कार बढ्ने दिन हो, झैझगडा र मुद्दामामिलामा अघि नसर्नु होला, अनि स्वास्थ्यमा कमजोरी देखिएमा पटक्कै हेलचक्र्याइँ गर्नु हुँदैन । मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । बाल्यावस्थाको स्मृतिमा वा पुराना सँगीसाथीको भेटघाटमा आजको केही समय बित्नसक्छ । आफ्नै वा छोराछोरीका माध्यमबाट कुनै लाभमूलक काम बन्ने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ । त्यसैले क्रोध र उद्वेगमा नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित छवि प्रस्तुत गर्नुहोला । मन हलुका र शरीर स्वस्थ भएको राम्रो दिन छ, तर नियमित काम छाडेर घरपरिवार र आत्मीयजनहरूसँग दिन बिताउन सक्नुहुन्छ । इच्छानुसार आत्मीयजनसँग कुराकानी हुनसक्छ, तर घरायसी परिबन्दले भेटघाटको अनुकूलता नमिल्नाले मन एकतमासको हुने र भावुक बन्ने दिन हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, युं)
सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । पारिवारिक सौहार्द्रता र सद्भावमा बृद्धि हुनेछ, परिवारका सदस्यहरू र आफ्ना साथीभाइसँगको भेटघाटले आनन्द र मनोरञ्जन प्रदान गर्नेछ । दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । आफ्नो शब्द र वचनले कसैको मन नदुखोस् भन्ने कुरामा ख्याल राख्ने समय हो, किनकि राम्रो वचनको मूल्य धेरै हुन्छ, तर दुर्वचन मूल्यहीन हुन्छ, तर यसबाट अमूल्य सम्बन्धमा आघात पुग्नसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ, प्रतिस्पर्द्धामा जीत हुनेछ, विगतका कमीकमजोरीमा सुधार गरी प्रयत्न गरेको काममा सफल भइने छ । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विवादास्पद निर्णयमा सरिक हुनुपर्ने समय छ, व्यर्थैमा अरुको स्वार्थका लागि खट्नुपर्ने हुन्छ, तापनि सुखदुःखमा साथ दिनेहरू फेलापर्ने दिन हो । रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज त्यस्तो व्यक्तिसँग भेट हुनसक्छ, जससँग बाँकी जीवन बिताउन सजिलो हुनेछ । मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ । प्रियजनसँग भेटघाट हुनेछ अथवा आश मारेको वस्तु वा धन हात पार्न सकिने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्, पारिवारिक माहौल पनि ठीकै छ, तथापि अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । दाजुभाइको सरसहयोगमा केही समय बिताउनुपर्ने हुन्छ, त्यस्तै परिवारजनको आवश्यकता वा छोराछोरीको उन्नतिप्रगतिका निमित्त पनि खट्नुपर्ने समय छ । राज्यपक्ष वा प्रशासनिक कामका साथै प्रतिष्ठा जोडिएको काममा सफलता मिल्नेछ ।
सामाग्री श्रोत :
बैतडी । बैतडीमा घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ। जिल्लाको सूर्नया गाउँपालिका–८ ढोले रातापानीकी २४ वर्षीया सरिता बोहराको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु हो।
शुक्रबार बिहान करिब ९ बजे भालुपण एकलकट्टा भन्ने भिरबाट लडेर उनको मृत्यु भएको वडा– ८ का अध्यक्ष भानबहादुर बोहराले बताए। भिरबाट झण्डै डेढ सय मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको हो।
उनका एक सात वर्षीय र अर्का छ महिनाका छोरा छन्। उनी दुई वर्षअघि पनि भिरबाट लडेर गम्भीर घाइते भएकी थिइन्। शुक्रवार भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएपछि ६ महिने छोराको बिचल्ली भएको छ।
सामाग्री श्रोत :
गाजा। गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार इजरायली आक्रमणमा १६ जनाको मृत्यु भएको बताएको छ। त्यहाँ हालैका दिनहरूमा इजरायलले आफ्नो सैन्य आक्रमण बढाएको छ।
‘मध्यरातदेखि गाजा पट्टीका विभिन्न क्षेत्रमा इजरायली आक्रमण’ बाट कुल १६ जनाको मृत्यु भएको एजेन्सीका अधिकारी मोहम्मद अल–मुगायरले बताए।
अधिकारीका अनुसार मुख्यतया क्षेत्रको मध्य र दक्षिणमा आक्रमण गर्दा दर्जनौँ मानिस घाइते भएका छन्। इजरायलले दुई महिनाको युद्धविरामको अन्त्य गर्दै मार्च १८ मा गाजामा पुनः आक्रमण सुरु गरेको हो।
बिहीबार गाजाको स्वास्थ्य मन्त्रालयले त्यसबेलादेखि यस क्षेत्रमा कम्तीमा तीन हजार छ सय १३ जनाको मृत्यु भएको र युद्धको कुल सङ्ख्या ५३ हजार सात सय ६२ पुगेको बताएको छ।
आधिकारिक तथ्यांकमा आधारित एएफपी टोलीका अनुसार हमासको सन् २०२३ अक्टोबरको आक्रमणले सुरु गरेको युद्धमा इजरायलमा एक हजार दुई सय १८ जनाको मृत्यु भएको थियो। तीमध्ये अधिकांश सर्वसाधारण थिए।
हमास लडाकूहरूले दुई सय ५१ जना बन्धकहरू पनि लिएका थिए। तीमध्ये गाजामा रहेका ५७ मध्ये ३४ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ।
सामाग्री श्रोत :
किमाथाङ्का (सङ्खुवासभा)। यहाँको भोटखोला गाउँपालिका–४ सेम्बुङमा आज आगलागी हुँदा रु तीन लाख बढीको क्षति भएको छ।
भोटखोला–४ सेम्बुङमा आगलागी हुँदा स्थानीय नुर्वु भोटेको दुईतले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए। चुल्होबाट आगो सल्किँदा ढुंगा माटोले बनेको भोटेको दुईतले घर जलेर क्षति भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयवासीको सहयोगमा चार घण्टापछि आगो निभाइएको छ। आगलागीपछि भोटेको परिवार छिमेकीको घरमा बसेका छन्।
सामाग्री श्रोत :
काठमाडौं। काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डंगोलले गत असोजको वर्षाले सिर्जना गरेको बाढीजन्य विपद् आगामी दिनमा नआउने गरी पूर्वतयारी गर्नुपर्ने बताएकी छन्।
आज विश्व बैंकका प्रतिनिधिहरूसँगको बैठकमा उनले पूर्वतयारीका लागि आवश्यक काम तत्काल सुरुआत गर्नुपर्नेमा जोड दिँदै तथ्य संकलन र बाढी, पहिरोको प्रमुख कारण पत्ता लगाएर मध्यकालीन र दीर्घकालीन योजनाका तर्जुमा गर्नुपर्ने बताइन्। सरोकार भएका र साझेदारी निकायसँग समन्वय र सहकार्य गरी विगतमा भएका गल्ती सच्याउँदै जानुपर्ने उनको भनाइ छ।
‘काठमाडौंका नदीमा यो तहसम्म पानीको बहाव देखेको थिएन र यस्तो समस्या भोग्नुपरेको पनि थिएन। उक्त दुःखद क्षणलाई सिकाइ मानौँ। आगामी दिनमा काठमाडौंले यस खालका विपद् भोग्नु नपरोस् भनेर पूर्वतयारी थालौँ’, उनले भनिन्।
सहरी विकासका विषय चुनौतीपूर्ण भए पनि सबै मिलेर समाधानका उपाय खोज्नुपर्ने उपप्रमुख डंगोलले उल्लेख गरिन्। आगामी दिनमा बाढीजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि कामपाले नदी सुधार गुरुयोजना तयार पारिरहेको उनले जानकारी दिइन्।
सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीले भने, ‘बाढी व्यवस्थापन गर्न विश्वका सहरले गरेको प्रयत्न काठमाडौंका लागि सिकाइ नहुन सक्छ। काठमाडौंको भूगोल, सहरी बस्ती, नदी प्रणाली अन्य सहरभन्दा फरक छ।’
छलफलमा विश्व बैंकको पूर्वाधार क्षेत्रका कार्यक्रम प्रमुख गायत्री सिंहले कामपाले विकास, निर्माण र विकास व्यवस्थापनका क्षेत्रमा कार्यरत साझेदार तथा सरोकार भएकासँग समन्वय गरी विपद् जोखिम न्यूनीकरणका लागि योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिइन्।
बैठकमा वर्षाको पानी व्यवस्थापन गर्न नसक्दा हुनसक्ने समस्याका बारेमा छलफल भएको थियो। फोहर व्यवस्थापन, फोहर पानीको प्रशोधन, सहरी पूर्वाधारमा नदी प्रणाली, नदी प्रणालीमा सहरी पूर्वाधारको सम्बन्धलगायत पक्षबाट जोखिम न्यूनीकरण गर्न सकिने विषयमा सरोकार भएकाहरूसँग छलफल भएको थियो।
सामाग्री श्रोत :
‘बाढीजन्य विपद् आगामी दिनमा नआउने नगरी पूर्वतयारी थाल्नुपर्छ’
काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशलाई सदर गरेको छ। थुनामुक्त गर्न माग गर्दै लामिछानेको पत्नी निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइपछि शुक्रबार न्यायाधीशद्वय डा नकहुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले बुटवल इजलासकै आदेश सदर गरेको हो। आदेश भनिएको […]
सामाग्री श्रोत :
रवि र छविलाई थुनामा राख्ने सर्वोच्चको आदेशमा के छ ? (पूर्णपाठ)
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले श्रमिकका समस्या समाधानका लागि पार्टीले पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागले आज पार्टी केन्द्रीय कार्यालय बिपीनगर सानेपामा आयोजना गरेको पेशागत सम्मान, सुरक्षा र मर्यादित कामका लागि ‘श्रमजीवीका कुरा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०१६ सालदेखि नै कांग्रेसले मजदुरको हक हितका लागि नीतिगत एवं कानुनी पहल गर्दै आएकामा अहिले पनि देखापरेका समस्याको समाधान कानुन संशोधनबाटै गर्ने प्रतिबद्धता जनाएका हुन्।
श्रमिक नै देशको प्रमुख शक्ति भएकाले समस्या समाधानमा पहल गर्ने उपसभापति खड्काको प्रतिबद्धता छ। सरकारमा सहभागी कांग्रेसका मन्त्रीले राम्रो काम गरेको उल्लेख गर्दै उनले पार्टीको उपस्थिति पनि सशक्त रहेको बताए।
कांग्रेस महामन्त्री गगनकुमार थापाले सूचना प्रविधिलगायत नयाँ, नयाँ माध्यमबाट रोजगारी सृजना गरेर युवालाई विदेशिनु नपर्ने वातावरण बनाउन पहल गरिने प्रतिबद्धता जनाए। पार्टीका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नै श्रम कानुन बनाएर श्रमिकका समस्या समाधानमा योगदान गर्दै आएको कांग्रेसले अहिले देखिएका श्रमिकका समस्या समाधानमा पनि नेतृत्वदायी भूमिका निर्बाह गर्ने उनले बताए।
कांग्रेस केन्द्रीय सदस्य एवं विभागका प्रमुख हरिशरण नेपालीले स्वदेशमै रोजगारीको सृजना गरी युवालाई विदेशिनुपर्ने अवस्था नआउने गरी नीति निर्माण गरिनुपर्नेमा जोड दिए। राज्य र निजी क्षेत्रबाट पनि श्रमिक नै प्रताडित हुने गरेकाले समस्या समाधानमा कांग्रेस नै अघि सर्ने उनले बताए।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रबहादुर कुँवरले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा जोडिनुपर्ने बताए। बैंक तथा वित्तीय क्षेत्रमा श्रम कानुन नलाग्ने गरी सर्वोच्च अदालतबाट भएको फैसलाले श्रमिकका हकहित कुण्ठित गर्न सक्ने भएकाले सरोकार भएका सबैले सजग हुनुपर्ने उनको विचार थियो।
ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेतले होटल र कारखानाका मजदुरमा सामूहिक सौदाबाजीको सिद्धान्तअनुसार काम नभएको उल्लेख गर्दै होटलमा प्रशिक्षार्थी कामदारका रूपमा बिहान नौ बजेदेखि बेलुकी पाँच बजेसम्म काम गराएर खानामात्र खुवाई पारिश्रमिक नदिएर श्रमिकको शोषण भइरहेको बताए।
ट्रेड युनियन कांग्रेसका अर्का पूर्वअध्यक्ष खिलानाथ दाहालले श्रम क्षेत्रका कानुन कसिलो बनाउँदै लगेर श्रमिकको भलो नहुने भएकाले सबै मिलेर सरोकार भएकाको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए। कार्यक्रममा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राडा महानन्द चालिसे र चार्टर्ड एकाउन्टेन्ट अर्जुनकुमार गौतमले श्रमिकको हक हितका विषय समेटिएका कार्यपत्र प्रस्तुत गर्दै आगामी दिनमा कांग्रेसले श्रमिकका सवालमा लिनुपर्ने नीतिका बारेमा प्रष्ट पारेका थिए।
सामाग्री श्रोत :
कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीले राम्रो काम गरेका छन्: उपसभापति खड्का
कास्की। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको बताएका छन्।
अभियानका क्रममा पोखरा आइपुगेका अवसरमा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले आज साँझ पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बैतडीदेखी सुरु भएर पोखरासम्म आइपुग्दा राष्ट्रिय एकताको अभियान बनेको बताए।
अध्यक्ष दाहालले भने, ‘स्थानीय तहमा नेपाली कांग्रेस तथा नेकपा (एमाले) का सरकार भएका ठाउँमा समेत अभियानको स्वागत, अभिनन्दन र अभियान सफलताको शुभकामना व्यक्त गरिएको छ। सयौँ ठाँउमा प्रत्यक्ष सहयोग समेत भएको छ। यो माओवादीको मात्र अभियान नभएर राष्टिय एकताको अभियान र देशमा राजनीतिक अस्पष्टता र अराजकताको समाधानको अभियान बन्न पुगेको पुगेको छ।’
मध्यपहाडी लोकमार्ग केन्द्रीत जनजागरण अभियानको पहिलो चरण शनिबार पोखरामा सभा आयोजना पछि सम्पन्न हुने अध्यक्ष दाहालले जानकारी दिए। उनले जनताले राखेका मागहरु सरकारलाई बुझाइने र आगामी बजेटमा सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
सामाग्री श्रोत :
जागरण अभियान राष्ट्रिय एकताको अभियान बन्न पुग्यो: अध्यक्ष दाहाल